गाईघाट, फागुन १६ गते ।
आज सुनको भाउ घटेको छ । शुक्रबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेर तोलाको ७९ हजार दुई सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो तोलामा दुई सय रुपैयाँ बढेको सुन आज पाँच सय रुपैयाँ घटेको हो । चाँदी पनि तोलामा २० रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।...
गाईघाट, फागुन १६ गते ।
आज केहि विदेशी मुद्राको भाउ घटबढ भएको छ । शुक्रबार नेपाल राष्ट्रबैंकले शुक्रबार अमेरिकी डलर १ कोे खरिददर १ सय १४ रुपैयाँ १९ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ७९ पैसा तोकेको छ । हिजो यसको खरिददर १ सय १४ रुपैयाँ ३६ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ९६ पैसा थियो ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५९ पैसा तोकेको छ । बिहीबार यसको एकको खरिददर ३० रुपैयाँ ४८ पैसा र बिक्रीदर ३० रुपैयाँ ६४ पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५३ पैसा तोकेको छ । हिजो यसको खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३१ रुपैयाँ ५७ पैसा रहेको थियो ।
ओमानी रियाल १ को खरिददर ३ सय रुपैयाँ १७ पैसा पुगेको छ । हिजो यसको खरिददर २ सय ९९ रुपैयाँ ५२ पैसा रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ९ पैसा र बिक...
पूर्णपुष्टि, फागुन १५
संस्कृती, समर्थ नेपाल र कोड फोर नेपालको संयुक्त आयोजनामा वीरगञ्जमा ३ दिने सेनेटरी प्याड बनाउने प्रशिक्षक प्रशिक्षण (टिओटी) हिजे सम्पन्न भएको छ । वीरगञ्जस्थित काभेरी एकेडमीमा मङ्गलबार एक कार्यक्रम बीच ३ दिने पुन: प्रयोग्य सेनेटरी प्याड बनाउने टिओटी र महिनावारी तथा प्रजनन स्वास्थ्य बारे अभिमुखीकरण सम्पन्न भएको हो ।
समर्थ नेपालकी प्रियाशा महर्जन र सुरुवी रेग्मीले प्रशिक्षण दिनुभएको टिओटीमा २० महिला र युवाहरुको सहभागिता रहेको संस्कृतीका किरण गिरीले बताउनुभयो । उहाँले तालिममा सहभागीहरुलाई कपडाबाट प्याड बनाउने प्रक्रियाका बारेमा सिकाउनका साथ महिनावारी र प्रजनन स्वास्थ्यबारे विभिन्न विषयमा जानकारी समेत गराईएको बताउनुभयो ।
गिरीले तालिममा बनाईएको सेनेटरी प्याड बजार भन्दा सस्तो, शुरक्षित र वातावरण मैत्री भएको समेत जानकारी गराउनुभयो । बजारमा उपलब्ध सेनेटरी प्याडहरु महिलाह...
पूर्णपुष्टि, फागुन १५ ।
१ नं. प्रदेशको मुख्यमन्त्री शेरधन राई र नेपाली सेनाको प्रधानसेनापती पूर्णचन्द्र थापाको उपस्थितिका साथ भाेली उदयपुरको प्रमुख धार्मीक एवम् पर्यटकीयस्थल रौतामा बृहद बृक्षरोपण कार्यक्रम हुदैछ । नेपाली सेनाको बोक्सेस्थित रणसार्दुल गणको आयोजनामा रौतामाई गाउँपालिका ६ रौता पोखरी क्षेत्रमा ६ हजार ५ सय बृक्षरोपण गरिने कार्यक्रम रहेको जनाइएको छ । साथै रौतामाई गाउँपालिकाको आयोजनामा वडा नं. ६ को वडा कार्यालय भवन र अथिति गृहको उद्घाटनसमेत रहेको छ । भोली विशेषरुपले हुने कार्यक्रमको पूर्ण तयारीमा पालिका र नेपाली सेना दुईदिनदेखिनै खटिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले बताउनुभयो । मुख्यमन्त्री र प्रधानसेनापती हेलिकेप्टरदेखि आउने कार्यक्रम रहेको छ ।
याे पनि पढ्नुहाेस् ।
चिनबाट फैलिएको कोरोना भाईरस (कोभिड–१९) का संक्रमणको जोखिम मोलेर नेपाली क्रिकेट टिम थाईल्याण्ड...
पूर्णपुष्टि, फागुन १५ ।
खोटाङको मनमाया राई खानीडाँडा विमानस्थलको सफल उडान परिक्षण भएको छ । यो दिक्तेलबजारको सबैभन्दा नजिकमा पर्ने विमानस्थल हो । गतवर्षको जेठ १ गते पहिरोले क्षती पुर्याएपछि विमानस्थल अवरुद्ध बनेको थियो । पुनःमर्मत पछि यहि फागुन १३ गते गरिएको परिक्षण उडान सफल भएको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणको सफल परिक्षणसंगै नियमित उडान भर्न सकिने भएको छ । अवका दिनमा नियमित उडान भर्नका लागि सम्बन्धीत निकायमा पहल थालिएको छ । खोटाङका प्रदेश सांसद रामकुमार राई “पासाङ” ले नियमित उडान भर्नका लागि पहल थालिएको बताउनुभयो ।
परिक्षण उडान विहान १०ः३० बजे खानीडाँडामा विमानस्थलमा अवतरण भएको थियो । परिक्षण उडानकै क्रममा सांसद राई र विमानस्थलको जग्गादातासमेत रहनुभएकी अर्का प्रदेश सांसद उषाकला राई पनि आउनुभएको थियो । साथै नेपाल बायु सेवा निगमका अप्रेशन विभाग प्रमुख दिपराज ज्वारचन लगायतका टोली ...
खोटाङ, फाल्गुन १५ गते ।
खोटाङको जन्तेढुङगा गाउँपालिका–१ देविस्थान निबासी २१ बर्षीय आशिष राई मृत फेला परेको छ । गत फाल्गुन ९ गते देखि हराएको राई जन्तेढुङ्गा गाउँपालिका–१ कुटिटार स्थित सुनकोशी किनारमा मृत फेला परेको हो ।
९ गते साथीहरुसंग बाह्रपोखरीको वंशीलालघाट झोलुङगे पुल तिर घुम्न भनी गएका राई बेलुकासम्म घर नआई बेपत्ता भएका थियो । प्रहरी र स्थानीयको सहयोगमा बेपत्ता भएका राईको खोजतलास गरिरहेका टोलीले बुधवार दिउँसो साँढे १ बजे सुनकोशी किनारमा मृत अबस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
बेपत्ता भएको ५ दिन पछी मृत फेला परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।...
उदयपुर, फागुन १५ गते ।
उदयपुरको बेलकाबाट लागुऔषध गाँजासहिट श्याम माझी पक्राउ परेको हो । बेलका नगरपालिका–३ चिचिला टप्पुमा घरबाट बुधबार राती साँढे ११ बजे प्रहरीले २९ वर्षीय माझीलाई पक्राउ गरेको हो ।
गाँजा विक्रि वितरण भईरहेको छ भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटेका प्रहरी टोलीले मझीको घरबाट दुई केजी गाँजा सहित पक्राउ गरेको ईप्रकाले जनाएको छ ।...
झापा, फाल्गुन १५ गते ।
झापाको बिर्तामोडमा जुवा खेली रहेको अवस्थामा कौडा र नगदसहित छ जना जुवाडे पक्राउ परेका छन् । विर्तामोड नगरपालिका–४ मन्दा बस्तिको कोपीला लिम्बु तामाङको घरमा जुवा खेली रहेको अवस्थामा बुधबार साँझ साँढे ६ बजे पक्राउ गरेको प्रहरीले जनाएको हो ।
जुवा खेलिरहेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटेका प्रहरी टोलीले घर धनी २६ बर्षीया कोपीला लिम्बु तामाङ र जुवाडेहरु हल्दिवारी–४ निबासी ५२ बर्षीय प्रलाद चुँडाल, बिशुलाल मेचे, हल्दिवारी–५ निबासी ३५ बर्षीय डम्बरबहादुर मगर, मेचिनगर नगरपालिका–१३ निबासी ५३ बर्षीय दिपेश क्षेत्री र ४६ बर्षीय भुपु राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जुवाको खालबाट १६ थान कौडा, नगद ९८ हजार, भारतिय रुपैयाँ १ हजार, मोवायल ६ थान, ९ वटा मोटरसाईकल र १ वटा कार समेत बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका ६ जना माथी थप अनुसन्...
ताप्लेजुङ, फाल्गुन १५ गते ।
ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुदा सह–चालकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका–३ मा बुधबार साँझ साँढे ५ बजे ट्याक्टर दुर्घटना हुदा सह–चालक खगेन्द्र नेपालीको मृत्यु भएको हो ।
साँघु बजारबाट तालखर्क जाँदै गरेको को ३ त ९३ नम्बरको ट्याक्टर अचानक बाटोबाट चिल्लेर दुर्घटना हुँदा मैवाखोला गाउँपालिका–१ निबासी १८ बर्षीय नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
उक्त ट्याक्टर चालक मेरिङदेन–४ का २१ बर्षीय पासाङ तेन्जी शेर्पा घाईते भएको थियो । घाईते शेर्पाको जिल्ला अस्पताल ताप्लेजुङमा उचार भईरहेको प्रहरीले जनाएको छ भने घटनाको थप अनुसन्धान भईरहेको जिप्रकाले जनाएको छ ।...
गाईघाट, फागुन १५ गते ।
आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । सुन बढेर बिहीबार तोलाको ७९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
हिजो तोलामा पाँच सय रुपैयाँ घटेर सुन तोलाको ७९ हजार पाँच सय रुपैयाँ थियो । सुनको भाउ बढे पनि चाँदीको भाउ बिहीबार तोलामा ५ रुपैयाँ घटेर तोलाको नौ सय रुपैयाँमा कारोबार भईरहेको संघले जनाएको छ ।...