Monday, August 24News That Matters

समाचार

उदयपुरमा लागुऔषध सहित युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र २२ । उदयपुरमा लागुऔषध सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–६ जलजले बस्ने २३ बर्षीय मो.साकिर आली रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार जिप्रका बाट संचालित MDI (Mission Drug Intercept) अभियान अन्तर्गत खटिएको प्रहरी टोलीले आलीलाई मंगलबार जलजले स्थित लालपत्ता चोकमा लागुऔषध सहित पक्राउ गरेको हो । सप्तरीबाट उदयपुरतर्फ पैदल आउँदै गरेको आलीलाई शंकालागी चेकजाँच गर्ने क्रममा उनको साथबाट प्रोर्मेथाजिन १४ एम्पुल,डाइजोपाम १४ एम्पुल र बुप्रिनोर्फिन १४ एम्पुल गरी जम्मा ४२ एम्पुल लागुऔषध फेला परेसँगै नियन्त्रणमा लिएको डिएसपी चौधरीले बताए । लागुऔषध सहित पक्राउ परेका आलीलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा लागुऔषध सहित दुई जना पक्राउ

उदयपुरमा लागुऔषध सहित दुई जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र २१ । उदयपुरमा लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१२ बस्ने २३ बर्षीय समिर मगर र त्रिनपा–३ बस्ने १४ बर्षीय बालक रहेको जिल्ला प्रहरी कर्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार सोमबार लाहानबाट गाईघाट तर्फ आउँदै गरेको विङ्गरलाई त्रिनपा–४ सालघारीमा रोकी चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट लागुऔषध सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट संचालित ःम्क्ष् ९ःष्ककष्यल म्चगन क्ष्लतभचअभउत० अभियान अन्तर्गत खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट डाइजेपाम १०६ एम्पुल, बुपृनोर्फिन १०६ एम्पुल र फेनारगन १०६ एम्पुल फेला पारेसँगै नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुबै जनाको जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । &n...
मुख्यमन्त्री कार्कीद्धारा बैधनाथ खोला सडक पुलको उद्घाटन

मुख्यमन्त्री कार्कीद्धारा बैधनाथ खोला सडक पुलको उद्घाटन

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र १९ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उदयपुरको कटारी नगरपालिकास्थित बैधनाथ खोला पक्कि सडक पुलको उद्घाटन गरेका छन् । सोमबार मुख्यमन्त्री कार्कीले कटारी नगरपालिका वडा नं. ६ र ७ सोमवारे–रिस्कु जोड्ने बैधनाथ खोला सडक पुलको उद्घाटन गरेका हुन् । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको १४ करोड भन्दा बढी लागतमा निर्माण भएको पुलको कुल लम्बाई ८४.२० मिटर छ भने कुल चौडाई ८.४० मिटर रहेको छ । पुलको क्यारिज वे चौडाई ६ मिटर र फुट्फथको चौडाई दुवै तर्फ १.२० मिटर रहेको छ । गत बर्ष पुलको ठेक्का लिएको KM Engineers Biilders Pvt.Ltd ले प्रादेशिक सडकपुल सहयोग एकाई इटहरीको प्राविधिक सहयोगमा २०८०÷१२÷१७ गते पुल सम्पन्न गरेको हो । २०७९÷०९÷० ७ गते पुलको ठेक्का सम्झौता गरिएको थियो भने २०८१÷०९÷०७ गते भित्र निर्माण सम्पन्न गर्नुपर्ने मिति भन्दा चाडै पुल निर्माण सम्पन्न गरेको हो ...
उत्कृष्ट गाउँ गन्तव्यको पुरस्कार उदयपुरको बहेड्वा थारु होम स्टेलाई

उत्कृष्ट गाउँ गन्तव्यको पुरस्कार उदयपुरको बहेड्वा थारु होम स्टेलाई

Breaking News 1, समाचार
पूर्णपुष्टि, १९ चैत्र । पछिल्लो समय चर्चित होम स्टेको रुपमा रहेको उदयपुरका बहेड्वा थारु होम स्टेले लगतार उत्कष्टता कायम गर्दै आएको छ । केहि समय अघि मात्रै नेपालकै उत्कृष्ट तिनमा पर्न सफल होम स्टेले फेरी उत्कृष्ट गाउँ गन्तव्यको पुरस्कार पाएको हो । होम स्टेलाई गाउँ पर्यटन प्रवद्र्धन मन्च नेपालले उत्कृष्ट गाउँ गन्तव्यको पुरस्कार दिएको होम स्टे संञ्चालक उत्तिमलाल चौधरीले जनाए । मन्चले दिँदै आएको उत्कृष्ट गाउँ गन्तव्य पुरस्कार यो बर्ष थारु होम स्टेले पाएको चौधरीको भनाई छ । नेपल सरकार अन्तर्गतको कार्यालय तारा गाउँ बिकास समितिको सदस्य तथा ( भिटोफ) को पूर्व अध्यक्ष समेत रहेका शिव लामिछानेको सिफारिसमा होम स्टेले नगद र प्रमाण पत्र सहितको पुरस्कार प्राप्त गरेको हो । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको प्रमुख आथित्यता तथा मन्चका अध्यक्ष शकुन्तला देवकोटाको अध्यक्षतामा भव्य पुरस्का प्रदान गरि...
गाईघाटमा संञ्चालित तिन महिने सिलाई कटाई तालिम सम्पन्न

गाईघाटमा संञ्चालित तिन महिने सिलाई कटाई तालिम सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, १७ चैत्र । गाईघाटमा संञ्चालन भैरहेको तिन महिने सिलाई कटाई तालिम शुक्रबार सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजना तथा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुरको समन्वयमा संञ्चालन भएको तालिम सम्पन्न गरिएको हो । तालिम पुष १६ गते देखी गाईघाट स्थित सिलाई व्यवसायी संघको कार्यालयमा भैरहेको थियो । तालिममा व्यवसायी गर्ने उदेश्य बोकेको महिलाहरुले उल्लासमय सहभागी जनाएका थिए । तालिम प्रदान गरे सँगै सहभागीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको छ । सहभागीहरुले तालिम पश्चात सिपलाई प्रयोगमा ल्याउने जनाएको छ । सिप बाँच्ने आधारको रुपमा बुझेका उनिहरुले अब तत्कालै ब्यवसायलाई सुरु गर्ने सहभागीहरुको भनाई छ । घरेलु कार्यालय उदयपुरले व्यवायमा रुची राख्ने महिलाहरुलाई तालिम उपलब्ध गराएको जनाए । सिलाई व्यवसायी संघकी अध्यक्ष ज्ञानु प्रधानले यस्तो तालिमहरु थप प्रदान गर्न कार...
उदयपुरमा चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

उदयपुरमा चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र १७ । उदयपुरमा चोरी मुद्धाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–८ बस्ने ३३ बर्षीय होमराज कार्की रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुुसार जिल्ला अदालतको लगत नं. ३७६६ मिति २०७९।११।१५ गतेको फैसलाले चोरी मुद्धामा २ दिन कैद सजाय र ७ हजार रुपैँया जरिबाना भएको कार्कीलाई जिप्रका बाट खटिएको विशेष प्रहरीको टोलीले शुक्रबार पक्राउ गरेको हो । पक्राउ परेका कार्कीलाई फैसला कार्यान्वयनको लागी जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।...
गाईघाटमा प्रदेश स्तरीय तेस्रो औद्योगिक प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुने

गाईघाटमा प्रदेश स्तरीय तेस्रो औद्योगिक प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुने

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ चैत्र । गाईघाटमा प्रदेश स्तरीय तेस्रो बृहत औँद्योगिक प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुने भएको छ । आगामी बैशाख १२ गते देखी १८ गते सम्म एक हप्ते प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुन लागेको हो । नेपाल घरेलु तथा साना उद्योग माहासंघ उदयपुरको आयोजनामा स्थानीय औद्योगिक उत्पादन र रैथाने खानालाई मुख्य आकार्षण बनाएर यसको बजारीकरण तथा प्रचार प्रसारमा ध्यान पुराउँदै महोत्सव हुने जनाईएको छ । संघका जिल्ला अध्यक्ष मधुकार थापाले उदयपुर जिल्लामा औद्योगिक क्षेत्रको समस्याहरुलाई समाधान तर्फ उन्मुख गर्न प्रदर्शनीको आवश्यक रहेको जनाए । उदयपुरमा कृषि, जडिबुटी, पशुपंछी, स्थानीय कच्चा पदार्थ, खनिजजन्य र पर्यटन लगायतको प्रचुर सम्भावना भएको हुँदा यसलाई चलायमान बनाउन यस्ता प्रदर्शनी महोत्सवहरुले ठुलो भुमिका खेल्ने अध्यक्ष थापाले जनाए । यस महोत्सवमा कोशी प्रदेशका सबै जिल्लाहरुको औद्योगिक उत्पा...
उदयपुरमा चेक अनादर र लागुऔषध मुद्धाका ३ जना फरार प्रतिवादी पक्राउ

उदयपुरमा चेक अनादर र लागुऔषध मुद्धाका ३ जना फरार प्रतिवादी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र १६ । उदयपुरमा चेक अनादर र लागुऔषध मुद्धाका ३ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–२ ताप्ली गाँउ बस्ने कासिराम श्रेष्ठ, त्रियुगा नगरपालिका–११ साकेला टोल बस्ने ३७ बर्षीय माईला भन्ने राजकुमार राई र त्रिनपा–६ जलजले बस्ने ३० बर्षीय मनोज सदा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीका अनुसार विभिन्न मितिमा जिल्ला अदालतले फैसला गरी सजाय तोकिएका उनिहरुलाई जिप्रका बाट खटिएको विशेष प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो । चेक अनादर मुद्धामा श्रेष्ठलाई मिति २०७९÷१२÷१४ गतेको फैसलाले २ बर्ष कैद सजाय, लगत न ३८५१ लागू औषध मुद्दामा राईलाई मिति २०८०÷३÷२१ गतेको फैसलाले १ महिना ८ दिन कैद सजाय र लागुऔषध मुद्धामा सदालाई मिति २०७१÷०९÷०४ गतेको फैसलाले रु. २ हजार रुपैँया जर...
नेकपा एमाले उदयपुरकाे नेतृत्वमा भागवत राउतकाे जीत

नेकपा एमाले उदयपुरकाे नेतृत्वमा भागवत राउतकाे जीत

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र १५ । नेकपा एमाले उदयपुरकाे अध्यक्षमा भागवत राउतकाे जीत भएकाे छ । उनले ३४४ मतका साथ अध्यक्ष पद जितेका हुन् । प्रतिद्वन्द्वि परमेश्वर घिमिरेले २३० मत प्राप्त गरे । उपाध्यक्षमा कालुमान लामाले जीत हात पारेका छन् । १ मतकाे अन्तरमा उनले जितेका हुन् । लामाकाे १९२ मत प्राप्त हुँदा निकटतम् प्रतिद्वन्द्वी दिलबहादुर तामाङकाे प्राप्त भयाे । तामाङले सुरुदेखि अग्रता कायम देखाए पनि अन्तमा १ मतले पराजित भए । उपाध्यक्षका अर्का उम्म्दवार भरतबहादुर थापाकाे १३७ मत प्राप्त भयाे । सचिवमा टेकबहादुर राउतले जितेका छन् । उनले १९१ मत प्राप्त गरे । निकटतम् प्रतिद्वन्द्वी सम्भु पाैडेलकाे मत १८३ र  महेश राेकाकाे १४० मत रहेकाे छ । सहसचिवमा १९४ मतका साथ हेमबहादुर खड्काले जितेका छन् । जीवनाथ दाहाल १०८ मत, मन्दिप राइ ९३,  दुर्गानन्द चाैधरी ५३ र धर्मबहादुर तामाङकाे ४६ मत छ । महिला सहसचिवमा गङ...
आधाबढी मतगणनामा पनि राउतकै अग्रता : एमाले उदयपुर चुनाव

आधाबढी मतगणनामा पनि राउतकै अग्रता : एमाले उदयपुर चुनाव

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र १५ । नेकपा एमाले उदयपुरकाे आधाबढी मतगणनामा पनि अध्यक्षमा भागवत राउनकाे अग्रता कायमै छ । तीनसय मतगणना हुँदा राउतकेा १८८ र परमेश्वर घिमिरेकाे ११२ मत ‍छ । उपाध्यक्षमा ११० मतका साथ दिलबहादुर तामाङकै अग्रता कायम छ भने ८९ मतका साथ कालुमान तामाङ दाेस्राेस्थानमा र भरतबहादुर थापाकाे ६९ मत रहेकाे छ । सचिवमा १०४ मतका साथ टेकबहादुर राउतकै अग्रता छ भने सम्भु पाैडेलकाे १०० मत र महेश राेकाकाे ६६ मत रहेकाे छ । सहसचिवमा ११० मतका साथ हेमबहादुर खड्काकाे अग्रता कायम छ । दाेस्राेमा जीवनाथ दाहाल ६३ मत, मन्दिप राइ ४३,  दुर्गानन्द चाैधरी २९ र धर्मबहादुर तामाङकाे २० मत छ । महिला सहसचिवमा गङ्गा राइ १३७ मतका साथ अग्रता कायम छ भने महेश्वरी राइ ७१ र गीता खड्का ६५ मत रहेकाे छ ।...