नेपाली चलचित्र उद्योगमा ‘यु’ सर्टिफिकेटको बढ्दो चलन
पूर्णपुष्टि, साउन १० । नेपालमा चलचित्र प्रदर्शन गर्नुअघि सेन्सर पास गर्नुपर्ने नियम रहेको छ। चलचित्र सेन्सर बोर्डले फिल्मलाई युनिभर्सल ‘यु’, प्यारेन्ट्स गाइड (पीजी) र एडल्ट (ए) गरी तीन वर्गमा वर्गीकरण गरी सर्टिफिकेट दिने गर्दछ।
आर्थिक वर्ष २०८०÷८१ को तथ्यांक अनुसार कुल ८१ नेपाली फिल्म सेन्सर भएकोमा ५२ वटाले ‘यु’ सर्टिफिकेट पाएका छन्। यसले गर्दा ६५ प्रतिशत नेपाली फिल्म सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने देखिन्छ। ‘यु’ सर्टिफिकेट पाएका फिल्महरूले पारिवारिक र सामाजिक दृष्टिले राम्रो सन्देश दिने र व्यावसायिक रूपमा फाइदाजनक हुने निर्माताहरूको धारणा छ। यस्ता फिल्महरू बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले हेर्न मिल्ने हुँदा दर्शक संख्या बढी हुने अपेक्षा गरिन्छ।
(पीजी) सर्टिफिकेट पाएका फिल्महरू बालबालिकाले अभिभावकसँग मात्र हेर्न पाउने हुन्छन्। केही निर्माताहरूले जानाजान (पीजी) सर्टिफिकेट माग्...









