Saturday, May 2News That Matters

समाचार

अझै फेला परिनन् दुधकाेशीमा बेपत्ता बालिका (भिडियाेसहित)

अझै फेला परिनन् दुधकाेशीमा बेपत्ता बालिका (भिडियाेसहित)

Breaking News 2, भिडियो, समाचार
पूर्णपुष्टि/उदयपुर, कार्तिक ५ । तीनदिन अघि दुधकोशीमा डुबेर बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका १४ साउने, ढुंग्रेकी ७ वर्षिया बालिका अनुसा तामाङ अझै फेला पर्न सकेकी छैनन् । वडाध्यक्ष हेम मगरका अनुसार प्रहरी र स्थानीयले खोजिकार्य लगातार गरिरहेको छ तर, फेला पर्न सकेको छैन । साथीसंग ११ बजे ढुंग्रेखोला छेउ कोशीमा पौडी खेल्ड गएकी उनी डुबेर बेपत्ता भएकी थिइन् । तीनदिन देखि लगातार डुबेको स्थानदेखि तल्लोभेगमा खोजि कार्य भइरहेको छ । बालिका कोशीमा बेपत्ता भएपछि परिवार शोकमा डुबेको छ । तिहारको बेला बालिकाको खोजि र शोकमा छ परिवार । https://youtu.be/ZzEtEecJa3g...
जेनजी आन्दोलनका प्रत्येक घाइतेलाई २० हजार र मृतकको परिवारलाई १५ लाख रुपैँया राहत

जेनजी आन्दोलनका प्रत्येक घाइतेलाई २० हजार र मृतकको परिवारलाई १५ लाख रुपैँया राहत

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक ४ ।  जेनजी आन्दोलनमा घाइते भएकाहरूको उपचार खर्चका लागि सरकारले ४८ लाख ५८ हजार रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य मन्त्रालयको प्रतिवेदनअनुसार प्रत्येक घाइतेलाई २० हजार रुपैयाँका दरले रकम वितरण गर्न झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा पैसा पठाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्ले असोज १२ गते घाइतेहरूलाई तत्कालीन राहत उपलब्ध गराउने निर्णय गरेको थियो । प्राविधिक समितिले वर्गीकरण गरेपछि थप उचित राहतको व्यवस्था गरिनेछ । घाइतेको विवरण र उपचार हालसम्म स्वास्थ्य मन्त्रालयले २ हजार ४२९ घाइतेको विवरण गृह मन्त्रालयलाई उपलब्ध गराएको छ । भदौ २३ र २४ गतेको प्रदर्शनमा घाइतेहरूलाई सहज उपचारका लागि २ हजार ८७६ परिचयपत्र जिल्ला प्रशासनमार्फत वितरण गरिएको छ । ३८ वटा परिचयपत्र अस्पतालबाटै दिइएको छ । पुनः उपचारका लागि विभिन्न अ...
राष्ट्रिय सम्मानसहित विपिन जोशीको अन्त्येष्टि

राष्ट्रिय सम्मानसहित विपिन जोशीको अन्त्येष्टि

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक ४ । हमास समूहको बन्धकमा रहँदा ज्यान गुमाएका कञ्चनपुरका युवक विपिन जोशीको मंगलबार भुजेला घाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । महाकाली नदी किनारमा रहेको भुजेला घाटमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राष्ट्रिय झण्डा ओढाइदिनुभयो। सशस्त्र प्रहरीले सलामी दिँदै अन्त्येष्टिमा सम्मान प्रकट गरेको थियो । शवयात्रामा नेपालका लागि इजरायली दूतावासका कर्मचारीले पनि इजरायलको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । यसअघि सोमबार काठमाडौं ल्याइएको जोशीको शव साँझ नेपाली सेनाको विमानमार्फत धनगढी विमानस्थल पुर्‍याइएको थियो । त्यसपछि धनगढी उपमहानगरपालिकाको शव वाहनमा राखेर भीमदत्त नगरपालिका–३ स्थित उनको घरमा ल्याइएको थियो । मंगलबार बिहान घरबाट सुरु भएको शवयात्रामा हजारौं स्थानीय बासिन्दा सहभागी भएका थिए । शवयात्रामा नेपालका लागि इजरायली राजदूत, पूर्वपरराष्ट्...
विपन जोशीको मलामी धेरै

विपन जोशीको मलामी धेरै

Breaking News 2, भिडियो, समाचार
https://www.youtube.com/shorts/rQVZ68dFWzY पूर्णपुष्टि/उदयपुर, कात्तिक ४ । कञ्चनपुरको भिमदत्त नगरपालिकामा विपिन जोशीको मलामी आज ठुलो संख्यामा उपस्थित भए । महाकाली नदी किनारमा अन्त्येष्टि गर्न लगिएको उनको मलामी ठुलो संख्यामा उपस्थित भएका हुन् । शवयात्रासहित अन्त्यष्टीका लागि लगिएको उनको शबको अन्त्येष्टि महाकाली नदीको भुजेला घाटमा राष्ट्रिय सम्मानसहित गरिएको सुरक्षा अधिकारीले सञ्चारमाध्यमलाई जनाएका छन् । अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका जोशी हमासले बन्धक बनाइएका थिए । गत २०२३ अक्टुबर ७ मा अपहरणपछि अज्ञात रहेका उनी गत असोज २७ गते मृत्यु पुष्टि भएको थियो ।    ...
 कोशीमा बेपत्ता बालिका अझै फेला परेन, खोजी कार्य जारी

 कोशीमा बेपत्ता बालिका अझै फेला परेन, खोजी कार्य जारी

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि /उदयपुर, कार्तिक ५ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ ढुंग्रेकी ७ वर्षिया बालिका अझै फेला परेकी छैनन् । वडाध्यक्ष हिम मगरका अनुसार स्थानीय अर्जुन तामाङकी छोरी अनुसा तामाङ सोमवार कोशीमा डुबेर बेपत्ता भएकी थिईन्। साथीसंग ११ बजे ढुंग्रेखोला छेउ कोशीमा पौडी खेल्ड गएकी उनी डुबेर बेपत्ता भएकी हुन्। परिवारलाई संगै गएकी बालिकाले खबर गरेकी थिएन । खबर लगत्तै प्रहरी र स्थानीयले बालिकाको खोजी गरिरहेको छ । कोशीमा डुबेकी उनलाई बगाएर लगेको हुनसक्ने अनुमान स्थानीयको छ । बेपत्ता बालिकाको सशस्त्र प्रहरीले दिनभर खोजतलास गर्दा पनि फेला परेको छैन् ।...
अब गाईघाटमै ढाका उत्पादन र ढाकाको बिभिन्न पहिरन

अब गाईघाटमै ढाका उत्पादन र ढाकाको बिभिन्न पहिरन

Breaking News 1, समाचार
पूर्णपुष्टि/गाईघाट, कार्तिक ३ गते । गाईघाटमै संञ्चालनमा आएको लिडिया ढाका प्रशिक्षण केन्द्रले उत्पादन सँगै ढाकाको बिभिन्न पहिरन तयार पारिरहेको छ । नर्मल कपडा भन्दा सांस्कृतिक पहिरनका लागि ढाका प्रयोगमा कपडा हो । यस उद्योगमा बिभिन्न जातजातिका जातिय कपडाहरु निर्माण भैरहेको छ । संञ्चालक निर्मला लिंङदेनका अनुसार ढाकाको सबैखाले पहिरनहरु निर्माण गरिने जनाईन् । ढाका आफै उत्पादन गर्ने र ढाकाको पहिरनहरु निर्माण गरिरहेको जनाईन् । गाईघाटबाट धेरै मानिसहरु कल्चरल डे«सका लागि धरान इटहरी जाने गरेको अवस्थामा गाईघाटमै अव ढाका पहिरन उपलब्ध रहने राईको भनाई छ । ढाकाको कपडा बिषेशगरी राई लिम्वु र अन्य जनजातिहरुले आफ्नो सांकृतिक पहिरनको रुपमा प्रयोग गर्ने गरेको छ । ढाका बुनाई तथा पहिरनका लागि पनि प्रशिक्षण दिदै आएको छ ।...
दुधकोशीमा बालिका बेपत्ता

दुधकोशीमा बालिका बेपत्ता

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, कार्तिक ३ । उदयपुरको त्रियुगा नगरपालिका १४ साउने, ढुंग्रेकी ७ वर्षिया बालिका दुधकोशीमा डुबेर बेपत्ता आज भएकी छिन् । वडाध्यक्ष हेम मगरका अनुसार स्थानीय अर्जुन तामाङकी छोरी अनुसा तामाङ कोशीमा डुबेर बेपत्ता भएकी हुन् । साथीसंग ११ बजे ढुंग्रेखोला छेउ कोशीमा पौडी खेल्ड गएकी उनी डुबेर बेपत्ता भएकी थिइन् । परिवारलाई संगै गएकी बालिकाले खबर गरेकी थिएन । खबर लगत्तै प्रहरी र स्थानीयले बालिकाको खोजी गरिरहेको छ । कोशीमा डुबेकी उनलाई बगाएर लगेको हुनसक्ने अनुमान स्थानीयको छ । घटनाको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक केदारमान दोङले पुष्टि गर्नुभयो । प्रहरीटोली र स्थानीयले खोजी गरिरहेको उहाँले बताउनुभयो ।  ...
उदयपुरमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक घाइते

उदयपुरमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक घाइते

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि/कटारी, कार्तिक ३ गते । उदयपुरमा सोमवार राति मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाईते भएको छ । उदयपुरको कटारी नगरपालिका–४ ककुर खोलास्थित मदन भण्डारी लोकमार्गमा भएको दुर्घटनामा परी कटारी नगरपालिका–४ तल्लो कटारीका १६ वर्षीय सम्राट खड्का र सोही वडाको सिम्ले निवासी १८ वर्षीय राजमणी कटुवाल गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल कटारी ल्याइएको थियो। प्रादेशिक अस्पतालका चिकित्सकका अनुसार गम्भीर घाइते सम्राट खड्काको उपचारका क्रममा कात्तिक ३ गते बिहान मृत्यु भएको हो। सोही दुर्घटनामा घाइते भएका राजमणी कटवाललाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रेफर गरिएको छ । मदन भण्डारी लोकमार्गमा कटारीबाट सिन्धुली तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०५४ प ६९९० नम्बरको मोटरसाइकल कात्तिक २ गते राति करिब १०स्२० बजे अनिय...
आर्थिक पारदर्शीताको यी दुई नमुना काम

आर्थिक पारदर्शीताको यी दुई नमुना काम

Breaking News 2, आर्थिक, राजनीति, समाचार
पूर्णपुष्टि/उदयपुर, कार्तिक ३ । पछिल्लो जनभावना पारदर्शिताको पक्षमा छ । सो अनुरुप सबै सरकारी निकाय, संघ÷संस्था, पार्टी÷संगठन वा समुह सबै हिसावले पारदर्शी होउन भन्ने जनभावना देखिएको छ । यहि भावना अनुरुप झोले बहिस्कार अभियान समुहले मन्दीर निर्माणको आर्थिक पारदर्शीता गरेका छन् । त्रियुगा नगरपालिका ८ शाहिखोला स्थित एक सरस्वती मन्दीर निर्माणको काममा खर्च भएका रकम र संकलित सहयोग रकम पारदर्शी गरेको छ । ३३ हजार २८४ रुपैंया विभिन्न दाताबाट संकलन रकममा ७ हजार ३२० रुपैया खर्च भएको फेसबुक पेजबाट सार्बजनिक गरेकोछ । सहयोगदाताको नामसहित रकम सार्वजनिक गरेको समुहले २५ हजार ९६४ रुपैया बचत रहेको र सो रकमलाई सामाजिक काममा लगाई यसरी नै पारदर्शी गर्ने जनाएको छ । यसैगरी असोज ३० गते गाईघाटमा सम्पन्न श्रम संस्कृति अभियान कार्यक्रम आयोजकले पनि आर्थिक पार्दशिता देखाएको छ । उसले सहयोगदाताको नाम र रकम सार्बजनिक ग...
त्रियुगामा लगभग साठी जनाको जागिर जाने अवस्था

त्रियुगामा लगभग साठी जनाको जागिर जाने अवस्था

Breaking News 2, समाचार
पूर्णपुष्टि उदयपुर, कार्तिक ७ त्रियुगा नगरपालिकामा लगभग ६० जना कर्मचारीहरुको जागिर जाने अवस्था देखिएको छ । को र कुन शाखा, वडाका कर्मचारीको जागिर जाने हो त्यो भने स्पष्ट जानकारी मिलेको छैन । नगरपालिका स्रोतका अनुसार पालिका र १६ वडाहरुमा गरी ४३९ जना दरबन्दी संख्या पास रहेकोमा ४९० भन्दा बढि कर्मचारी नियुक्ती गरिएका छन् । जेनजी आन्दोलनको जगमा बनेको सरकारले तोकिएको दरबन्दी भन्दा बढि स्थानीय तहमा रहेका करार/अस्थायी कर्मचारी नराख्न निर्देशन पत्र पठाएपछि नगरपालिकाले त्यस्ता कर्मचारीलाई आजबाट काममा नआउने गरी सुचना जारी गरेको थियो ।...