Sunday, August 23News That Matters

समाचार

लागुऔषधसहित १ जना पक्राउ

लागुऔषधसहित १ जना पक्राउ

समाचार
उदयपुर, फाल्गुन १२ गते ।  त्रियुगाको लालपत्ताबाट लागुऔषधसहित एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका–६ लालपत्ताबाट लागुऔषधसहित मोहम्बद काबिर पक्राउ परेको हो । लाहानबाट गाईघाट तर्फ आउँदै गरेको लु ५४ प ८७६३ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा मोटरसाईकलमा सवार स्थानीय २२ वर्षीय काबिरको साथबाट डाईजोल्याप ५ पिस, प्रोमेफाजिन ५ पिस, नुफिन ५ पिस र प्रयोग गरेको सिरीन्ज ३ पिस बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको काबिरलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
१३ नं वडामा २ दिने बहुक्षेत्रीय पोषण कार्यक्रम सुरु

१३ नं वडामा २ दिने बहुक्षेत्रीय पोषण कार्यक्रम सुरु

समाचार, स्वास्थ्य
उदयपुर/फागुन, ११ त्रियुगा नगरपालिका वडा नं १३ ले वडा भित्र रहेका गर्ववती महिला तथा २ बर्ष मुनिका बच्चाको अमाहरुलाई २ दिने बहुक्षेत्रीय पोषण अनुशिक्षण तालिम आइतबार देखी दिएको छ । तालिम त्रियुगा नगरपालिका वडा कार्यलय ढिकमा सुरु भएको छ । अनुशिक्षणमा गर्ववती तथा २ बर्ष मुनिका बच्चाको आमा र बच्चाहरुलाई स्वास्थय, खानपान, सरसफाई र पोषणको बारेमा जानकारी गराईने छ । वडाले तयार पारेको कार्यक्रम मध्य यो पनि एक महत्वपूर्ण कार्यक्रमको रुपमा रहेको वडाले जनाएको छ । त्यो अवस्थामा आमा र बच्चाको स्याहार सुसार र स्वास्थ्य प्रति अतिनै संवेदनशिलता अपनाउनु पर्ने भन्दै अनुशिक्षण तालिमको आयोजना गरिएको वडाले जनाए । बच्चाहरुमा धरै कुरा आमा बाटै सम्भव हुने हुदा स्वास्थ, सरसफाई र पोषण युक्त बच्चाको हेरचारमा यो अनुशिक्षणले आमाहरुलाई उपलब्धी मुलक बनाउने वडाले जनाएको छ । उत्साहजनक आमा तथा गर्ववती महिलाहरुको सहभागीम...
खुल्ला व्याडमिन्टन प्रतियोगितामा ए डिभिजन तर्फ हिमाल श्रेष्ठ र सरोज खवास बी डिभिजन तर्फ जोन जसराज र विनय चौधरको जोडि प्रथम

खुल्ला व्याडमिन्टन प्रतियोगितामा ए डिभिजन तर्फ हिमाल श्रेष्ठ र सरोज खवास बी डिभिजन तर्फ जोन जसराज र विनय चौधरको जोडि प्रथम

खेलकुद, समाचार
गाईघाट/फागुन, १० खुल्ला मेन्सडबल्स इभेन्ट व्याडमिन्टन प्रतियोगितामा ए डिभिजन तर्फ हिमाल श्रेष्ठ र सरोज खवासको जोडी प्रथम भएको छ भने बी डिभिजन तर्फ जोन जसराज र बिनय चौधरीको जोडी प्रथम भएको छ । यस्तै प्रतियोगिताको दोस्रो हुनेमा ए डिभिजन तर्फ बल बहादुर कार्की र चित्र थापा, बि डिभिजन तर्फ गोबिन्द चौधरी र बिनोद चौधरी रहेका छन् त्यसैगरी तेस्रो हुनेमा ए डिभिजन तर्फ सन्तोस कटुवाल, सुनिल परियार, पुजन ढुङगेल र यम कुमार मगर र बी डिभिजन तर्फ खम्बराज राई, भुपाल राना, प्रविन राई र युवराज दाहालको जोडी तेस्रो भएको छ । जेसिस उदयपुरले प्रजातान्त्र दिवसको अवसर पारेर गराईएको प्रतियागितामा बिभिन्न ठाउँका ६० जोडिहरुले सहभागी जनाएका थिए । गाईघाट बोक्से स्थित शुक्रबार देखी भएको प्रतियोगितामा ए डिभिजन तर्फ सिनियर खेलाडी र बी डिभिजन तर्फ जुनियर खेलाडीहरुले खेलेका थिए ।  ...
दुर्घटना न्युनिकरणलाई पहिलो प्राथामिकता दिन्छौ ः ट्राफिक इन्चार्ज खनाल

दुर्घटना न्युनिकरणलाई पहिलो प्राथामिकता दिन्छौ ः ट्राफिक इन्चार्ज खनाल

समाचार
गाईघाट/फागुन, १० सडक दुर्घटनाको बढ्दो अवस्थालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक कार्यलय उदयपुरका ट्राफिक इन्चार्ज होम प्रसाद खनालले दुर्घटना न्युनिकरणलाई प्राथामिकतामा राखेर काम गर्ने बताउनुभएको छ । धरान बाट सरुवा भएर उदयपुरमा कार्य सम्हाल्न आईपुग्नुभएको खनालले जिल्ला ट्राफिक कार्यलय उदयपुर गाईघाटमा शुक्रबारदेखी काम सम्हाल्नु भएको छ । आफ्नो कार्य सम्हाले सँगै खनालले पछिल्लो समय सडक दुर्घटना दिब्र रुपले बढेको बताउँदै दुर्घटना न्युनिकरण नै ट्राफिक प्रहरीको पहिलो काम रहेको बताउनुभयो । सडक दुर्घटनाको मुख्य कारण सवारी साधनको बढ्दो चाप, चालकको ट्राफिक नियम विपरित कार्यशैली र ट्राफिक कार्यलयमा जनशक्तिहरुको अभावले बढ्दो सडक दुर्घटना हुने गरेको पाईएको छ । जनशक्तिको अभावमा सवारी साधन चल्ने सबै ठाउँ ट्राफिकहरुको डिउटी नहुँदा त्यस्ता ठाउँमा दुर्घटना बढी हुने गरेको खनालले बताउनुभयो । ट्राफिक नभएको ठ...
दलित  सामुदायको जनसख्या  विवरण सार्वजानिक

दलित सामुदायको जनसख्या विवरण सार्वजानिक

समाचार
उदयपुर/फागुन, १० उदयपुरको उदयपुरगढी वडा नं ७ हाडेवास स्थित दलित सशक्तिकरण तथा सामाजिक रुपमा दलितहरुको स्वतन्त्र अधिकारको निम्ति तयार पारिएको विवरण प्रोफाईल शनिवार सार्वजानिक गरिएको छ । दलित अधिकार उपभोक्ता समितिले तयार पारेको दलित सशक्तिकरण प्रोफाईलको सार्वजानिक जिल्ला समन्वय समितिको प्रमुख खड्ग परियारले गर्नुभयो । दलितहरु समाजमा हरेक क्षेत्रमा पछि पर्ने र समान हकको निम्ति संघर्षमा नै जुटिरहनु पर्ने भएको भन्दै समान्तर रुपमा समाजमा उठ्न दलितहरुको हरेक क्षेत्र सामाजिक, आर्थिक, भौतिक, शैक्षिक, राजनैतिक र स्वास्थ्य क्षेत्रहरुको आधारमा दलित अधिकार उपभोक्ता समितिले प्रोफाईल तयार गरेको थियो । दलितहरुको समग्र अधिकारमा अबको समाज र सरकारले सकरात्मक कदम बढाएर दलितलाई सशक्ति करण तर्फ उन्मुख गर्नु पर्ने समन्वय प्रमुख खड्ग परियारले बताउनुभयो । यहाँ मात्र हइना देशै भरी रहेको दलित वस्तिहरु बिभिन्...
सिलाई व्यवसायी संघको स्थानीय निकाय सँग अन्तक्रिया

सिलाई व्यवसायी संघको स्थानीय निकाय सँग अन्तक्रिया

समाचार
गाईघाट/फागुन, १० कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला शाखा उदयपुरले स्थानिय निकाय भुमिका विषयक अन्तक्रिया डिम्कीको पिकनिक स्पोर्टमा बनभोज कार्यक्रमको आयोजना गरी गरेको छ । दिगो रुपमा सिलाई कटाई लाई व्यवसायीक र संस्थाग विकासको संञ्चालनमा स्थानीयको समेत महत्वपूर्ण भुमिका रहने भन्दै शनिवार अन्तक्रियाको आयोजना गरेको हो । संस्थाको मात्र पहलले व्यवसायीक रुपमा अगाडी बढ्न केही समस्याहरु आईपरेपनि संस्थाले यस प्रति निकै मेहनत र चासोको रुपमा व्यवसायीलाई अगाडी बढाएको छ । यसमा स्थानीय निकायरुले केही पहल गरेर जाने हो भने सहज तरिकाले यसको संस्थागत विकास र व्यवसाय अझै उत्कृष्ट हुने भन्दै अन्तक्रिया गरेको हो । अन्तक्रियामा बोल्दै जिल्ला समन्वय समितिको प्रमुख खड्ग परियारले यो व्यवसायीले मानिसलाई रोजगार मात्रै प्रदान नगरी व्यक्तिगतमा पनि ठुलो भुमिका खेलेको बताउनुभएको छ । आज सिलाई कटाई बाटै बनेको कपडाहरु ठ...
चौदण्डीगढीमा डोलेश्वर मन्दिर उद्घाटन

चौदण्डीगढीमा डोलेश्वर मन्दिर उद्घाटन

समाचार
राजेन्द्र दुष्ट बेल्टार/फागुन ९ चौदण्डीगढी नगरपालिकाको ४ नं. वडा स्थित ऐतिहासिक तीनदोभाने परिसरमा डोलेश्वर शिवालय मन्दिरको नगरप्रमुख खगेन्द्र राई र उपप्रमुख रिताकुमारी चौधरीले संयुक्तरुपमा शुक्रबार उद्घाटन गरेका छन् ।  महाशिवरात्रीको अवसर पारेर नवनिर्मित मन्दिरको उद्घाटन गरिएको हो । प्रमुख राईले मन्दिर उद्घाटन गर्दै भने, “धर्मको नाममा हालसम्म रहेको विकृती र विसङ्गतिलाई परित्याग गरी इमान्दारी नैतिकवान र कर्तव्यनिष्ठ नागरिक बने मात्र पवित्र मठ मन्दिरहरुको संरक्षणगरेको महत्व रहने छ ।” नगरप्रमुख राईले ऐतिहासिक क्षेत्रको रुपमा रहेको तीन दोभानेलाई विशेष पर्यटकीय तथा धार्मिक स्थलकोरुपमा घोषणा गरेकोले यो ठाउँलाई व्यवस्थित गर्न नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धतासमेत जाहेर गरेका छन्  । निकै पुरानो पहिचान बोकेको त्यस क्षेत्रको प्रचारप्रशार नभएका कारणलेपनि ओझेलमा परेकोले आगामी दिनमा...
श्रीमानको लामो आयु र राम्रो श्रीमानको लागि सिवको व्रत

श्रीमानको लामो आयु र राम्रो श्रीमानको लागि सिवको व्रत

समाचार
गाईघाट /फागुन ९ सिवरात्रीलाई मान्छेहरुले आआफ्नै तरिकाले मनाउइरहेता पनि नारीहरुले भने ब्यवहारिकता ढंगले सिवरात्री मनाउने गरेको पाइन्छ । सिवरात्रिलाई बिभिन्न नसालु वस्तु सँग दाँजेर नसा प्रयोग गरेर मनाउने व्यक्तिहरु पनि छ । गाँजा भाङ, धतुरोको नसामा सिव खुसी हुने कुरा बुझ्नेहरुले यस पर्वलाई यसरी नै मनाईरहेको पनि पाईन्छ । तर नारीहरुले भने यस पर्वमा विबाहित नारीहरुले आफ्नो श्रीमानको लामो आयु र स्वास्थयको लागि व्रत वसेर यो पर्व मनाउँछन भने अविबाहित नारीहरुले पनि भविष्यमा राम्रो श्रीमानको लागि यो ब्रत लिने गरेको बताउँछन् । राम्रो श्रीमान मात्रै हैन जिवनमा सँधै सुखि र खुसिको बर माग्दै भविष्यमा आईपर्ने विभिन्न बाधा सँगै शिक्षा स्वास्थय र राम्रो बभिष्यको लागि समेत नारीहरुले व्रतमा सिब सँग बर माग्ने गर्छ । पार्वती र सिवको मित्रताको आधारमा श्रीमान र श्रीमतीको पनि सम्बन्धलाई अटल बनाउन यो व्र...
संस्थापक विकास बारे संगम पुस्तकालयको आन्तरिक छलफल

संस्थापक विकास बारे संगम पुस्तकालयको आन्तरिक छलफल

शिक्षा, समाचार
गाईघाट/फागुन, ८ संगम सामुदायीक पुस्तकालयले संस्थालाई दिगो संस्थापक विकासको लागि बृहत आन्तरिक छलफल गरेको छ । बिहिबार पुस्तकालयको आफ्नै हलमा सदस्यताहरुको सहभागीमा संस्थालाई दिगो विकासको लागि बिभिन्न बुदामा छलफल गरिएको हो । पुस्तक एउटा शिक्षा हो जस्ले चेतनाको मुल फुटाउँने हुदा सबै नागरिकहरुमा चेतनाको विकासमा नजर पुराउन पनि पुस्तकालयको विकास हुन जरुरी रहेको संगम सामुदायीक पुस्तकालयको अध्यक्ष भरत खड्काले बताउनुभयो । उहाँले पुस्तकको माध्यमबाट नागरिकहरु धरैनै सचेत हुने हुँदा व्यक्ति मात्रै हैन समाज र राष्ट्रको समेत दिगो विकासको निम्ति पुस्तकालयको दिगो संस्थापक विकासको जरुरी रहेको बताउनुभयो । खड्काले कितावी सिकाईको क्षमताले अपराध र नकरात्मक वातावरणहरुको समेत अन्त्य गर्न सकिने हुँदा सबै नागरिकहरु पुस्तक सँग नजिक रहनु पर्ने बताउनुभयो । उहाँले हाम्रै उदयपुरमा पनि सामाजिक समस्याको रुपमा रह...
सरसफाई तथा दिप प्रज्वलन सँगै प्रजातान्त्र दिवसको समापन

सरसफाई तथा दिप प्रज्वलन सँगै प्रजातान्त्र दिवसको समापन

Breaking News 1, समाचार
गाईघाट/फागनु ८ प्रजातान्त्र दिवसको अवसरलाई अन्तिम दिन पारेर सगरमाथा अञ्चल आयुर्वेद औषधलयको परिसरमा सरसफाई गरिएको छ ।  प्रजातान्त्रका लागि सहिद भएका बीरहरुलाई सम्झँदै उदयपुरमा पनि प्रजातान्त्र दिवस विभिन्न कार्यक्रम सहित भव्य रुपले मनाई रहँदा अन्तिम दिन सरसफाई तथा बिभिन्न कार्यलयहरुमा दिप प्रज्वलन गरी यो दिवस सम्पन्न गरिएको हो । ३ दिने अभियानको रुपमा रहेको सो दिवसलाई  ६ गते बिभिन्न कार्यलयमा दिप प्रज्वलन गर्दै कार्यक्रमको अभियान सुरु गरियो ।  ७ गते विषेश दिनको रुपमा सरकारी निकायहरु सँग प्रजातन्त्र दिवस महत्व र सरोकारवालाहरुको भुमिका सहितको अन्र्तक्रिया ताथ हजारौँको संख्यामा प्रभातफेरी र्याली गरियो भने, आठ गते  बिहिबार सगरमाथा अञ्चल आयुर्वेद औषाधलयको परिसरमा सरसफाई सँगै सम्पूर्ण कार्यलयहरुमा दिप प्रज्वलन गर्दै यसको समापन गरिएको जिल्ला समन्वय समितिको प्रमुख तथा दिवस समारोह समितिका अध्यक...