Monday, August 24News That Matters

समाचार

उदयपुर मैनामैनी दुर्घटना : चालक र ७ महिनाका बच्चा सहित ७ को मृत्यु , ९ घाईते तस्विर सहित

उदयपुर मैनामैनी दुर्घटना : चालक र ७ महिनाका बच्चा सहित ७ को मृत्यु , ९ घाईते तस्विर सहित

Breaking News 1, समाचार
पूर्णपुष्टि, १ चैत्र । उदयपुरको मैनामैनीमा भएको जिप दुर्घटनामा चालक र शिशु सहित ७ जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाईते भएको छ । जल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घाईतेहरुलाई उपचारको लागि उद्धार गरिरहेको छ भने मृत्यृ हुनेहरुको सनाखतमा प्रहरी खटिरहेको जनाईएको छ । उदयपुर भन्दा भोजपुर सिमानाका प्रहरी नजिक भएको हुँदा भोजपुरबाट जानकारी लिने र उदयपुरको कोठु बाट पनि प्रहरी उदयपुरको टोली पठाईसकिएको जनाईएको छ । घटनाको अनुसन्धान र मृत्यु तथा घाईतेहरुको सनाखतमा प्रहरी खटिरहेको जनाईएको छ ।...
उदयपुरमा भएको जिप दुर्घटनामा ७ को मृत्यु ७ घाईते

उदयपुरमा भएको जिप दुर्घटनामा ७ को मृत्यु ७ घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, १ चैत्र । उदयपुरमा भएको जिप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको जिप उदयपुर र भोजपुरको सिमाना बेलका नगरपालिका, मैनामैनीनजिकै दुर्घटना भएको हो । जिप सडकबाट ५०० मिटर तल खसेर दुर्घटना भएको हो । घटनास्थलमा रहेका स्थानीय मिलन राईका अनुसार ७ जनालाई उद्धार गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । दुर्घटना मृत्यु भएकाहरुको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण पनि खुलेको छैन । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले ६ जनाको मृत्यु भएको तर मृतकको सनाखत हुन बाँकी रहेको बताए । उनका अनुसार दुर्घटनास्थल भोजपुरबाट नजिक पर्ने भएकाले भोजपुर र उदयपुर दुवै जिल्लाका प्रहरीहरु उद्धारमा परिचालन गरिएको छ । र्घटनास्थलमा रहेका इलाका प्रहरी चौकी हसनपुर, भोजपुरका असई खड्गबहादुर श्रेष्ठले दुर्घटनामा घाइते भएका ७ जनालाई उद्धा...
माओवादी नेता अधिकारीको निधन, पार्टी कार्यालयमा श्रद्धान्जली पश्चात अन्यष्टि गरिने

माओवादी नेता अधिकारीको निधन, पार्टी कार्यालयमा श्रद्धान्जली पश्चात अन्यष्टि गरिने

Breaking News 1, समाचार
पूर्णपुष्टि, १ चैत्र । नेकपा माओवादी केन्द्रको प्रभावशाली नेता अनिल अधिकारीको निधन भएको छ । अधिकारीको गएराति निजि निवासमै निधन भएको हो । अधिकारी लामो समय नेपाली राजनितिमा होमिएर नेपाली जनताको सेवामा सम्लग्न थिए । उनि उदयपुर जिल्लाको पार्टी अध्यक्ष समेत हुन भने पूर्व लडाकु पनि थिए । युद्धबाट बाँचेर फिर्किएका अधिकारीलाई जिउँदो सहिदको रुपमा समेत लिने गरिएको छ । अधिकारीको पार्थिर शरिरलाई पार्टी कार्यालयमा श्रद्धान्जली सभा पछि अन्यष्टि गरिने कार्यक्रम रहेको छ ।...
उदयपुरमा लागुऔषध सहित दुई युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित दुई युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन ३० । उदयपुरमा लागुऔषध सहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ जनप्रेमि टोल बस्ने २६ बर्षीय सारंस राई र सोही वडा बस्ने २३ बर्षीय पासाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार आईतबार जिप्रका उदयपुरबाट खटिएको विशेष प्रहरी टोलीले राईलाई शंकालागी चेकजाँच गर्ने क्रममा लागुऔषध सहित प्रकाउ गरेको हो । प्रहरीले उनको साथबाट ब्रुपिनोरफिन–११ एम्पुल, डाईजेपाम–११ एम्पुल, फेनार्ग–११ एम्पुल गरी जम्मा ३३ एम्पुल र सिरिन्ज १३ वटा मध्ये १ वटा भरीएको समेत फेला परेसँगै नियन्त्रणमा लिएको हो । त्यस्तै सोमबार गाईघाट स्थित पिपल चोकमा जिप्रकाबाट खटिएको विशेष प्रहरी टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा तामाङलाई लागुऔषध सहित पक्राउ गरेको डिएसपी चौधरीले बताए ।त...
कोपिला वन उपभोक्ता समूहका महिलाहरु सालको पातबाट आम्दानी गर्दै

कोपिला वन उपभोक्ता समूहका महिलाहरु सालको पातबाट आम्दानी गर्दै

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३० फागुन । कटारी रकटारी नगरपालिका वडा नम्बर ४ का महिलाहरुले वनमा खेर जाने सालकोे पातबाट आम्दानी लिन थालेका छन् । कोपिला सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध महिलाहरुले सालको पात टिपेर दुना टपरी बनाउन थालेपछी आम्दानी लिन थालेका हुन् । डिभिजन वन कार्यालय कटारी ९त्रिवेणी०को ८० प्रतिशत र उपभोक्ता समूहको २० प्रतिशत लगानीमा दुना टपरी बनाउने मेसिन खरिद गरेपछी उनीहरुले आम्दानी लिन थालेका हुन् ।‘एक वर्ष भयो हामीले दुना टपरी बनाएर बजार पठाउन थालेको ।’समूहका अध्यक्ष दिपक राईले भने ,‘घरको कामबाट बचेको समयमा महिलाहरुले पात टिपेर ल्याउँछन् र दुना टपरी बनाउँछन् ।’ नियमित पात टिपेर ल्याउनेहरुले मासिक १५ हजार सम्म आम्दानी लिने गरेका छन् ।‘घरखर्च चलाउनका लागि आम्दानी हुने गरेको छ ।’समूहमा आवद्ध दुना टपरी बनाउँदै आएकी सूर्यमाया राईले भनिन् ,‘घरको काम पनि गर्न भ्याईने वनमा गएर पात टिपेर ल्याउन...
पोयट आईडलमा सबैकाे मन जित्दै पत्रकार ऋषिबहादुर राई

पोयट आईडलमा सबैकाे मन जित्दै पत्रकार ऋषिबहादुर राई

Breaking News 1, समाचार, साहित्य
पूर्णपुष्टि, फागुन ३० । पोयट आईडलमा गाउँले कविता सुनाएर मन जित्दै गरेका  उदयपुरका पत्रकार ऋषिबहादुर राई उदयपुरको कटारीमा रहेर एकदशकबढी पत्रकारिता गरिरहेका ऋषिबहादुर राई अहिले कविताको रियालिटी शो दि पोयट आईडलको सिजन २ मा प्रतिष्पर्धिका रुपमा कविता सुनाईरहेका छन् । मंगलबार साँझ ९देखि १० बजे सम्म प्रशारित शो को १२ औं अंक पश्चात राई उत्कृष्ट ११ मा पुगेका छन् । आगामी अंकमा ग्रुप बीबाट एकजना भोटको नतिजा मार्फत आउट हुने भएकाले ग्रुप ए मा रहेका राईले अव उत्कृट १० बाट आठका लागि आगामी सोमबार र मंगलबार कविता प्रस्तुत गर्नेछन् । नेपाल पत्रकार महासंघ शाखा उदयपुरको सह सचिव समेत रहेका राईले पत्रकारितासँगै नेपाली साहित्यमा कविता , लघुकथा , संस्मरण , गजल , गीत , वालकथा , वालकविताहरु लेख्दै आएका छन् । पोयट आईडल मार्फत नेपाली समाजमा रहेका परिस्थितिहरुलाई कविताको माध्यमबाट जस्ताको त्यस्तै उतार्नु राईको विश...
खानेपानी भवनको हात्तिपाईले खनेर ल्याव टेस्ट गरिने

खानेपानी भवनको हात्तिपाईले खनेर ल्याव टेस्ट गरिने

Breaking News 1, समाचार
सुनिल राई (उदयपुर) पूर्णपुष्टि, २९ फागुन । त्रियुगा खानेपानी उपभोक्ता समितिको भवन अनुगमन निरन्तर रुपमा भैरहेको छ । मंगलबार त्रियुगा नगर उपप्रमुख महेश्वरी राई सहित वडा अध्यक्ष सुमन्त कोईराला, प्रमुख प्रशासकीय अधिकृत बिष्णु भक्त सिग्देल र त्रियुगा नगरपालिकाका प्राविधिकहरुले संयुक्त अनुगमन गरेका थिए । उक्त भवनको हात्तिपाईले खनेर ल्याव टेस्ट गरिने उपप्रमुख राईले बताईन् ।बाँकी पिलर लगायतको भागहरुको रिपोर्ट आएपछि पून ः अनुगमन गरी स्थानीयहरु सहितको उपस्थितिमा भवनलाई कसरी निर्माण गर्ने भन्ने छलफल गरिने उपमेयर राईले जनाईन् ।  ...
मिशन ८४ का लागि कार्यकर्ता तयार पार्दै एमाले उदयपुर

मिशन ८४ का लागि कार्यकर्ता तयार पार्दै एमाले उदयपुर

Breaking News 1, समाचार
पूर्णपुष्टि, २९ फागुन । नेकपाएमाले उदयपुरले मिसन ८४ लाई लक्षित गरी नेताकार्यकर्तालाई पढाउन सुरु गरेको छ । पछिल्लो राजनीतिक परिवेश, आगामी निर्वाचन, जनवर्गिय संगठन, जनप्रतिनिधि र पार्टी विचका सम्बन्ध, विकास निर्माण, पार्टीका सिद्धान्त, जनताको वहुदलिय जनवाद लगायतका बिषयमा एमालेले कार्यकर्तालाई प्रशिक्षित गराउन सुरु गरेको हो । पार्टी संगठन मजवुद बनाउउँदै आगामी निर्वाचनमा सर्वश्रेष्ठ हासिल गर्न जिल्लाका आठ वटै स्थानीयतहका नेता कार्यकर्तालाई लक्षित गरी प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले बताए । उनले भने, ‘पार्टी नेता र कार्यकर्तालाई विचार र दृष्टिकोणमा प्रष्ट, अव्वल संगठन, विकासमा नेतृत्वदायी भुमिका बनाउने पार्टीको लक्ष्य अनुरुप प्रशिक्षण सुरु गरेका हौ ।’ प्रशिक्षणमा बिषयबस्तुको जानकारी सँगै मिसन ८४ लाई लक्षित गरी पार्टी भित्रका आन्तरिक द्धन्द्ध व्यवस्थापन, ...
उदयपुरकाे दुर्घटनामा ईलामका युवाकाे मृत्यु

उदयपुरकाे दुर्घटनामा ईलामका युवाकाे मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २८ । मदनभण्डारी राजमार्ग अन्तरगत उदयपुरकाे नेपालटार-गाईघाट सडकखण्डकाे त्रियुगा नगरपालिका ७ कालिखाेला हाेक्सेमा आज विहान बस र माेटरसाईकलकाे ठक्करबाट एकजनाकाे मृत्यु भएकाे छ । ईलामबाट काठमाडाै जाँदै गरेकाे प्रदेश १ -०१ -०१६ प  ४६७ नम्बरकाे माेटरसाईकल र कटारीदेखि धरानतर्फ जाँदै गरेकाे  स १ ख ८१६ नम्बरकाे बसबीच ठक्कर खाँदा माेटरसाईकल चालक ईलामकाे सुर्याेदय नगरपालिका-११ का २३ वर्षिय प्रदित राईकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । दुर्घटनास्थलमा गम्भीर घाईते राईकाे उपचारकाे क्रममा उदयपुर अस्पतालमा मृत्यु भएकाे हाे । झापाली राईडर लेखिएकाे स्टिकर रहेकाे माेटरसाइकल पूर्ण क्षती भएकाे छ भने बसमा पनि क्षती पुगेकाे छ ।...
उदयपुरमा बसको ठक्करबाट घाईते युवाको मृत्यु

उदयपुरमा बसको ठक्करबाट घाईते युवाको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, २८ फागुन । उदयपुरको त्रियुगा नगरपालिका ९ होक्सेमा बसले मोटरसाईकललाई ठक्कर दिँदा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलमा सुर्यदय नगरपालिका ३ का प्रगति राईको मृत्यु भएको हो । सोमवार कटारीबाट गाईघाट आउँदै गरेको स १ ख ८१६ नम्वरको बसले बिपरिद दिसा तर्फ जाँदै गरेको प्रदेश १–०१–०१६ प ०४६७ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक राई गम्भीर घाईते भएका थिए । घाईते राईलाई उपचारको लागि जिल्ला अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बस चालक उदयपुरगढी गाउँपालिका ६ का ३० बषिय नारायण सुनुवार र दुवै सवारी प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।...