विद्यार्थी कुटेको आरोप लागेका जनता मावि दमौटीको प्रअ लाई जिम्मेवारीबाट हटाईयो
पूर्णपुष्टि, उदयपुर असोज २९ ।
त्रियुगा नगरपालिका वडा नं ५ स्थित जनता मावि दमौटीको प्रअ राजन राउतलाई विद्यालय व्यवस्थापन समितिले जिम्मेवारीबाट हटाएको छ । कक्षा १० मा अध्यानरत छात्रा समिक्षा राईलाई झापड हानेको भन्दै अभिभावक तथा स्थानीयहरुले विरोध गरेपछि आईतबार तत्काल बैठक बसी राउतलाई प्रअको जिम्मेवारीबाट हटाईएको हो ।
विद्यार्थीलाई अन्य हिसावले पनि सम्झाउन सकिने र कार्वाही गर्न सकिने ठाउँ रहँदा रहँदै पनि झापड हानेर आँखा र गाला सुन्नीएको अभिभावकहरुको आरोप छ । राउत भर्खरै मात्र प्रअ बनेका थिए । कक्षामा एसईई सेन्टरको बारेमा कुरा गर्दा गर्दै शिक्षक र विद्यार्थी बीच सेन्टर काहा हुने भन्ने विषयमा कुरा हुँदै थियो । यतिकैमा शिक्षक राउतले यो पटक फरक ठाउँमा पनि सेन्टर हुने त्यस मध्ये मोतिगडामा पनि पर्न सक्ने बताएका थिए ।
सोही अवस्थामा समिक्षाले इस सर मोतिगडामा त हुदैन होला भनेका थिए । सोही अवस्...









