Thursday, August 13News That Matters

समाचार

ढिम्कीमा पुरुषको शब फेला

ढिम्कीमा पुरुषको शब फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, साउन १४ गते । उदयपुरको त्रियुगा नगरपालिका ११ ढिम्कीमा आज एक पुरुषको बेवारिसे शब फेला परेको छ । ढिम्कीको बरुवा खोला झोलुङ्गे पुल छेउमा एक पुरुष मृत अवस्थामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक विष्णु बहादुर खड्काका अनुसार मृतक पुरुष मधेसीमुलको जस्तो देखिन्छ । उसको पहिचान हुल्न सकेको छैन । आफन्तको खोजी गरी पहिचानको प्रयास भईरहेको छ । घटनास्थलको प्रकृति हेर्दा पुलबाट लडेको हुनसक्ने अनुमान गरिएको छ । टाउकोमा चोट देखिएको छ । छेउमा रक्सीको बोतल पनि फेला परेको छ । उनको साथमा परिचय खुल्ने कुनै पनि कागजात भेटिएको छैन । शबलाइ पाेष्टमार्टमका लागि उदयपुर अस्पताल लगिएकाे प्रहरीले जनाएकाे छ । साथै घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे जनाइएकाे छ ।...
नेपाली खेलाडीहरुले दक्षिण कोरियामा ‘ग्रेटर नेपाल ब्याडमिन्टन प्रतियोगिता–२०२६’ आयोजना गर्दै

नेपाली खेलाडीहरुले दक्षिण कोरियामा ‘ग्रेटर नेपाल ब्याडमिन्टन प्रतियोगिता–२०२६’ आयोजना गर्दै

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि/सोल (दक्षिण कोरिया), साउन १२ । बैदेशिक राेजगारीकाे सिलसिलामा दक्षिण कोरियामा रहेका नेपाली समुदायका ब्याडमिन्टन खेलाडीहरुबीच ब्याडमिन्टन प्रतियाेगिता भब्यरुपले हुने भएकाे छ । खेलकुदमार्फत एकता, स्वास्थ्य र आपसी सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले ‘ग्रेटर नेपाल ब्याडमिन्टन प्रतियोगिता–२०२६’ आयोजना हुने भएकाे हाे । नेपाली ब्याडमिन्टन कमिटी दक्षिण कोरिया (स्थापना–२०२२) को आयोजनामा २०२६ अगस्ट १६ (आइतबार) ग्योङ्गी–दोको ओसान–सी, याङ्सान–म्योनस्थित याङ्सान इनडोर जिम्नेसियम मा प्रतियाेगिता सञ्चालन हुने आयोजक कमिटिका उपाध्यक्ष निकेश आले मगरले बताउनुभयाे । प्रतियोगितामा पुरुषतर्फ A, B र C लेभल डबल्स तथा महिलातर्फ खुला डबल्स विधामा प्रतिस्पर्धा गराइनेछ । पुरुषतर्फ टोली दर्ता शुल्क ₩100,000 (लगभग नेपाली दश हजार पाँचसय रुपैया) निर्धारण गरिएको छ भने महिला खुला डबल्समा निःशुल्क सहभागिता रहनेछ...
चिकित्सक आन्दोलनले उदयपुर अस्पतालमा ओपिडी सेवा बन्द,  आन्दोलनकाे वाहानामा कर्मचारीसमेत वाहिरिदा सेवा प्रभावित

चिकित्सक आन्दोलनले उदयपुर अस्पतालमा ओपिडी सेवा बन्द, आन्दोलनकाे वाहानामा कर्मचारीसमेत वाहिरिदा सेवा प्रभावित

Breaking News 2, समाचार, स्वास्थ्य
उदयपुर, साउन १२ ।  विरगञ्जको नारायणी अस्पतालमा चिकित्सकमाथिको आक्रमण र बार्ताको क्रममा प्रहरीबाट भएको थप ज्यादतीको विरोध भन्दै उदयपुर अस्पतालको ओपिडी सेवा ठप्प पारिएको छ । नेपाल चिकित्सक संघले आव्हान गरे बमोजिम इमर्जेन्सीबाहेकका सेवा  चिकित्सकहरुले ठप्प पार्दा विरामीको उपचारमा प्रभाव परेको छ । चिकित्सकहरुकाे आन्दोलनका कारण उपचार सेवामा प्रभाव परेकाे  त्रियुगा नगरपालिका १०, बोक्सेकी चण्डिका पौडेलले बताइन् । विरामीहरुका लागि सेवा सुविधामा पनि सम्बेदनशिल नदेखिएकाे उनकाे भनाइ छ । सिकिस्त विरामीका लागि रहेकाे साैचालयमा पनि ताला लगाएकाे गुनासाे उनकाे छ । दैनिक चारदेखि पाँचसय जनासम्म विरामीले ओपिडी सेवाबाट उपचार सेवा पााउदै आएका थिए । आज आउने विरामीहरु उपचार सेवाबाट बन्चित बनेका छन् । ओपिडी बन्द भएपछि विरामीको चाप इमर्जेन्सी शाखामा परेको छ । आन्दोलनको बाहानामा उपचारमा नखटिएका चिकित्सकहरु हाम्...
तिब्रगतिका कारण हुने सडक दुर्घटना न्यूनीकरणका लागि ‘छोरीको प्रतीक्षा’ लघुचलचित्र निर्माण

तिब्रगतिका कारण हुने सडक दुर्घटना न्यूनीकरणका लागि ‘छोरीको प्रतीक्षा’ लघुचलचित्र निर्माण

Breaking News 2, समाचार
https://youtu.be/NelmzDj454I पूर्णपुष्टि/उदयपुर, साउन १२ । मदन भण्डारी लोकमार्गमा बढ्दो तिब्रगतिका कारण भइरहेको सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ‘छोरीको प्रतीक्षा’ नामक सडक सुरक्षा सचेतनामूलक लघुचलचित्र निर्माण गरिएको छ । लघुचलचित्रमा तिब्रगतिका कारण एक क्षणको लापरवाहीले कसरी परिवार, साथीभाइ र समाजले अपूरणीय क्षति व्यहोर्नुपर्छ भन्ने यथार्थलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ । कथाअनुसार पुनम र सुनिता दुई मिल्ने साथी बजार जाने क्रममा मदन भण्डारी लोकमार्गमा स्कुटर तिब्रगतिमा चलाउँछन् । पुनमले बारम्बार सावधानी अपनाउन आग्रह गरे पनि सुनिताले आफ्नो आत्मविश्वास देखाउँदै गति कम नगर्दा अप्ठ्यारो घुम्तीमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुन्छ । दुर्घटनामा पुनमको उपचारकै क्रममा मृत्यु हुन्छ भने सुनिता गम्भीर घाइते हुन्छिन् । लघुचलचित्रको अन्तिम दृश्यमा बजार जानुअघि आफ्नी काखे छोरीलाई “फर्क...
हात्तिमारा खोलाको खोजीमा नागरिक प्रदर्शनी, सबैले भने – हात्तिमारा खाेइ ?

हात्तिमारा खोलाको खोजीमा नागरिक प्रदर्शनी, सबैले भने – हात्तिमारा खाेइ ?

Breaking News 2, समाचार
उदयपुर, साउन ८ गते । उदयपुरको सदरमुकाम गाईघाटमा ५५ विगाहा भन्दा बढि जग्गा अतिक्रमण गरी हात्तिमारा खोला नै गायव बनाएको भन्दै सोको खोजिका लागि सरकारलाई दवाव दिन आज गाईघाट मुख्यचौकमा नागरिक प्रदर्शनी भएको छ । “हात्तिमारा खोइ ? लेखिएका प्लेकार्डसहित प्रदर्शन गर्दै हात्तिमारा खोला संरक्षण अभियान, गाईघाटले मुख्यचौकमा प्रदर्शनी गरेको हो । प्रदर्शनीमा सयौंकको संख्यामा नागरिकहरु स्वतस्फुर्त सहभागि भई “हात्तिमारा खोइ” को नारा लगाएका थिए । सरकारले तत्काल छानविन गरी अतिक्रमण र विक्रीवितरण गरिएको खोलाको सरकारी सार्बजनिक जग्गाको खोजी गर्नुपर्ने माग उनीहरुले राखेका छन् । अभियानका संयोजक खेमनारायण यादवका अनुसार भु–माफिया र जग्गा दलालहरुले २०६४ सालदेखि अतिक्रमण गरी खोला पुरेर बेपत्ता पारेका छन् भने तत्कालिन सरकारी अधिकारीहरुसमेतको मिलेमतोमा सोझासिधा नागरिकहरुलाई विक्री वितरण गरेको अरोप अभियानताहरुको छ । ...
उदयपुरमा ४९९ सदस्यीय नेपाली कम्युनिष्ट पार्टी कमिटि, आज नै सफत तथा प्रशिक्षण

उदयपुरमा ४९९ सदस्यीय नेपाली कम्युनिष्ट पार्टी कमिटि, आज नै सफत तथा प्रशिक्षण

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि/उदयपुर, साउन ७ । विभिन्न दलको एकताबाट बनेको नेपाली कम्युनिष्ट पार्टीको ४९९ सदस्यीय उदयपुर जिल्ला कमिटि आज घोषणा भएको छ । पार्टी उदयपुर एकता भेलाको आयोजना गरी विनोद खड्काको संयोजकत्व तथा दोर्ण पौडेलको सहसंयोजकत्वमा बनेको जिल्ला कमिटिको सफत ग्रहणसमेत आज नै भएको छ । कमिटिलाई पार्टीको कोशी प्रदेश इन्चार्ज एवम् पूर्व मुख्यमन्त्री राजेन्द्र राईले सपथ गराएका हुन् । नयाँ कमिटि तथा कार्यकर्ताहरुलाई पार्टीका केन्द्र तथा प्रदेश तहका नेताहरुले प्रशिक्षणसमेत दिएका छन् । पार्टीका प्रदेश संयोजक हर्कबहादुर नेमवाङ (मिक्सो), प्रदेश सह इन्चार्ज सावित्राकुमार काप्mले, अर्का सहइन्चार्ज पर्शुराम बस्नेत लगायतका नेताहरुले प्रशिक्षण दिएका थिए । नेताहरुले प्रशिक्षणात्मक मन्तब्य दिदै अवको नेपाली राजनीतिक शक्तिको रुपमा उदाएको र पार्टीको शक्ति र सन्देशलाई गाउँटोलसम्म पुर्याउनु पर्ने बताए । नेपाली कम्युन...
हातिमारा खोला अतिक्रमण हटाउन उदयपुर प्रशासनसँग युवाहरुको माग

हातिमारा खोला अतिक्रमण हटाउन उदयपुर प्रशासनसँग युवाहरुको माग

Breaking News 2, समाचार
उदयपुर, साउन ४ । त्रियुगा नगरपालिकाका सचेत युवा नागरिकहरूले हातिमारा खोला र त्रियुगा खोलाको सार्वजनिक जग्गा संरक्षण, अतिक्रमण हटाउने तथा भूमाफियामाथि कानुनी कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रशासन कार्यालय उदयपुरमा आज ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा हातिमारा खोला संरक्षण अभियान २०७९ सालदेखि स्थानीय युवाको नेतृत्वमा सञ्चालन हुँदै आएको उल्लेख गर्दै अभियानको उद्देश्य सार्वजनिक जग्गा संरक्षण, प्राकृतिक स्रोतको रक्षा तथा भावी पुस्ताको अधिकार सुरक्षित गर्नु रहेको जनाइएको छ । अभियानका अनुसार हातिमारा खोला र त्रियुगा खोलाको सार्वजनिक जग्गा अतिक्रमण हटाउन यसअघि पनि नक्सा, अदालतको फैसला तथा अन्य प्रमाणसहित प्रशासन र त्रियुगा नगरपालिकामा पटक–पटक ज्ञापनपत्र बुझाइएको थियो । केही स्थानबाट अतिक्रमण हटाइए पनि पुनः संरचना निर्माण गरी अतिक्रमण भइरहेको र धेरै सार्वजनिक जग्ग...
कोशीमा पानीको बहाव २ लाख क्युसेक नाघ्यो, ब्यारेजका २८ ढोका खोलिए

कोशीमा पानीको बहाव २ लाख क्युसेक नाघ्यो, ब्यारेजका २८ ढोका खोलिए

Breaking News 2, समाचार
पूर्णपुष्टि/सप्तरी, साउन ३ । अविरल वर्षापछि कोशी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्दै २ लाख क्युसेक नाघेको छ। पानीको सतह बढेसँगै कोशी ब्यारेजका ५६ मध्ये २८ वटा ढोका खोलिएको छ भने नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा डीएसपी हेमराज घिमिरेका अनुसार आइतबार बिहान ८ बजे कोशी नदीमा १ लाख ७६ हजार ३०५ क्युसेक पानीको बहाव मापन गरिएको थियो। दिउँसो ३ बजेसम्म यो बढेर १ लाख ९० हजार ३९० क्युसेक पुगेको थियो भने दिउँसो ४ बजे २ लाख ९ हजार ८४० क्युसेक पुगेको छ। पानीको बहाव निरन्तर बढ्दै खतराको तह नजिक पुगेपछि कोशी ब्यारेजमा चेतावनीस्वरूप रातो झण्डा फहराइएको छ र रातो बत्तीसमेत बालिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षाकर्मी तथा सम्बन्धित निकायलाई उच्च सतर्क अवस्थामा राखिएको छ। प्रशासनले कोशी नदी आसपासका ...
फिफा विश्वकप २०२६ को फाइनल नेपाल टेलिभिजनबाट निःशुल्क प्रसारण हुने

फिफा विश्वकप २०२६ को फाइनल नेपाल टेलिभिजनबाट निःशुल्क प्रसारण हुने

Breaking News 2, खेलकुद, समाचार
काठमाडौं/असार ३ । फिफा विश्वकप २०२६ को फाइनल खेल नेपाल टेलिभिजनले निःशुल्क प्रसारण गर्ने भएको छ । नेपाल टेलिभिजनको एनटिभी प्लस च्यानलबाट सोमबार बिहान १२ः४५ बजे हुने फाइनल खेल प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ। उपाधिका लागि अर्जेन्टिना र स्पेनबीच प्रतिस्पर्धा हुनेछ। सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले फाइनल खेल एनटिभी प्लसमार्फत निःशुल्क हेर्न सकिने जानकारी दिएका छन्। यसअघि विश्वकपका खेलहरू हेर्न दर्शकले सदस्यता ९सब्सक्रिप्सन० शुल्क तिर्नुपर्ने व्यवस्था थियो। तर फाइनल खेल भने सबै दर्शकले निःशुल्क हेर्न पाउने भएका छन्। सरकारले फाइनलसँगै विश्वकपका केही अन्य खेलसमेत निःशुल्क प्रसारण गर्ने घोषणा गरेपछि विश्वकप प्रसारण अधिकारका लागि करिब ५ करोड रुपैयाँ खर्च गरेको रेडबुल मिडियाको लगानीबारे पनि विभिन्न तहमा चर्चा सुरु भएको छ।...
प्रदेश सञ्चार प्रतिष्ठानमा दलित पत्रकारको प्रतिनिधित्व नभएको भन्दै राष्ट्रिय दलित पत्रकार संघको आपत्ति

प्रदेश सञ्चार प्रतिष्ठानमा दलित पत्रकारको प्रतिनिधित्व नभएको भन्दै राष्ट्रिय दलित पत्रकार संघको आपत्ति

Breaking News 3, समाचार
पूर्णपुष्टि/साउन ३  काठमाडौं । राष्ट्रिय दलित पत्रकार संघ, नेपालले कोशी प्रदेश सरकारले गठन गरेको प्रदेश सञ्चार प्रतिष्ठानमा दलित समुदायका पत्रकारलाई प्रतिनिधित्व नगरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ। संघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपालको संविधानले परिकल्पना गरेको समानुपातिक समावेशिता, सामाजिक न्याय र समान अवसरको भावना विपरीत २०८२ असार २८ गते गठन गरिएको प्रतिष्ठानमा एक जना पनि दलित पत्रकारलाई समावेश नगरिएको उल्लेख गरेको छ। संघले प्रदेश सरकारबाट नियुक्त भएका पदाधिकारीहरूप्रति सम्मान व्यक्त गर्दै पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय, सक्षम र योग्य दलित पत्रकारहरू हुँदाहुँदै उनीहरूलाई पूर्ण रूपमा उपेक्षा गरिनु दुःखद, अस्वीकार्य तथा समावेशी सिद्धान्तविपरीत भएको जनाएको छ। महासचिव करन ताम्राकारद्वारा हस्ताक्षरित विज्ञप्तिमा सार्वजनिक निकायमा सबै समुदायको अर्थपूर्ण सहभागिता...