Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

राठी मेनु फ्याक्ट्रीमा आगोलागीहुँदा २० करोडको क्षति

राठी मेनु फ्याक्ट्रीमा आगोलागीहुँदा २० करोडको क्षति

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख, ३० । मोरङको राठी मेनु फ्याक्ट्रीमा आगोलागीहुँदा करोडौँको क्षति भएको छ । बुढीगंगा गाउँपालिका वडा नं ५ स्थितमा रहेको उक्त फ्याक्ट्रीमा शुक्रबार राति करिब २ बजेको समयमा बिधुत सट भई आगलागि हुँदा २० करोड बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । फ्याक्ट्रीमा आगलागी भएको खबर पाउन साथ तत्काल घटनास्थल तर्फ खटिएको जिल्ला प्रहरी कार्यालय मोरङ, ईलाका प्रहरी निमुवा, CRV बासबारी, टंकि सिनवारीबाट खटिएको प्रहरी टोली र बारुण यन्त्रसहित अन्य ब्यक्तीहरुको सहयोगमा बिहान ५ बजे आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  ...
लागुऔषध गाँजा सहित गाईघाटबाट एक पूरुष पक्राउ

लागुऔषध गाँजा सहित गाईघाटबाट एक पूरुष पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख ३० । उदयपुरमा लागुऔषध गाँजा सहित एक पूरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रौतामाई गाँउपालिका ८ का ४९ बर्षीय डिक बहादुर मगर रहेका छन् । गाँजाको ओसार पोसार भईरहेको भन्ने बिषेश सुचनाको आधारमा मगरलाई बिहिबार दिउँसो गाईघाट बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मगरको साथबाट प्रहरीले ८ केजी ५८१ ग्राम गाँजा बरामद गरेको छ । पक्राउ परेका मगरको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।...
कटारीको जहडीबाट विभिन्न जातको अवैध काठ बरामद

कटारीको जहडीबाट विभिन्न जातको अवैध काठ बरामद

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख २९ । उदयपुरको कटारी नगरपालिका ४ स्थितबाट लुकाई छिपाई राखेको विभिन्न जातको अवैधकाठ प्रहरीले बरामद गरेको छ । कटारी नगरपालिका वडा नं ४ जहडीस्थित चुन ढुङगा डम्पिङ नजिक गाडी ग्यारेजमा अबैध रुपमा लुकाई छिपाई राखेको काठ प्रहरीले बरामद गरेको हो । बिभिन्न जातको काठअवैध रुपमा लुकाई राखेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले चिरान काठ ( पटाहा र कडी ) गरी जम्मा २११.९९ क्युफिट काठ बरामद गरेको हो । प्रहरीले सल्ला जातको कडी १९१ थान १३१.२४ क्युफिट, कर्मा जातको पटाहा ८६ थान २१.५० क्युफिट र साज जातको पटाहा २३७ थान ५९.२५ क्युफिट बरामद गरेको काठ आवश्यक कार्वाहिको लागि बन डिविजन कार्यालय कटारीमा पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
मेयरमा पराजित राउतको १ वर्षमा ११ काम

मेयरमा पराजित राउतको १ वर्षमा ११ काम

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख ३० । गत स्थानीयतहको निर्वाचनमा त्रियुगा नगरपालिकामा पराजित मेयरका उम्मेदवार भागवत राउतले गएको एकवर्षमा ११ सामाजिक काम गरेको उल्लेख गरेका छन् । नेकपा एमालेका जिल्ला नेता राउतले आफ्नो फेसबुक स्टाटसमा ११ वटा कामहरुको सुची आज सार्बजनिक गरेका हुन् । उनले ४२९ जनाको निःशुल्क आँखा शल्याक्रिया, साङ्लीमा बाँधिएका दुईजनालाई उद्धार तथा मानव सेवा आश्रममा पठाएको, माझी समुदायको परमपरागत शिपको जगेर्ना र संरक्षणका लागि ढुङ्गा हस्तान्तरण, स्वास्थयचौकी जाँतेमा फलामे बेड हस्तान्तरण गरेको जनाएका छन् । त्यस्तै २० जनालाई ह्वील चियर, १२ जना दृष्टिविहिनलाई सेतोछडी प्रदान, एक किड्नी रोगी र एक हर्नियाका रोगीलाई आर्थिक सहयोग गरेको जनाएका छन् । झोलुङ्गेपुलको माग तथा योजना सुनिश्चितता गराएको, राष्ट्रपति चुरे संरक्षण समितिका अध्यक्ष डा. किरण पौडेललाई खोलाहरुको स्थलगत अवलोकन गराई नियन्त्रणको योजना मा...
उदयपुर सिमेन्ट उद्योगमा मजदुरहरु असन्तुष्टी, महाप्रवन्धक न्यौपानेको राजीनामा माग

उदयपुर सिमेन्ट उद्योगमा मजदुरहरु असन्तुष्टी, महाप्रवन्धक न्यौपानेको राजीनामा माग

Breaking News 1, समाचार
पूर्णपुष्टि, वैशाख २९ । उदयपुर सिमेन्ट उद्योग, जलजलेमा बेथिति बढेको भन्दै मजदुर, कर्मचारीहरुले महाप्रवन्धक गोपीकृष्ण न्यौपानेको राजनीनामा माग गरेका छन् । उद्योग भन्दा ब्यक्तिगत स्वार्थमा हावी भएकाले महाप्रवन्धकबाट उद्योग नचल्ने ठहर उनीहरुको छ । उद्योगको वार्षिक साधारणसभाकै दिन मजदुर, कर्मचारीहरुले महाप्रवन्धकको पछिल्लो गतिविधि र गलत नियतप्रति आलोचना गर्दै राजीनामा माग गरेका हुन् । अघिल्लो दिन उद्योगमा क्रियाशिल चार ट्रेड युनियनहरु नेपाल कारखाना श्रमिक संघ, नेपाल मजदुर संगठन, नेपाल औद्योगिक मजदुर संघले उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजाललाई ज्ञापन पत्र बुझाउदै महाप्रवन्धकको राजिनामा माग गरेका थिए । बेथिति मौलाएका कारण उद्योग चल्न नसकेको र ११ करोड बढि घाटा रहेको अवस्थामा ५६ करोड नाफा भन्ने गलत प्रचार गरेर सस्तो लोकप्रीयता कमाउन खोजेको आरोप छ । मजदुर, कर्मचारी र सरकारको आँखामा ...
गाईघाटमा लैंङ्गिक हिंसा रोकथाम बारे स्थानीय सरकार सित अन्तरक्रिया

गाईघाटमा लैंङ्गिक हिंसा रोकथाम बारे स्थानीय सरकार सित अन्तरक्रिया

Breaking News 1, समाचार
पूर्णपुष्टि, २९ वैशाख । गाईघाटमा शुक्रबार लैंङ्गित हिंसा रोकथामबारे बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ । युएनएफपिएको सहयोग तथा भिएस्ओ र कोकोन नेपालको संयुक्त साझेदारीमा कार्यक्रमको अयोजना गरिएका थिए । लैंङ्गिक हिंसा नियन्त्रणका लागि बिभिन्न कार्यक्रम तथा अवधारण निर्माण गर्न स्थानीय सरोकारवालाहरुको महत्वपूर्ण भुमिका रहेको भन्दै छलफल तथा अन्तरक्रियाको अयोजना गरिएको आयोजक संस्थाले जनाएको । कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष र नगरका सामाजिक विकास शाखा, शिक्षा विकास शाखा, स्वास्थ्य शाखा, महिला बालावालिका शाख लगायतका प्रमुख तथा प्रतनिधिहरुको उपस्थित रहेका थिए भने, नेपाल प्रहरी, पत्रकार, गैरसरकारी संस्था, किशोर किशोरी लगायतका उपस्थिति रहेका थिए । अन्तरक्रियाले हिंसा रोकथामका लागि स्थानीय सरकारहरु सँगको साझेदारीमा ठुलो भुमिका रहेको नि...
दोब्बरले बढ्यो बैदेशिक रोजगारीको संख्या, दैनिकी ठगिँदै नेपाली

दोब्बरले बढ्यो बैदेशिक रोजगारीको संख्या, दैनिकी ठगिँदै नेपाली

Breaking News 1, समाचार
पूर्णपुष्टि, २८ वैशाख । सिआईवीमा काम गर्ने क्रममा बैदेशिक रोजगकार केसमा एक जना भारतिय नागरिकलाई नियन्त्रणमा लिएर हामीले अनुसन्धान गरेका थियौँ । अनुसन्धानका क्रममा हामिले उसलाई प्रश्न गयौँ“ किन तिमिहरु बैदेशिक रोजगार ठगिमा नेपालीलाई छनोट गछौँ ? ती भारतीयले उत्तरमा भनेका थिए, काठमाण्डौँको हरेक गल्लीगल्लीहरुमा हिडेका मानिसहरुलाई आफु भरपर्दो वैदेशीक रोजगार व्यवसायी भनेर चिनाउने बित्तिकै ६० प्रतिशत भन्दा बढी मानिसहरु आफुहरु सँग नजिकिने गर्छ, “ती भारतियले अनुसन्धानको क्रममा यस्तो कुरा खुलाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी ज्ञानेद्र प्रसाद फुयाँल बताउँछन्, । त्यस्तै म्याग्दी बाट पोखरा आएर ब्युटी पार्लर गरिरहेकी अनिता भट्टचनलाई अचानक नयाँ नम्वर बाट पटक पटक फोन आउँछ, धेरै चोटी फोन आएपछि उनीले सोध्छीन् किन मलाई बाराम्बार फोन गरिरहनु भएको छ ? त्यस पछि ती मान्छेले भन्छ ए, अमेरीका जाने भ...
उदयपुरगढीमा आगलागी, तीन घर चार गुवाली जलेर नष्ट

उदयपुरगढीमा आगलागी, तीन घर चार गुवाली जलेर नष्ट

Breaking News 1, समाचार
पूर्णपुष्टि, २८ वैशाख । उदयपुरमा आगलागीबाट ठुलो क्षती भएको छ । उदयपुरगढी गाउँपालिका – ७ मा आगलागीबाट तीन घर र चार वटा गुवाली जलेर नष्ट भएको छ । वडाध्यक्ष भुवन मगरका अनुसार विहान करिब ८ ः ०० बजे कृषि मिटरको विद्युत सर्ट भई ग्वालीबाट सुरु भएको आगोले घरगोठ जलाएको हो । चौबहादुर मगरको गुवालीबाट सुरु भएको आगोले छिमेकी चित्रबहादुर मगर र मङ्गलीमाया मगरसमेतको घर र गोठ जलाएको हो । त्योसंगै खसीबाख्रा पालन फर्म र बङ्गुरपालन फर्म पनि जलेको छ । आगलागीमा ३ वटा बङ्गुरसमेत जलेको पिडितले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयलले आगलागीको सुचना आउनासाथ सुरक्षाकर्मी खटेका छन् । स्थानीय, दुईवटा दम्कल र सशस्त्र, नेपाल प्रहरी लगायतको सुरक्षाकर्मीले आगो नियन्त्रण गरेका छन् । आगो नियन्त्रणका लागि तीन घण्टा लागेको थियो । आगलागीबाट तीनवटा घर र ग्वालीमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको छ । अन...
वकिल तामाङ ज्यानमार्ने उद्योगमा दोषी ठहर

वकिल तामाङ ज्यानमार्ने उद्योगमा दोषी ठहर

Breaking News 1, समाचार
पूर्णपुष्टि, वैशाख २७ । गाईघाट । उदयपुरका एक वकिल ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका छन् । जिल्ला अदालत उदयपुरबाट वकिल इन्द्र तामाङ आज दोषी ठहर भएका हुन् । छिमेकी एक बालकलाई मरनासन्न हुनेगरी कुटपिट गरेका तामाङविरुद्ध ज्यान मार्ने कसुरमा मुद्दा थियो । टाउकोमा गम्भिर चोट लाग्नेगरी निर्ममरुपले ढुङ्गा प्रहार गरेका उनलाई जिल्ला मुख्य न्यायधीश कृष्णप्रसाद सुवेदीको इजालसले दोषी ठहर गरेको हो । अदालतका श्रेष्तेदार धनबहादुर कार्कीका अनुसार तामाङलाई जेठ १७ गते सजाय निर्धारण तोकिएको छ । उक्तदिन दोषी तामाङलाई सजाय के कति हुने बारेमा तोकिने जनाइएको छ । अदालतबाट न्यायको महशुस भएको पिडित पक्षको प्रतिक्रिया छ । बालककी आमा सम्झाना तामाङले अदालतबाट न्याय मिलेको बताइन् ।  ...
संसद सचिवालयलाई फरार सांसद रायमाझीले पठाए बिरामी भएको पत्र

संसद सचिवालयलाई फरार सांसद रायमाझीले पठाए बिरामी भएको पत्र

Breaking News 1, समाचार
पूर्णपुष्टि, वैशाख २७ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सांसद टोपबहादुर रायमाझीले संसद् सचिवालयलाई आफू बिरामी भएको पत्र पठाएका छन् । संसद् सचिवालयका अनुसार प्रहरीले पक्राउ पुर्जी लिएपछि फरार रहेका सांसद रायमाझीले लिखित पत्र पठाउँदै आफू बिरामी भएको जानकारी दिएका हुन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले रायमाझीको पत्र प्राप्त भएको बताएका हुन् । पत्र प्राप्त भए पनि दर्ता नभएको सचिवालयले जनाएको छ । फरार सांसद रायमाझीलाई केही समय अघिमात्रै एमालेले निलम्वीत समेत गरिसकेको अवस्था छ ।...