Friday, August 7News That Matters

Month: ७ वर्ष अगाडि

सवारी दुर्घटनामा १ जनाको मृत्यु

सवारी दुर्घटनामा १ जनाको मृत्यु

समाचार
ओखलढुङगा, पौष २२ गते । ओखलढुङगाको सुनकोशीमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । सुनकोशी  गाउँपालिका–३ को सिस्नेरीमा मोटरसाईकल दुर्घटना हुँदा शेरबहादुर मगरको मृत्यु भएको हो । भञ्ज्याङबाट सुनकोशी बल्खु तर्फ जाने क्रममा बा ६५ प ७४७३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर तल खसी सोमबार राती साढे १० बजे दुर्घटना हुदा स्थानीय ४५ बर्षिय मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पुस २२ गते ।  आज सुनको भाउ घटेको छ । मङ्गलबार सुन तोलामा ५ सय रुपैयाँ घटेको हो । सुनको भाउ घटेर तोलाको ७५ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुन तोलाको ७६ हजार रुपैयाँ पुगेको थियो । यस्तै मङ्गलबार चाँदीको भाउ पनि घटेको छ । तोलामा २० रुपैयाँ घटेर चाँदी ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।...
ईटालियन सिरी ए मा युभेन्टसको जित

ईटालियन सिरी ए मा युभेन्टसको जित

खेलकुद, समाचार
पुस २२ गते ।   इटालियन सिरी ए फुटबलमा युभेन्टसले काग्लियारीलाई पछि पार्दै जित हात पारेको छ । प्रतियोगीतामा युभेन्टसले काग्लियारीलाइ ४–० गोल अन्तरले पछि पार्दै जित हात पारेको हो । पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गीएको थियो । ४९औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । युभेन्टसले पेनाल्टी गोलमा परिणत गरेका थिए । ६७औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे भने ८१औँ मिनेटमा गोन्जालो हिग्युनले तेस्रो गोल गरे । त्यसको एक मिनेटपछि रोनाल्डोले गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । जितसँगै युभेन्टस ४५ अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ ।...
छाउगोठ भत्काउने अभियान सुरु

छाउगोठ भत्काउने अभियान सुरु

समाचार
पुस २२ गते ।  कुप्रथाको रुपमा रहेको छाउपडी प्रथा अन्त्य गर्नका लागि सरकारले छाउ गाृठ भत्काउने निर्णय गरेको छ । गृह मन्त्रालयले विभिन्न ठाउँमा रहेका छाउगोठलाई समुदाय, स्थानीय तह र प्रहरी समेतको सहकार्यमा भत्काउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइसकेको छ । छाउपडी प्रथालाई मान्नेहरुलाई राज्यबाट प्रवाह हुने सेवा सुविधा (वृद्ध भत्ता, सामाजिक सुरक्षा भत्ता, सहुलियतका कर्जा) रोक्का गर्ने र आवश्यक कारबाही गर्न निर्देशन दिइएको छ । सुर्खेतका एक हजार आठ सय छाउगोठ आगामी तीन दिनभित्र भत्काउने गरिसक्ने अभियान चलाएको गृह मन्त्रालयले जनाएको छ । छाउ गोठकै कारणले वर्षेनी महिलाहरुको ज्यान जाने गरेको छ ।...
एकै परिवारका ३ जना अपाङ्ग

एकै परिवारका ३ जना अपाङ्ग

समाचार
आशिष बस्नेत  कटारी/पुस २१ ग्ते   कटारी नगरपालिका–२ कल्यानपुरका एक अपाङ्ग परिवारलाई सहयोग गरेको छ । चार परिवार मध्ये तीन जना अपाङ्ग भएका गीता कार्कीलाई स्थानीय युवाहरुले सहयोग गरेको हो । श्रीमान वितेपछि अपाङ्ग छोरा छोरी पालेर बस्दै आएका गरिब परिवाका कार्कीलाई खाद्य वस्तु लगायका सहयोग गरेको सुरेश धमलाले बताए । स्थानीय युवाहरुको शक्रियतामा विपन्न तथा अपाङ्ग परिवारलाई खाद्य वस्तु र न्यानो कपडा वितरण गरेको उनले बताए । श्रीमान मरेको वर्षौँ वितिसक्दा पनि आफुले एकल महिलाले राज्यबाट पाउने सेवा सुविधा र अपाङ्ग जेठो छोराले अपाङ्गको कुनै पनि सेवा सुविधा नपाएको कार्कीले बर्ताइन् । माईलो छोराले र आफुले ज्याला मजदुरी गरेर घर परिवार चलाउदै आएको उनले बताईन् ।...
वडाध्यक्षलाई बृद्धबृद्धाले दिए न्यानो आशिर्वाद

वडाध्यक्षलाई बृद्धबृद्धाले दिए न्यानो आशिर्वाद

समाचार
पूर्णपुष्टि, पुस २१ गते ।  वडाअध्यक्षले न्यानो कपडा लगाईदिए पछि बृद्धबृद्धाहरुले “जनप्रतिनिधि यस्तै हुनु है” भन्दै आशिर्वाद दिए । जाडोमा न्यानो लागउन पाउदा खुसी हुदै उनीहरुले वडाध्यक्ष लगायत सदस्यहरुलाई सन्तानको दर्जा दिए । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १६ का वडाध्यक्ष मानबहादुर राईले ८० वर्ष माथिका ४५ जना बृद्धबृद्धाहरुलाई सोमबार जाडोमा न्यानो लुगा लगाईदिएपछि उनीहरुले यस्तो आशिर्वाद दिएका हुन् । पालिकाको विकट वडाका विपन्न अवस्थाका बृद्धबृद्धाहरुलाई जाडोमा न्यानो सहयोग स्वरुप स्विटर, ज्याकेट र बर्की वितरण गरिएको हो । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत वडाले ८० वर्ष माथिका बृद्धबृद्धाका साथै राज्यबाट सेवा सुविधा नपाएका ३० जना अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो सहयोग गरेको हो । अपांगता भएकाहरुलाई न्यानो ओढ्ने ब्यांकेट र ओछ्याउने म्याट प्रदान गरिएको थियो । वडाध्यक्ष रार्ईले ...
प्रहरीद्धारा घरेलु मदिरा नष्ट

प्रहरीद्धारा घरेलु मदिरा नष्ट

समाचार
कटारी, पुस २१ गते । अवैध घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ प्रहरीले नष्ट गरेको छ । कटारी नगरपालिका भित्रका विभिन्न गाउँ बस्तिबाट एक हजार २ सय लिटर मदिरा र करिब १५ केजी कच्चा पदार्थ नष्ट गरेको हो । ईलाका प्रहरी कार्यालय कटारीबाट खटेका प्रहरी टोली र सशस्त्र प्रहरी बल बेस क्याम्प कटारीबाट खटेका संयुक्त प्रहरी टोलीले नगरका बेलसोत, गराँस, खोक्सा, हडैया, कटारी बजार लगायतका विभिन्न ठाउँबाट मदिरा र कच्च पदार्थ बरामद गरी नष्ट गरेको प्रहरीले जनाएको छ । नगरका विभिन्न गाउँ बस्ति र कटारी बजारबाट बराम गरेको मदिरा र कच्चा पदर्थ खोलामा नष्ट गरेको प्रहरीले जनाएको छ । दशैँ अगाडी पनि ठूलो परिणाममा प्रहरीले घरेलु मदिरा नष्ट गरेको थियो ।...
सुनको भाउ ७६ हजार पुग्यो

सुनको भाउ ७६ हजार पुग्यो

आर्थिक, समाचार
पुस २१ गते ।  सुनको भाउ सोमबार तोलाको ७६ हजार रुपैयाँ पुगेको छ । एकै दिन ५ सय रुपैयाँ बढेर सुन तोलाको ७६ हजार रुपैयाँ पुगेको हो । हिजो सनु तोलाको एक हजार रुपैयाँ बढेर ७५ हजार ५ सय पुगेको  नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ । सुनको भाउ बढेपछि कारोबार घटेको व्यवसायीहरुले बताएका छन् ।
आज विदेशी मुद्राको भाउ

आज विदेशी मुद्राको भाउ

आर्थिक, समाचार
पुस २१ गते । सोमबार ओमानी रियालको भाउ केही घटेको छ भने अरु विदेशी मुद्राको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १४ रुपैयाँ ५८ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ १८ पैसा तोकेको छ । त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा तोकेको छ । यस्तै ओमानी रियाल १ को खरिददर २ सय ९७ रुपैयाँ ७६ पैसा रहेको छ । हिजो खरिददर २ सय ९८ रुपैयाँ ४६ पैसा रहेको थियो । आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९३ पैसा र बिक्रीदर २८ पैसा ०८ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा तोकेको छ । त्यस्तै कुवेती दिनार १ को खरिददर ३ सय ...
अष्ट्रेलियाको डढेलोमा ५० करोड जनावार जले

अष्ट्रेलियाको डढेलोमा ५० करोड जनावार जले

समाचार, संसार
पुस २१ गते । अष्ट्रेलियामा लागेको डढेलोमा ५० करोड भन्दा बढी जंगली जनावर जलेर मरेको युनिभर्सिटी अफ सिड्नीको इकोलोजिस्टले जनाएको छ । अहिलेसम्मकै बढी तापक्रमका कारण बढेको डढेलोबाट उक्त संख्यामा जनावरहरु जलेर मरेको छ भने २५ जना भन्दा बढी मानिसको मृत्यु भएको हो । केहि दिनदेखि नरिन्तर बढेको डढेलोबाट १५ सयभन्दा बढी घर जलेका छन् भने करोडौं जमिन आगोले ध्वस्त भएको विभिन्न संचारमाध्यमहरुले जनाएको छ । सम्पूर्ण राज्यशक्ति लाग्दा पनि आगो नियन्त्रण हुन सकेको छैन । अहिले अष्ट्रेलिया सरकारले सर्वसाधारणलाई समुद्री किनारमा गएर बस्न आग्रह गरेको छ । मानव बस्ती र खेतीयोग्य जमिनलाई चारैतिरबाट आगोले घेरेको छ । सैनिकको जहाज र विमानबाट सामान ओसारिएको संचारमाध्यमहरुले जनाएको छ ।...