चुहाडेमा विद्यार्थीलाई “म अघि बढ्छु” ब्याच वितरण
पूर्णपुष्टि, कात्तिक २९ ।
आन्तरिक मामिला तथा कानुन मञ्त्रालय प्रदेश नं. १ बाट सञ्चालित “म अघि बढ्छु” कार्यक्रम अन्तर्गत शुक्रबार सगरमाथा टिन्स क्लव, श्री जनज्योती माध्यामिक विद्यालय चुहाडेमा विद्यार्थीहरुलाई ब्याच वितरण गरिएको छ ।
विद्यालयको क्लवको आयोजनामा कक्षा ७ देखि १२ सम्मका करिब चारसय विद्यार्थीलाई “म अघि बढ्छु” लेखिएको ब्याच वितरण गरिएको उदयपुर जिल्ला प्रशिक्षक तथा कार्यक्रम संयोजक तुलसीराम चौलागाईले बताउनुभयो ।
जनजागृती बाल क्लव, मावि चुहाडेको समन्वयमा आयोजित कार्यक्रममा त्रियुगा नगर शिक्षा प्रमुख जसबहादुर कार्कीले प्रमुख अतिथिको रुपमा विद्यार्थीहरुलाई ब्याच वितरण गर्नुभयो । प्रशिक्षक चौलागाईले म अघि बढ्छु अभियान तथा ब्याच वितरणको बारेमा बोलेका थिए । विद्यार्थीहरुलाई आत्मविश्वासका साथ सकारात्मकढंगले शिक्षा, सामाजिक कार्य तथा सकारात्मक र सिर्जनात्मक क्षेत्रमा लाग्ने प्रेरणा...








