Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

उदयपुरमा पछिल्लो ६ महिना लैङ्गिक बिभेद रोकथाम र प्रतिकार्य सूचकको बढ्दो कार्यन्वयन

उदयपुरमा पछिल्लो ६ महिना लैङ्गिक बिभेद रोकथाम र प्रतिकार्य सूचकको बढ्दो कार्यन्वयन

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २ गते । उदयपुरमा लैङ्गिक बिभेद हिंसा रोकथाम र प्रतिकार्यका लागि निर्माण गरिएको योजना तथा सूचकहरुको कार्यन्वयन भएको पाईएको छ । हिंसा न्युनिककरण लागि ६ महिना अगाडी तयार पारिएको आवश्यक सूचक तथा योजनाहरु पछिल्लो समय प्रभावकारी कार्यन्वयन भएको देखिएको हो । युएनएफपिएको आर्थिक सहयोग, आईपास नेपाल, कोकन नेपाल र सिएमसी नेपालको संयुक्त साझेदारीमा संञ्चालन लैङ्गिक बिभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना उदयपुरको ४ ओटा नगरपालिकाहरुमा संञ्चालन भैरहेको अवस्था छ । मंगलबार आईपास नेपालको आयोजना तथा ओसिएमसीको समन्वयमा त्रियुगा नगरपालिकाको सभाहल स्थित ६ महिना अगाडी तयार पारिएको ७ सूचक र ४७ ओटा उपसुचकको बृहत समिक्षा गरिएका थिए । सोही समिक्षा बैठकले पहिलेको भन्दा थप कार्ययोजनाको कार्यन्वयन भएको पाईएको हो । उक्त सूचकको कार्यन्वयन भएको पक्ष र कार्यन्वयन नभएको पक्षलाई हेरेर सम...
पूर्व माओवादी लडाकूलाई २ लाख दिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

पूर्व माओवादी लडाकूलाई २ लाख दिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

राजनीति, समाचार
पूर्णपुष्टि,जेष्ठ २ । सरकारले तत्काली नेकपा (माओवादी)का पूर्वलडाकुहरुलाई जनही २ लाख रुपैयाँ दिने निर्णय तत्कार कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले पूर्वलडाकूलाई पैसा दिने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । सर्वोच्चका प्रवक्ता विमल पौडेलले पूर्वलडाकूलाई २ लाखका दरले राहत दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको सेतोपाटीलाई बताए । कार्यविधिमा उनीहरूले पाउने दुई लाख रुपैयाँ बैंक खातामा हालिदिने व्यवस्था थियो। अयोग्य लडाकू ४ हजार ८ जना छन्। यसअघि गत चैत ६ गते बसेको मन्त्रिपरिषद् बैठकले अयोग्य लडाकूलाई दुई(दुई लाख दिने निर्णय गरेको सार्वजनिक भएको थियो । अनमिनले नै लडाकू होइनन् भनेर प्रमाणित गरिसकेका माओवादी कार्यकर्ताहरूलाई सरकारले राज्यकोषबाट पैसा बाँड्न लागेको भन्दै विरोध भएको थियो।...
उदयपुर सिमेन्ट उद्योगमा १ घण्टा धर्ना

उदयपुर सिमेन्ट उद्योगमा १ घण्टा धर्ना

Breaking News 1, समाचार
पूर्णपुष्टि, २ जेष्ठ । धारासाय उदयपुर सिमेन्ट उद्योगलाई सहज बनाई पून ः सञ्चालन गर्न दवाव दिईको छ । उद्योग बचाउ खबरदारी समितिले उद्योगको गेटमा एक घण्टा धर्ना बसी उद्योग संञ्चालन गर्न दवाव दिईएको हो । समतिका सचिव तथा वडा नं ६ का वडा सदस्य प्रवेश खड्काका अनुसार मंगलबार ९ बजेदेखी १० बजे सम्म धर्ना बसिएको हो । उद्योग अहिले पूर्ण रुपमा वन्द छ । ३५ औँ साधारणसभा पश्चात विवादमा रहेको उद्योगलाई भ्रष्टहरुले बन्दको अवस्थामा पुराएको नागरिक समाज तथा स्थानीयहरुले जनाएको छ । उद्योग बन्द गर्न नदिन र भ्रष्ट कर्मचारी तथा माहाप्रवन्धकलाई जिम्मेवारी बाट पछि नहट्न दवाव दिईएको समितिका संयोजक राधारमण खतिवडाले जनाए ।...
लिम्चुङबुङबाट पनि श्रम स्वकृती सेवा सुरु

लिम्चुङबुङबाट पनि श्रम स्वकृती सेवा सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, २ जेष्ठ । लिम्चुङबुङ गाउँपालिकाले पनि बैदेशिक रोजगारका लागि श्रम स्वीकृती पालिकाबाटै सुरु गरेको छ । पालिकाले सूचना प्रकाशित गर्दै अब श्रम स्वीकृत गर्न काठमाण्डौँ धाउनु पर्ने समस्या हल भएको जनाए । फोरेन्स एम्प्लोमेन्ट ले अनलाईन आवेदन कार्य मार्फत स्थानीय तहको रोजगार सेवा केन्द्रबाट गर्ने गरी मन्त्री परिषदको निर्णय अनुसार सो कार्य अगाडी बढाईएको पालिकाकी रोजगार संयोजक रुपा राईले जनाईन् । बैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन नेपाल सरकारबाट श्रम स्वीकृत अनिवार्य लिनु पर्ने प्रावधान छ । यसका लागि श्रम स्वीकृति गर्न रोजगारमा जानेहरुले काठमाण्डौँमा गई गर्नु पर्ने अवस्था थियो । तर बैशाख १ गते बाट भने श्रम स्वकृतीको जिम्मेवारी स्थानीय तहलेनै पाएको हो । यसरी स्थानीय सरकारबाटै श्रम स्वीकृत हुन थालेपछि वैदेशिक रोजगारलाई थप सहज भएको संयोजक राईको भनाई छ । यस कार्यले सयम र पैसाको नास...
गाईघाटमा सुनसरीका एमपोइन्ट जिताउँ अभियान

गाईघाटमा सुनसरीका एमपोइन्ट जिताउँ अभियान

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,जेष्ठ १ । ओएसआर रियालिटी युट्यव च्यानलले सञ्चालन गरिरहेको र्‍याप स्टार रियालिटी शोमा अहिलेसम्मको यात्रामा अपराजित प्रतिश्पर्धी सुन्सरीका आयुष राई (एम पोइन्ट) अहिले टप–६ मा छन् । एमपोइन्टलाई जिताउँन भोट अपिलका लागि मंगलवार गाईघाटको पिपल चौकमा GCITY-SK8RS(UDSSA) AND G-CITY HOOD को आयोजना गरिने भएको छ । टप–६ मा पुगेपछि उनले आफू लगातार प्रतिष्पर्धामा उकालो लागिरहेकोमा आफ्नो मेहनत र शुभचिन्तकहरुको सहयोगको हात रहेको बताए । यस कार्यक्रमलाई नेपाल स्प्रिङ वाटरले स्पोन्वर गरेको छ भने नबिन कोल्ड स्टोर र इनर्जी फिटनेसले सहयोग गरेको छ । बिभिन्न चरणहरु पार गर्दै अन्तिम ६मा पुग्न सफल भएका र्‍याप स्टार प्रस्पिर्धी राईलाई जिताउँने यो अभियानमा बिभिन्न कलाकारहरुको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ । कार्यक्रम मध्यान्नको ४ बजे देखि सुरु हुने जनाएको छ । एमपोइन्टलाई समर्धन गर्न पुर्वका बिभ...
उदयपुर सिमेन्ट उद्योग : कागजमा नाफा, व्यापारमा घाटा

उदयपुर सिमेन्ट उद्योग : कागजमा नाफा, व्यापारमा घाटा

Breaking News 1, समाचार
पूर्णपुष्टि, १ जेष्ठ । देशकै प्रतिष्ठित सिमेन्ट उद्योगको रुपमा मानिएको उदयपुर सिमेन्ट उद्योग केहिदिन देखि बन्द अवस्थामा रहेको छ । उद्योगले भर्खरै ३५ औँ साधारण सभा समेत सम्पन्न गरिसकेको अवस्था छ । साधारण सभाको प्रतिवेदनमा झण्डै ५ अर्ब समेत नाफा देखाईएको छ । देशको आर्थिक क्षेत्रमा सहयोग पुराउने उदेश्यले निर्माण भएको यस सरकारी उद्योग अहिले नाफामा हैन बिवादमा छ । वैशाख २९ मा गरेको साधारणसभा देखी उद्योग विवादमा चुलिए सँगै अहिले थप संकटमा परेको छ । आईतबार मात्रै विद्युत प्राधिकरणले काटेपछि उद्योग थप धरापमा पर्दै गएको मजदुर तथा कर्मचारीहरुले जनाए । उदयपुर वितरण केन्द्र गाईघाट शाखाले उद्योगलाई एक हप्ता अगावै महसुल तिर्न भनी पत्र पठाएको जनाए । प्राधिकरणका प्रमुख बिजय कुमार खत्रीका अनुसार प्राधिकरणबाट पटक पटक मौखिक रुपमा पनि जानकारी गराएको र पत्र समेत पठाएको जनाए । तर उद्योगले तिर्नु पर्ने बिभिन...
कटारीमा अवैध रुपमा रुख कटान गरेको आरोपमा समुहका अध्यक्ष पक्राउ

कटारीमा अवैध रुपमा रुख कटान गरेको आरोपमा समुहका अध्यक्ष पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ १ । उदयपुरमा अवैद्य रुपमा रुख कटान गरेको आरोपमा सामुदायिक वन उपाभोक्ताको अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटारी नगरपालिका ३ स्थित सदावहार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बद्रि घिमिरे रहेका छन् । आफु खुसी ४८ ओटा रुख काटेर मनोमानी ढंगले उपभोक्तालाई वितरण गरेको अध्यक्ष घिमिरेमाथी आरोप छ । उपभोक्तलाई वितरण गर्दा समेत रसिद पनि नकाटी ४०,५० हजारका दरले रकम उठाएको आरोपमा उनलाई पक्राउ गरेको डिभिजन वन कार्यालय त्रिवेणी कटारीले जनाएको छ । वनमा रुख कटानको लागी सामुदायिक वन उपभोक्ता समुहले जिल्ला वन कार्यालयबाट स्विकृत गराई कार्यालयको छपान र कटानको आदेश लिएर मात्र रुख कटान गर्न पाउने ब्यवस्था रहेको छ भने काठ काट्नु पर्दा हरेक पटक छुट्टै अनुमती लिनु पर्ने वन ऐन र नियमावली रहेको छ । वन ऐन ०४९ र वन नियमावली ०५१ अनुसार विधान र वन ब्यवस्थापनका लागि कार्ययोजना वनाएर जि...
सुनछहरी झरना घुम्न गएकी महिलाको डुबेर मृत्यु

सुनछहरी झरना घुम्न गएकी महिलाको डुबेर मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ १ । रोल्पा घुम्न गएकी एक महिला पर्यटकको डुबेर मृत्यु भएको छ । रोल्पाको पर्यटकिय क्षेत्र सुनछहरी झरना घुम्न गएकी बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका–१८ पशुपति नगरकी २४ वर्षिया चन्द्रा सुनारको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । ईलाका प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक श्याम सारुमगरले श्रीमान र नावालक छोरासँग सुनछहरी झरना घुम्न गएकी महिलाको नुहाउने क्रममा मृत्यु भएको जानकारी दिए । उनका अनुसार सुनछहरी झरनाको पोखरीमा नुहाउछु भनेपछि श्रीमानले छोरा लिएर अलि पर गएर पर्खेर बसेको अवस्थामा चन्द्राको मृत्यु भएको रहेछ । नुहाएर आउन अलि ढिला भएपछि हेर्न जाँदा पोखरीमा श्रीमतिलाई मृत अवस्थामा देखेपछि श्रीमानले प्रहरीलाई खबर गरेका थिए । चन्द्राका श्रीमान उमेश सुनार ईलाका प्रहरी कार्यालय पोवाङमा कार्यरत छन् । घटनाको जानकारी पाए पश्चात ईलाक...
बयानका लागी पूर्वगृहमन्त्री खाँणलाई सरकारी वकिलको कार्यालय लगियो

बयानका लागी पूर्वगृहमन्त्री खाँणलाई सरकारी वकिलको कार्यालय लगियो

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ १ । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाएको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई बयानकालागी सरकारी वकिलको कार्यालय लगिएको छ । सोमबार खाँणलाई बयानका लागी सरकारी वकिलको कार्यालय बबरमहल लगिएको हो । नक्कली भुटानी शरणर्थी प्रकरणमा प्रत्यक्ष संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेपछि गत बैशाख २७ गते खाँणलाई प्रहरीले पक्राउ गरेको थियो । पूर्वगृहमन्त्री खाँणलाई हिरासतमा राखेर अनुसन्धानका लागि अदालतबाट आइतबार चार दिनको म्याद थप गरिएको थियो।...
गाईघाटमा चोरीको मोटरसाईकल सहित एक युवक पक्राउ

गाईघाटमा चोरीको मोटरसाईकल सहित एक युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ १ । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा चारीको मोटरसाईकल सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १२ बस्ने २८ बर्षीय राकेश चौधरी रहेका छन् । गएको बैशाख १४ गते त्रि.न.पा १२ बस्ने मुना राउतको घर बाहिर पार्कीङ गरेर राखेको स.९ प. ४४०७ नम्बरको रातो कालो रंगको १५० सि.सि.को पल्सर मोटरसाईकल चोरी भएको थियो । मोटरसाईकल चोरी भएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको बिशेष प्रहरी टोलीले बिशेष सुचनाको आधारमा बैशाख ३० गते चौधरीलाई मोटरसाईकल सहित पक्राउ गरेको हो । चौधरीले चोरी गरेको उक्त मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरी बा. ६ प. ३१७२ बनाएर आफ्नै घरमा लुकाई छिपाई राखेको अवस्थामा मोटरसाईकल सहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ परेका चौधरीलाई जिल्ला अदालत उदयपुरबाट ५ दिनको म्याद लिई थप अनुसन्धा...