Friday, August 21News That Matters

समाचार

टीआरसी विधेयक कार्यदलद्वारा प्रतिवेदन पेश

टीआरसी विधेयक कार्यदलद्वारा प्रतिवेदन पेश

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २३ । संक्रमणकालीन न्यायसम्बन्धी लामो समयदेखि विवादित रहेको टीआरसी (सत्य, मेलमिलाप तथा आयोग) विधेयकमा सहमति जुटेको छ। विधेयकका विवादित मुद्दाहरूमा सहमति जुटाउन गठित कार्यदलले आज प्रधानमन्त्री केपी शर्मा ओली लगायत शीर्ष नेताहरूलाई आफ्नो प्रतिवेदन बुझाएको छ। सिंहदरबारमा आयोजित एक कार्यक्रममा यो प्रतिवेदन प्रस्तुत गरिएको छ। कार्यदलले एक हप्ता अघि नै राजनीतिक दलहरूसँग समन्वय गरी विवादित विषयहरूमा सहमति जुटाएको थियो। गत बिहीबार तीन प्रमुख दलका नेताहरू कानुन समितिका सभापति र कानुनमन्त्रीबीच भएको छलफलमा सबै विवादित विषयहरूमा सहमति भएको थियो। द्वन्द्वकालीन हत्याको परिभाषा सम्बन्धी लामो समयदेखि चलिआएको विवाद समाधान भएपछि यो सहमति सम्भव भएको हो। मनसायपूर्वक वा स्वेच्छाचारीपूर्वक गरिएका हत्याहरूलाई मानवअधिकारको गम्भीर उल्लंघनको श्रेणीमा राख्ने सहमति भएको छ। साथै, मानवअधिकार उल्लंघन...
रौतहटमा नदीमा डुबेर बेपत्ता युवकको शव ४ किलोमिटर टाढा फेला

रौतहटमा नदीमा डुबेर बेपत्ता युवकको शव ४ किलोमिटर टाढा फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २३ ।  रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका एक युवकको शव ४ किलोमिटर टाढा फेला परेको छ। परोहा नगरपालिका ४ का १६ वर्षीय सचिन कुमार राय गत आइतबार अपराह्न ४ बजे नदीमा नुहाउँदा डुबेर बेपत्ता भएका थिए। सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटका १० जनाको टोलीले लगातारको खोजी अभियानपछि मंगलबार साँझ युवकको शव फेला पारेको सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईंले जानकारी दिए। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।...
करेन्ट लागेर बालकको मृत्यु

करेन्ट लागेर बालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २३ गते । मोरङको जहदा गाउँपालिका–५ स्थितमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानन्द महतोको १५ बर्षीय छोरा भरत महत्तो रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार हिजो साँझ मल्टिप्लकमा तार जोड्ने क्रममा आचानक करेन्ट लाग्दा घाईते भएका उनलाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पुर्‍याउनासाथ मृत्यु भएको थियो । यस घटना सम्बन्धमा आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
कक्षा १२ को नतिजामा सुदूरपश्चिम सबैभन्दा कमजोर

कक्षा १२ को नतिजामा सुदूरपश्चिम सबैभन्दा कमजोर

Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, साउन २३ ।  राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको कक्षा १२ को नतिजामा सुदूरपश्चिम प्रदेश सबैभन्दा कमजोर देखिएको छ। यस प्रदेशबाट परीक्षा दिएका विद्यार्थीमध्ये ६०.५७ प्रतिशत विद्यार्थीको नतिजा 'नन ग्रेडेड' (एनजी) आएको छ। सुदूरपश्चिम प्रदेशबाट ३५,६२८ विद्यार्थीले परीक्षा दिएकोमा केवल १४,०४६ जना मात्र उत्तीर्ण भएका छन्। यस प्रदेशबाट उच्च जीपीए (३.६ देखि ४.०) प्राप्त गर्ने विद्यार्थीको संख्या जम्मा १२१ रहेको छ। सुदूरपश्चिमपछि कर्णाली प्रदेश दोस्रो कमजोर देखिएको छ, जहाँ ५९.२४ प्रतिशत विद्यार्थी फेल भएका छन्। त्यसपछि क्रमशः कोशी, मधेस, लुम्बिनी, गण्डकी र बागमती प्रदेश रहेका छन्। यो समस्याको कारण बारे पूर्व सचिव डा. लवदेव अवस्थीले राज्यको ध्यान नपुगेको, शिक्षकको कमी, विकट भूगोल र गरिबी जस्ता कारणहरू औंल्याएका छन्। उनले शिक्षक र विद्यार्थीबीचको सम्बन्धलाई सुधार गर्नुपर्ने आवश...
काभा वुमन्स नेसन्स लिग भलिबल: आज नेपाल र भारतबीच रोमाञ्चक फाइनल

काभा वुमन्स नेसन्स लिग भलिबल: आज नेपाल र भारतबीच रोमाञ्चक फाइनल

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन २३ ।  काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधिका लागि आज नेपाल र भारतबीच रोमाञ्चक फाइनल खेल हुँदैछ। फाइनल खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित कभर्डहलमा सुरु हुनेछ। नेपाल भलिबल संघका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली फाइनल खेल हेर्न उपस्थित हुने जनाइएको छ। यस प्रतियोगितामा नेपाल र भारतबीच यो दोस्रो भेट हो। लिग चरणमा नेपालले भारतलाई पाँच सेटको कडा प्रतिस्पर्धामा हराउँदै ऐतिहासिक जित हासिल गरेको थियो। नेपालले पहिलो पटक महिला भलिबलमा भारतलाई हराएको थियो। नेपालका मुख्य प्रशिक्षक जगदिश भट्टले भारतको स्पाइक र ब्लक नेपालभन्दा बलियो रहेको बताउँदै, यसलाई रोक्न सके नेपाललाई जित्न सहज हुने धारणा राखेका छन्। उता नेपालकी कप्तान अरुणा शाहीले भारतविरुद्ध खेल्दा टोलीमा छुट्टै उत्साह आउने बताएकी छिन्। नेपालको मुख्य स्पाइकरहरू निरुता ठगुन्ना र उषा भण्डारी हुन्। भारततर्फ मिडल ब्लकर सूर्या, आउटस...
एसईई पूरक परीक्षा आजदेखि

एसईई पूरक परीक्षा आजदेखि

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, साउन २३ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार यस वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थीहरूले पूरक परीक्षामा सहभागी हुन पाउनेछन्। उनले यस वर्ष एनजी ल्याएका करिब ५२ हजार विद्यार्थीहरू रहेको जानकारी दिए, तर सबैले पूरक परीक्षाको फारम नभरेको हुन सक्ने भएकाले यो संख्यामा केही फरक पर्न सक्ने बताए। राष्ट्रिय परीक्षा बोर्डको अनुसार पूरक परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ र त्यसका लागि ५५० केन्द्र तोकिएको छ। तर परीक्षाफल रद्द भएका विद्यार्थीहरूले भने पूरक परीक्षा दिन पाउने छैनन्। बोर्डले गत चैत १५ गतेदेखि भएको एसईई परीक्षाको नतिजा १३ असारमा सार्वजनिक गरेको थ...
उदयपुरमा डाका मुद्धाका एक फरार प्रतिवादी पक्राउ

उदयपुरमा डाका मुद्धाका एक फरार प्रतिवादी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २२ । उदयपुरमा डाका मुद्धाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिक–३ मोतिगडा बस्ने वर्ष २८ को निशान ठकुरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चपागाईका अनुसार जिल्ला अदालतको मिति २०८०–०३–११ गतेको फैसलाले डाका मुद्धामा २ महिना १ दिन कैद र रु. ३ हजार जरिवाना भएका फरार प्रतिबादी ठकुरीलाई मंगलबार जिप्रका बाट खटिएको प्रहरी टोलील पक्राउ गरेको छ । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।...
लागुऔषध प्रयोगकर्ताको बयानको आधारमा मेडिकल सञ्चालक पक्राउ

लागुऔषध प्रयोगकर्ताको बयानको आधारमा मेडिकल सञ्चालक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २२ । सप्तरीको सप्तकोशी नगरपालिकाका औषधी पसल सञ्चालक अशोक यादवलाई प्रतिबन्धित लागुऔषध बिक्री गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार गत साउन १० गते सवारी चेकिङका क्रममा प्रहरीले शेखर तामाङ र सुष्मा राईलाई प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको थियो। उनीहरूबाट TRAMANIL ६०० ट्याब्लेट र COLIBAN ६०० ट्याब्लेट बरामद गरिएको थियो। पक्राउ परेका तामाङ र राईले बयानमा उक्त लागुऔषध सप्तरी सप्तकोशी नगरपालिका वडा नं. १ फत्तेपुर बसपार्क नजिकै स्वास्थ्य चौकी अगाडि रहेको यादवको औषधी पसलबाट किनेको बताएका थिए। अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले साउन १७ गते (मंगलबार) यादवलाई पक्राउ गरेको हो। यादव मूलतः सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ का बासिन्दा हुन्। डिएसपी चापागाईले यादवमाथि थप अनुसन्धान भइरह...
आकस्मिक बिरामीलाई तत्काल उपचार दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

आकस्मिक बिरामीलाई तत्काल उपचार दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै स्वास्थ्य संस्थाहरुलाई आकस्मिक कक्षमा आउने बिरामीहरुलाई तत्काल उपचार दिन निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मंगलबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएका हुन्। विज्ञप्तिमा इमर्जेन्सीमा आउने बिरामीलाई तुरुन्त उपचार दिई स्वास्थ्य अवस्था स्थिर बनाउन र आवश्यक परे अन्य उपयुक्त स्वास्थ्य संस्थामा पठाउन भनिएको छ। तर अर्को अस्पतालमा पठाउँदा पहिले समन्वय गरेर मात्र रेफर गर्न आग्रह गरिएको छ। यो निर्देशन नेपालको संविधान र जनस्वास्थ्य ऐन २०७५ अनुरूप जारी गरिएको हो। संविधानले नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगर्ने व्यवस्था गरेको छ भने ऐनले आपतकालीन अवस्थामा तत्काल सेवा दिनुपर्ने प्रावधान राखेको छ।...
किरात राई यायोख्खाको ३७ औँ स्थापना दिवसमा तिन पत्रकार सम्मानित

किरात राई यायोख्खाको ३७ औँ स्थापना दिवसमा तिन पत्रकार सम्मानित

Breaking News 1, समाचार
पूर्णपुष्टि, २२ साउन । किरात राई यायोख्खाको ३७ औँ स्थापना दिवसको अवसरमा तिन जना राई पत्रकार नगद सहित सम्मानित भएको छ । सम्मानित हुनेहरुमा उदयपुरका पत्रकार भोटराज राई किरात राई पत्रकार संघका वर्तमान केन्द्रिय सचिव राजकुमार राई र मातृभाषामा सकृय पत्रकार असिम राई रहेको छ । संघका केन्द्रीय पूर्व उपाध्यक्ष समेत रहेका राई उदयपुरमा क्रियाशिल र व्यवसायिक पत्रकारको रुपमा कार्यरत छन् । उनि उदयपुर कान्तिपुर सम्वादाता हुन भने पूर्णपुष्टि मिडियाको संञ्चालक समेत हुन । काठमाण्डौँ स्थित कृष्टल ब्याङ्क्वेट कुमारी पाटी मानव भवनमा भव्य कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । किरात राई यायोख्खा केन्द्रीय कार्य समिति काठमाण्डौँले ३७ औँ स्थापना दिवस बिभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।...