कटारीमा दुई दिने वृहत निःशूल्क स्वास्थ्य शिविर
पूर्णपुष्टि,वैशाख २६ । उदयपुरको कटारी नगरपाकिलामा दुई दिने वृहत निःशूल्क स्वास्थ्य शिविर सुरु भएको छ । बंगलवार नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले विहान शिविरको औपचारीक उद्घाटन गर्दै उक्त शिविर सुरु गरिएको हो । शिविरमा काठमाडौं मेडिकल कलेज ,सिनामंगल काठमाडौं र नोबेल मेडिकल कलेज , विराटनगरको प्राविधिक सहयोग रहेको छ ।
कटारी नगरपालिकाद्धारा आयोजिन उक्त शिविरमा मुटु, नशा, जनरल, प्रसुती तथा स्त्री, हाडजोर्नी, नाक कान घाँटी, छाला तथा यौन रोगको विशेषज्ञ डाक्टरहरुबाट उपचार सेवा निशुल्क रहेको छ । त्यसैगरी शल्यकृया, आँखा,बालरोग, दन्तरोग, मुटु जाँच ईसिजी, ईको मुटुको विशेष जाँच, भिडियो एक्सरे र ल्याब सम्बन्धि उपचार भईरहेको छ ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख श्रेष्ठले नगरपालिकाले स्वास्थ्य, शिक्षा, शुसासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।“स्वास्थ्यलाई प्रभावकारी बनाउन सुधार सहित कटारी ...









