Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

कांग्रेस अधिवेशन : प्रकास खड्का प्यानलको नगर समिति घोषणा

कांग्रेस अधिवेशन : प्रकास खड्का प्यानलको नगर समिति घोषणा

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, भाद्र २३ नेपाली कांग्रेसको त्रियुगा नगर समितिको आसन्न भाद्र २७ गते हुने नगर समितिको अधिवेशनको लागि उदयपुरको त्रियुगा नगर समितिको पदाधिकारी घोषणा गरिएको छ । त्रियुगा नगर सभापतीमा प्रकास कुमार खड्का समुहले बुधबार एक कार्यक्रमका विच गाईघाट स्थित होटल टाउन हलमा उम्मेदवारी घोषणा सभा गरिएको हो । खड्का प्यानलबाट उप सभापती पदमा निर बहादुर आलेमगर, गणिताकुमारी चौधरी सचिव पदमा केशव प्रसाद पौडेल, भविन्द्र राई सह सचिव पदमा फुलकुमारी अधिकारी (कल्पना) र अर्जुनकुमार राउतको उम्मेदवारी घोषणा गरिएको हो । त्रियुगा नगर सभापती सरोजकुमार बस्नेतको अध्यक्षतामा आयोजित घोषणा सभामा नेपाली कांग्रेसका पूर्व सभापती तथा प्रदेश सभा सदस्य हिमाल कार्की, चौदण्डिगढि नगरपालिकाका नगर प्रमुख खगेन्द्र राई, त्रियुगा नगरका संस्थापक सभापती चक्रमणी पोख्रेल, कांग्रेस उदयपुर तरुण विभागका प्रमुख सुमन्त कोइराला, महिला नेतृ स...
नेकपा (एकीकृत समाजवादी) पार्टीको उदयपुर जिल्ला अध्यक्षमा राममणि पोखरेल

नेकपा (एकीकृत समाजवादी) पार्टीको उदयपुर जिल्ला अध्यक्षमा राममणि पोखरेल

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, भदौ २३उदयपुरमा पनि नेकपा (ककीकृत समाजवादी) पार्टीको संगठन विस्तार भएको छ । बुधबार गाईघाट स्थित पुराना वामपन्थी नेता राममणी पोखरेललको अध्यक्षतचामा पार्टीले कमिटि गठन गरेको हो । पार्टीका केन्द्रीय प्रवक्ता जगनाथ खतिवडा, पार्टी केन्द्रिय सदस्य वलदेव चौधरी लगायतको उपस्थितिमा समिति गठन गरिएको छ यसअघिका नेकपा एमालेको समानान्तर कमिटीको रूपमा रहेका सबै तहका समिति नेकपा एकीकृत समाजवादीका रूपमा रूपान्तरण भएको घोषणा गरिएको छ । पार्टी अन्तरसंघर्षको क्रममा उदयपुरमा २०७७ साल चैत २२ गते समानान्तर कमिटी गठन भएको थियोे । आज बसेको जिल्ला कमिटीको बैठकले अध्यक्ष ईश्वरमणि राउतलाई जिम्मेवारीबाट हटाएर अध्यक्षका रूपमा राममणि पोखरेल चयन गरेको हो । अध्यक्ष पोखरेल नेकपा एमालेको २६ वर्षअघि सचिवको जिम्मेवारी सम्हाल्नु भएको थियो । उदयपुरको कम्युनिस्ट पार्टीको संस्थापकसमेत रहेका पोखरेल साहित्यकाररूपमा समेत ...
गाईघाटमा बाटो हिन्नेहरुलाई  सिभिल प्रहरी हुँ, भन्दै धम्क्याएर पैसा र सामान माग्ने ३ जना पक्राउ

गाईघाटमा बाटो हिन्नेहरुलाई सिभिल प्रहरी हुँ, भन्दै धम्क्याएर पैसा र सामान माग्ने ३ जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २३गाईघाटमा सिभिल प्रहरीको नाममा फटाई गर्ने ३ जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका ३ गाईघाट बसपार्क त्रियुगा पुलमा सिभिल प्रहरी हुँ, भन्दै धम्की दिएर पैसा माग्दै हिडेको आरोपमा तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा सोही स्थानका २३ वर्षीय दिनेश खत्री, शिवालयटोल बस्ने २३ वर्षीय अबिनाश कार्की र डिएम गेट बस्ने २५ वर्षीय बिष्णु तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आईतवार करिब ८ बजेको समयमा बसपार्क पुलमा आवत– जावत गर्ने मानिसहरुलाई आफुहरु सिभिल प्रहरी भएको बताउँदै पैसा र अन्य सामानहरु धम्क्याउँदै मागेको प्रहरीले जनाएको छ ।तपाईहरुको साथमा के छ, भएको पैसा लगायत अन्य सर–सामान हामिलाई दिनुहोस भन्दै शरीर तथा झोला लगायत चेकजाँच गर्ने धम्काउने गरेको भन्ने खबर प्राप्त अनुसार प्रहरीले घटना स्थलबाटै उनिहरु...
उदयपुरमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३,४८२ पुग्यो

उदयपुरमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३,४८२ पुग्यो

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २३उदयपुरमा आज (बुधबार) थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ४ महिला र ३ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ३ हजार ४५२ जना पुगेको छ ।स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमितहरु चौदण्डीगढी, कटारी र बेलका नगरपालिकाका रहेका छन् । चौदण्डीगढीमा १ महिला र ३ पुरुष गरी ४ जना, कटारीमा २ जना महिला र बेलकामा पनि १ जना महिलामा संक्रमण देखिएको हो ।कोरोनालाई जितेर थप १८ जना घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुँनेको कुल संख्या १ हजार ५४२ महिला र १ हजार ८१० पुरुष गरी ३ हजार ३५२ जना पुगेको छ । जिल्लामा अझै पनि ४० महिला र ३८ पुरुष गरी ७८ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लामा कोरोनाबाट १६ महिला र ३६ पुरुष गरी ५२ जनाको ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।...
खोलाले बगाएर ४ वर्षीया बालिका बेपत्ता

खोलाले बगाएर ४ वर्षीया बालिका बेपत्ता

समाचार
पूर्णपुष्टि, भदौ २३पाँचथरमा खोलाले बगाउँदा एक ४ वर्षीया एक बालिका बेपत्ता भएकी छिन् । हिलिहाङ गाँउपालिका–७ सल्लेरीका गजेन्द्र लिम्बूकी ४ वर्षीया छोरी आँचल लिम्बूलाई खोलाले बगाएर बेपत्ता बनाएको हो । पाँचथर प्रहरीले जनाएको छ ।साथीहरुसँग खेल्न हेंवा खोला गएकी ती बालिकालाई सोमबार साँझ नै खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । खोलाले बगाँउदा बेपत्ता उनको खोजीका लागि प्रहरी नायव उपरीक्षक दानबहादुर थापाको कमाण्डमा गएका प्रहरीसँगै स्थानीयले खोजिकार्य जारी राखे पनि हालसम्म फेला नपरेको बताइएको छ ।प्रहरीका अनुसार दाइ–दिदी र छिमेकका साथीसँगै खोलामा गएकी बालिका किनारमा खेल्ने क्रममा खोेलाले बगाएको हो ।...
लागूऔषध गाँजासहित ३ जना पक्राउ

लागूऔषध गाँजासहित ३ जना पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ २३मोरङमा लागूऔषध गाँजाको कारोबार गर्ने तीन जनालाई हिजो बेलुका ५ बजे प्रहरीले पक्राउ गरेका छ । बेलबारी नगरपालिका–१ का ३५ वर्षीय सन्तोष राई, ३० वर्षीय ज्ञानु राज राई र धनकुटा शहीद भुमी गाउँपालिका–३ का २८ वर्षीय महेश्वर राईलाई प्रहरीले पक्राउ गरेको हो ।प्रहरी टोलीले उनीहरुलाई गाँजा १९ केजी ६५० ग्रामसहित पक्राउ गरेको छ ।गाँजा बिक्रि बितरण गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सन्तोषको घरकोठाबाट ४ केजी ६५० ग्राम र ज्ञानुको घरकोठाबाट १५ केजी गाँजा बरामद भएको थियो । गाँजा बरामद भएपछी पक्राउ परेका उनीहरुलाई अनुसन्धान गर्ने क्रममा सो गाँजा महेश्वरबाट खरिद गरेको भन्ने खुल्न आएसँगै प्रहरीले महेश्वर समेत ३ जनालाई पक्राउ गरेको थियो ।पक्राउ परेका तीनै जना उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
विषालु सर्पको टोकाईबाट दुई बालिकाको मृत्यु

विषालु सर्पको टोकाईबाट दुई बालिकाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २३विषालु सर्पको टोकाईबाट महोत्तरीमा दुई बालिकाको ज्यान गएको छ । मनरासिस्वा नगरपालिका–२ का चन्द्रशेखर सिंहकी चार वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका–२ का दाउद राइनकी सात वर्षीया छोरी सोहना खातुनको सर्पको टोकाईबाट ज्यान गएको हो ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले गएराति ती बालिकालाई सर्पले डस्दा मृत्यु भएको जानकारी दिएको छ ।...
स्रोत नखुलेको ११ लाख नगदसहित एकजना पक्राउ

स्रोत नखुलेको ११ लाख नगदसहित एकजना पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ २३प्रहरीले स्रोत नखुलेको ११ लाख नगदसहित काठमाडौंको नागढुंगाबाट एकजनालाई पक्राउ गरेको छ । प्रहरीले भारत पश्चिम बंगाल हाउडा घर बताउने १९ वर्षीय शोविक आदक पक्राउ परेको हो ।धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ४४५० नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई झोलामा लुकाइ ल्याएको उक्त स्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो ।पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
साढे आठ हजार घुससहित नासु चौधरी पक्राउ

साढे आठ हजार घुससहित नासु चौधरी पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ २३साढे आठ हजार घुस रकमसहित एक जना नासु धनुषाबाट पक्राउ परेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिबासले जिल्ला प्रशासन कार्यालय, धनुषामा कार्यरत नायब सुब्बा उमेशकुमार चौधरीलाई घुस रकमसहित पक्राउ गरिएको हो ।चौधरीलाई सेवाग्राहीबाट लिएको आठ हजार पाँच सय रूपैयाँ घुससहित जनकपुरधाम उपमहानगरपालिका–४ बाट मंगलबार पक्राउ गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभएको छ ।चौधरीले सेवाग्राहीसँग नागरिकताको प्रतिलिपि बनाउन विभिन्न बहाना बनाई आठ हजार पाँच सय रूपैयाँ माग गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रवक्ता रिसालले बताउनुभयो ।उनीबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।...
१६ वर्षीया किशोरी करणी गरेको अभियोगमा ९ जना पक्राउ

१६ वर्षीया किशोरी करणी गरेको अभियोगमा ९ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २३एक १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ९ जना पक्राउ गरेको छ । सुर्खेतको इलाका प्रहरी कार्यालय बाबियाचौरले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले करणी अभियोगमा पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, खगेन्द्र भनिने शोभा शाही, बाबुराम पुरी, प्रेम बुढाथोकी, शेरबहादुर सार्की, ओम दर्लामी र प्रेमबहादुर शाहीलाई पक्राउ गरिएको बताए ।किशोरीको चिकित्सकीय परीक्षण गर्दा पोजेटिभ देखाएको विष्टले बताए । पञ्चपुरी नगरपालिका सुर्खेतमा बस्दै आएकी किशोरीले आफूलाई पटक–पटक विभिन्न व्यक्तिबाट ठाउँठाउँमा बलात्कार भएको भन्दै इलाका प्रहरी कार्यालय बाबियाचौरमा सोमबार उजुरी दिएपछि उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।जिप्रका सुर्खेतका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक कनक शाहीले बाबुको मृत्यु भइस...