Thursday, June 18News That Matters

राजनीति

इलाममा योगेश भट्टराईमाथि पहिचानवादीले आक्रमणको प्रयास

इलाममा योगेश भट्टराईमाथि पहिचानवादीले आक्रमणको प्रयास

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,असार १४ । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईमाथि इलाममा आक्रमणको प्रयास भएको छ । प्रदेश १ को नाम कोशी राखेको भन्दै पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले आक्रमणको प्रयास गरेको हो । भट्टराई ७२ औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आजको लोकतन्त्र, उपलब्धि र चुनौति विषयक अन्तरसंवाद कार्यक्रममा भाग लिन इलाम पुगेका थिए । सोही बेला चोक बजारमा प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमले कालो झण्डा देखाएका थिए । भट्टराईलाई आक्रमण गर्ने प्रयास गरेका पहिचानपक्षधर कार्यकर्तालाई सशस्त्र प्रहरीले रोक्ने प्रयास गरेको थियो । यद्यपि भट्टराई चढेको गाडीलाई रोक्दै उनीहरुले पहिचान विरोधी होसियार भन्दै कालोभण्डा प्रदर्शन गरेका थिए। जिल्ला प्रहरी कार्यालय इलामका एसपी डिल्ली घिमिरेले कालो झण्डा देखाउँदै विरोध गरेको र अहिले अवस्था सामान्य रहेको हिमालप्रेसल...
मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, एक मतको लागि दौडधुप

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, एक मतको लागि दौडधुप

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, १४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज संसदमा विश्वासको मत लिने भएको छ । जसपा र माओवादीले सरकार छाडे सँगै अल्पमतमा परेको कार्कीले आज विश्वासको मत लिने गरी प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेको छ । आज लिने विश्वासको मतमा कार्कीलाई एक मतको आवश्यक छ । एमालेको ४० र राप्रपाको ६ सांसद सहित ४६ पुग्ने मतमा एक मत मात्रै मत पाएपनि कार्की नेतृत्वको सरकार निरन्तर रहन्छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । नेकपा एमालेका ४० र राप्रपाका ६ गरी ४६ जना सांसद कार्कीको पक्षमा छन् । बहुमतका लागि उनलाई एक मत पुग्दैन । त्यो एक मत जुटाउन मुख्यमन्त्री कार्की सक्रिय छन् । तर विपक्षी गठबन्धनका दलहरु पनि कार्कीको विश्वासको मतको प्रस्ताव फेल गराउन प्रयासरत छन् । कार्कीको विपक्षमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १२ (सभामुख बाहेक) एकीकृत समाजवादीका ४...
प्रहरी जवानदेखी हल्दारलाई १६ र असईदेखी सहिलाई १८ बर्षमा अवकाश

प्रहरी जवानदेखी हल्दारलाई १६ र असईदेखी सहिलाई १८ बर्षमा अवकाश

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, असार १० । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी जवानदेखी हल्दारलाई १६ र असईदेखी सहिलाई १८ बर्षमा अवकाश दिने प्रस्ताव भईसकेको बताएका छन् । आईतबार संसदमा गृह मन्त्रालयको बजेटमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिने क्रममा उनले ३० बर्षे अवधि हटाउने गरी कानुनको मस्यौदा तयार भइसकेको बताए । प्रहरी संगठन भित्र बिषेशत प्रहरी जवान, सहायक हल्दार, हल्दार, असई, सहिको प्रोत्साहन र पदोन्नतीको व्यवस्था राम्रो नभएको गृहमन्त्रीले बताए । ९ महिनामा एसपीबाट डिआईजी, एआईजी, आईजी त्यस प्रकारले माथिल्लो स्तरको पदोन्नती हुने भएको छ भने १८–१९ बर्षसम्म एउटै पदमा जवान, हल्दार, असई भईरहेको स्थितिले पिडित अवस्थामा प्रहरी जवान देखी सईसम्मका व्यक्तिहरु रहेको उनले बताए । त्यो स्थितिलाई सम्बोधन गर्न क्याडर ल्याडर प्याट्रनलाई राम्रोसँग मिलाउन १६ बर्ष सेवा अवधि पुगेका जवान, सहायक हल्दार र हल्द...
विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका ३१६ सुरक्षाकर्मी फिर्ता

विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका ३१६ सुरक्षाकर्मी फिर्ता

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, असार १० । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मी फिर्ता गरिएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा बहालवाला तथा पूर्वविशिष्ट पदाधिकारीको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मी गृह मन्त्रालयले फिर्ता गरेको श्रेष्ठले जानकारी गराएका हुन् । विशिष्ट व्यक्तिहरुको व्यवस्थापन कार्यविधि २०७७ विपरित बहालवाला तथा पूर्वविशिष्ट पदाधिकारीको सुरक्षामा खटिएका १९० जना नेपाल प्रहरी र १२६ जना सशस्त्र प्रहरी बलका गरी ३१६ सुरक्षाकर्मी फिर्ता गरिएको गृहमन्त्री श्रेष्ठले बताए । अहिले सरकारले कार्यविधि नै बनाएर त्यसम्बन्धी प्रतिवेदन तयार पारेको गृहमन्त्री श्रेष्ठले बताए । यसअघिका गृहमन्त्रीले विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउने न...
मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा विकास बन्जारा चयन

मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा विकास बन्जारा चयन

राजनीति, समाचार
पूर्णपुष्टि,असार १० । मदन भण्डारी फाउण्डेशन उदयपुरको अध्यक्षमा विकास बन्जरा सर्वसम्मत चयन भएका छन् । फाउण्डेशनले जिल्लाको गाईघाटमा आयोजना गरेको दोस्रो अधिवेशनबाट विकास बन्जराको अध्यक्षतामा ११ सदस्य रहने गरी नयाँ कार्यसमिति चयन गरिएको हो । अधिवेशनबाट उपाध्यक्षमा सीता पौडेल, सचिव सुरेन्द्र बस्नेत, उपसचिव दिनेश परियार, कोषाध्यक्ष किशोरी हुजदारलाई सर्वसहमत चयन गरिएको हो । यता सदस्यहरुमा क्रमस बौवा बस्नेत, कृष्ण नेपाली, शुसिला वि।क।, डिक बहादुर राउत, बाला खतिवडा र तिर्थ दनुवार लगायत रहनु भएको छ । फाउन्डेसनले जिल्लाका आठ ओटै पालिकाबाट एक–एक जना सदस्य चयन गरेर १९ सदस्य पूर्ण कार्यसमिति निर्माण गरिने नवनिर्वाचित अध्यक्ष विकास बन्जाराले जानकारी दिनु भयो । नवनिर्वाचित उदयपुर जिल्ला कार्य समितीको भावी रणनीतिहरु तयार गरेको छ । जसमा सबै पालिकामा पालिका स्तरको कार्यसमिती गठन गरि पालिका स्तरमा सं...
रास्वपाको प्रथम स्थापना दिवसको अवसरमा चियापान कार्यक्रम

रास्वपाको प्रथम स्थापना दिवसको अवसरमा चियापान कार्यक्रम

राजनीति, समाचार
पूर्णपुष्टि,असार ७ । रवि लामिछाने नेतृत्वको पार्टी राष्ट्रिय स्तन्त्र पार्टी (रास्वपा)ले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न ठाउँमा एकै साथ चियापान कार्यक्रम गरेको छ । बुधवार बिराटनगर स्थित मनास्लु ईन होटलमा प्रदेश सभापती राजेश तिम्सिनाको सभापतित्व तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको विशेष उपस्थितिमा चियापान समारोह सम्पन्न भएको हो । पार्टीले एक वर्षको अवधिमा रास्पाले गरेको अनैको आरोह अवरोह पार गरि सबैले देख्ने, सुन्ने र महशुस हुने गरी स्थापनाको पहिलो वर्षमै सदनमा २१ सांसद सहित गर्विलो उपस्थितमा रास्पा पुगेको भन्दै विज्ञाप्ती जायर गरेको छ । पार्टीले छोटो समयमा उठान गरेको विषयहरु र सबैभन्दा धेरै पटक रचनात्मक शैलीमा दर्ता गराएको संशोधन प्रस्तावहरु सम्झनलायक भएको विज्ञाप्तीमा उल्लेख गरिएको छ । नेपाली जनताले स्वतन्त्रताको लागि पटक–पटक गर्दै आएका एतिहासिक जन आन्दोलन, सशस्त...
रास्वपाको चियापानमा प्रचण्डसहित शीर्ष नेताहरु

रास्वपाको चियापानमा प्रचण्डसहित शीर्ष नेताहरु

राजनीति, समाचार
पूर्णपुष्टि,असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम स्थापना दिवसका अवसरमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू सहभागी भएका छन् । आज बालाजुस्थित कार्यालयमा भएको चियापानमा प्रधानमन्त्री दाहाल साथै सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, एमाले उपाध्यक्ष विष्णु पौडेल, कांग्रेस प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरु पनि पुगेका छन् । चियापानमा योमरी, जुज धौ, भटमास, पोलेको मकै जस्ता परिकार पनि राखिएको छ ।...
रास्वपाका प्रशिक्षण विभागको प्रमुखमा अनिल केशरी शाह

रास्वपाका प्रशिक्षण विभागको प्रमुखमा अनिल केशरी शाह

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, असार ७ । राष्ट्रिय स्वतन्त्र पाटी ‘रास्वपा’ ले अनिल केशरी शाहलाई प्रशिक्षण विभागको प्रमुखमा नियुक्त गरेको छ । पूर्व बैंकर शाहलाई आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले विभागको जिम्मेवारी दिएको केन्द्रिय सदस्य गणेश कार्कीले जानकारी दिए । पार्टी सभापति लामिछानेले शाहलाई दलको लोगो लगाएर जिम्मेवारी प्रदान गरेका थिए। नबिल बैंक, मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत भईसकेका शाह केही दिनअघि रास्वपा प्रवेश गरेका थिए ।...
आज रास्वपाले पहिलो वार्षिकोत्सव मनाउँदै

आज रास्वपाले पहिलो वार्षिकोत्सव मनाउँदै

राजनीति, समाचार
पूर्णपुष्टि,असार ७ । रवि लामिछाने नेतृत्वको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पहिलो वार्षिकोत्सव मनाउँदैछ । बालाजुस्थित नयाँ पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि चियापान कार्यक्रमको आयोजना गरिएको हो । पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शिर्ष नेतालाई आमन्त्रण गरिएको रास्वपाले जनाएको छ । उक्त चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधिलगायतलाई बोलाइएको रास्वपा उपसभापति डोलप्रसाद अर्यालले जनाएका छन्।...
पहिचानको कुरा गर्दा जातिवादको आरोप : रेशम चौधरी

पहिचानको कुरा गर्दा जातिवादको आरोप : रेशम चौधरी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,असार ६ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले थारूहरूले पहिचानको कुरा गर्दा जातिवादको आरोप लाग्ने गरेको बताएको छ । बुधवार उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित पहिचानबादी सकृय समर्थक शुभचिन्तक बीच स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो । उनले भने, ‘थारु आदिवासी र पहिचानवादीको पक्षमा समर्पण गरेको छु ।’ थारु समुदायहरुले सस्कृत भाषा बढ्न र लेख्न नसक्दा आफुहरुलाई राज्यले दिएको शैक्षिक अधिकारबाट बञ्चित गराएको जनाए । अहिलेको संविधानले भुमीपुत्र थारु र आदिवासी जनजातिको हक अधिकार सुनिश्चित नगरेको भन्दै अब सर्घषबाट अधिकार प्राप्ति गर्नुपर्ने बेला आएको जनाए । ‘राज्यले टिकापुर घटनालाई थारुले घटाएको भन्दै विभेद पुर्णरुपमा मलाई फसाउने काम गर्‍यो । म कहिल्यै पनि जातीय विभेदको पक्षमा छैन । सयौँ राष्ट्रिय गीत लेख्ने र गाउने गरेको एउटा कुसल कलाकारलाई राज्य...