धरान खुल्ला ब्याडमिन्टन प्रतियाेगिताकाे उपाधी चन्द र तामाडकाे जाेडीले चुमे
पूर्णपुष्टि, असाेज २० ।
धरान खुल्ला ब्याडमिन्टन प्रतियाेगिताकाे उपाधी त्रिभुवन आर्मी ब्लवका हिमाल चन्द र भाेजपुरका विशाल तामाङकाे जाेडीले चुमेकाे छ । धरान ब्याडमिन्टन क्लवकाे आयाेजनामा अमरहाट स्थित अमर सेवा समाजकाे हलमा तीनदिनसम्म सञ्चालन भएकाे प्रतियाेगिताकाे आज सम्पन्न फाईनल खेलमा एपीएफका क्षितिज खनाल र देवराज रमनाकाे जाेडीलाई पछि पार्दै चन्द र तामाङकाे जाेडीले उपाधी जितेकाे हाे ।
दुबै फाईनलिष्ट टिमबीच राेचक र प्रतिष्पर्धी खेल हुँदा डिसाईडिङ खेलमा साे जाेडीले जित हात पारेकाे हाे ।
प्रतियाेगितामा भेट्रान्स (४५+) मा देववहादुर गुरुङ(तनहु) र सम्भु श्रेष्ठ (कास्की) काे जाेडी प्रथम भएकाे छ । उत्तम सिम्खडा र श्रवण चाैधरीकाे जाेडी दाेस्राे भए । तेस्राे सन्ताेष कटुवाल/भजनलाल चाैधरीकाे जाेडी र धनबहादुर लिम्बू/राम याेन्जनकाे जाेडी भए ।
भेट्रान्स (५५+) मा उत्तम सिम्खडा र सञ्जय भक्तराजकाे जाेडी...









