त्रिनपा १२ मा ४० हजार बजेटबाट बितरण गरिएको शैलुन सामाग्रीप्रति चरम असन्तुष्टी
पूर्णपुष्टि, ११ असार ।
त्रियुगा नगरपालिका १२ नं वडाले नेपाली कांग्रेस आबद्ध नेपाल नाई संघ उदयपुरलाई दिईएको ४० हजार बजेटको चरम दुरुपयोग भएको शैलुन व्यवसायीहरुले आरोप लगाएको छ । १२ नं वडावासी शैलुन व्यवसायीहरुलाई भन्दै छुट्टाएको ४० हजारको सामाग्रीहरु बजेट अनुरुप चित्त बुझ्दो नभएको भन्दै ब्यवसायीहरुले असन्तुष्टी पोखेका छन् ।
नेपाल नायुस संघलाई दिईएको बजेटबाट ४ देखी ५ जनालाई १ हजार रुपयाँ सम्मको दरले सामान वितरण गरी अरु पैसा भ्रष्टचार गरेको उनिहरुले आरोप लगाएको छ । सामान एउटा कैँची, २ ओटा काईयो, एउटा डायरी, एउटा कलम, एउटा छुरा र एउटा एप्रोन वितरण गरेको छ । शैलुन व्यवसायी शुभनारायण ठाकुरले यो सामानको मुल्य हजार रुपयाँ भन्दा धेरै नपर्ने जनाए । यी सबै कंमशल सामाग्रीहरु रहेको उनको ठहर छ । उनले आफु पनि यहि क्षेत्रको व्यवसायी भएको कारण कुन सामान कति पर्छ भन्ने कुरा आफुलाईनै थाहा भएको जनाए । बितर...








