चार खेल अघि नै ला लिगा च्याम्पियन बन्यो बार्सिलोना
पूर्णपुष्टि, जेठ १ । स्पानिस ला लिगामा चार खेल अघि नै अंक तालिकाको शिर्ष स्थानमा रहेको बार्सिलोनाले उपाधि जितेको छ । आइतबार राति भएको क्याटलान डर्बीमा स्पानयोललाई ४–२ गोलले हराएपछि बार्सिलोनाले उपाधि हात पारेको हो ।
बार्सिलोनाले ३४ खेल खेल्दा ८५ अंक जोडेको छ भने समान खेलबाट दोस्रो स्थानको रियल मड्रिडको ७१ अंक छ । स्पानयोललाई हराएको बार्सिलोनाले दोस्रो स्थानको रियलमाथि १४ अंकको आग्रता लिएको छ भने अब १२ अंकको खेल मात्र बाकीँ छ । बार्सिलोनाले बाँकीको चारै खेल हार्दा समेत दोसो स्थानको रियलले भेट्ने छैन ।
बार्सिलोनाले ला लिगाको उपाधि सन् २०१९ पछि पहिलो पटक जितेको हो । क्लबकै पूर्वखेलाडी जाभी प्रशिक्षक बनेपछि पनि बार्सिलोनाको यो पहिलो उपाधि हो । खेलको ११ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई आग्रता दिलाएका थिए भने खेलको २० औं मिनेटमा अलेजान्द्रो बाल्डेले अग्रता दोब्बर पा...









