अधेरीमा स्कुल बस दुर्घटना : एक जनाको मृत्यु, ३० जना घाइते
पूर्णपुष्टि/उदयपुर, असार ६ – ।
उदयपुरको उदयपुरगढी गाउँपालिका–७ जोगिटोलस्थित मदन भण्डारी लोकमार्गमा शुक्रबार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि विराटनगर रिफर गरिएको छ ।
दुर्घटनामा महाेत्तरीकाे बर्दिबास नगरपालिका निवासी अन्दाजी ५५ वर्षीय विमलेश दत्तको मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार बिहान करिब ८ः५० बजे महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दीप एजुकेशन बोर्डिङ स्कुलको स्टाफ बोकेको बा २ ख ६४३८ नम्बरको बस अचानक अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खसेको थियो। प्रहरी, स्थानीयवासी तथा उद्धारकर्मीको सहयोगमा घाइतेहरूलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल उदयपुर पठाइएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी महोत्तरीको गौशाला न...









