Thursday, August 20News That Matters

समाचार

कोशी प्रदेशको नयाँ निर्देशिकाले कन्टिन्जेन्सी खर्चमा रोक

कोशी प्रदेशको नयाँ निर्देशिकाले कन्टिन्जेन्सी खर्चमा रोक

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २३ ।  कोशी प्रदेश सरकारले गत भदौ २७ गते जारी गरेको 'सार्वजनिक खर्चको मापदण्ड र मितव्ययिता सम्बन्धी (पहिलो संशोधन) निर्देशिका २०८१' ले प्रदेशका विकासे अड्डाहरूमा खैलाबैला मच्चाएको छ । उक्त निर्देशिकाले कन्टिन्जेन्सी खर्चबापत रकम छुट्ट्याइने विगतको अभ्यासमा रोक लगाएको छ । निर्देशिकामा कुनै आयोजना वा कार्यक्रमको कार्यान्वयन गर्दा वर्कचार्ज, स्टाफ खर्च, सानातिना अन्य खर्च, कार्यालय व्यवस्थापन खर्च वा कन्टिन्जेन्सी खर्चबापत रकम छुट्ट्याइने वा खर्च गरिने छैन भन्ने उल्लेख छ । यस निर्णयपछि विकास निर्माणका काम धेरै हुने भौतिक पूर्वाधार विकास मन्त्रालय र खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय मातहतका कार्यालयहरूमा हल्लीखल्ली भएको छ । ती कार्यालयहरूले कन्टिन्जेन्सीको नाममा हरेक आयोजनाको ४ प्रतिशत रकमबाट आयोजनाको अनुगमन, इन्धन खर्च, सूचना प्रकाशन र कर्मचारी व्यवस्थापन गर्दै आएका थिए ...
चेन्नईमा वायुसेना प्रदर्शनीमा गर्मी र भीडका कारण ५ जनाको मृत्यु

चेन्नईमा वायुसेना प्रदर्शनीमा गर्मी र भीडका कारण ५ जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २३ । भारतको चेन्नईमा भारतीय वायुसेना (आईएएफ) को ९२ औँ वार्षिकोत्सव समारोहमा गर्मी र भीड व्यवस्थापनमा कमजोरीका कारण पाँच जनाको मृत्यु भएको छ । कीर्तिमानी १५ लाख मानिसको उपस्थिति रहेको उक्त कार्यक्रममा अन्य धेरै व्यक्तिहरू घाइते भई अस्पताल भर्ना गरिएको छ । मरीना बिचमा आयोजित प्रदर्शनीमा तापक्रम ३५ डिग्री सेल्सियससम्म पुगेको थियो । एनडीटीभीका अनुसार दर्शक क्षेत्रमा पिउने पानीको पर्याप्त व्यवस्था नभएको पाइएको छ । कार्यक्रमस्थलमा पुग्न दर्शकहरूले लामो दूरी पैदल हिँड्नुपरेको थियो। त्यसैगरी, प्रदर्शनीपछि सार्वजनिक यातायात प्रयोग गर्न वा निजी सवारी साधन लिन पनि मानिसहरूलाई जामले भरिएको सडकमा ३ देखि ४ किलोमिटरसम्म हिँड्नुपरेको बताइएको छ । समुद्र तटको वरिपरि भीडले गम्भीर ट्राफिक जाम निम्त्याएको स्थानीय प्रहरीले जनाएको छ ।...
प्रदेश  आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट उदयपुर प्रहरी लाइब्रेरीलाई कम्प्युटर प्रदान

प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट उदयपुर प्रहरी लाइब्रेरीलाई कम्प्युटर प्रदान

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २३ । कोशी प्रदेशका उप–सभामुख सिर्जना दनुवारले जिल्ला प्रहरी कार्यालय उदयपुर परिसरमा रहेको लाइब्रेरी क्याफेलाई एक थान कम्प्युटर हिजाे हस्तान्तरण गरेकी छिन् ।कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट प्रदान गरिएकाे उक्त कम्प्युटर इ–बुक मार्फत अध्ययन गर्न थप सहजता होस् भन्ने उद्देश्यका साथ प्रदान गरिएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका (एसपी) हरिहर नाथ योगीलाइ कम्प्युटर हस्तान्तरण गरिएको छ । कार्यक्रममा त्रियुगा नगरपालिकाका उप–प्रमुख, समाजसेवीहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा प्रउ योगीले पुस्तकालयको महत्त्वबारे प्रकास पार्दै माननीय लगायत उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे । त्यसैगरी, उपसभामुख दनुवारले उदयपुर प्रहरीको सेवाप्रवाहको प्रशंसा गर्दै नजिकिँदै गरेकाे चाडपर्वको शुभकामना व्यक्त गरिन् ।...
कोशी र मधेस प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

कोशी र मधेस प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २३ । जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत मधेस र वाग्मती प्रदेशका पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, मधेश र वाग्मती प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । विभागले आज बिहान ६:०० बजे जारी गरेको मौसम बुलेटिन अनुसार हाल कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । राती कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँक...
उदयपुरको जलजलेमा श्रीमानले गरे श्रीमतीको हत्या

उदयपुरको जलजलेमा श्रीमानले गरे श्रीमतीको हत्या

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २२ असोज । उदयपुरमा श्रीमानले श्रीमतीको हत्या गरेको छ । मंगलबार त्रियुगा नगरपालिका ६ जलजलेमा करिब ६ बजेको समयमा घटना भएको हो । श्रीमान जंग बहादुर तामाङले आफ्नै श्रीमतीलाई हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार २९ बर्षिय उर्मिला तामाङको हत्या भएको हो । घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । ताप्ली गाउँपालिकाका ठेगाना भएका उर्मिला र जंग बहादुर तामाङ जलजलेमा भाडामा बस्दै आएको खुलेको छ । घटनाबारे बिस्तिृतमा प्रहरीले अनुसन्धान गरिरहेको छ । हत्या गर्ने तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
दशैं सुरक्षाका लागि ६० हजार प्रहरी परिचालन

दशैं सुरक्षाका लागि ६० हजार प्रहरी परिचालन

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २२ । नेपालीहरुको ठूलो पर्व दशैंलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले देशभर ६० हजार प्रहरी जनशक्ति परिचालन गरेको छ । ७९ हजार ५४१ दरबन्दी रहेको नेपाल प्रहरीमा अहिले करिब ४ हजार दरबन्दी रिक्त छ । जसमध्ये देशभर दशैं सुरक्षाका लागि भनेर ६० हजार प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले बताए । अति आवश्यक काम बाहेकका प्रहरी कर्मचारीलाई यो पटक दशैंमा बिदा छाडिएको छैन । सकेसम्म सुरक्षित दशैं बनाउने योजना प्रहरी प्रधान कार्यालयको रहेको छ । बाढी पहिरोबाट क्षति भएका जिल्लाहरुमा कार्यरत प्रहरी कर्मचारीलाई राहत, पुनर्स्थापनालगायतको काम बाँकी नै रहेकाले अहिले अति आवश्यक बाहेकहरुलाई बिदा छाडिएको छैन । परिचालित ६० हजार प्रहरीमध्ये केही प्रहरी सादा पोशाकमा सूचना संकलनका रुपमा खटिएका छन् । उनीहरुले अपराध हुने वा हुनसक्ने स्थानहरुमा खटि...
आज चुहाडेमा एलिनाले नचाउने, उमेशले हसाउने

आज चुहाडेमा एलिनाले नचाउने, उमेशले हसाउने

Breaking News 1, Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, २२ असोज । चर्चित गायकिा एलिना चौहान र हाँस्य कलकार उमेश राई (फुलन्देको आमा) आज उदयपुरको चुहाडेमा आउने भएको छ । दशैँ बिषेश सांगितिक कार्यक्रममा प्रस्तुती दिन यी दुई कलकार उदयपुर आउने भएको हो । आदिम मिडिया गु्रप प्रा.लि र संगम समाज नेपालको आयोजनामा हुन लागिरहेको आदिम संगम बृहत सांस्कृतिक कार्यक्रममा यी दुई कलकारहरुको मुख्य प्रस्तुती हुने छ । यो सँगै कार्यक्रममा बिभिन्न जातजातिको झाँकी प्रदर्शन सँगै स्थानीय कलकारहरुले पनि प्रस्तुती दिने छ । चर्चित गायकिा एलिना चौहान र हाँस्य कलकार उमेश राई (फुलन्देको आमा) आज उदयपुरको चुहाडेमा आउने भएको छ । दशैँ बिषेश सांगितिक कार्यक्रममा प्रस्तुती दिन यी दुई कलकार उदयपुर आउने भएको हो । आदिम मिडिया गु्रप प्रा.लि र संगम समाज नेपालको आयोजनामा हुन लागिरहेको आदिम संगम बृहत सांस्कृतिक कार्यक्रममा यी दुई कलकारहरुको मुख्य प्रस्तुती हुने छ । यो सँगै कार्...
दशैँमा काठमाडौँ छोड्नेको चाप, टिकट अभावमा यात्रुलाई सास्ती

दशैँमा काठमाडौँ छोड्नेको चाप, टिकट अभावमा यात्रुलाई सास्ती

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २१ ।  बडादसैँ मनाउन जन्मस्थान फर्कने क्रममा गत एक हप्तामा तीन लाख ६३ हजारभन्दा बढी मानिसले काठमाडौँ उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराका अनुसार शनिबार साँझदेखि आइतबार बिहानसम्म मात्रै १६ हजार चार सय ६५ जना काठमाडौँबाट बाहिरिएका छन् । यात्रुको बढ्दो चापसँगै लामो दूरीका सार्वजनिक यातायात र हवाई टिकट पाउन मुस्किल भएको छ । टिकट अभावका कारण कतिपय यात्रुहरू बसको बोनट र मुडामा बस्न बाध्य भएका छन् भने केही काठमाडौँमै रोकिएका छन् । कैलालीका लोकेश सिंहले आफ्ना साथीहरू टिकट नपाएर काठमाडौँमै छुटेको बताए। त्यस्तै, अछाम जान लागेका दीपकबहादुर खत्रीले सिटको टिकट नपाएपछि बोनटमा बसेर भए पनि घर जान लागेको बताए । यात्रुको चापका कारण नाका र राजमार्गमा सवारी जाम हुने गरेको छ । कतिपय ठाउँमा सडक भत्किने र भासिने समस्या...
प्रसाईं समर्थकद्वारा आगजनी गरिएको ट्रकका चालकको मृत्यु

प्रसाईं समर्थकद्वारा आगजनी गरिएको ट्रकका चालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २१ ।  झापाको बिर्तामोडमा दुर्गा प्रसाईं पक्राउको विरोधमा उनका समर्थकले आगजनी गरेको भारतीय ट्रकका चालकको उपचारको क्रममा मृत्यु भएको छ । केही समयअघि बिर्तामोड नगरपालिका-६ गिरिबन्धु टि-स्टेट नजिक प्रसाईं समर्थकहरूले सुनसरीको दुहबीबाट जुट लिएर आउँदै गरेको भारतीय ट्रकमा आगजनी गरेका थिए । ट्रकका चालक भारत इस्लामपुर निवासी ४० वर्षीय प्याड रोयको दाहिने हात र ढाड जलेर गम्भीर घाइते भएका थिए । उनको बीएण्डसी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नर्थ बंगाल मेडिकल कलेजमा लगिएकोमा शनिबार मृत्यु भएको हो । मृतकका आफन्तले आइतबार डेढ घण्टासम्म शवलाई नेपाल-भारत सिमानामा ल्याएर सडक अवरुद्ध गरेका थिए । त्यसपछि नेपाल र भारतीय प्रहरीको समन्वयमा शव नेपाल ल्याइएको छ र हाल मेची प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा नागरिक प्रतिरक्षा बलका झापा संयोजक भ...
बजार अनुगमन गर्ने निकायलाई नै ठगेपछि भोजनालयलाई २ लाख जरिवाना

बजार अनुगमन गर्ने निकायलाई नै ठगेपछि भोजनालयलाई २ लाख जरिवाना

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २१ ।  कास्की जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको कार्यक्रममा सहभागीलाई खाजामा ठगी गरेको पाइएपछि पोखराको मारवाडी भोजनालयलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । प्रशासनले आइतबार शिक्षा विकास तथा समन्वय एकाइमा लागुऔषधसम्बन्धी अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सहभागी विभिन्न विद्यालयका प्रधानाध्यापक र कर्मचारी गरी ४० जनालाई खाजाका लागि पोखराको चिप्लेढुङ्गास्थित मारवाडी भोजनालयमा माग गरिएको थियो । भोजनालयले माग गरिएभन्दा निकै कम परिमाण र कम परिकारको खाजा उपलब्ध गराएर ठगी गरेको पाइएपछि प्रशासनले कारबाही गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीका अनुसार भोजनालयले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ खण्ड (ङ) बमोजिम कसुर गरेको पाइएकाले कारबाही गरिएको हो । सो दफामा वस्तु तथा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य लुकाइछिपाइ वा झुक्याइ बिक्री...