समयमै कक्षा १२ को परिक्षा हुन नसक्दा बाहिर पढ्न जाने विद्यार्थीहरु रोकिए
पूणर्पुष्टि, भदौ १३
समयमै कक्षा १२ को परिक्षा हन नसकेपछि विदेश पढ्ने तयारीमा रहेको विद्यार्थीहरुलाई समस्या भएको छ । १२ को परिक्षा सकेर विदेश पढ्ने तयारीका विद्यार्थीहरु अहिले समस्यामा परेको हो ।
कोरोनाका कारण पटक पटक परिक्षा स्थगित भएपछि विद्यार्थीहरुको तयारी सफल हुन नसक्दा विद्यार्थीहरुलाई चिन्ता बढेको छ । बिभिन्न विषयका लागि कक्षा १२ पछि विदेश पढ्ने तयारीका विद्यार्थीहरुले चिन्ता व्यक्त गरेको छ । अमेरिकामा नर्सिङ पढ्न जाने तयारीमा रहेकी निर्भाना महतले कक्षा १२ को परीक्षा नभएकै कारण आफ्नो एक वर्ष खेर जाने जोखिम बढेको बताइन् । ‘कन्सल्टेन्सीले यो महिनाभित्र परीक्षा भयो भने मिल्छ, नभए अर्को वर्ष मात्रै मिल्छ भनेको छ’ उनले भनिन् ।
अरु तहको परीक्षा भइरहे पनि १२ कक्षाको मात्रै परीक्षा रोक्दा धेरै विद्यार्थी मारमा परेको निर्भाना बताउँछिन् । ‘अब पनि परीक्षा भएन भने विदेश पढ्न जान चाहनेको...









