उदयपुरमा कांग्रेसले बागी उम्मेदवारलाई गर्यो पार्टीबाट निस्काशित
पूर्णपुष्टि, वैशाख १८ गते ।
पार्टी अधिकारिका उम्मेवार विरुद्ध बागी उम्मेवारी दिएका नेतालाई नेपाली कांग्रेस उदयपुरले साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरको छ । जिल्लाका पार्टी सभापति हिमाल कार्कीले वैशाख १७ गते विज्ञप्ती जारी गर्दै साधारण सदस्य समेत नरहने गरी निस्काशन गरिएको हो ।
विज्ञप्तीमा भनिएको छ “ केन्द्रीय कार्यालयको वैशाक १६ गतेको पत्र र नेपाली कांग्रेस उदयपुरको प्रेष विज्ञप्ती पत्रबाट वैशाख १४ गते गरिएको अनुरोध पत्रानुशार पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध विद्रोही उम्मेदवारी दिई तोकेको समयमा आफ्नो उम्मेदवारी फिर्ता नलिएका साथिहरुलाई पहलो चरणमा नेपाली कांग्रेसको विधाननुशार निस्काशन गरिएको छ ।
नेपाली कांग्रेस उदयपुरले चौदण्डीगढी नगरपालिकामा प्रमुखमा बागी उम्मेदवारी दिएका प्रशासन्न राई, कटारीका प्रमुखमा उम्मेदवारी दिएका थापा, सोही नगरका उप–प्रमुखकी उम्मेदवार मन कुमारी भूजेल, ताप...









