खरिजुकाहरु
खरीजुकालाई थाहा छ, कसलाई लक्कुले हानेर लडाउनु पर्ने हो, कसलाई पक्कुले पेट सुमरो बनाइदिनुपर्ने हो, कसलाई चक्कुले च्वास्सच्वास्स घोच्नु पर्ने हो । लडाई लड्ने लडाकुले टिकट पाउँदैन यहाँ, यहाँ त लक्कुले टिकट पाइराखेको छ, पक्कुले टिकट पाइराखेको छ, चक्कुले टिकट पाइराखेको छ ।
पुण्य कार्की
खरिजुकाको स्वभावदेखि म भलिभाँती परिचित छु । मनुष्य रगतको गन्धयसले यतिछिटो थाहा पाउँछ । यसको नजिक पुगेको मान्छे यसबाट बँच्न गाह्रो गाह्रो हुन्छ । ऊबेला हामी पहाडबाट मधेश झर्दा लामो लेकाली बाटो छिचोलेर झर्नुपर्थ्यो । जीरे, टाट्ने, डोबाटे, थाम, माझखर्क, सीस्ने, भालेबास र ढुंग्रेको तेस्रो जंगलमा खरिजुकाहरु पातको भित्री सतहमा लुकीबस्ते । बाटाको दुवै किनारा बनमारा र घाँसका पातले ढाकिएको हुन्थ्यो ।
पातका विपरित पाटामा खरिजुका चुपचाप बसेका हुन्थे । जब बटुवा आएको गन्ध पाएपछि लुकी बसेका खरिजुकाहरु लप्लपाउँदै मान...









