Friday, May 8News That Matters

समाचार

सरकारी कार्यालयमा ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह

सरकारी कार्यालयमा ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २४ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई 'लामखुट्टे खोज र नष्ट गर' अभियान सञ्चालन गर्न आग्रह गरेको छ। डेङ्गीको सङ्क्रमण बढेपछि यो कदम चालिएको हो। मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइका साथै यो अभियान सञ्चालन गर्न आग्रह गरिएको छ। गत वर्ष पनि डेङ्गी सङ्क्रमण बढेपछि यस्तै अभियान सञ्चालन गर्न निर्देशन दिइएको थियो। मन्त्रालयले कार्यालयहरूलाई डेङ्गी सङ्क्रमणबारे सतर्कता र सचेतना कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिएको छ। प्रवक्ता बुढाथोकीले सरकारी अस्पतालमा डेङ्गीका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिए। अस्पतालहरूलाई परिसरमा 'डेङ्गी डेस्क' स्थापना गरी सम्पर्क व्यक्ति तोक्न पनि निर्देशन दिइएको छ। उनले स्वास्थ्य क्षेत्रको एकल प्रयासले मात्र डेङ्गी सङ्क्रमण नियन्त्...
कक्षा १२ मा ‘एनजी’ आएका विद्यार्थी चिकित्सा शिक्षा प्रवेश परीक्षाबाट वञ्चित हुने संकट

कक्षा १२ मा ‘एनजी’ आएका विद्यार्थी चिकित्सा शिक्षा प्रवेश परीक्षाबाट वञ्चित हुने संकट

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २४ । कक्षा १२ को नतिजामा 'एनजी' (नन ग्रेडेड) प्राप्त गरेका विद्यार्थीहरू चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षाबाट वञ्चित हुने संकट उत्पन्न भएको छ। आयोगले भदौं १ गतेदेखि प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी गरिरहेको छ, तर 'एनजी' आएका विद्यार्थीहरूले यो परीक्षा दिन नपाउने स्थिति सिर्जना भएको छ। चिकित्सा शिक्षा आयोगले गत जेठ २८ गते प्रवेश परीक्षाका लागि आवेदन आह्वान गरेको थियो, जसमा ५१ हजारभन्दा बढी विद्यार्थीले फाराम भरेका छन्। तर राष्ट्रिय परीक्षा बोर्डले साउन १८ गते मात्र कक्षा १२ को नतिजा सार्वजनिक गरेपछि समस्या उत्पन्न भएको हो। दुई विषयमा 'एनजी' आएका एक लाख २७ हजार विद्यार्थीमध्ये १७ हजारले पुनर्योगका लागि आवेदन दिएका छन्। विद्यार्थीहरू पुनर्योगको नतिजा नआउँदै प्रवेश परीक्षा हुने भएकोले चिन्तित छन्। उनीहरूले तिरेको परीक्षा शुल्क खेर जाने र भविष्यमा गम्भीर असर पर्...
कोशी सहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी सहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २४ ।  मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेकोले देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेस प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश...
पहिलाे नेपाल टप सेफ अजुइहाङलाई बधाई तथा सम्मान

पहिलाे नेपाल टप सेफ अजुइहाङलाई बधाई तथा सम्मान

Breaking News 1, समाचार
पूर्णपुष्टि,साउन २३ । नेपालकाे पहिलाे फुड रियालिटी शाे सेफ नेपालकाे उपाधी विजेता अजुइहाङ राईलाई स्काइनेट टिभि परिवारले आज बधाई ज्ञापन गरेकाे छ । स्काइनेट टिभि टिम प्रमुख उत्तम राईले खादा लगाई बधाई ज्ञापनसहित सम्मान गर्नुभयाे । त्यसैगरी टिभिका प्रस्ताेता जगत लामा र क्यामेरा/भिडियाे ईडिटर सुक्र तामाङले सम्मान गर्नुभयाे । किराँती माैलिक तथा नेपाली खाना परिकारहरुकाे खाेज अनुसन्धानसहित प्रतियाेतामा भाग लिएका राईले विजेता भएपछि धेरैकाे माया, सम्मान र हाैसला पाएकाे बताउनुभयाे । आफ्नाे सिपलाई नेपालमै प्रयाेग गरेर देशकाे लागि केही गर्ने साेच रहेकाे राईकाे भनाई छ ।  ...
वीरेन्द्रनगरमा ३२ विद्यार्थी सवार स्कुल बस दुर्घटना

वीरेन्द्रनगरमा ३२ विद्यार्थी सवार स्कुल बस दुर्घटना

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २३ ।  वीरेन्द्रनगरमा एक स्कुल बस दुर्घटनामा परेको छ। डिभी निकेतन स्कुलका विद्यार्थीहरू बोकेको बस वीरेन्द्रनगर नगरपालिका-८ स्थित इत्राम खोलामा चिप्लिएर पल्टिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार बसमा ३२ जना विद्यार्थी सवार थिए र स्कुल बिदा भएपछि घर फर्किँदै गर्दा यो दुर्घटना भएको हो। केही विद्यार्थीहरू घाइते भएको जानकारी प्राप्त भएको छ, तर घटनाको विस्तृत विवरण अझै आउन बाँकी रहेको प्रहरीले बताएको छ।...
हेटौंडामा अनलाइन ठगी धन्दा चलाउने ९ भारतीय नागरिक पक्राउ

हेटौंडामा अनलाइन ठगी धन्दा चलाउने ९ भारतीय नागरिक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २३ ।  हेटौंडामा अनलाइन ठगी धन्दा चलाएको आरोपमा ९ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। मकवानपुर प्रहरीले सोमबार साँझ हेटौंडा उपमहानगरपालिका–४ पारिजातपथस्थित एक फ्ल्याटमा छापा मारी यी व्यक्तिहरूलाई पक्राउ गरेको हो। मकवानपुरका प्रहरी प्रमुख सिताराम रिजालका अनुसार 'मेडिअसिष्ट' नामक कम्पनी दर्ता गरी कार्यालय सञ्चालन गरेर अनलाइन ठगी गर्ने गरेको पाइएको छ। यो कम्पनी १० फागुन २०८० मा दर्ता भएको थियो। कम्पनीले सर्वसाधारणलाई विभिन्न प्रलोभन देखाएर, सट्टेबाजी खेलाएर, क्रिप्टोकरेन्सीको काम गरेर र उपहार वा पार्सलको बहानामा अनलाइन ठगी गर्ने गरेको खुलेको छ। पक्राउ परेकाहरूमा नवनित कुमार, शाहरुख खान, कुन्दन कुमार, आशिष कब्डौला, विशाल कक्कड, लोकेशकुमार दुवे, विकासकुमार सिंह, अरुण कुमार र कुनाल शर्मा रहेका छन्। यी सबै भारतका विभिन्न राज्यका नागरिक हुन्। प्रहरीका अनुसार यी व्यक्तिहरू ...
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना : क्याप्टेन सहित ५ जनाको मृत्यु

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना : क्याप्टेन सहित ५ जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २३ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित सूर्यचौर क्षेत्रमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेन सहित सवार ५ जनाको मृत्यु भएको छ । बुधबार हेलिकप्टर दुर्घटनामा परी क्याप्टेन सहित ५ जनाको मृत्यु भएको नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताएका छन् । हेलिकप्टर दुर्घटनामा परी हेलिकप्टर क्याप्टेन अरुण मल्ल, चिनियाँ पर्यटकहरूमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) को मृत्यु भएको प्रहरीले जनाएको छ ।...
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना: पाँच जना सवार, चार जनाको शव फेला

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना: पाँच जना सवार, चार जनाको शव फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २३ ।  काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन-एजेडी कल साइन भएको हेलिकप्टरमा पाँच जना सवार रहेको खुलेको छ। बुधबार नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए। उनीसहित हेलिकप्टरमा चार जना चिनियाँ पर्यटक सवार थिए। चिनियाँ पर्यटकहरूमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) रहेका छन्। दुर्घटनापछि गरिएको उद्धार कार्यमा हालसम्म चार जनाको शव फेला परेको बताइएको छ। एक जनाको खोजी कार्य जारी रहेको छ।...
रसुवाबाट उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना

रसुवाबाट उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २३ ।  रसुवाको स्याफ्रुबेसीबाट उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित सूर्यचौर क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले यस दुर्घटनाको पुष्टि गरेका छन्। एसपी कोइरालाका अनुसार दुर्घटना स्थलमा सुरक्षाकर्मीको ठूलो टोली पुगेर उद्धार कार्य जारी राखेको छ। दुर्घटनास्थलमा आगलागी भइरहेको र उद्धार कार्य चलिरहेको जानकारी दिइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरूका अनुसार दुर्घटनाग्रस्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए। यस दुर्घटनामा कति यात्रु सवार थिए र मानवीय क्षतिको विवरण अहिलेसम्म प्राप्त भएको छैन। उद्धार कार्य जारी रहेकोले थप विवरण आउन बाँकी रहेको छ।...
आँप बगैँचा फडानी गरी सौर्य प्लान्ट स्थापना गर्ने योजना, किसानहरु विभाजित

आँप बगैँचा फडानी गरी सौर्य प्लान्ट स्थापना गर्ने योजना, किसानहरु विभाजित

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २३ ।  धनुषाको बटेश्वर गाउँपालिका-१ चित्रपुरमा रहेको ८० बिघा आँपको बगैँचा फडानी गरेर सौर्य प्लान्ट स्थापना गर्ने योजनाले स्थानीय किसानहरुलाई विभाजित बनाएको छ। काठमाडौंको जन्दादेवी सोलार प्रालिले ५० मेगावाट क्षमताको सौर्य विद्युत उत्पादन गर्ने योजनाका लागि १२ जना किसानसँग १६ बिघा जग्गा ३० वर्षका लागि भाडामा लिने सम्झौता गरिसकेको छ। कम्पनीले किसानहरुसँग वार्षिक प्रतिकठ्ठा ८ हजार रुपैयाँ र प्रत्येक दुई वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्ने सम्झौता गरेको छ। जलस्रोत तथा सिँचाइ विभाग र स्थानीय वडा कार्यालयले उक्त जग्गा सिँचाइयोग्य नरहेको प्रमाणित गरिदिएको छ। तर यस योजनाले स्थानीय किसानहरुलाई विभाजित बनाएको छ। केही किसानहरु आँप खेतीमा हुने क्षति र सरकारी राहतको अभावका कारण सौर्य प्लान्टलाई जग्गा दिन बाध्य भएको बताउँछन्। अर्काथरि किसानहरु भने आँप खेती स्थानीय पहिचान भएकोले यसलाई ज...