१८ माघ २०८२ । उदयपुर
उदयपुरको बसाहामा जारी ११ औ नारदमुनि थुलुङ गोल्डकपको आज चौथो दिन भएको अन्तिम क्वाटर फाइनल खेलमा एपीएफ काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ।
एलएक्स सिटी फुटबल क्लब बेलबारी मोरङलाई ० को विरुद्ध १ गोल गर्दै जित हात पारेको हो।
खेलको ४३ औँ मिनेटमा एपीएफका जर्सी नम्बर ११ का श्याम नेपालीले गोल गरेका थिए । सोही गोल निर्णायक बन्यो । खेलको पहिलो हाफसँग दुवै तर्फबाट गोल बराबरी जिरोमा टुङ्गिएको थियो ।
आजको म्यान अफ दि म्याच एफएफका जर्सी नम्बर १५ का विवेक थापा मगर भए ।
भोलिको सेमिफाइनल खेल यङ ब्रदर क्लब इटहरी र न्यु त्रियुगा स्पोर्ट्स क्लब सप्तरीबीच हुनेछ । यो गोल्डकपको पहिलो सेमिफाइनल खेल हो ।...
पूर्णपुष्टि/१७ माघ, २०८२ ।
पर्यटन प्रवद्र्धन, साहसिक खेलकुदको विकास, वातावरण संरक्षण तथा युवाहरूमा सकारात्मक ऊर्जा जागरणको उद्देश्यले उदयपुरमा साईकल टुर “राइड टु कोशी २०८२” आज सम्पन्न भएको छ ।
उदयपुर जिल्ला साइक्लिङ संघको आयोजना तथा त्रियुगा नगरपालिका र नेपाली सेनाको पशुपतीप्रसाद गण, बोक्सेको सहयोगमा कार्यक्रम भएको हो । हिजो विहान जिल्ला सदरमुकाम गाईघाटबाट सुरु साईकल टुर त्रियुगा नगरपालिका १५ धाप्लाङसम्मको यात्रा गरी आज विहान समापन गरिएको आयोजकले जनाएको छ ।
आयोजक संघका अध्यक्ष माधव बानियाँका अनुसार गाईघाटदेखि धाप्लाङसम्मको आउनु–जानु ६० किलोमिटर दुरी पार गर्दै टुर पुरा भएको हो । साइकल टुरमा देशको विभिन्न ठाउँका २५० जना साइक्लिष्टहरुको सहभागिता रह्यो । सो अवसरमा धाप्लाङघाटमा कोशीमा र्याप्mटिङसमेत भएको थियो ।
त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत, उपमेयर महेश्वरी राई, नेपाली सेनाको पूर्व...
१७ माघ २०८१ । उदयपुर
उदयपुरको बसाहमा जारी ११ औ नारदमुनि थुलुङ गोल्डकपको आज भएको तेस्रो दिनको क्वाटर फाइनल खेलमा ट्राइबेकरबाट नेपाल खेलकुद क्लब रौतहटलाई पराजित गर्दै न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरी सेमिफाइनलमा प्रवेश गरेको छ।
ट्राइ ब्रेकरमा २-१ को अन्तरले न्यु स्पोर्ट्स क्लब सप्तरीले जित हात पारेको हो। पाँच-पाँच जना खेलाडीले गोल हानेकोमा सप्तरीको किपरले चार गोल रोक्न सफल भएको थियो भने रौतहटको किपरले तीन गोल मात्र रोके ।
खेलको अन्तिम समयसम्म सप्तरीको दबदबा रहे पनि रौतहट गोल रोक्न सफल भएको थियो। तर ड्राइ ब्रेकरमा दुई एकको अन्तरमा पराजित भएको हो ।
भोलिको एपीएफ क्लब काठमाडौँ र एलयाक्स सिटी फुटबल क्लब मोरङबीच हुनेछ।
आजको म्यान अफ दि म्याच सप्तरीका गोलकिपर सन्दीप भट्टराई घोषित भए ।...
पूर्णपुष्टि / गाईघाट / माघ, १६ गते ।
गाईघाटमा पनि जेनजी युवाहरुले सहिद दिवस मनाएको छ । शुक्रबार गाईघाट मेनचोक स्थित जेनजी उदयपुर सचेत युवा समूहको आयोजनामा दिप प्रज्वलन गरी सहिद दिवस मनाईएको हो । बीर सहिदहरु अमर रहुन भन्ने नाराका साथ सहिदहरुको सम्झनामा दिप प्रज्वलन गरिएको हो । बिषेशगरी युवा पुस्ताहरुको उपस्थितिमा दिप प्रज्वलन गरिएको थियो । जेनजी अगुवा सुरेन्द्र राई र निमेश राई लगायत युवाहरुले दिवसमा सहिदहरुलाई सम्झिए । कार्यक्रममा सहिदहरुको सम्मान स्वरुप मौन धारण र राष्ट्रिय गान गरिएको थियो ।...
पूर्णपुष्टि / उदयपुर, माघ १६ ।
कटारीको कृषकका लागि आएको सरकारी सहुलियतको मल कालाबजारी गरी बिक्री गरेको पाइएको छ। नगरपालिकाको सिफारिसमा आएको मल कालाबजारी भएको हिजो फेला परेको हो ।
कटारी ३ स्थित दुर्गा भवानी कृषि सहकारीले कृषकको पेटमा लात हान्दै मल भने कालाबजारी गरी बिक्री गरेको हो। उसले सिन्धुलीको दुधौली स्थित एक गोदामलाई बिक्री गरेको पाइएको छ। सहरी सञ्चालकहरू पेशल भट्टराई र हिरा बास्तोला दोषी रहेको बुझिएको छ । सो सहकारी र सञ्चालक नगरपालिकाको कारवाहीमा परेका छन् ।
कृषकहरु एक सक्रिय संघर्ष समितिले कालाबजारी फेला पाटेको हो।
उदयपुर कटारीको कृषकहरूका लागि सरकारी सहुलियतको मल नगरपालिकाको सिफारिसमा ल्याउने तर कृषकलाई नदिई सिन्धुलीको दुधौली स्थित एक गोदामलाई बेचेको पाइएको हो। कटारीमा ल्याउनुपर्ने मल दुधौलीको गोदाममा भण्डारण गर्दै गरेको अवस्थामा ढुवानी गर्ने मालवाहक ट्रक र मल कृषकहरुले नै बराम...
१६ माघ, २०८२ । उदयपुर
उदयपुरको बसाहामा सञ्चालित नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको क्वार्टर फाइनल खेलमा आज सहलेश युवा क्लब सिराहाले दमक फुटबल एकेडेमी झापालाई १ को विरुद्ध ४ गोल गर्दै जित हात पारेको छ ।
खेलको सुरु एक मिनेटमै सहलेसका जर्सी नम्बर १० का बिकि चाम्लिङ राईले पहिलो गोल गरेका थिए । १८ औँ मिनेटमा जर्सी नम्बर १५ का विदेशी खेलाडी पेपेले गोल गरेका थिए । ५० मिनेटमा जर्सी नम्बर ११ का सुनिल खड्का र ५७ मिनेटमा जर्सी नम्बर ९ का राजेश दाहालले गोल गरेका थिए ।
दमक फुटबल एकेडेमीको तर्फबाट २३ मिनेटमा जर्सी नम्बर १६ का किस्मत लिम्बुले मात्र एक गोल गरेका थिए । त्यसपछिको सबै प्रयास विफल भएपछि झापाले एक गोलमै चित्त बुझाउनु पर्यो भने चार गोल को फराकिलो अन्तरमा सिराहा जितमा अगाडि बढेको छ ।
भोलिको खेल न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरी र नेपाल खेलकुद क्लब रौतहटबीच हुनेछ...
पूर्णपुष्टि / उदयपुर, माथ १५ ।
नारदमुनि थुलुङ गोल्डकपको एघारौँ संस्करण आजबाट उदयपुरमा सुरु भएको छ। वसाहाको नारदमुनि रङ्गशालामा सञ्चालित गोल्डकपको उद्घाटन चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले गरेका छन्।
गोल्डकपको उद्घाटन खेलमा द योङ ब्रदर्श क्लव इटहरीले आयोजक बसाहा क्लवलाई को विरुद्ध गोलले पराजित गर्दै जीतको सुरुवाती गरेको छ।
खेलको २७ औ मिनेटमा द योङ ब्रदर्श का जर्सी नं १० का विदेशी खेलाडी फोफोनाले पहिलो गोल गरे । आयोजक बसाहा क्लबको तर्फबाट पटक -पटकको अवसर गोलमा परिणत हुन नसकेपछि शून्यमै चित्त बुझाउनुपर्यो।
भोलीको खेल सहलेस युवा क्लव सिरहा र दमक फुटबल एकेडेमी झापा बीच हुनेछ ।
आगामी २२ गते फाइनल हुने गोल्डकप ऐतिहासिक व्यक्तित्व प्रजातान्त्रिक योद्धा स्वर्गीय नारदमणि थुलुङको स्मृतिमा आयोजना हुँदै आएको छ। ऐतिहासिक व्यक्तित्वको प्रतिष्ठासँग जोडिएको गोल्डकप उदयपुरको एक प्रतिष...
https://youtu.be/_mikweGBCNE
उदयपुर क्षेत्र नम्बर -२ लिम्चुङ्गबुङ गाउँपालिकाको वडा नम्बर - ४ बलम्ताका वडाबासीहरूको माग र आवश्यकता के के छन् ?संघीय प्रतिनिधि सभा सदस्यले सुन्नुपर्ने बुझ्नुपर्ने र गरिदिनुपर्ने कुराहरु के के हुन् । वडाध्यक्ष छत्र बहादुर राईसँग कुराकानी गरिएको छ ।
https://youtu.be/6sFfBCrvJcE
पूर्णपुष्टी/उदयपुर, माघ १२।
आज एकजना अशक्त र पीडामा पर्नुभएको व्यक्ति पूर्णपुष्टि कार्यालय खोज्दै आइपुग्नुभयो। wheelchairको सहाराले आउनुभएको उहाँ माथिल्लो तला उक्लन नसक्ने भएकाले भुइतलामै भेट गर्यौ । उहाँ रौतामाई गाउँपालिका घर भई हाल त्रिगा नगरपालिका वडा नम्बर १३ भुसुनेमा बस्दै आउनुभएका ३३ वर्षीय तिलक बहादुर बहादुर राया हुनुहुन्छ उहाँको फेसबुकमा नाम भने प्रकाश राया क्षेत्री रहेछ । लडेर चार वर्षदेखि अशक्त बन्नुभएको उहाँ उपचारमा धनसम्पत्ति सकिएपछि सहयोग याचनामा हुनुहुँदो रहेछ। आफ्नो याचनालाई कतै सहयोगी मनहरूसम्म मिडियाले पुर्याइदिन्छ कि भनेर आउनुभएको रहेछ । दुई छोरी एक छोरा श्रीमती र बुवाआमा, बुवा पनि जन्मजात अपाङ्ग हुनुहुँदो रहेछ । लडेर मेरुदण्ड भाँचिएको छ। मेरुदण्ड नै भाँचिएको कारण हातखुट्टा समेत चल्दैन । विभिन्न अस्पतालहरू आउँदा धाउँदा खर्चले आर्थिक अवस्था...