Saturday, May 2News That Matters

समाचार

लागुऔषध कारोबारीको अड्डामा छापा : हतियार लुट्ने र हिरासतबाट भागेकासहित ८ जना पक्राउ

लागुऔषध कारोबारीको अड्डामा छापा : हतियार लुट्ने र हिरासतबाट भागेकासहित ८ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २६ । झापामा प्रहरीले जेनजी आन्दोलनका बेला हतियार लुट्ने र हिरासतबाट फरार व्यक्तिसहित ८ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । शनिबार साँझ दमक नगरपालिका–३ वेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा प्रहरीले छापा मार्दा खैरो हिरोइनसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । दमक नगरपालिका–३ वेलडाँगीस्थित भुटानी शरणार्थी शिविरको सेक्टर ए ३ हट नम्बर ३५३ मा लागुऔषध बिक्री वितरण भइरहेको गोप्य सूचनाका आधारमा छापा मारेको प्रहरीले ७ ग्राम ८०० मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ । घरको कोठा तलासी गर्दा चस्माको खोलभित्र लुकाइछिपाइ राखिएको अवस्थामा लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । प्रहरीले पक्राउ गरेकामध्ये घरधनी दमक–३ वेलडाँगी भुटानी शरणार्थी शिविरका साजन थापा, इलाम चुलाचुली–३ का दिपेश तामाङ र सनम राई, दमक–३ क...
विपिन जोशीको नाम जीवित बन्धकको सूचीमा

विपिन जोशीको नाम जीवित बन्धकको सूचीमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २६ । हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरण अन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकको सूची सार्वजनिक भएको छ जसमा नेपाली नागरिक विपिन जोशीको नाम पनि समावेश भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसअघि विपिनसहित २ जनाको अवस्था अज्ञात रहेको समाचार सीएनएनले प्रकाशित गरेको थियो । तर अहिले टाइम्स अफ इजरायल, एपीसहित प्रमुख सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवितको सूचीमा विपिन पनि रहेको उल्लेख गरेका छन् । शुक्रबार भएको युद्धविरामसँगै सोमबारदेखि मंगलबारसम्म बन्धक रिहा हुने अपेक्षा गरिएको छ । यस सम्झौताअन्तर्गत इजरायलले करिब दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ । जीवित ठानिएका २२ बन्धकमध्ये जोशी फिर्ता आउने अपेक्षामा देश छ । विपिन जोशी इजरायलमा कृषिशास्त्र अध्ययनका लागि गएका थिए ...
तेस्रो स्व. युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिता सुरु, सिराहाको पोस्टमा बोक्सेको ९ गोल

तेस्रो स्व. युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिता सुरु, सिराहाको पोस्टमा बोक्सेको ९ गोल

Breaking News 1, खेलकुद, समाचार
सुनिल राई/गाईघाट, पूर्णपुष्टि, असोज २५ । त्रियुगा नगरपालिका-४ बगाहामा तेस्रो स्व. युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । शनिबार बगाहा खेल मैदानमा भएको उद्घाटन खेलमा (आरवाइसि) सिराहालाई ० गोलको विरुद्ध ९ गोल गर्दै इलाभेन स्टार फुटबल क्लब बोक्सेले उत्कृष्ट विजयी सुरुवात गरेको हो । पहिलो हाफमा १ गोल गरेको बोक्सेले दोस्रो हाफमा भने ८ गोल थपेको हो । बोक्सेका लागि जर्सी नम्बर १२ का शिशिर लेखीले ह्याट्रिक गरे । उनले खेलको १२ औँ मिनेटमा गोल गर्दै बोक्सेलाई अग्रता दिलाएका थिए भने ५५औ र ६२ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । त्यस्तै बोक्सेका लागि जर्सी नम्बर ७ का विशाल चौधरीले २ गोल गरे भने, जर्सी नम्बर ५ का योगेश बिष्ट, जर्सी नम्बर ४ का आशिष भुजेल, जर्सी नम्बर ३० का सोईसन राई र विवेक चौधरीले १-१ गोल गरे । यस खेलको म्यान अफ दि म्याच बोक्सेका जर्सी न...
शीतल निवासमा जेनजी छलफल, बाहिर विरोध प्रदर्शन

शीतल निवासमा जेनजी छलफल, बाहिर विरोध प्रदर्शन

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २५ । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार आयोजना गरेको जेनजी युवाहरूसँगको छलफलमा सहभागी हुन नपाएकाहरुले विरोध जनाएका छन् । शीतल निवास अगाडि भेला भएकाहरुले जेनजी युवाहरुको वार्ता टोलीलाई सहभागी नगराएर सुदन गुरुङको टोलीलाईमात्र शितल निवासभित्र प्रवेश गर्न दिएको भन्दै नाराबाजी समेत गरेका छन् । अहिले शीतल निवास अगाडि ठूलो संख्यामा जम्मा भएका युवाहरूले आफूहरूलाई पनि छलफलमा सहभागी गराउन माग गरिरहेका छन् । प्रहरीले परिस्थिति नियन्त्रणमा लिन उनीहरूलाई सम्झाउने प्रयास गरिरहेको छ । राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको उपस्थितिमा जेनजी प्रतिनिधिहरुसँग छलफल आयोजना गरेका छन् । अहिले शीतल निवासमा छलफल जारी छ ।...
राष्ट्रपति पौडेलसँग जेनजीको वार्ता सुरु

राष्ट्रपति पौडेलसँग जेनजीको वार्ता सुरु

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज २५ ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न जेनजी प्रतिनिधि टोली शीतल निवास पुगेको छ। केही ढिलाइपछि वार्ता शुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधिहरू पुगेपछि शीतल निवासमा छलफल सुरु गरिएको हो । बैठकमा प्रधानमन्त्री कार्कीसहित मन्त्रीहरू पनि उपस्थित छन् । सुरुमा १७ जना जेनजी प्रतिनिधि सहभागी हुने तय भएको थियो । तर, बैठकमा २० जनाभन्दा बढी सहभागी भएको एक जेनजी अगुवाले जानकारी दिएका छन् । आजको वार्तामा जेनजीले राखेका विभिन्न मागहरूबारे छलफल हुने बताइएको छ ।...
मौसमी प्रणाली बाहिरिँदा चिसो बढ्यो, हुम्लाको तापक्रम माइनसमा झर्‍यो

मौसमी प्रणाली बाहिरिँदा चिसो बढ्यो, हुम्लाको तापक्रम माइनसमा झर्‍यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २५ । मौसमी प्रणाली देशबाट बाहिरिएपछि तापक्रम घट्न थालेको छ । मौसम सफा रहे पनि चिसो बढ्दै गएको मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार काठमाडौंलगायत देशभरको तापक्रम निरन्तर घटिरहेको छ । यसले गर्दा बिहान र साँझको समयमा जाडो अनुभूति बढेको छ । शनिबार बिहान हुम्लाको न्यूनतम तापक्रम १।३३ डिग्री सेल्सियस मापन गरिएको छ । माथिल्लो हुम्लामा हिमपात भएपछि तापक्रममा गिरावट आएको हो । हिमपातले न्यालु सडकखण्ड अवरुद्ध भएको छ । जुम्लाको तापक्रम पनि ३.१ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंको आजको न्यूनतम तापक्रम १४.५ डिग्री सेल्सियस रहेको छ, जुन शुक्रबारको १५.६ डिग्री सेल्सियसभन्दा कम हो । यो अझै घट्ने अनुमान गरिएको छ । केही दिनअघि भएको उल्लेखनीय वर्षाले पूर्वी नेपालमा ठूलो क्षति पुर्‍याएको थियो । हाल मौसमी प्रणाली देशका सबै भूभागबाट बाहिरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनु...
राष्ट्रपति पौडेलसँगको छलफलमा २० बढी जेनजी सहभागी हुने

राष्ट्रपति पौडेलसँगको छलफलमा २० बढी जेनजी सहभागी हुने

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २५ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान १० बजे राष्ट्रपति कार्यालयमा जेनजीको प्रतिनिधि समूहसँग छलफल गर्दैछन् । छलफलमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुनेछिन् । प्रारम्भमा १७ जना सहभागी हुने तय भए पनि बैठक सुरु हुनुअघि यो संख्या २२ पुगेको एक जेनजी अगुवाहरूले जानकारी दिएका छन् । बैठकमा जेनजीका विभिन्न मागहरूबारे विस्तृत छलफल हुने बताइएको छ । प्रधानमन्त्री कार्कीले जेनजीको प्रतिनिधित्व गराएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेको अवस्थामा यो छलफल महत्वपूर्ण मानिएको छ ।...
बिद्यार्थी कुटेको भन्दै जनता मावि दमौटीका प्रअ राउतलाई कार्वाही गर्न माग

बिद्यार्थी कुटेको भन्दै जनता मावि दमौटीका प्रअ राउतलाई कार्वाही गर्न माग

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, उदयपुर, असोज, २४ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ५ स्थित श्री जनता मावि दमौटीका प्रधानाध्यापकले विदार्थी कुटेको भन्दै अभिभावकहरु आक्रोसित बनेको छ । विद्यालयको (प्रअ) राजन राउतले बिहिबार विद्यालय समयमा पढाउने क्रममा कक्षा १० की छात्रा समिक्षा राईलाई कुटेको भन्दै परिवारले कार्वाहीको माग गरेका हुन् । पिडित अभिभावकले १५ बर्षिया शमिक्षाको गालामा प्रअ राउतले छापड हानेको बताए । पिडित अभिभावक सुप्रिमाया राईले छोरीको गालामा कुटेको र आँखा र गाला सुन्निएको बताईन् । विद्यार्थीले गल्ती गरेको खण्डमा अरु धेरै सजायको आधारहरु रहेपनि गालामा झापड हानेको उनको गुनासो छ । शुक्रबार परिवारले कार्वाही गर्नु पर्ने भन्दै विद्यालयमा कुरा समेत उठाएको छ । पढाउने क्रममा एसईईको सेन्टरबारे छलफल हुँदै गर्दा विद्यार्थी र (प्रअ) बीच सेन्टरको स्थानबारे कुरा हुँदै थियो । श्रीपुर सेन्टर रहँदै आएकोमा ...
करार शिक्षकमाथि खर्च कटौती लागू नहुने

करार शिक्षकमाथि खर्च कटौती लागू नहुने

समाचार
पूर्णपुष्टि, असोज २४ । सरकारले अनुत्पादक खर्च घटाउन ल्याएको नयाँ निर्णय करार शिक्षकमाथि लागू नहुने भएको छ । अर्थ मन्त्रालयले असोज ७ गते जारी गरेको विज्ञप्तिमा स्वीकृत दरबन्दी बाहेक अस्थायी र करारमा कर्मचारी नराख्न भनिएको थियो । यो नियम नेपाल सरकार, प्रदेश र स्थानीय तहका लागि लागू हुन्छ । तर स्थानीय तह र विद्यालयहरूले करार शिक्षकको विषयमा प्रश्न उठाएपछि शिक्षा मन्त्रालयले स्पष्ट पारेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका ७७ शिक्षा विकास तथा समन्वय इकाईलाई परिपत्र जारी गर्दै उक्त नियम शिक्षकको हकमा लागू नहुने जानकारी दिएको हो । यस निर्णयले विद्यालयहरूले आवश्यकता अनुसार करार शिक्षक राख्न सक्ने अवस्था कायम रहेको छ ।...
टिकटक बनाउन जथाभावी हामफाल्दा मृत्यु

टिकटक बनाउन जथाभावी हामफाल्दा मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २४ । बारामा टिकटक बनाउन खोलामा हामफोका एक युवक ६ दिनपछि मृतअवस्थामा फेला परेका छन् । गत असोज १९ गते टिकटक बनाउनका लागि दुधौरा खोलाको पुलबाट हामफाका प्रसौनी गाउँपालिका–२ का २१ बर्षीय विकी गोसाइँ आज मृत फेला परेका हुन् । सोही दिनदेखि बेपत्ता भएका उनी ६ दिनपछि गण्डक जाने बङ्गरी पुल नजिक मृत फेला परेको बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । पुलबाट हामफालेका गोसाइँलाई सशस्त्र प्रहरी र नेपाली सेनाको गाताखोर टोलीको सहयोगमा खोजतलास गरिएको थियो ।      ...