आज सवै को विदेशी मुद्रा विनिमय दर
गाईघाट, फागुन १५ गते ।
आज सवै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्रबैंकले बिहीबार अमेरिकी डलर १ कोे खरिददर १ सय १४ रुपैयाँ ३६ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ९६ पैसा तोकेको छ । हिजो यसको एकको खरिददर १ सय १४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ ३२ पैसा थियो ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४८ पैसा र बिक्रीदर ३० रुपैयाँ ६४ पैसा तोकेको छ । हिजो बुधबार खरिददर ३० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३१ रुपैयाँ ५७ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर ३१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६७ पैसा रहेको थियो ।
ओमानी रियाल १ को खरिददर २ सय ९९ रुपैयाँ ५२ पैसा पुगेको छ । हिजो यसको खरिददर ३ सय रुपैयाँ रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा...








