Sunday, August 30News That Matters

राजनीति

एमाले अध्यक्ष बाट ब्याक हटेर सचिवमा बस्नेतको दावी

एमाले अध्यक्ष बाट ब्याक हटेर सचिवमा बस्नेतको दावी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, पुष २५ एमाले उदयपुरको आठौँ माहाधिवेशनको नेतृत्व चयन प्रक्रियामा बस्नेतले आफ्नो अध्यक्षको दावी ब्याक सारेको छ । बस्नेतले अध्यक्षको दावी बाट पछि सर्दै सचिवमा आफ्नो उम्मेदवारी घोषणा गरेको जनाएको छ । जिल्लामा पार्टी नेतृत्व गर्ने भन्दै बस्नेतले यस भन्दा पहिले अध्यक्षको लागि भनेर दावी घोषणा गरेको थियो । बिभिन्न संञ्चार माध्यमहरुका अनुसार अध्यक्षमा ४ जनाले दावी घोषणा गरेका थिए । बस्नेत सहित पार्टी सचिव परमेश्वर घिमिरे, कालु लामा र खड्ग परियारले अध्यक्षको लागि दावी रहेको जानकारी गराएका थिए । ४ मध्ये बस्नेतले भने सहमतिको प्रयासलाई सहयोग पुराउँदै पार्टीको सचिवमा वस्ने मनोसाय बनाएको जनाए । जिल्लाभरबाट सदरमुकाम आएका प्रतिनिधि र अग्रज नेतृत्वको आग्रह आफूले अध्यक्षको दाबी छाड्दै सचिवका लागि भएको बस्नेतले जानकारी दिए । ‘प्रतिनिधिको भवना र नेतृत्वको आग्रह अनुसार नै मैले सचिवका लागि उम...
एमाले महिला नेतृ महेश्वरी राईको पनि उपसचिव पदमा दावी

एमाले महिला नेतृ महेश्वरी राईको पनि उपसचिव पदमा दावी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, पुष २४ एमाले उयदपुरकी महिला नेतृ महेश्वरी राईले पनि उपसचिप पदलको लागि आफ्नो दावी रहेको जनाएकी छिन् । उनले नयाँ नेतृत्वलाई प्राथामिकता दिँदै युवामा पुस्ताहस्तान्तरण हुनु पर्ने धारणाका साथ आफ्नो दावी रहेको जनाईन् । राईले पार्टीका लागि सो पदमा आफु सक्षम र मजवुद रहेको समेत बताईन् । लामो समय देखी पार्टीलाई जस्तो सुकै संकटमा पनि उद्धार तथा सुधारमा जहिलै लागि परेको भन्दै पार्टिको लागि आफ्नो आवश्यकीय उपचिव पद रहेको राईको भनाई छ । राईले एमाले उदयपुरको आठौँ अधिवेशनमा आफ्नो उपसचिप पद दावी गरेकी हुन् । राईले उपसचिव पदको लागि उम्मेदवारी घोषणा गर्दै सबै नेता कार्यकर्ता तथा सम्पूर्ण प्रतिनिधिहरुमा अमुल्य भोटको समेत अपिल गर्नु भएको छ ।...
एमाले उदयपुरको उपसचिवमा महिला नेतृ सिर्जना दनुवारको दावी

एमाले उदयपुरको उपसचिवमा महिला नेतृ सिर्जना दनुवारको दावी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, पुष २४ एमाले उदयपुरको उपसिवमा महिला नेतृ सिर्जना दनुवारले दावी गरेकी छिन् । दनुवारले पार्टीको योगदान र कदरका साथ अहिले सम्म इमान्दारी र बफदारी रहेर काम गरेको भन्दै उपसचिवमा आफ्नो नेतृत्व आवश्यक रहेको ठानेर उम्मेदवारी घोषणा गरेकी जनाईन् । हिजो मात्रै खुल्ला सत्र सकेर बन्द सत्रमा उक्लिएको एमाले उदयपुरको आठौँ अधिवेशनको क्रममा दनुवारले उपसचिवमा आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् । २०४८ साल देखी नेकपा एमालेको राजनैतिक यात्रा सुरु गरेकी दनुवारले मानव अधिकार एलाईन्सको केन्द्रिय सचिवालय सदस्य, बुद्धिजिवी परिषद् जिल्लाको सदस्य, गैसस महासंघको जिल्ला अध्यक्ष हुँदै केन्द्रिय उपाध्यक्ष सम्मको जिम्मेवारी निर्वाह गरिसकेकी छिन् । अनेम संघको केन्द्रिय सदस्य समेत रहनुभएका दनुवार हाल एमाले उदयपुरको सचिवालय सदस्य हुनुहुन्छ । पार्टी संकटको बेलामा दनुवारले नेकपा एमाले त्रियुगा नगरको अध्यक...
उदयपुरमा सर्वसहमत नेतृत्व छानिन्छ भन्ने बुझेको छु : एमाले नेता गौतम

उदयपुरमा सर्वसहमत नेतृत्व छानिन्छ भन्ने बुझेको छु : एमाले नेता गौतम

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, पुष २३ नेकपा एमालेका नेता तथा थाई कमिटी सदस्य राजेन्द्र गौतमले उदयपुरमा सर्वसहमतले नै नेतृत्व चयन हुनेमा आफु ढुक्क रहेको जनाएको छ । गौतमले एमाले उदयपुरको आठौँ माहाधिवेशनको क्रममा चुनाव गरेर गलत अर्थमा जनताहरुलाई भ्रम नफैलाउन अनुरोध गर्दै नेतृत्व चयन सहमतिमै हुनेमा आफु ढुक्क रहेको जनाए । पावर सियरिङ हुँदा गलत अर्थ लाग्ने भन्दै यसलाई सबैको सहमतिले पदको जिम्मेवारी वाँडफाँड गरि नेतृत्व छान्न सबै पार्टी नेता तथा कार्यकर्ताहरुलाई सुझाव समेत नेता गौतमले दिए । उनले तलतल सम्मै पार्टीको जिम्मेवारी मिलाएर लगेमा अधिवेशन सफल हुने धारणाका साथ पावर सियरि हुँदा सबै साँडे साँडे हुने र गलत अर्थ लाग्ने कुरा सुझाए । अधिवेशनको खुल्ला सत्रको अन्तिम तिर बोल्दै गौतमले नेता तथा कार्यकर्ताहरुलाई फुर्काउने हिसावले सल्लाहा दिएर उदयपुरको नेतृत्व चयन सर्वसहमत हुने बुझेको जनाए । उनले चुनावले तला...
एमाले अध्यक्ष उदयपुरमा समन्वय प्रमुख परियारको पनि दावी, भन्छन्” अरुको दावी थाहा छैन्

एमाले अध्यक्ष उदयपुरमा समन्वय प्रमुख परियारको पनि दावी, भन्छन्” अरुको दावी थाहा छैन्

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, पुष २३ नेकपा एमाले उयदपुरको अध्यक्षमा खड्ग परियारले पनि दावी गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका परियारले पार्टी प्रति आफ्नो पूर्ण जिम्मेवार र योगदानको महत्वपूर्ण भुमिका रहेको भन्दै नेतृत्वको दावी गरेको जनाएको छ । परियारले पार्टीको आठौँ अधिवेशनमा अध्यक्षको दावी गर्दै आफ्नो नेतृत्व जिल्लालाई आवश्यक रहेको समेत जनाए । उनले अध्यक्ष पदका लागि दावी गर्ने पहिलो व्यक्ति समेत आफै रहेको पूर्णपुष्टिलाई जानकारी गराए । अहिले सम्म को कतिले अध्यक्षमा दावेदीरी दिएको जानकारी छ भन्ने प्रश्नमा परियारले भने अहिले सम्म मनै पहिलो हो अरुले दावी गरेको थाहा छैन् , मैले आफ्नो दावी प्रस्तुत गरिसेको छु, परियारले भने । यता पार्टी अध्यक्षमा अन्य व्यक्तिहरुले पनि दावी गरेको कुरा बाहिरिएको भएपनि परियारले भने आफुलाई थाहा नभएको बताए । तर अध्यक्षका लागि एमाले सचिव समेत रहेका परमेश्वर घिमिरे, ए...
अध्यक्षमा पहिलो हक छ : घिमिरे

अध्यक्षमा पहिलो हक छ : घिमिरे

Breaking News 1, Purnapusti TV, राजनीति, समाचार
नेकपा एमाले उदयपुरको अध्यक्षमा परमेश्वर घिमिरेको बलियो उम्मेदवारी देखिएको छ । हाल पार्टीको जिल्ला सचिव रहेका घिमिरेले पार्टीप्रतिको भुमिकाका कारण अध्यक्षमा दावी रहेको बताएका छन् । “अवको नेतृत्वमा मेरो हक लाग्छ” पूर्णपुष्टि प्रश्नमा उनले भने “मेरो बलियो उम्मेदवारी हो ।” आजबाट एमाले उदयपुरको तीनदिने जिल्ला अधिवेशन सुरु भएको छ । थप कुराका लागि भिडियो सुन्नुहोस् । https://youtu.be/S7Rw2st_AWc...
क्रान्तिकारी माओबादिको स्कुलिङ तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

क्रान्तिकारी माओबादिको स्कुलिङ तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, पुष २३ लालपत्ता,उदयपुर र नेकपा (क्रान्तिकारि माओबादी) १ नम्बर प्रदेश समितिद्धारा अयोजित प्रदेश स्तरीय स्कुलिङ तथा प्रशिक्षण कार्यक्रमको शुक्रबार समापन गरिएको छ । उक्त स्कुलिङ कार्यक्रममा माक्र्सवादिका तीन संघटक अंगहरु दर्शन ,राजनैतिक अर्थशास्त्र र बैज्ञानिक समाजबादका समग्र बिषयहरुमा प्रशिक्षण दिइएको थियो । मंगलबार बाट देखि तिन दिन सम्म संचालन भएको उक्त कार्यक्रमको समापन प्रदेश सेक्रेटरी उदयको अध्यक्षतामा पार्टी स्थायी समिती सदस्य तथा स्कुल बिभाग प्रमुख परि थापाले गर्नुभयो। कार्यक्रम समापन सँगै थापाले यस स्कुलिङबाट सिकेका ज्ञानबाट वर्गसंघर्ष र संगठन निर्माणमा जोडेर लैजानु पर्ने बताउदै आगामी दिनमा तल सम्म यस्ता स्कुलिङ कार्यक्रमहरु संचालन गर्नु पर्ने बताउनुभयो । थापाले बैज्ञानिक समाजबाद दर्शन अन्तर्गत द्वन्दबादका प्रबर्गहरु र ऐतिहासिक भौतिक अन्तरगत समाज चेतनाका रुपहरु सँ...
नेपाली कांग्रेस उदयपुरको जिल्ला कार्यसमितिमा ८ जना मनोनित

नेपाली कांग्रेस उदयपुरको जिल्ला कार्यसमितिमा ८ जना मनोनित

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, पुष २३ नेपाली कांग्रेस उदयपुरले ८ जनालाई जिल्ला कार्यसमितिमा मनोनित गरेको छ । जिल्ला सभापति हिमाल कार्कीले थप ८ जनालाई सदस्यमा समेटेर समितिमा मनोनित गरेको हो । जिल्ला कार्यसमिति सदस्हरुमा त्रिनपाका संञ्जा दुनवार, महेन्द्र कुमार राई, मिन वहादुर मगर, उदयपुरगढीका मदन बहादुर कटुवाल, चौदण्डीका विष्णु प्रसाद कोईराला, गरुडमान बिक, कटारीका लिला भट्राई र राम कुमारी साहा गरी ८ जनालाई सदस्यमा मनोनित गरेको पत्रमा उल्लेख गरिएको छ । उनिहरुलाई नेपाली कांग्रेस विद्यान २०१७ संसोधन सहित धारा १२ को उपधार ५ ख २ बामोजिम सदस्यमा मनोनित गरेको नेपाली कांग्रे जिल्ला कार्यसमिति पत्रमा उल्लेख गरिएको छ ।...
एमाले उदयपुरको जिल्ला अधिवेशन आज, युवाहरुले गरे अधिवेशनको भव्य तयारी

एमाले उदयपुरको जिल्ला अधिवेशन आज, युवाहरुले गरे अधिवेशनको भव्य तयारी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, पुष २३ नेकपा एमाले उदयपुरको आठौँ जिल्ला अधिवेशन आज गाईघाटको टाउन हलमा हुँदैछ । पार्टीले आज उदयपुर सहित करिब ६१ जिल्लाहरुमा एकैसाथ जिल्ला अधिवेशन गर्ने तयारी भईरहेको जनाएको छ । ६१ बाहेक बाँकि जिल्लाहरुमा भने पछि मात्र अधिवेशनका लागि तयार गर्ने पार्टीले जनाएको छ । उदयपुरमा अधिवेशनका लागि केहिदिन अघि बाटै भव्य तयारी भईरहेको छ । उदयपुरको जिल्ला अधिवेशन सफल बनाउन युवाहरुले बढ्दो र सक्दो सक्रियता देखाएको पाईएको छ । युवा संघ ताप्ली गाउँपालिकाका इन्चार्ज तथा अधिवेशनका युवा संयमसेवक समिप राईका अनुसार अधिवेशन सफल बनाउन प्रचारप्रसारलाई तिव्र बनाउने काममा युवाहरु पूर्ण लागेको जनाए । अधिवेशनको पहिलो दिन बाटै युवाहरुको सक्रियतामा गाईघाट बजारको मुख्य चोक तथा बजारतिर झण्डा लगायत प्रचार व्यानरहरले सजाउने काम गरिएको राईले जनाए । राईका अनुसार राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्यसमिति उदय...
कोशी कोरिडोर निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध : मन्त्री कार्की

कोशी कोरिडोर निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध : मन्त्री कार्की

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, पुष २२ उदयपुरको ताप्ली गाउँपालिका–५ स्थित यारी खोलामा प्रदेश सरकारद्धारा निर्माण गरिएको मोटरेवल पुलको उद्घाटन प्रदेश नम्बर १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीद्धारा भएको छ । सोही कार्यक्रममा उदयपुरको भाग्य र भबिष्यसँग जोडिएको कोशी कोरिडोर (घुर्मी–चतरा सडक) निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री कार्कीले बताउनुभयो । मन्त्री कार्कीका अनुसार आफू पनि यही भेगको स्थानीय भएकाले यस क्षेत्रका समस्याहरुको बारेमा राम्रो सँग बुझेको र कोशी कोरिडोरलाई नयाँ ढंगबाट अगाडी बढाउन प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गर्न तयार रहेको जानकारी गराउनुभयो । कोशी कोरिडोर यस क्षेत्रको समृद्धिको मुल आधार हुने भएकाले यसलाई अगाडी बढाउन काठमाण्डौ डेलिकेसन जान आफू तयार रहेको समेत प्रष्ट पार्नुभयो । मन्त्रालयका सचिव लगाएत ईन्जिनियरहरुको टोली लिएर पुल उद्घाटन गर्न पुगेका कार्कीले भन...