Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

एमालेमै फर्कन अल्टिमेटम

एमालेमै फर्कन अल्टिमेटम

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, भदौ २५ ।नेकपा एमाले उदयपुरले नवगठित पार्टी नेकपा एकिकृत समाजवादी पार्टी (नेकपा एस) रोजेका जनप्रतिनिधिलाई एमालेमै फर्कन दवाव दिदै दुई दिनको अल्टिमेटम दिएकोछ । दशबुँदे सहमति कार्यान्वयन सम्बन्धि अध्यक्ष इश्वरमणि राउतको अध्यक्षतामा बुधबार बसेको सचिवालय बैठकले अल्टिमेटम दिएको हो । सो अवधिमा नफर्किएर कारवाही गर्ने जनाएको छ ।बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राउतले विभिन्न प्रलोभनमा परेका जनप्रतिनिधि, नेता र कार्यकर्तालाई इमादारितापूर्वक पुरानै घर फर्किन आग्रह गरे । उनले दश बुँदे सहमति अक्षर–अक्षर कार्यान्यन गर्न पार्टी नेतृत्व तयार रहेको भन्दै कम्युनिष्ट आन्दोलनबाट नभाग्न आग्रह गरे । अध्यक्ष राउतले २०७५ जेठ २ को संरचनाअनुसार पार्टी जिल्ला कमिटी १ सय ३ जनाको र ३५ जनाको सचिवालय रहेकाले त्यसैलाई कायम गर्दै क्षेत्र, नगर, गाउँपालिका, वडा र जनवर्गिय संगठन, इन्र्चाज,...
अवको युग पार्टी हैन एजेन्डाको हो : प्रवक्ता जगन्नाथ खतिवडा

अवको युग पार्टी हैन एजेन्डाको हो : प्रवक्ता जगन्नाथ खतिवडा

Breaking News 2, राजनीति, समाचार
https://www.youtube.com/embed/rhZU9t7c6Y0 पूर्णपुष्टि, भदौ २४ ।नेकपा एकिकृत समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले नकेपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अनेक गल्ती दोहोर्याएर विभाजन गराएको दोष लगाएका छन् । सुध्रिएला की भनेर पटक पटक सहदा पनि नसुध्रिए पछि कम्युनिष्ट अस्तित्व रक्षाका लागि नेकपा एस बनाएको खतिवडाले बताए । अध्यक्ष ओलीले विचार, आदर्श ख्याल नगरेको र संगठन अराजक पारेका भन्दै सिद्धान्त, राजनीतिमा र संगठनात्मक क्रियाकलापमा गम्भिर मतभेद भएपछि आफुहरुले विद्रोह गरेको उनले बताए । देशलाई समाजवादी दृष्टिकोणले राजनीति अघि बढाउने उनले बताए । अवको युग पार्टीको हैन, एजेन्डाको भएको बताउनुभयो । राम्रो एजेन्डाका साथ आफ्नो पार्टी अगाडी बढेकाले जनतामाझ छिटै लोकप्रीय हुने दावी गरे ।उनले यो विभाजन एकतामा परिणत हुन नसक्ने पनि बताएका छन् । ओली र उसको नेतृत्वको एमाले सिद्धान्तमै ...
करेन्ट लाग्दा एक महिलाको मृत्यु

करेन्ट लाग्दा एक महिलाको मृत्यु

Breaking News 3, समाचार
पुर्णपुष्टि, भदौ २४ सुनसरी इटहरी उपमहानगरपालिका १७ बडहरा की ५०बर्षीया लता कुमारी श्रेष्ठको करेन्ट लागी मृत्यु भएको छ ।आज दिउसो साढे १ बजे आफ्नै घर आगनको कलमा भाडा माझ्ने क्रममा मोटरबाट करेन्ट लागी घाईते भएकी उनलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको छ ।...
उदयपुरमा थप २ महिलामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३,४८४ पुग्यो

उदयपुरमा थप २ महिलामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३,४८४ पुग्यो

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २४उदयपुरमा आज (बिहिबार) थप दुई जनामा कारोना संक्रमण पुष्टि भएको छ । आज थपिएका दुवै संक्रमितहरु महिला रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार थपिएका दुवै संक्रमितहरु त्रियुगा नगरपालिकाका रहेका छन् । त्रियुगा नगरपालिका वडा नम्बर १० र ११ का ७३ र ७९ वर्षीया महिलाहरु संक्रमित भएका हुन् । योसँगै जिल्लामा संक्रमितको संख्या ३ हजार ४८४ जना पुगेको छ ।स्वास्थ्य कार्यालयको तथ्याङक अनुसार थप ५ जनाले कोरोनालाई जितेर घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको कुल संख्या १ हजार ५४४ महिला र १ हजार ८१३ पुरुष गरी ३ हजार ३५७ जना रहेका छन् । जिल्लामा अब ४० महिला र ३५ पुरुष गरी जम्मा ७५ जना कोरोना मुक्त हुन बाँकी रहेका छन् । कोरोनाबाट उदयपुरमा अहिले सम्म १६ महिला र ३६ पुरुष गरी ५२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।...
करणी गरेको अभियोगमा ३७ वर्षीय एक युवा पक्राउ

करणी गरेको अभियोगमा ३७ वर्षीय एक युवा पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ २४करणी गरेको अभियोगमा ललितपुरबाट एक जना ३७ वर्षीय युवा पक्रा परेको छ । महालक्ष्मी नगरपालिका–९ लुभु चेतना चोकस्थित किराना होलसेल पसल संचालन गरी बस्ने ३७ वर्षीय रमेश थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।३२ वर्षीया महिलालाई पसलभित्र मंगलबार साँझ जबरजस्ती करणी गरेको सूचनाको आधारमा उनलाई बुधबार पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले जनाएको छ ।पक्राउ परेका थापा मगरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
ट्याक्टर दुर्घटनामा उदयपुरे एक युवाको मृत्यु, एकजना घाईते

ट्याक्टर दुर्घटनामा उदयपुरे एक युवाको मृत्यु, एकजना घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ २४ सोलुखुम्बुमा ट्याक्टर दुर्घटना हुँदा उदयपुर घर भएका चालकको ज्यान गएको छ, भने सहचालक घाईते भएका छन् । दुर्घटनामा कटारी नगरपालिका घर भएको ट्याक्टर चालक २६ वर्षीय रमेश राउतको ज्यान गएको हो । त्यस्तै, सहचालक खोटाङ ऐसेलुखर्क–३ का १८ वर्षीय प्रदिप दाहाल भने घाईते भएका छन् । सोलुखुम्बु थुलुङदुधकोशी गाउँपालिका–८ दिप्लीघाट स्थितमा लु ३ त ५४५० नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको घटनास्थलमानै ज्यान गएको प्रहरीले जनएको छ । सो दुर्घटनामा घाईते भएको दाहालको स्थानिय स्वास्थ्ये केन्द्रमा उपचार भईरहेको छ । हिजो दिउसो १० बजे सल्लेरीबाट सोताङ तर्फ जाने क्रममा सडक देखि १० मिटर तल खसी दुर्घटना भएको थियो । घटनास्थलमा प्रहरी चौकी मुक्ली र जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रहरी टोली खटि गई आवश्यक कानुनि प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल फाप्लुमा पठाईएको...
मोटर जोड्ने क्रममा करेन्ट लागेर एकको ज्यान गयो

मोटर जोड्ने क्रममा करेन्ट लागेर एकको ज्यान गयो

समाचार
पूर्णपुष्टि, भदो २४ मोटर जोड्ने क्रममा करेन्ट लागेर मोरङमा एक जनाको ज्यान गएको छ । ग्रामथान गाउँपालिका गिदनिया–५ का ३० वर्षीय सन्तोस बिश्वासको करेन्ट लागेर ज्यान गएको हो । हिजो दिउसो सँवा १ बजे ग्रामथान–५ लवारे स्थितमा रहेको कुखुरा र्फाममा खाने पानी भर्न मोटर जोड्ने क्रममा करेन्ट लागी बेहोस बिश्वासको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो २ बजे ज्यान गएको अस्पतालले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
उदयपुरमा लिफ्ट मागेर कुटपिट गरी रकम लुटपाट गर्ने श्रेष्ठ पक्राउ

उदयपुरमा लिफ्ट मागेर कुटपिट गरी रकम लुटपाट गर्ने श्रेष्ठ पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २४ उदयपुरमा लिफ्ट मागेर कुटपिट गरी रकम लुटपाट गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कटारी नगरपालिका–८ वर्मी जंगलमा बोलेरो चालक सोेही नगरपालिका–४ बस्ने २५ वर्षीय प्रकाश श्रेष्ठलाई कुटपिट गरी रकम लुटपाट गर्ने ओखलढुङगा चिसङकुगढी गाउँपालिका–३ का ५४ वर्षीय रमेश कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ परेको हो । मंगलबार गरिब साँझ ५ बजेको समयमा वर्मी स्थित जंगलमा प्रदेश नं २–०१–००१ च ०३६९ नम्बरको बोलेरो ओखलढुंङगा खाद्यन्न पुराई कटारी तर्फ आउने क्रममा श्रेष्ठले आफू पनि एक ब्यापारी भएको र सामान लिन कटारी जान लागेको भनेर गाडिमा लिफ्ट मागेका थिए । श्रेष्ठले जंगलमा पिसाव फेर्न भनी गाडी रोकेको अबस्थामा बोलेरो चालकलाई पछाडिबाट ढुङगाले गर्धनमा हानी बेहोस बनाई निजको साथमा रहेको नगद १३ लाख ७७ हजार ८९५ र लाभा कम्पनिको १ थान मोवाईल लुटपाट गरी फरार भएका थिए । घटनाको खबर प्राप्त हुना स...
नेपालका लागि बरदानः जल, जमिन र जङ्गल

नेपालका लागि बरदानः जल, जमिन र जङ्गल

बिचार, समाचार
नेपालका विद्यमान स्रोतहरूको सचेतनापूर्वक उपयोग गरियो भने तिनले निरन्तर उत्पादन दिइरहन्छन् । त्यो उत्पादन नेपालीको सुख सम्पन्नताका लागि पर्याप्त मात्र होइन छेलोखेलो हुन्छ । जयप्रसाद लम्साल (पिएच.डी.) मुलुकको उन्नति र सम्पन्नताका लागि जल, जमिन, जङ्गल, खानी र जनशक्ति वा मानवशक्ति मुख्य स्रोत मानिन्छन् । यी सबैको आआफ्नै महत्व छ । जलस्रोत वा पानी अनेकन प्रकारले उपयोग हुने स्रोत हो । मानिसको प्राण धान्न पानी पिउनै पर्ने हुन्छ । घरधन्दा र सफाइका लागि पनि पानी त्यतिकै आवश्यक छ । पशुपालनका लागि पनि पानी अवश्यक हुन्छ । खेतीका लागि सिचाइ गर्न र जमिनलाई हरियाली बनाउन पनि पानी नभइ हुँदैन । पानी नभएको जमिन मरुभूमि हुन्छ । पानीबाट सस्तो लगानीमा वातावरणमा असर नगर्ने गरी विद्युत शक्ति उत्पादन गर्न सकिन्छ । मुलुकमा पर्याप्त विद्युत शक्ति उत्पादनको बहुआयामिक प्रभाव हुन्छ । विद्युत शक्तिको सहज आपूर्तिले घरा...
एसियाकै उत्कृष्ट सिमेन्ट उत्पादन वृद्धिमा अघि बढदै उदयपुर सिमेन्ट उधोग, हुदैछन् सुधारका कामहरु

एसियाकै उत्कृष्ट सिमेन्ट उत्पादन वृद्धिमा अघि बढदै उदयपुर सिमेन्ट उधोग, हुदैछन् सुधारका कामहरु

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २४ । एसियाकै उत्कृष्ट सिमेन्ट परिचित गैडाछाप सिमेन्टको उत्पादन बृद्धिमा जोड दिदै उद्योग सुधारका लागि पहल, कदमी देखिएको छ । नयाँ महाप्रवन्धक गोपीकृष्ण न्यौपानेको नेतृत्वमा उद्योग सुधारका काम भइरहेको हो । उद्योगको आन्तरिक प्रशासन, ब्यवस्थापन लगायत सम्पूर्ण पक्षलाई चुस्तदुरुस्त बनाउने पहिलो कदम देखिएको छ । सो अन्तर्गत मजदुर, कर्मचारी, लेखा, प्रशासन, ब्यवस्थापकमा अनुशासन, नीति, नियम र समयको परिपालनामा जोड दिएको पाइएको छ । उद्योग स्थापनाको ४४ वर्षे पुराना कुराहरुको खोजिनिति भएका छन् । विगतका कमिकमजोरीहरु केलाउने काम भएको छ । कमिकमजोरीलाई पाठको रुपमा लिदै सुधारका काम अगाडी बढाइएको देख्न सकिन्छ । “अहिले उद्योग सुधारको बाटोमा देखेका छौं ।” त्रियुगा उद्योग वाणिज्य संघ गाइघाटका पूर्व बरिष्ठ उपाध्यक्ष भरत चामलिङले भन्नुभयो “इच्चाशक्ति भएको नेतत्व भए काम हुने रहेछ ।” हालको महा...