Thursday, August 20News That Matters

समाचार

वर्षापछि अवरुद्ध लिमचुङबुङ सडक सुचारु

वर्षापछि अवरुद्ध लिमचुङबुङ सडक सुचारु

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १७ ।  अविरल वर्षाले अवरुद्ध भएको उदयपुरको गाईघाट-लिमचुङबुङ सडक खण्ड पाँच दिनको निरन्तर मर्मतपछि सञ्चालनमा आएको छ । लिमचुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राईले दर्जनौं ठाउँमा भत्किएको र पहिरोले पुरिएको सडक रातारात मर्मत गरी सुचारु गरिएको जानकारी दिए । गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट १९ लाख रुपैयाँ खर्च गरी स्काभेटर, ट्याक्टर र प्राविधिक जनशक्ति परिचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले बताए । चाडपर्वको समय नजिकिएकाले यातायात सुचारु गर्न तत्काल पहल गरिएको हो । हाल ठूला बस नचले पनि बोलेरो, सुमो र मोटरसाइकल सञ्चालनमा छन् । ४५ किलोमिटर लामो यो सडकको अधिकांश भाग रौतामाई गाउँपालिकामा पर्छ । यस पटक रौतामाई गाउँपालिकाले पनि मर्मत कार्यमा सहयोग गरेको छ । वर्षायाममा नियमित रूपमा समस्याग्रस्त हुने यो सडकमा हरेक हिउँदमा मर्मत गरिए पनि स्थायी समाधान हुन सकेको छैन...
राज्यमन्त्री चढेको गाडीमा ढुङ्गा प्रहार गर्ने छ जना पक्राउ

राज्यमन्त्री चढेको गाडीमा ढुङ्गा प्रहार गर्ने छ जना पक्राउ

Breaking News 2, समाचार
उदयपुर, असोज १७ । कोशी प्रदेशका राज्यमन्त्री सृजना राई चढेको गाडीमाथि मंगलबारराती ढुङ्गा प्रहार गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । उदयपुरको बेलका नगरपालिका–८ स्थित सिरवानी भन्ने ठाउँमा लुटपाटको प्रयासले ढुङ्गा प्रहार गरेको आशंकामा छ जनालाई हिजो पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्थानीय आकाश राई, विशाल राई, लोहनसिंह राई, सुदीप राई, थानविन राई र सुरेश राई गाउँमै पक्राउ परेका हुन् । प्रहरीले घटनाबारे अनुसन्धान अगाडि बढाएको छ । भोजपुरको आमचौकमा बाढी प्रभावित क्षेत्रको अनुगमनपछि विराटनगरतर्फ फर्कने क्रममा राती करिब ११ बजे राज्यमन्त्री राई चढेको गाडीमाथी लुटपाटको प्रयाससहित ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले बताउनुभयो । राज्यमन्त्री राईको स्वकीय सचिव अनुहांग राईका अनुसार राज्मन्त्रीसहित ७ जना चढेको प्रदेश १–०४–००१ झ ००३२ नम्बरको गाडी रोकेर लुटपाटको प्रयास भएको...
बीपी राजमार्ग खोल्न सेनाको सहयोग, प्राविधिक टोलीद्वारा अध्ययन सुरु

बीपी राजमार्ग खोल्न सेनाको सहयोग, प्राविधिक टोलीद्वारा अध्ययन सुरु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १७ ।  विपद्का कारण अवरुद्ध बीपी राजमार्ग खुलाउन सरकारले नेपाली सेनाको समेत सहयोग लिने भएको छ । बुधबार भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माको नेतृत्वमा तीन जना मन्त्रालयका र एक जना सेनाका प्राविधिक सम्मिलित टोलीले सेनाको हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रको निरीक्षण गरेको छ । सैनिक स्रोतका अनुसार, पहिरोले क्षतिग्रस्त भएको १० देखि १२ किलोमिटर सडक खण्डमा वैकल्पिक मार्ग बनाउन विस्फोटक पदार्थको प्रयोग गर्नुपर्ने भएकाले सेनालाई संलग्न गराइएको हो । यसअघि भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईबीच भएको छलफलमा स्रोत साधनको अभावमा प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भएको जानकारी गराइएको थियो । रक्षामन्त्री राईले प्रधानसेनापति अशोकराज सिग्देलसँग समेत यसबारे छलफल गरेका छन् । उनका अनुसार भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्वमा सम्भाव्यता अध्ययन भइरहेको...
चाडपर्व सुरक्षित बनाउन कोशी प्रदेश प्रहरी प्रमुख खापुङको निर्देशन

चाडपर्व सुरक्षित बनाउन कोशी प्रदेश प्रहरी प्रमुख खापुङको निर्देशन

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १७ । कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्र कुवेर खापुङले चाडपर्वलाई मर्यादित र सुरक्षित बनाउन जिल्ला प्रहरी प्रमुखहरूलाई निर्देशन दिएका छन् । मंगलबार भर्चुअल माध्यमबाट आयोजित बैठकमा उनले कालोबजारी नियन्त्रण, चोरी तस्करी रोकथाम र लागूऔषध नियन्त्रणमा कडाइ गर्न निर्देशन दिए । चाडपर्वको समयमा बढ्ने यात्रु चापलाई मध्यनजर गर्दै यात्रु सहायता कक्ष स्थापना गर्न र दुर्घटना रोक्न ट्राफिक व्यवस्थापन कडा बनाउन समेत उनले भने । जुवातास, मदिरा सेवन र पटाका नियन्त्रणका साथै फरार प्रतिवादी पक्राउ र मापसे चेकजाँचलाई तीव्रता दिन पनि निर्देशन दिइएको छ । डिआइजी खापुङले बाढीपहिरो जस्ता विपद्का बेला अन्य सुरक्षा निकायसँग समन्वय गरी सीमित स्रोत साधनको अधिकतम प्रयोग गर्न समेत मातहतका कार्यालयलाई निर्देशन दिएका छन् ।...
देशभरका विभिन्न सडक अझै अवरुद्ध, यात्रु आवागमन प्रभावित

देशभरका विभिन्न सडक अझै अवरुद्ध, यात्रु आवागमन प्रभावित

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १७ । गत शुक्रबार र शनिबारको लगातारको वर्षापछि देशका विभिन्न भागमा सडक अवरुद्ध भएको अवस्था कायमै छ । काठमाडौं उपत्यकामा नख्खुडोल पुल नजिक सडक भासिएका कारण सवारी साधन चल्न सकेका छैनन् । यस्तै वीपी राजमार्ग, फर्पिङ र कान्तिलोकपथमा पहिरोका कारण यातायात सेवा ठप्प रहेको छ । काभ्रेपलाञ्चोकमा रोशी खोलाले सडक कटान गरेका कारण वीपी राजमार्ग केही दिन अगाडिदेखि नै पूर्ण रूपमा अवरुद्ध छ । सिन्धुलीको गोलन्जोर र फिक्कल गाउँपालिकामा खसेको पहिरोले मध्यपहाडी लोकमार्गको आवागमन रोकिएको छ । रामेछापमा सुनकोशी नदीले मन्थली नगरपालिकाको पुल र खाडादेवी गाउँपालिकाको खैरेनी पुल बगाउँदा खुर्कोट-मन्थली तथा सिन्धुली, नेपालथोक-मन्थली सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमै ठप्प छ । यस्तै, उदयपुरको रौतामाई र खोटाङको खोटेहाङ गाउँपालिका जोड्ने पुल भत्किएकाले सगरमाथा राजमार्गको आवागमन प्रभावित छ । पाँचथरको फिद...
उदयपुरमा राज्यमन्त्री राईमाथि लुटपाटको प्रयास, ६ जना पक्राउ

उदयपुरमा राज्यमन्त्री राईमाथि लुटपाटको प्रयास, ६ जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १७ ।  कोशी प्रदेशकी राज्यमन्त्री सृजना राईमाथि उदयपुरमा लुटपाटको प्रयास भएको छ । बाढी प्रभावित क्षेत्रको अनुगमनपछि विराटनगर फर्कने क्रममा उदयपुरको बेलका नगरपालिका-८ स्थित सिरवानीमा मंगलबार राति करिब १० बजे ६ जनाको समूहले उनको गाडीमाथि आक्रमण गरेको थियो । कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुबेर खापुङका अनुसार राज्यमन्त्री सवार प्रदेश १-०४-००१ झ ००३२ नम्बरको गाडी रोकेर लुटपाट गर्न खोजिएको थियो । तर चालकले गाडी नरोकेपछि समूहले ढुंगा प्रहार गरेको थियो । ढुंगा लागे पनि गाडीमा खासै क्षति नभएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरीले बुधबार बिहानदेखि अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा स्थानीय आकाश राई, विशाल राई, थानवीर राई, लोहनसिंह राई, सुदीप राई र सुरेश राई पक्राउ परेका छन् । उनीहरूको साथबाट घटनामा प्रयोग भएको एउटा टर्चलाइट र हँसिया बरामद गरिएको ...
घटस्थापना सँगै सुरु भयो बडादशैं

घटस्थापना सँगै सुरु भयो बडादशैं

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १७ ।  नेपालीहरुको महान चाड बडादशैं आजदेखि सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनामा घर-घरमा वैदिक विधिपूर्वक कलश, दियो र गणेश स्थापना गरिन्छ । पूजाकोठामा जौको जमरा राखिने यस पर्वमा नवरात्रभर दुर्गा देवीका नौ रूपको पूजा गरिन्छ । असोज २६ गते विजयादशमीका दिन ११:३६ को शुभसाइतमा टीका लगाइनेछ । दशैंलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने यो पर्व सबै धर्म र जातका लागि समान रहेको धर्मशास्त्रका जानकारहरू बताउँछन् ।...
उदयपुरमा लागुऔषध सहित २ युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित २ युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १७ । उदयपुरमा लगुऔषध सहित २ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१० बस्ने २० बर्षीय संगम भुजेल र २२ बर्षीय संगम राई रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार त्रियुगा नगरपालिका–६ स्थित प्रहरी चौकी लालपत्ताबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले लहानबाट गाईघाट तर्फ आउँदै गरेको प्र.२–०३–००१ज ०११४ को विङगरलाई चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट २७ एम्पुल प्रतिवन्धित लागुऔषध सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुबै जनाको सम्बन्धमा सम्बन्धित कार्यालयबाट आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
कोशी प्रदेशको ९ जिल्लामा बाढीको खतरा

कोशी प्रदेशको ९ जिल्लामा बाढीको खतरा

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १६ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले कोशी प्रदेशका ९ जिल्लामा बाढीको मध्यम जोखिम रहेको जनाएको छ । आज बिहान जारी गरिएको सूचना अनुसार ताप्लेजुङ संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी जिल्लामा आगामी तीन दिनसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । महाशाखाका अनुसार ठूला नदीहरूमा बाढीको खतरा नभए पनि साना नदी तथा खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ । कन्काई नदीमा जलसतह उल्लेख्य रूपमा बढ्ने भएकोले नदी किनार क्षेत्रमा विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ । कोशी लगायत अन्य ठूला नदीहरूको जलसतह भने सामान्य घटबढ हुने र सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान गरिएको छ । साथै भोजपुर, खोटाङ, सोलुखुम्बु र उदयपुर लगायतका जिल्लाका साना नदीहरूको बहाव बढ्न सक्ने भएकोले यी क्षेत्रमा पनि सतर्कता अपनाउन महाशाखाले सुझाएको छ ।...
मनसुन अझै दुई हप्ता लम्बिने, दशैंसम्म वर्षाको सम्भावना

मनसुन अझै दुई हप्ता लम्बिने, दशैंसम्म वर्षाको सम्भावना

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १६ । यस वर्षको मनसुन सरदर समयभन्दा लामो अवधि रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतया अक्टुबर २ मा बाहिरिने मनसुन यस वर्ष अक्टुबरको दोस्रो हप्तासम्म रहने देखिएको हो । मौसमविद् प्रतिभा मानन्धरका अनुसार देशका विभिन्न भागबाट क्रमशः मनसुन बाहिरिने क्रम सुरु हुनेछ । सुदूरपश्चिमका जिल्लाहरूबाट शनिबारदेखि नै मनसुन बाहिरिन थाल्ने अनुमान गरिएको छ । तर कोशी प्रदेशमा भने दशैंको टीका (अक्टुबर १२) सम्म मनसुनी प्रभाव कायमै रहने सम्भावना छ । मौसमका अध्येता डा. धर्मराज उप्रेतीले कोशी प्रदेशमा 'हिले दशैं' हुनसक्ने बताए । तर उनका अनुसार अघिल्ला दिनहरूको जस्तो भारी वर्षा भने नहुने अनुमान छ । नेपालमा मनसुनी वर्षाको विवरण राख्न थालिएको सन् १९६८ यताकै रेकर्ड हेर्दा सबैभन्दा ढिलो मनसुन बाहिरिएको वर्ष २०१३ हो, जब अक्टुबर १९ मा मनसुन बाहिरिएको थियो । यस वर्ष मनसुन जुन १० मा भ...