Saturday, May 9News That Matters

समाचार

पूर्वराज्यमन्त्री रायको हत्या घरमै काम गर्ने युवकले गरेको खुलसा

पूर्वराज्यमन्त्री रायको हत्या घरमै काम गर्ने युवकले गरेको खुलसा

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ९ । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणमा प्रहरी अनुसन्धानबाट घरमै काम गर्ने युवकको संलग्नता खुलेको छ। रायको हत्या २१ वर्षीय रामउजैन रायले गरेको पाइएको हो। प्रहरी स्रोतका अनुसार अनुसन्धान लगभग सकिएको छ र युवकले हत्या गरेको पुष्टि भएको छ। प्रहरीका अनुसार हत्या गर्दा युवकले लगाएका कपडाहरू रगत लागेको अवस्थामा लुकाएको पाइएको छ। यसअघि प्रहरीको तालिम प्राप्त कुकुरको सहायताले हत्यामा प्रयोग गरिएको घरेलु हतियार पनि बरामद गरिएको थियो। हत्या भएको आइतबार राति साढे ९ बजेतिर तीन जना व्यक्ति जग्गाको विवाद मिलाइदिन भन्दै रायको घरमा आएको बयान रामउजैनले प्रहरीलाई दिएका थिए। तर, ती तीन जना व्यक्ति नआएको र रामउजैनले नै हत्या गरेको अनुसन्धानबाट खुलेको छ। हत्या व्यक्तिगत रिसइबीका कारण भएको बताइए पनि थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ। ८० वर्षीय राय राष्ट्रिय प्रज...
महिला हिंसा न्युनिकरणका लागि खडा भएका यी मुख्य चुनौतीहरु

महिला हिंसा न्युनिकरणका लागि खडा भएका यी मुख्य चुनौतीहरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, ८ साउन । नेपाली समाजमा हिंसा, अपराध, अन्याया र अत्याचार जस्ता घटनाहरु निरन्तर बढ्दो छ । त्यसमा पनि महिलाहरु घटनाको मुख्य भागेदार हुन् । यौन हिंसा, घरेलु हिंसा, सामाजिक हिंसा र अन्य बिभिन्न प्रकारको हिंसामा महिलाहरु बढी पिडित छन् । महिला शशक्तिकरण स्रोत केन्द ९ओरेक० उदयपुरका तथ्याङ्क अनुसार यस आर्थिक बर्ष मात्रै ६६ जना महिलाहरु हिंसा पिडितको रुपमा थपिएको छ । २४१ ओटा घटनाहरु मध्ये यस आर्थिक बर्ष मात्रै ६६ ओटा नयाँ घटनाहरु थप भएको हो । ति महिलाहरु बिभिन्न प्रकारका हिंसाबाट पिडित भै ओरेक आवासमा सुरक्षित हुन आएको हो । संस्थाकी संयोजक बाला कार्कीका अनुसार सबैभन्दा बढी यौनि हिंसाका पिडितहरु रहेको जनाईन् । पछिल्लो आर्थिक बर्ष अन्यको तुलनामा यौनि हिंसा फस्टाएको छ भने बाँकी सामाजिक, घरेलुहरु हिंसाहरु छन् । ओरेक उदयपुरले बुधबार महिला हिंसा न्युनिकरणका लागि संञ्चारमाध्यमको भुमिका बिषय...
सौर्य एयरलाइन्सको जहाज दुर्घटना : १९ जना सवारको विवरण सार्वजनिक

सौर्य एयरलाइन्सको जहाज दुर्घटना : १९ जना सवारको विवरण सार्वजनिक

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ९ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा सवार १९ जनाको विवरण सार्वजनिक भएको छ। एयरलाइन्सका चिफ अफ सेल्स एण्ड मार्केटिङ मुकेश खनालका अनुसार विमानमा चालक दलका सदस्य र कर्मचारी मात्र सवार थिए, अन्य सर्वसाधारण यात्रु थिएनन्। दुर्घटनामा २२ जनाको मृत्यु भएको छ भने जसमध्ये १८ जना विमानमा सवार र ४ जना बाहिरका व्यक्ति हुनसक्ने अनुमान गरिएको छ। विमानमा क्याप्टेन मनिषरत्न शाक्य र को–पाइलट संजित कटुवाल रहेका थिए । विमानमा सवार कर्मचारीहरूमा अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले,राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेका छन् । आरिफ भने विदेशी नागरिक हुन् ।...
सौर्य एअरको जहाज दुर्घटना : थप तीन जना जीवितै उद्धार

सौर्य एअरको जहाज दुर्घटना : थप तीन जना जीवितै उद्धार

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ९ । काठमाडौंमा आज बिहान भएको सौर्य एअरको जहाज दुर्घटनामा थप तीन जनालाई जीवितै उद्धार गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी दीपक थापाका अनुसार अहिलेसम्म कुल चार जनालाई जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका चार जना मध्ये एक जनालाई सिनामंगलस्थित केएमसी अस्पताल र तीन जनालाई शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएको छ। उद्धार गरिएका व्यक्तिहरूको पहिचान अझै खुलेको छैन। पोखराका लागि उड्ने क्रममा सौर्य एअरको जहाज बिहान सवा ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट उड्ने बेला बुद्ध एअरको ह्यांगर पछाडि दुर्घटनामा परेको थियो। जहाजमा लागेको आगो ११:४० बजे नियन्त्रणमा आएको थियो।...
सौर्य एयरलाइन्सको विमान दुर्घटना : २२ जनाको मृत्यु

सौर्य एयरलाइन्सको विमान दुर्घटना : २२ जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ९ । काठमाडौंबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटनाग्रस्त हुँदा २२ जनाको मृत्यु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले २२ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। २२ जनामध्ये १८ जना विमानमा सवार रहेको र बाँकी ४ जना बाहिरको मानिस हुनसक्ने उनको भनाई छ । ९एन एएमई उडान नम्बरको जहाज बिहान करिब ११ बजेतिर पोखरा विमानस्थलको धावनमार्गबाट उड्नेवित्तिकै उत्तर पूर्वतर्फ पर्ने नजिकैको क्षेत्रमा दुर्घटनामा परेको थियो । अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरेको बताएका छन्।  ...
सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज : इन्जिन परीक्षणका लागि उडेको खुलासा

सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज : इन्जिन परीक्षणका लागि उडेको खुलासा

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाज इन्जिन परीक्षणका लागि पोखरा उड्न लागेको खुलासा भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त जहाज इन्जिनको पूर्ण मर्मत (सी–चेक) का लागि पोखरा जाँदै थियो। प्राधिकरणले जनाएअनुसार ९एन–एएमई दर्ता नम्बरको यस जहाजमा १९ जना सवार थिए, जसमा मुख्यतः सौर्य एयरलाइन्सका इन्जिनियर तथा प्राविधिकहरु रहेका थिए। यो जहाजलाई पोखरास्थित ह्यांगरमा एक महिनासम्म राखेर मर्मत गर्ने योजना रहेको बताइएको छ। यस दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ, जबकि विमानका चालक एम आर शाक्यलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ। उद्धार कार्य जारी रहेको र अनुसन्धान शुरू गरिएको अधिकारीहरूले जानकारी दिएका छन्। नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित निकायहरूले यस घटनाको विस्तृत अनुसन्धान...
सौर्य एयरलाइन्स विमान दुर्घटना : कम्तीमा १८ जनाको मृत्यु

सौर्य एयरलाइन्स विमान दुर्घटना : कम्तीमा १८ जनाको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्ने क्रममा बुधबार बिहान करिब ११ बजे सौर्य एयरलाइन्सको एक जहाज रनवेमा दुर्घटनाग्रस्त भएको छ। प्रारम्भिक रिपोर्टहरू अनुसार कम्तीमा १८ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए अनुसार विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार थिए। उद्धार कार्यमा संलग्न एक प्रहरी अधिकारीले मृतकको संख्या बढ्न सक्ने सम्भावना रहेको बताएका छन्। विमानका चालक एम आर शाक्यलाई सकुशल उद्धार गरी केएमसी अस्पताल, सिनामंगलमा उपचारका लागि लगिएको छ। उद्धार कार्य जारी रहेकोले विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ।...
सौर्य एयरलाइन्स दुर्घटना : त्रिभुवन विमानस्थल बन्द, उडानहरू प्रभावित

सौर्य एयरलाइन्स दुर्घटना : त्रिभुवन विमानस्थल बन्द, उडानहरू प्रभावित

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ९ । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ। विमानस्थल स्रोतका अनुसार सबै उडान र अवतरण रोकिएका छन्। उद्धार कार्य जारी रहेको र विमानस्थल पुनः सञ्चालनमा नआएसम्म दर्जनौं उडानहरू प्रभावित भएको छ। आन्तरिक उडानका जहाजहरूलाई सम्बन्धित विमानस्थलहरूमै रोकिएको छ, जबकि अन्तर्राष्ट्रिय उडानहरूलाई अन्यत्र मोडिएको छ। अधिकारीहरूले उद्धार कार्य सम्पन्न भएपछि मात्र विमानस्थल पुनः सञ्चालनमा ल्याइने जानकारी दिएका छन्। यात्रुहरूलाई आफ्नो उडान स्थिति बारे जानकारी लिन सम्बन्धित एयरलाइन्सहरूसँग सम्पर्क राख्न सुझाव दिइएको छ।...
सौर्य एयरलाइन्सको जहाज दुर्घटना अपडेट : चार शव निकालियो, उद्धार कार्य जारी

सौर्य एयरलाइन्सको जहाज दुर्घटना अपडेट : चार शव निकालियो, उद्धार कार्य जारी

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ९ ।  काठमाडौँबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको छ। विमानस्थल प्रहरीका अनुसार दुर्घटना करिब बिहान ११ बजेतिर भएको थियो। प्रारम्भिक रिपोर्टहरूले जनाए अनुसार विमानमा १९ जना यात्रु र चालक दलका सदस्यहरू सवार थिए। दुर्घटनापछि विमानमा आगलागी भएको थियो, जसलाई नियन्त्रण गर्न अग्निनियन्त्रकहरू तत्काल परिचालित भएका थिए। उद्धारकर्ताहरूले हालसम्म चार जनाको शव फेला पारेका छन्। केही यात्रुहरूलाई उद्धार गरी अस्पताल पठाइएको छ, जबकि अन्य यात्रुहरूको खोजी कार्य जारी रहेको छ। विमानस्थलका अधिकारीहरूले जानकारी दिए अनुसार यस दुर्घटनाले विमानस्थलका अन्य विमान वा नजिकका घरहरूमा कुनै क्षति पुर्याएको छैन। अधिकारीहरूले घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरेका छन्।...
सौर्य एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त: १९ जनाको जीवन जोखिममा

सौर्य एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त: १९ जनाको जीवन जोखिममा

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै बुधबार बिहान सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) विमान दुर्घटना भएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार करिब ११ बजेतिर जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको हो। विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले पुष्टि गरेअनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्न लागेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त भएको हो। उनका अनुसार उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार थिए। दुर्घटनापछि विमानमा आगलागी भई धुवाँ उडिरहेको छ। घटनास्थलमा सुरक्षाकर्मी र विमानस्थलका अग्निनियन्त्रकहरू तत्काल पुगेर आगो निभाउने प्रयासमा जुटेका छन्। यस दुर्घटनाको कारण र यात्रुहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ। अधिकारीहरूले घटनाको अनुसन्धान सुरु गरेका छन् र थप जानकारी प्राप्त हुने बित्तिकै सार्वजनिक गरिने बताएका छन्।...