Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

सचिव टोप बहादुर रायमाझीलाई एमालेले गर्‍यो निलम्बन

सचिव टोप बहादुर रायमाझीलाई एमालेले गर्‍यो निलम्बन

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख २७ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएको टोप बहादुर रायमाझीलाई एमालेले पदबाट निलम्बन गरेको छ । एमाले महासचिव शंकर पोखरेलले बुधबार निकालेको विज्ञप्तीमा टोप बहादुर पदबाट निलम्बन भएको उल्लेख छ ।
कमेडियन विक्की अग्रवाल र अभिनेत्री श्रद्धा प्रसाईं विवाह बन्धनमा

कमेडियन विक्की अग्रवाल र अभिनेत्री श्रद्धा प्रसाईं विवाह बन्धनमा

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, बैशाख २७ । कमेडियन विक्की अग्रवाल र अभिनेत्री श्रद्धा प्रसाईं विवाह बन्धनमा बाधिँएका छन् । गतवर्ष मंसिरमा इन्गेजमेन्ट गरेका उनिहरुले परिवार, आफन्त र नजिकका साथीभाइको उपस्थितिमा विवाह गरेका हुन् । आर्मी अफिसर्स क्लबमा उनीहरूको विवाह समारोह चलिरहेको छ । आज बेलुका रिसेप्सन पार्टी पनि राखिएको छ । विक्की कमेडी च्याम्पियनका फर्स्ट रनरअप हुन् भने श्रद्धा उक्त शोको निर्देशकिय टिममा सहभागी थिइन् । त्यसपछि उनीहरूले कमेडी शो ‘मा कसम यहाँ दुख्छ’ मा सहकार्य गरेका थिए ।...
विराटनगरमा राष्ट्रिय क्रिकेट टोलीलाई सम्मान सहित नगर परिक्रमा गराईने

विराटनगरमा राष्ट्रिय क्रिकेट टोलीलाई सम्मान सहित नगर परिक्रमा गराईने

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख २७ । कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रिय क्रिकेट टोलीलाई सम्मान सहित नगर परिक्रमा गराईने भएको छ । आज नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति, मोरङ व्यापार संघ तथा उद्योग संगठन मोरङले संयुक्त रूपमा खेलाडीहरू सम्मान गर्ने भएका हुन् । नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकप छनोटमा स्थान बनाएको तथा भर्खरै एसिसी प्रिमियर कप जितेर एसिया कपमा स्थान पक्का गरेर ऐतिहासिक सफलता हासिल गरेका खेलाडीहरुलाई सम्मान गर्न लागेको उद्योग वाणिज्य महासंघ प्रदेशका कार्यकारी निर्देशक श्याम भण्डारीले जानकारी दिए । उनका अनुसार आज पौने १२ बजेदेखि खेलाडीहरूलाई सम्मानस्वरूप नगर परिक्रमा गराएपछि सम्मान गरिनेछ। जिम्बावेमा हुने विश्वकप छनोटमा नेपालले वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, अमेरिका र युएईसँग खेल्नेछ । एसीसी मेन्स प्रिमियर कपको...
किङ क्रस क्लबबाट पेस्तोलसहित युवक पक्राउ

किङ क्रस क्लबबाट पेस्तोलसहित युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख २७ । नेपालगन्जको एक क्लबबाट प्रहरीले एक युवकलाई पेस्तोल सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–८ बर्दियाका २८ वर्षीय सुमन रिजाल रहेका छन् । उनलाई नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित किङ क्रस क्लबबाट एक थान अटोमेटिक पेस्तोल र त्यसको एक राउण्ड गोलीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उक्त क्लबमा मंगलबार राति झगडा भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले जाँच गर्ने क्रममा शौचालयमा लुकाइराखेको पेस्तोलसहित रिजाललाई पक्राउ गरेको हो । यस घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।...
पूर्व गृहमन्त्री खाण पक्राउ परेपछि सरकारलाई रवीको धन्यवाद

पूर्व गृहमन्त्री खाण पक्राउ परेपछि सरकारलाई रवीको धन्यवाद

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख २७ । भुटानी सरणर्थी प्रकरणमा आज (बुधबार) पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती तथा प्रतिनिधि सभा सदस्य रवी लामिछानेले माओवादी नेतृत्व सरकारलाई धन्यवाद दिएका छन् । रवीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल प्रहरीलाई धन्यवाद दिएका हुन् । उनले धन्यवाद दिदैँ यो शिलशिला रोकिन नहुने समेत बताएका छन् । पक्राउ परेका खाणलाई काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको छ।...
पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ

पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ

Breaking News 1, राजनीति, समाचार
पूर्णपूष्टि, २७ वैशाख । पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेतासमेत रहेका खाणलाई मैजुबहालस्थित निवासबाटै बुधबार पक्राउ गरिएको हो । यसअघि पक्राउ परेकाहरूले खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको दाबी गरिएको अडिओ बाहिरिएपछि उनी प्रहरी निगरानीमा थिए । उनी जतिबेला पनि भाग्न सक्ने शंका बढेपछि प्रहरीले ‘जरूरी पुर्जी’थमाएर बुधबार पक्राउ गरेको हो । खाणको पक्राउबारे प्रहरीले अहिले थप प्रक्रिया अघि बढाइसकेको छ । ‘टोपबहादुर रायमाझीझैं फरार हुन सक्ने भएकाले जरूरी पुर्जी दिएर पक्राउ गरिएको हो, अहिले थप प्रक्रियाका लागि गइसकेका छौं, अब अनुसन्धान अगाडि बढ्छ,’ उच्च प्रहरी स्रोतले भन्यो । कोही आरोपी भाग्ने आशंका भएपछि प्रहरीले जरूरी पुर्जी थमाएर नियन्त्रणमा लिन सक्ने व्यवस्था छ । घरमा प्रहरी ...
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख २७ । अमेरिकाको पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर भएका छ्न । उनलाई न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहारमा दोषी ठहर्याउँदै पीडितलाई क्षतिपूर्ति वाफत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको हो । अमेरिकी लेखक इ. जिन क्यारलले ट्रम्पले आफूमाथि यौन दुर्व्यवहार गरेको मुद्धा लगाएकी थिईन् । साथै मानहानी गरेको आरोप पनि लगाएकी थिईन् । । सोही मुद्दामा ट्रम्पलाई दोषी ठहर्याएको द न्युयोर्क टाइम्समा उल्लेख छ । सन् २०२४ मा फेरि राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा रहेका ट्रम्पलाई यो निर्णयले धक्का लाग्न सक्छ। यस फैसलाले आगामी राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गर्ने ट्रम्पको योजनामा धक्का लाग्ने पक्का छ । ट्रम्पले सामाजिक सन्जालमार्फत् प्रतिक्रिया सार्वजनिक गर्दै अदालतको फैसला अपमानजनक भएको बताएका छन् । ट्रम्पले आफूमाथि लगाइएको यौन दुर्व्यवहारको आरोप लगात...
भुटानी शरनार्थी प्रकरण : पूर्व गृहमन्त्री खानका स्वकीय सचिव पक्राउ

भुटानी शरनार्थी प्रकरण : पूर्व गृहमन्त्री खानका स्वकीय सचिव पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, २७ वैशाख । भुटानी शरनार्थी प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्व गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी प्रहरीले बुधबार बिहान पक्राउ गरेको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा केसीलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए । प्रहरीले उनलाई बुधवार बिहान जडिबुटीबाट पक्राउ गरेको हो ।...
पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ

पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख २७ । नेपाली काग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकुष्ण खाण पक्राउ परेका छन् । नक्कली भूटानी शरणर्थी प्रकरणमा अनुसन्धानका लागि खाण र उनका सहयोगी नरेन्द्र केसी पक्राउ परेको प्रहरी उच्च स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार बुधबार बिहान खाणकै निवासबाट दुबै जना पक्राउ परेका हुन् । यस बिषयमा थप विवरण आउन बाकीँ छ ।...
सिटी र रियलबिचको पहिलो सेमिफाईनल खेल बराबरी

सिटी र रियलबिचको पहिलो सेमिफाईनल खेल बराबरी

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख २७ । युरोपियन च्याम्पियन लिगमा इंग्लिस क्लब म्यान्चेष्टर सिटी र स्पानिस क्लब रियल मड्रिडबिचको पहिलो सेमिफाईनल खेल बराबरीमा रोकिएको छ । रियलको घरेलु मैदान सान्टियागोल बर्नामेउमा भएको पहिलो सेमिफाईल खेल १–१ गोलमा सकिएको हो । भिनिसियस जुनियरले खेलको ३६ औं मिनेटमा गोल गर्दै रियललाई आग्रता दिलाएका थिए भने खेलको ७६औं मिनेटमा डे ब्रुएनाले सिटीका लागि बराबरी गोल गरे । घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा लिएको आग्रता जोगाउन नसक्दा रियल बराबरीमा रोकिएको हो । बुधबार राति घरेलु मैदानमा हुने दोस्रो लेगमा जित निकाले सिटी फाईलनमा इन्टर मिलान वा एसी मिलानविरुद्धको खेलमा पुग्ने छ । रियलले जित निकाले १५ औं उपाधि नजिक पुग्नेछ । प्रिमियर लिगमा आर्सनललाई पछि पार्दै शीर्ष स्थानमा रहेको सिटी एफए कपको फाइनल पुगिसकेको छ । सिटी अहिले सबै प्रतियोगितामा २१ खेलमा अपराजित छ, जसमा १७ जित स...