Friday, August 7News That Matters

Month: ७ वर्ष अगाडि

सवारी दुर्घटनामा २ को मृत्यु, ४ जना घाईते

सवारी दुर्घटनामा २ को मृत्यु, ४ जना घाईते

समाचार
उदयपुर, पुस २४ गते ।  ताप्लिमा बोलोरो दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् । ताप्लि गाउँपालिका–२ धपेनीमा दुर्घटना हुदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने चार जना घाईते भएका हुन् । रामपुरझिल्केबाट कटारी तर्फ आउँदै गरेको मे १ ज २६६२ नम्बरको बोलेरो आफै अनियन्त्रित भई सडकदेखि करिब ५० मिटर तल खसेर दुर्घटना हुदा ताप्लि गापा–२ लेखगाउँ निबासी २६ वर्षीय मिलन राई र झापाको विर्तामोड घर भएका अन्दाजी ३३ वर्षीय महेन्द्र राईको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ताप्लिगापा–२ लेखगाउँ निबासी २७ वर्षीय बाबु राई र ४० वर्षीया रसमाया राई गम्भिर घाईते भएका छन् भने बाछाङ निबासी करिब ३२ वर्षीय मोतिलाल राई र बोलेरो चालक ताप्लि गापा–१ ओख्ले निबासी २१ वर्षीय मोमलराज मगर सामान्य घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुलाई उपचारको लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ ।...
अटो दुर्घटनामा १ को मृत्यु ३ जना घईते

अटो दुर्घटनामा १ को मृत्यु ३ जना घईते

समाचार
उदयपुर, पुस २४ गते ।  उदयपुरमा अटो दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । त्रियुगा नगरपालिका–१० मा गाईघाट आउदै गरेको अटो पल्टिदा एक जनाकाृ मृत्यु भएको हो भने तीन जना घाईते भएका हुन् । गाईघाटबाट चुहाडे तर्फ आउँदै गरेका स १ ह ३८११ अटो अनियन्त्रित पल्टिदा त्रिनपा–७ निबासी २० वर्षीया सिमा दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २० वर्षीया मन्दिरा बस्नेत, ६० वर्षीय गोविन्द कार्की र ३७ वर्षीया मञ्जु दनुवार घाईते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका सिमाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मन्दिराको टाउकोमा गहिरो चोट लागेकाले विराटनगर रेफर गरेको छ भने अन्य दुई जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ । अटो चालक त्रिनपा–४ निबासी २८ वर्षीय हेमबहादुर विक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...
वन तथा वातावरण अन्तरक्रिया कार्यक्रम

वन तथा वातावरण अन्तरक्रिया कार्यक्रम

समाचार
उदयपुर, पुस २३ गते ।  उदयपुरमा वन तथा वातावरण क्षेत्रसँग सरोकारवाला निकाय विच अन्तरक्रिया कार्यक्रम भएको छ । उद्योग, पर्यटन तथा वातावरण समिति १ न. प्रदेश विराटनगरको आयोजनामा बुधबार अन्तरक्रिया कार्यक्रम भएको हो । वन सम्बन्धि काननुका लागि आवश्यक समस्या र त्यसका चुनौतीहरुका विषयमा अन्तरक्रिया कार्यक्रमबाट सरोकारवालाहरुसँग सल्लह सुझाव लिएको थियो ।  चुरे संरक्षण गर्न अति जरुरी रहेको छ । त्यसमा उदयपुर जिल्लामा राम्रो भएको छ । विदेशमा जस्तो कडा कानुन बनाउनु पर्ने कानुन विज्ञ कासीराज दाहालले बताए । नेपालमा राणाशासनको पालामा भएको कानुन जस्तो कानुन बनाए वन संरक्षण हुने उनले बताए । कार्यक्रममा ‘निःशुल्क दर्ता गर्ने व्यावस्था मिलाउनु पर्ने, ३० वर्षमा सखुवाको बोट करिब अढाई फिटको गोलीया हुने भएकाले वैज्ञानिक तथा साफेदारी वनलाई विचार गर्नु पर्ने, जडिबुटी तथा दुर्लभ बनस्पतीको पहिचान गरी संरक्षण ...
किराँती नयाँ बर्षमा गुद्रुकको अचार, सेल रोटी र तरुल खुवाइने

किराँती नयाँ बर्षमा गुद्रुकको अचार, सेल रोटी र तरुल खुवाइने

समाचार
काठमाण्डौँ, पुस २३ गते । किरातीहरुले मान्दै आएको यले सम्वत ५०८० विगत पर्षहरुभन्दा भव्य बनाउन किरात राई यायोक्खा केन्द्रित समिती तयारीमा लागिरहेको छ । किराँती यले सम्वत नयाँ वर्षको अवसरमा यायोक्खाले सिक्किमका निवर्तमान मुख्यमन्त्री डा. पवन चाम्लिङलाई “हाङ यलम्बर स्मृति पुरस्कार ५०८०“ सम्मान गर्दैछ । पुरस्कार राशी २ लाख २२ हजार २२२ रुपैयाँ रहेको छ । प्रजातान्त्रिक पद्धतिबाट २५ बर्ष लामो शासन गर्दा पूर्व मुख्यमन्त्री चाम्लिङले भाषिक, सांस्कृतिक रुपमा योगदान गर्नुको साथै समुदायको शीर उच्च बनाउन योगदान गरेकोमा उक्त सम्मान गर्न लागेको यायोक्खा अध्यक्ष दिवस राईले बताए । सम्मान तथा शुभकामना आदानप्रदानको साथै सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथी प्रदेश १ को मुख्यमन्त्री शेरधन राई आउने निश्चित भएको महासचिव जनक राईले बताए । माघ १ गते राष्ट्रिय सभागृहमा हुने भव्य कार्यक्रममा सहभागीहरुलाई से...
अवैध सुर्ती बरामद

अवैध सुर्ती बरामद

समाचार
उदयपुर, पुस २३ गते । उदयपुरमा प्रहरीले अवैध सुर्ती बराम गरेको छ । गाडीमा गाईघाट ल्याउदै गरेको अवस्थामा प्रहरीले तीन बोरा सुर्ती मंगलबार बरामद गरेको हो । कदमाहाबाट गाईघाट तर्फ आउदै गरेको ना ४ ख ५८२२ नम्बरको यात्रुवहाक बस चेकजाँच गर्दा अवैध रुपमा ल्याउदै गरेको कविर एक्सप्रेस सुर्ती बरामद गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
लागु औषधसहित एक जना पक्राउ

लागु औषधसहित एक जना पक्राउ

समाचार
उदयपुर, पुस २३ गते । उदयपुरमा लागु औषधसहित एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका–११ निबासी २४ वर्षीय विनोद चौधरीलाई लागु औषधसहित पक्राउ गरेको हो । लहानबाट गाईघाट आउँदै गरेको ना १ ज ७३५३ नम्बरको विङ्गरलाई चेकजाँच गर्ने क्रममा चौधरीको साथबाट डाईजोल्याप १२ एम्पुल ,नोफिन १२ एम्पुल ,फेनारगन १२ एम्पुल फेला पारेको प्रहरीले जनाएको छ । लागु औषधसहित पक्राउ परेको चौधरीलाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
बलात्कारको आरापमा युवा पक्राउ

बलात्कारको आरापमा युवा पक्राउ

समाचार
उदयपुर, पुस २३ गते ।  उदयपुरमा एक बालिका बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेको छ । त्रियुगा नगरपालिका–१२ निबासी १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा श्रवण खड्का पक्राउ परेको हो । जबरजस्ति करणी गरेको भनी जिल्ला प्रहरी कार्यालयमा पिडितको अभिभावकले जाहेरी दिएपछि सिराहा धनगढीमाई नगरपालिका–१२ निबासी २० वर्षीय खड्कालाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
सुलेमानीको बदलामा अमेरिकी सैनिक अड्डामा आक्रमण

सुलेमानीको बदलामा अमेरिकी सैनिक अड्डामा आक्रमण

समाचार, संसार
पुस २३ गते । अमेरिकाले हवाई आक्रमण गरी ईरानी सैनिक प्रमुख कासिम सुलेमानीको हत्या गरेपछि त्यसको बलदलामा ईरानले अमेरिकी सुरक्षा अड्डामा आक्रमण गरेको छ । ईरानले अमेरिकी आक्रमणको जवाफ दिँदै इराकमा रहेको दुई वटा अमेरिकी सुरक्षा अड्डामा करिब दर्जन मिसाइल प्रहार गरेको सञ्चारमाध्यमले जनाएका छन् । इराकको इरबिल र अल–अशद शहरमा रहेको अमेरिकी सुरक्षा अड्डामा मिसाइल प्रहार भएको भएपनि अहिलेसम्म कुनै हताहत भएको वा नभएको सम्बन्धमा स्पष्ट भइनसकेको अमेरिकी रक्षा मन्त्रालयले भनेको छ । ईरानका सैन्य प्रमुख सुलेमानीको  हत्यपछि अमेरिका–ईरान विच तनाव बढको छ ।...
लोक सेवाले साढे पाँच सय नायब सुब्बाको विज्ञापन ग¥यो

लोक सेवाले साढे पाँच सय नायब सुब्बाको विज्ञापन ग¥यो

समाचार
पुस २३ गते ।  लोकसेवा आयोगले अप्राविधिक नायब सुब्बा पदका लागि साढे पाँच सय जनाको विज्ञापन खुलाएको छ । राजपत्र अनङ्कित प्रथम श्रेणी अर्थात् नायब सुब्बा सो सरह पदका लागि ५ सय ४८ जनाको माग गर्दै विज्ञापन खुलाएको हो । खुल्ला तथा समावेशी प्रतियोगीत्मक परीक्षा द्धारा पदपूर्ती गर्नका लागि खुलाईएको यस पदका लागि माघ १० गतेसम्म दरखास्त दिन सकिने छ भने दोबर दस्तुरमा २१ गतेसम्म दरखास्त दिन सकिने लोक सेवा आयोगको कार्यालयले जनाएको छ । यसको फारम लोक सेवा आयोगको वेबसाईटबाट भर्ना सकिने छ ।...
घुससहित मालपोतका नायव सुब्बा पक्राउ

घुससहित मालपोतका नायव सुब्बा पक्राउ

समाचार
२२ पुस गते ।  काठमाडौंको मालपोत कार्यालय साँखुका कार्यरत नायव सुब्बा घुससहित पक्राउ परेको छ । कार्यालयका सुब्बा रामेश्वर कुइँकेल दुई हजार घुस सहित सोमबार पक्राउ परेको हो । लेखापढी ब्यवसायी श्रीराम सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरे वापत घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कुइँकेलसहित सापकोटालाई पनि नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।...