Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

नेस्पेशद्धारा साइवर सचेतना समन्धी कार्यक्रम सम्पन्न

नेस्पेशद्धारा साइवर सचेतना समन्धी कार्यक्रम सम्पन्न

Breaking News 2, समाचार
बिज्ञान पराजुली उदयपुर,वैशाख २५ । नेपाल सामाजिक बिकास तथा जनसशक्तीकरण केन्द्र९नेस्पेक० उदयपुरको आयोजना र त्रियुगा नगरपालिका वडा न २ को सहयोगमा साइवर सचेतना समन्धी कार्यक्रम सम्पन्न गरिएको छ । पछिल्लो समय साइवर अपराधका घटना बढ्दै गएको र त्यसलाइ न्यूनीकरण गर्न जरुरी रहेको एक कार्यक्रमका सहभागीले बताएका छ्न । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक एस पि ग्यानेन्द्र फुयालले हिजो आज इन्टरनेटको लत भयंकर बस्ने गरेको र त्यस्लाइ सहि सदुपयोग गर्न नसक्दा साइवर अपराधको घटना बढ्ने गरेको बताउनु भयो।। एस पि फुयालले सामाजिक संजालको दुरुपयोग गरि , विभिन्न प्रलोभनमा पार्ने गिरोह नि सक्रिय रहेकोले कोहि कसैले चिठ्ठा , उपहार परो भनी कसैले ब्यक्तिगत बिवरण मागे त्यस्ता कुराको बिश्वास नगर्न आग्रह गर्नु भयो । त्यस्तै वडा न २ का अध्यक्ष घमानसिङ खत्री (धुर्ब)ले त्रिनपाको २ नम्बर वडा लागू पद...
बगाहमा उभौली साकेला भव्य

बगाहमा उभौली साकेला भव्य

Breaking News 1, समाचार
पूर्णपुष्टि,वैशाख २५ । निरन्तर एक महिना सम्म चल्ने उभौली पर्व (साकेला) उदयपुरमा किरात राई समुदायले उत्साहका साथ मनाईरहेको छ । किरात राई यायोख्खा त्रियुगा नगरपालिकाको आयोजनामा संञ्चालन हुँदै आएको साकेला सोमवार बगाहमा धुमधामका साथ मनाईयो । त्रियुगा गनरभरी रहेको १२ ओटा प्रारम्भी कार्यसमिति (प्रा.का.स) ले दैनिकी रुमा साकेला नाच्दै आएका छन् । गत वैशाखको २२ गते देखि उभौली पर्व सुरु भएपछि यति बेला देश बिदेशमा छरिएर बासोवास गर्ने किराँतीहरु साकेलमा व्यस्त देखिन्छ । त्रियुगा नगरपालिकामा भने शुक्रबार देखि बाबरीबाट साकेला नाचको प्रारम्भीक उद्घाट सँगै सुरु गरिएका थिए । त्यस पश्चात २३ गते चाप, २५ गते बगाह, २७ गते जोगिदह ३० गते मोतिगडा र बैशाखको अन्तिम ३१ गते भने बोक्सेको खसि बजारमा साकेला प्रदर्शन हुने भएको छ । यता जेष्ठको २ गते देखि जाल्पा चिलाउने हुँदै ४ गते बालुवाटार देउरी, ६ गते हडर, ९ गते स...
बलात्कार आरोपी पक्राउ गर्न गएको प्रहरीमाथि स्थानियको आक्रमण

बलात्कार आरोपी पक्राउ गर्न गएको प्रहरीमाथि स्थानियको आक्रमण

समाचार
पूर्णपुष्टि,बैशाख २५ । कालीकोटमा बलात्कार आरोपितलाई पक्राउ गर्न गएका प्रहरीमाथि स्थानियले आक्रमण गरेको छ । पलाँता गाउँपालिका–६ सैनमा ३१ वर्षीय संकल्प बुढालाई पक्राउ गर्न गएको प्रहरी सहायक निरीक्षक ९असई० नेतृत्वको प्रहरी टोलीमाथि आरोपितका आफन्तले आक्रमण गरेका हुन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधव काफ्लेले सोमबार विहान ४ बजेतिर बुढालाई पक्राउ गरी साढे ६ प्रहरीले हत्कडी लगाएर जिल्ला सदरमुकाम ल्याउने क्रममा स्थानीयले प्रहरी र पीडित महिलाका परिवारमाथि आक्रमण गरेको जानकारी दिए । उनका अनुसार बलात्कार आरोपि बुढा हतकडीसहित फरार भएको र खोजीको लागि जिल्ला प्रहरी कार्यालय र नजिकका प्रहरी चौकीबाट थप प्रहरी टोली खटाइएको छ । आक्रमणबाट इलाका प्रहरी कार्यालय पलाँताका प्रहरी सहायक निरिक्षक (असई) लक्ष्मी ढुंगेल रावत र पीडित परिवारका सदस्य घाइते भएको जिल्ला प्रहर...
उदयपुरका अनुप भण्डारी पोखराको बेगनास तालमा मृत फेला

उदयपुरका अनुप भण्डारी पोखराको बेगनास तालमा मृत फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि,वैशाख २५ । पोखरामा उदयपुरका एक युवक मृत फेला परेका छन् । पोखराको बेगनास तालको किनारामा उदयपुर घर भएका ३१ बर्षीय अनुप भण्डारी मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार विकले सोमबार बिहान साढे ८ बजेको समयमा बेगनास तालको किनारमा घोप्टो परेको अवस्थामा फेला परेको जानकारी दिए । उनका अनुसार भण्डारी परराष्ट्र मन्त्रालयको राहदानी विभागको भेरिफिकेशन काउन्टरमा कार्यरत नायब सुब्बा हुन् । उनको मृत्युको कारण खुलीनसकेको र यस घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
बेलका नगरप्रमुख कार्कीद्धारा आकास्मिक उपचार र छात्रवृत्ति कोष स्थापनाको घोषणा

बेलका नगरप्रमुख कार्कीद्धारा आकास्मिक उपचार र छात्रवृत्ति कोष स्थापनाको घोषणा

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख २५ । उदयपुरको बेलका नगरपालिकाका मेयर अशोका कार्कीले आफ्नो विवाह खर्च जोगाएर आकास्मिक उपचार र छात्रवुत्ति कोष स्थापना गर्ने घोषण गरेका छन् । मेयर कार्कीले सामाजिक सञ्जाल फेसबुक मार्फत बुबा स्व. पुष्पबहादुर कार्की र माता तुलसा कार्कीको नाममा कोष स्थापना गर्ने जानकारी दिएका हुन् । अती विपन्न परिवारका सदस्यहरु बिमारी हुँदा खर्चको अभावका कारण ज्यान गुमाउनुपर्ने बाध्यतालाई केही न्युनकरण गर्ने उदेश्यका साथ कोष स्थापना गर्ने बताए । उनले गरिब तथा जेहेन्दार विद्यार्थीहरुको अध्यापनका लागि उपचार खर्च र छात्रवृत्ति कोषका लागि बेलका नगर अस्पताल र नारायण देव जी मावि आम्बासीमा पुष्पतुलसी कार्की अक्षय कोष स्थापना गर्ने जनाए । उनले कुमारी बैक रामपुरमा फिक्स डिपोजिट गरी उक्त रकमको ब्जायबाट प्राप्त हुने रकमले औषधी उपचार र छात्रवृत्ति प्रदान गर्ने बताएका छन । यद्यपी कति रकमको अक्षय कोष...
ढाकाकुमारले सांसदमा पुनर्वहालीको माग सहित दिएको रिटको सुनुवाई आज

ढाकाकुमारले सांसदमा पुनर्वहालीको माग सहित दिएको रिटको सुनुवाई आज

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख २५ । ढाकाकुमार श्रेष्ठले उच्च अदालतमा सांसदमा पुनर्वहालीको माग सहित दिएको रिटको आज सुनुवाई हुने भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद र पार्टी साधारण सदस्य समेत नरहने गरी कार्बाही गरेको थियो । आइतबार सर्वोच्चमा श्रेष्ठले हालेको रिटको सोमबार सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा यो मुद्दाको सुनुवाइ हुन लागेको हो । मन्त्री हुनलाई मेडिकल व्यवसायी प्रसाईंसँग पैसा मागेको श्रेष्ठलाई सांसदबाट हटाइएको सूचना सभामुख देवराज घिमिरेले संसदमा पढेर सुनाइसकेका छन्।...
त्रिनपा १६ को दोस्रो चौमासिक समिक्षा सम्पन्न, प्रगति तथा उपलब्धीहरु सार्वजानिक

त्रिनपा १६ को दोस्रो चौमासिक समिक्षा सम्पन्न, प्रगति तथा उपलब्धीहरु सार्वजानिक

Breaking News 1, समाचार
पूर्णपुष्टि, २५ वैशाख । त्रियुगा नगरपालिका वडा नं १६ ले आफ्नो दोस्रो चौमासिक समिक्षा आईतबार वडा कार्यलयमा सम्पन्न गरेको छ । चौमासिक अवधिमा हासिल भएको प्रगतिको समिक्षा, आगामी योजनालाई प्रभावकारी ढंगले कार्यन्वयनका लागि सल्लाह सुझाव र भएको प्रगतिलाई सार्वजानिक गर्ने समिक्षाको मुख्य उदेश्य रहेको वडाले जनाए । वडावासीहरु र सम्बन्धित निकायहरुको बृहत उपस्थितिका बिच कार्यालयले बिभिन्न महत्वपूर्ण उपलब्धीहरु सार्वजानिक गर्दै समिक्षा गरिएका वडाअध्यक्ष मान वहादुर राईले जनाए । वडाअध्यक्ष राईले चार महिना भित्र वडामा भएको उपलब्धी, प्राथामिकतामा राखिएको योजना, आगामी योजना कार्यक्रम, आर्थिक बर्ष २०७९÷०८० को बिषयगत योजना, बजेट बिवरण र चुनौती बारे प्रतिवेदन मार्फत प्रस्तुत गरे । राईले वडामा बिभिन्न चुनौतीहरुबिच पनि वडाले विकासमा फड्को मारेको पनि दावी गरे । वडावासीको आवश्यक समस्याहरु सडक, विद्युत, खान...
श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख २५ । झापामा श्रीमानको हत्या आरोपमा श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका ३ की ४५ बर्षीया सनिता कार्की रहेकी छन् । उनीमाथि आफ्नै श्रीमान ५३ बर्षीय टेक बहादुर कार्कीको हत्या गरेको आरोप छ । श्रीमान र श्रीमती बिच यही बैशाख ८ गते घरायसी बिषयमा बादबिबाद हुँदा श्रीमतीको कुटपिटबाट घाईते भएका कार्कीलाई उपचारको लागी प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । उपचार पश्चात घर ल्याएको कार्कीको बैशाख २४ गते बिहान घरमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको मृत्यु भएपछि ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सुनिता कार्कीलाई पक्राउ गरेको हो । पक्राउ परेका कार्कीको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।...
न्युकासलमाथि आर्सनलको जित, उपाधि होड रोमाञ्चक बन्दै

न्युकासलमाथि आर्सनलको जित, उपाधि होड रोमाञ्चक बन्दै

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख २५ । इंगलिस प्रिमियर लिग तालिकाको दोस्रो स्थानमा रहेको आर्सनलले न्युकासल युनाइटेडमाथि जित निकालेको छ । आर्सनलले जितसँगै शिर्ष स्थानको सिटीसँग अंक दुरी एकमा घटाएको छ । आइतबार राति न्युकासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा भएको खेलमा आर्सनलले ०–२ गोलमा जित हासिल गरेको हो । खेलको १४ औं मिनेटमा जर्गिन्होको असिस्टमा कप्तान मार्टिन आडेगार्डले गोल गर्दै आर्सनललाई आग्रता दिलाएका थिए भने एक गोल उपाहार पाएको थियो । खेलको ७१ औं मिनेटमा ओडेगार्डको प्रहारलाई जोगाउन खोज्दा फावियन सारबाट आत्मघाती गोल भएको थियो । जितसँगै आर्सनलको ३५ खेलबाट ८१ अंक भएको छ भने एक खेल कम खेलकोको म्यान्चेष्टर सिटीको ८२ अंक छ । आर्सनलसँग हारेको न्युकासलको ३४ खेलबाट ६५ अंक सहित तेस्रो स्थानमा छ भने म्यान्चेष्टर युनाइटेड ३४ खेलबाट ६३ अंकसहित चौथो स्थानमा छ । अब लिगमा सिटीले चार र आर्सनलले तीन खेल खेल्...
भारतमा पर्यटक चढेको डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु

भारतमा पर्यटक चढेको डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि,वैशाख २५ । छिमेकी मुलुक भारतको केरलालमा पर्यटकहरु चढेको डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । गएराति समुद्री तट नजिक मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरमा डुंगाा दुर्घटना हुँदा २१ जनाका मृत्यु भएको हो । डुंगा दुर्घट्नामा मृत्यु हुने धेरेजसो बालबालिकाहरु छन् । विद्यालय छुट्टीमा ४० जनाको समुह घुम्न आएकाहरु दुर्घटनामा परेको र दुर्घटनास्थलबाट २१ वटा शव बाहिर निकालिएको केरला राज्यका एकजना मन्त्री वी अब्दुराहमानले जानकारी दिएका छन् । दुर्घटना स्थलमा गएरातिदेखि आज बिहानसम्म पनि खोज तथा उद्धार कार्य जारी छ । प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र केरलाका मुख्यमन्त्री पिनराई विजयनले घटनाप्रति दुःख व्यक्त गरेका छन् । साथै सरकारले मृतकका परिवारलाई दुई लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने घोषणा गरेको छ ।...