Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

उदयपुरमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई पुनः एकीकरण कार्यक्रम संचालन

उदयपुरमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई पुनः एकीकरण कार्यक्रम संचालन

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ ४ । वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गरी पुनः एकीकरण कार्यक्रम सञ्चालन एवं कार्यन्वयन सम्बन्धि जनप्रतिनिधिहरुसँगको एक दिने अभिमुखीकरण कार्यक्रममा सम्पन्न भएको छ । उदयपुरको त्रियुगा नगरपालिकामा अवस्थित रोजगार सेवा केन्द्रद्धारा आयोजिन कार्यक्रममा वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरुलाई सूचीकरण गर्दै उनीहरुको सिप, पूँजी, दक्षता र अनुभवलाई उपयोग गरी उद्यमी तथा व्यावसायी बनाउने उदेश्यका साथ कार्यक्र सञ्चालन गरेको हो । वैदेशिक रोजगारकालागि बिभिन्न मुलुक पुगि फर्की आएका युवाहरुलाई उनीहरुको पूँजी, सीप मुलक ज्ञान र आफुले जानेको कामहरु स्वदेशमा सदुपयोग गर्दै त्यस्ता व्यक्तिको वित्तीय साक्षरता र पहुँचमा अभिवृद्धि गर्न प्राविधिक र व्यवस्थापकीय रूपमा सहयोग गरी एकल वा समूहमा आधारित स्वउद्यम मूलक कार्यक्रम सञ्चालन गरिने रोजगार सेवा केन्द्रका संयोजक निशा घलेले बताइन् । उनल...
ज्योति क्यामपसलाई वित्तीय लेखा र विश्लेषण पुस्तक हस्तान्तरण

ज्योति क्यामपसलाई वित्तीय लेखा र विश्लेषण पुस्तक हस्तान्तरण

Breaking News 2, समाचार
पूर्णपुष्टि,जेष्ठ ३ । चौदण्डीगढी नगरपालिका–६, सातधार स्थित ज्योति जनता बहुमुखी क्याम्पसलाई कोशी प्रदेश सरकारका प्रशासन सुधार आयोगका सदस्य तथा नेपाल सरकारका पूर्व सह–सचिव बाबुराम पौडेलद्धारा वित्तीय लेख र विश्लेषण पुस्तक हस्तान्तरण गरेका छन् । बुधवार क्याम्पसमै पुगेर ब्यबस्थापना संकाय तर्फको स्नातक प्रथम बर्षमा अध्ययन गर्ने बिधार्थीहरुका लागि ३० थान वित्तीय लेखा र विश्लेषण ९ँष्लबलअष्ब िब्अअयगलतष्लन बलम ब्लबथिकष्क० पुस्तक हस्तानतरण गरेका हुन् । उक्त पुस्तक चौदण्डीगढी नगरपालिकाका उपप्रमुख मणिकादेवी दुलाल, वडा अध्यक्ष अम्बर बहादुर खड्का, क्यामस ब्यबस्थापन समितिकका सदस्य सम्भु पौडेल लगायतको उपस्थितीमा पौडेलले संयुक्त पुस्तक हस्तानतरण गरेका थिए । पुस्तक अभाव हुँदा विद्यार्थी लाई उच्चीत शिक्षा प्रदान गर्न गार्हो भएको अवस्थामा पुस्तक हस्तान्तरणले महत्वपूर्ण भूमिका खेल्ने ज्योति जनता बहुमुखी क्...
उदयपुरबाट एक वर्षमा रोजगारकालागि ९ हजार युवा विदेसिए

उदयपुरबाट एक वर्षमा रोजगारकालागि ९ हजार युवा विदेसिए

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ ३ । वैदेशिक रोजगारीका लागि उदयपुर जिल्लाबाट पछिल्लो एक वर्षभित्र ९ हजार युवाहरु विदेसिएका छन् । जिल्ला प्रहरी कार्यालय र सुरक्षित आप्रवास योजना (सामी) उदयपुरको तथ्याङ्कअनुसार वि.सं २०७९ मा मात्रै वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या नौ हजारको हाराहारीमा रहेका छन् । जिल्लाको ४ गाउँपालिका र ४ पालिकामध्ये त्रियुगा, चौदण्डी गढी र कटारी नगरपालिकाबाट सबैभन्दा धेरै युवा वैदेशिक रोजगारीका लागि अधिकांश युवा सीप र काम गर्ने क्षमतासम्बन्धी अभिवृद्धि तालिम लिएर गएका सामी उदयपुरले जनाएको छ । गाउँपालिकामध्ये लिम्चुङबुङ, रौतामाई र उदयपुर गढी गाउँपालिकाबाट धेरै युवा विदेसिएका छन् । जिल्लाबाट अधिकांश युवाहरु ठुलो संख्यामा मलेसिया जाने सबैधन्दा धेरै रहेको सामी उदयपुरका संयोजक बिजनाकुमारी बस्नेतले बताइन् । उनका अनुसार मलेसियापछि साउदी अरब, युएई, कतार र कुवेतमा युवा जाने ग...
काठमाण्डौको तारकेश्वरमा बससँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

काठमाण्डौको तारकेश्वरमा बससँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

समाचार
पूर्णपुष्टि,जेष्ठ ३ । काठमाण्डोको तारकेश्वर नगरपालिका–६ जरँखुमा बस सँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधवार दिउँसो बा ३ ख ६३६७ नम्बरको बसले बा ४९ प ६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक जोगेन्द्रप्रसाद गुप्ताको ग्रिन सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको एसएसपी भट्टले बताए । मोटरसाइकललाई ठक्कर दिएको बस रेलिङ भत्काएर शेषमती खोलामा खसेको छ । बसमा सवार एक यात्रु घाइते भएकी छन् ।...
ललितपुरबाट गैंडाको खाक सहित ३ जना पक्राउ

ललितपुरबाट गैंडाको खाक सहित ३ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ३ । ललितपुर महानगरपालिका ४ टिलटावर चोक नजिकबाट गैंडाको खाक सहित प्रहरीले तिन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका(५ भवानीपुर घर भई ललितपुर एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे, २४ वर्षीय युवराज घिमिरे र धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ घर भई काठमाडौँ नयाँ बजार बस्ने २८ वर्षीय वीरेन्द्र तामाङ रहेका छन् । गैँडाको खाग खरिदबिक्री गर्दै भईरहेको भन्ने विशेष सूचनाका आधारमा दुई सय ९७ मिलिग्राम तौल भएको गैँडाको खाग (ओखेटोपहार) सहित तीन जनालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय, केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ । पक्राउ परेका तिनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरी ललिपुर पठाइएको प्रहरीले जनाएको छ ।...
कामीरिता शेर्पाले २७ औं पटक सगरमाथा आरोहण गरे, आफ्नै किर्तिमान तोडे

कामीरिता शेर्पाले २७ औं पटक सगरमाथा आरोहण गरे, आफ्नै किर्तिमान तोडे

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ३ । किर्तिमानी कामीरिता शोर्पाले २७ औं पटक सगरमाथा आरोहण गर्न सफल भएका छन् । शेर्पाले आज बुधबार बिहान ८ बजे २७ औं पटक सगरमाथाको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सका म्यानेजर थानेश्वर गुरगाईँले जानकारी दिए । उनका अनुसार शेर्पाले एक जना विदेशी क्लाइन्टलाई लिएर आज बिहान सगरमाथाको चुचुरोमा पुगेका हुन् । यसअघि २६ औं पटक सगरमाथाको आरोहण गर्ने किर्तिमान बनाएका उनले आफैले बनाएको किर्तिमान तोडेका छन् । पहिलो पटक सगरमाथा आरोहण गर्दा २४ बर्षको शेर्पा अहिले ५३ बर्षका भईसकेका छन् । सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पाले १३ मे १९९४ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए ।...
इन्टर मिलान १३ बर्षपछि च्याम्पियन लिगको फाईनलमा

इन्टर मिलान १३ बर्षपछि च्याम्पियन लिगको फाईनलमा

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ ३ । इटालियन क्लब इन्टर मिलान १३ बर्षपछि युरोपियन च्याम्यिन लिगको फाईनलमा प्रबेश गरेको छ । इन्टरले सेमिफाईनलमा मिलान डर्बी एसी मिलानलाई समग्रमा ३–०गोलले हराउँदै  फाईनलमा स्थान बनाएको हो । सेमिफाईनलको पहिलो लेगमा इन्टरले २–० ले जितेको थियो भने मंगलबार राति भएको दोस्रो खेलमा इन्टरले एसी मिलानमाथि १–० गोलको जित निकालेको हो । इन्टरलाई जित दिलाउन खेलको ७५ औं मिनेटमा मार्टिनेजले गोल गरे । इन्टर २०१० पछि च्याम्पियन्स लिगको उपाधि नजिज पुगेको हो । इन्टरले अब जुन १० मा टर्कीयमा हुने फाइनल खेल स्पानिस क्लब रियल मड्रिड र इंग्लिस क्लब म्यान्चेष्टर सिटी बिचको बिजेता टोलीसँग खेल्नेछ । सिटी र रियलबिचको पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो भने दोस्रो लेग बुधबार राती हुनेछ ।...
उदयपुरका क्रियाशिल पत्रकारहरुलाई चस्मा वितरण

उदयपुरका क्रियाशिल पत्रकारहरुलाई चस्मा वितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३ जेष्ठ । उदयपुरका क्रियाशिल पत्रकारहरुलाई निशुल्क चस्मा वितरण गरिएको छ । बुधबार ३० औँ मदन आश्रीत स्मृति दिवसको अवसरमा मदन भण्डारी आखाँ अस्पताल नेत्रज्योति संघले ३६ जना पत्रकारहरुलाई चस्मा प्रदान गरेको हो । गत चैत्र १३ गतेका दिन नेपाल पत्रकार माहासंघको ६८ औँ स्थापना दिवसको अवसर पारी उदयपुरमा रहेको ५६ जना सक्रिय पत्रकारहरुलाई संघकै आयोजनामा निशुल्क आँखा सिविर संञ्चालन गरेका थिए । सोही सिविरमा चस्मा लगाउन पर्ने आवश्यक पत्रकारहरुका लागि चस्मा उपलब्ध गराएको हो । संघका अध्यक्ष भागवत राउतले पत्रकारहरु समाजका आँखा रहेको जनाए । पत्रकारहरुले समाजलाई प्रष्ट पार्नु पर्ने जिम्मेवार रहेकाले पहिले पत्रकारहरुको आँखा स्वास्थ्य रहनु पर्ने जनाए । उनले पत्रकार र आफ्नो संस्थाका उदेश्य एउटै रहेको समेत जनाए । पत्रकारले समाजलाई आँखा देखाउँछ, हामी दृष्टि बिहिनहरुलाई आँखा देखाउँछौ, । भागवतले भने ।...
जापानमा बस दुर्घटनामा परी २ नेपाली विद्यार्थीको मृत्यु

जापानमा बस दुर्घटनामा परी २ नेपाली विद्यार्थीको मृत्यु

समाचार
पूर्णपुष्टि,जेष्ठ ३ । जापानको सेन्दाईस्थित सहरमा बस दुर्घट्ना हुँदा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । जापानी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा काभ्रेका नवराज तामाङ र युवराज थापा रहेका छन् । थापा सेन्मोन गाक्कोउ तथा तामाङ निहोनगो गाक्कोउमा अध्ययनरत रहेको पनि जापानी मिडियाले जनाएका छन् । जापानी मिडियाका अनुसार सेन्दाईबाट इवातेका लागि हिँडेको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा सो दुर्घटना हुन पुगेको थियो, जसमा दुई नेपालीसहित तीन जनाको मृत्यु भएको थियो । बसमा खराबी देखिए पछि मियागी प्रान्तको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिराखेको अवस्थामा ट्रकले आएर ठक्कर दिएको हो । एक्सप्रेस रोडमा रोकिराखेको बसलाई ट्रकको ठक्करपछि सो बस उछिट्टिएर १ सय मिटर पर पुगेको थियो। उक्त बसमा चालक दलका सदस्य सहित ४० जना थिए ।...
आज विश्व दूरसञ्चार र सूचना समाज दिवस

आज विश्व दूरसञ्चार र सूचना समाज दिवस

समाचार
पूर्णपुष्टि,जेष्ठ २ । आज मे १७ तारिक अर्थात विश्व दूरसञ्चार र सूचना समाज दिवस मनाईदैछ । सुन् १९६९ मे १७ देखि हरेक वर्ष मनाउँदै आएको यो दिवस ‘सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट अति कम विकसित देशहरूको सशक्तीकरण’ भन्ने नाराका साथ मनाइँदै छ । यसैबीच, नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । प्राधिकरणले सूचना निकालेर केही इन्टरनेट सेवा प्रदायकले शुल्क बढाएको गुनासो आएकाले आफूखुसी तथा तोकिएकोभन्दा बढी शुल्क नबढाउन निर्देशन दिएको हो । प्राधिकरणले आफ्नातर्फबाट महसुल बढ्ने गरी कुनै निर्णय र सूचना नभएको जानकारीसमेत गराएको छ । शुल्क–महसुलदर दूरसञ्चार ऐनअनुसार प्राधिकरणबाट स्वीकृति सूचना प्रकाशित भएपछि मात्रै इन्टरनेट सेवा प्रदायकले महसुल बढाउन पाउने नियम छ ।...