Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

२२७ किलो गाजाँ सहित ट्रकचालक र सहचालक पक्राउ

२२७ किलो गाजाँ सहित ट्रकचालक र सहचालक पक्राउ

समाचार
पूर्णपुष्टि,बैशााख २१ । धरानमा २२७ किलो गाजाँ सहित ट्रकचालक र सहचालक पक्राउ परेको छ । पक्राउ पर्नेमा ट्रक चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका– ६ सिँधुवाका ३४ वर्षीय चन्द्र थापा क्षेत्री र सहचालक छथरजोरपाटी – २ ओख्रेका २८ वर्षीय चूणामणि कटवाल रहेका छन् । बिहिबार बिहान साढेँ १ बज धरान उपमहानगरपालिका–१३ स्थित शिवधारा चेकप्वाइन्टमा शसस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानबाट खटिएको टोलीले प्रदेश १–०२–००१ ख ९४८९ नम्बरको मिनी ट्रकलाई चेकजाँच गर्ने क्रममा गाजाँ बरामद गरेको सशस्त्र प्रहरी बलका कोशी प्रदेश प्रमुख डीआईजी अन्जनीकुमार पोखरेलले जानाकारी दिए । पक्राउ परेका ट्रक चालक र सहचालकलाई थप अनुसन्धान तथा कारबाहीको लागी ईलाका प्रहरी कार्यालय धरान पठाईएको सशस्त्र प्रहरी बल सुनसरीका प्रहरी उपरीक्षक लकेशकुमार तुम्बाहाम्फेले बताए ।...
लालपत्ता प्रहरी प्रमुख निरौला चैत्र महिनाको उत्कष्ट प्रहरी घोषित, लागुऔषाध नियन्त्रणमा मुख्य भुमिका

लालपत्ता प्रहरी प्रमुख निरौला चैत्र महिनाको उत्कष्ट प्रहरी घोषित, लागुऔषाध नियन्त्रणमा मुख्य भुमिका

Breaking News 1, समाचार
पूर्णपुष्टि, २१ वैशाख । उदयपुर लालपत्तामा कार्यरत रोशन निरौला चैत्र महिनाको उत्कृष्ट उदयपुर प्रहरी घोषित भएको छ । निरौलालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले चैत्र महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो । उनले सिमानामा हुने अपराधिक क्रियाकलाप, सिमानाका कटाएर भित्रिने अबैध सामान र बिषेशगरी लालपत्ता सिमाना हुँदै भित्रिने लागुऔषाध कारोवार नियन्त्रणमा ठुलो भुमिका खेलेको उल्लेख गरिएको छ । उत्कष्ट प्रहरीको घोषणा गर्दै भनिएको छ, विभागिय मुल्य–मान्यता, आदेश, निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै लागु औषध नियन्त्रण अभियान “ CAN ” को कार्ययोजना अनुसार मधेश प्रदेशसँग सिमाना जोडिएको प्रहरी चौकी लालपत्ता उदयपुरमा अस्थाई होल्डिङ सेन्टर स्थापना गर...
आज नृसिंह जयन्ती मनाइँदै

आज नृसिंह जयन्ती मनाइँदै

समाचार
पूर्णपुष्टि,वैशाख २१ । वैदिक सनातन हिन्दू धर्मअनुसार आज नृसिंह जयन्ती मनाइँदै छ । नृसिंह अवतार भगवान् विष्णुको चौँथो अवतार हो । दैत्यराज हिरण्यकश्यपुको ‘बध’ गरी भक्त प्रह्लादको उद्धार गर्नका निमित्त विष्णु भगवान्ले नृसिंह अवतार धारण गर्नुपरेको विभिन्न पुराणमा उल्लेख गरिएको छ । हाम्रा धार्मिक ग्रन्थलाई साक्षी राख्दा भगवान बिष्णुले चौबिस अवतार लिनुभएको छ । जसमध्ये नृसिंह अवतार पनि एक हो । नृसिंह अवतार लिएर भगवान पृथ्वीमा अवतरित हुँदा बैशाख शुक्ल पक्षको चतुर्दशी तिथि रहेको थियो । कश्यप ऋषि र दितिका छोरा हिरण्याक्ष र हिरण्यकशिपु हुन् । हिरण्याक्षको वध वराह भगवानले जलबाट यस धराधामलाई उद्दार गर्ने क्रममा गर्नुभएको थियो । त्यसैको प्रतिशोध लिनलाई हिरण्यकशिपुले ठुलो तप गरि ब्राह्माजीसँग अमरत्वतुल्य वर पाएको थियो । शक्ति पाएपछि उसले आफ्नो लक्ष्य प्राप्तिमा लाग्यो । सोहि अनुरुप कार्य गर्दै थि...
वेस्ट ह्यामलाई हराउँदै शिर्ष स्थानमा सिटी, हालाण्डको किर्तिमानी गोल

वेस्ट ह्यामलाई हराउँदै शिर्ष स्थानमा सिटी, हालाण्डको किर्तिमानी गोल

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख २१ । इङ्लिस प्रिमियर लिगमा आर्सनललाई पछि पार्दै म्यानचेष्टर सिटी शिर्ष स्थानमा उक्लिएको छ । गएराति लिग अन्तर्गत वेस्ट ह्यामलाई ३–० गोलले पराजित गर्दै सिटी तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलको पहिलो हाफ बराबरी खेलको सिटीले दोस्रो हाफमा आक्रमक खेल प्रस्तुत गरेको थियो । खेलको ५० औं मिनेटमा नाथन एकेले फ्रिकिक बाट गोल गर्दै सिटीलाई आग्रता दिलाएको थियो । खेलको ७० औं मिनेटमा हालाण्डले उत्कृष्ट गोल गर्दै टोलीको अग्रता दोब्बर पारे भने खेलको ८५ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको जित निश्चित गरेको हो । वेस्ट ह्यामविरुद्ध गोल गरेका हालाण्डले प्रिमियर लिगको एकै सिजन सर्वाधिक गोल गर्ने किर्मिमान बनाएका छन् । उनले जारी सिजनको ३३ खेलबाट ३५ गोल गरिसकेका छन् । यसअघि प्रिमियर लिगमा सार्वाधिक गोल गर्ने किर्तिमान एन्डी कोल र एलन शेररको नाममा रहेको थियो ...
बेलकामा बच्चा जन्माउन नसकेर महिलाको मृत्यु

बेलकामा बच्चा जन्माउन नसकेर महिलाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, २१ वैशाख । जिल्लाको बेलका नगरपालिकामा एक महिलाको सुत्केरी हुन नसकेर ज्यान गएको छ । नगरपालिका वडा नं ९ की १९ बर्षिया प्रमिला बस्नेतको बच्चा जन्माउन नसक्दन ज्यान गएको हो । मंगलबार सुत्केरी व्याथा लागेर घरमै बसेकी प्रमिलालाई धेरै समस्या भएपछि उपचार गर्न विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना गरेका थिए। तर बस्नेतको हस्पिटलमा बुधबार मृत्यु भएको मृतककी पति दिपक बस्नेतले बताए । पहिलो बच्चा जन्माउने क्रममा प्रमिलाको मृत्यु भएको परिवारले जनाएको छ । गर्भवतीको मृत्यु भएपछि बस्नेत परिवार शोकमा डुबेको छ । गर्भवतीको मृत्यु भएको घटनाको बारेमा बेलका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद मिश्रले थाहा नभएको भनेर पन्छिएका छन । घटना बारे बुझ्दा गर्भवतीको मृत्युको बारेमा कहिलेकाही यस्ता घटना घट्न सक्ने तर बेलकाको घटना आफूलाई थाहा नभएको शाखा प्रमुख मिश्रले बताए । उनले भने ‘म बाहिर छु, कमल ...
मोरङमा जिप दुर्घटना दुईको मृत्यु, एक घाईते

मोरङमा जिप दुर्घटना दुईको मृत्यु, एक घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख २१ । मोरङको लेटाङमा जिप दुर्घटना भएको छ । लेटाङ नगरपालिका–७ भिरिङखामा जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । मृत्यु हुनेमा जिप चालक मोरङको पथरीशनिश्चरे नगरपालिका घर भएका ३० वर्षीय मनोज दियाली र जीपमा सवार लेटाङ– ३ का ७४ वर्षीय जीवन श्रेष्ठ रहेका छन् । बुधबार साँझ भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आइरहेको प्रदेश १–०२–००१ ज ३९५३ नम्बरको जीप दुर्घटना भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार जिप सडकबाट करिब दुई सय मिटर तल खसेको हो । दुर्घटनामा परी गम्भिर घाईते भएका दियाली र श्रेष्ठको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राति ९ बजेतिर मृत्यु भएको हो । त्यस्तै अर्का गम्भीर घाइते भएका लेटाङ– ६ का ५५ वर्षीय रुद्र लम्सालको सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जन...
बसाहको नारद आदर्श शिक्षा क्याम्पसले विद्यार्थी भर्ना अभियानमा तिव्रता

बसाहको नारद आदर्श शिक्षा क्याम्पसले विद्यार्थी भर्ना अभियानमा तिव्रता

Breaking News 1, समाचार
पूर्णपुष्टि,वैशाख २० । उदयपुरको बसाहमा अवस्थित नारद आदर्श शिक्षा क्याम्पसले नयाँ विद्यार्थी भर्ना अभियानलाई तिव्रता दिएको छ । आगामी वैशखा २६ गते देखि देशभरका क्याम्पसहरुमा कक्षा १२ को बार्षिक परिक्षा हुन लाग्दा उक्त परिक्षा सञ्चालन हुनअघि क्याम्पस प्रमखु राजा कुमार राई पुर्व क्याम्पस प्रमुख धुर्व राई, क्याम्पस स्वब्यु सभापती केवल तमाङ, स्वब्यु कोषाध्य्क्ष लोकेश राउत र चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा,बेलाका नगरपालिका संचालित प्लस टु बिद्यालयमा पुगेर बिधार्थी संग अन्तर्कृया कार्यक्रमको आयोजना गर्दै विद्यार्थीहरुलाई क्याम्पसमा भर्ना हुन आग्रह गरिएको थियो । विद्यार्थी भर्ना अभियानमा लागेका नगर प्रमुख लामाले आफु क्याम्पसको अभिभावको हैसियतले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियान सहित चौदण्डीगढीका सबै प्लस टु विद्यालयमा पुगिसकेको बताएका छन् । त्रिभुवन विश्वबिधालयले...
आज विश्व प्रेस स्वतन्त्रता दिवस

आज विश्व प्रेस स्वतन्त्रता दिवस

समाचार
पूर्णपुष्टि,वैशाख २० । आज ३ मे अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस । पूर्ण प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न तथा प्रेस स्वतन्त्रता नखोसियोस् भन्ने उद्देश्यसहित विभिन्न कार्यक्रम गर्दै नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ । ‘स्वतन्त्र एवम बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइन्छ । संयुक्त राष्ट्र संघीय निकाय युनेस्कोको आयोजनामा नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले उक्त घोषणापत्र जारी गरेको थियो । सोही घोषणा पत्र जारी गरेको दिनको सम्झनामा सन् १९९३ देखि हरेक वर्ष यो दिवस पत्रकारहरूले उत्सवको रुपमा मनाउँदै आएका छन् । यो वर्षका लागि युनेस्कोले ‘भविष्यको अधिकार सुनिश्चितता स् मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता’ नारा तय गरेको छ । नागरिकले आफूलाई अभिव्यक्त गर्न सक्यो भने मात्र उसले सबै प्रकार...
घरेलु टोली गाईघाटलाई हराउँदै मोरङ सेमिफाइनलमा प्रवेश

घरेलु टोली गाईघाटलाई हराउँदै मोरङ सेमिफाइनलमा प्रवेश

Breaking News 1, खेलकुद
पूर्णपुष्टि,वैशाख १९ । उदयपुरको गाईघाटमा जारी उप–मेयर महिला फुटबल प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेल सकिए संगै PSWC पथरी मोरङ सेमिफाइनलमा प्रवेश गरेका छन् । मंगलवार त्रियुगा नगरपालिकामा अवस्थित थरुहट रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली गाईघाट फुटबल क्लव उदयपुरलाई १ को विरुद्ध २ गोल गर्दै पथरी मोरङले सेमिफाइनलको यात्रा सुरक्षित गरेका हुन् । दिनको ३ः३० बजेबाट सुरु भएको प्रतियोगितामा गाईघाटका तर्फबाट पहिलो हाफको ७औँ मिनेटमा जर्सि नं.९का खेलाडि मनिता तामाङले उत्कृष्ट गोल गर्दै टिमकालागि खाता खेल्न सफल भएका थियो । दुवै तर्फका खेलाडिहरुको काउन्टर एट्यकीङ खेल चलिरहँदा दोस्रो हाफको ५१औ मिनेटमा मोरङको तर्फबाट जर्सी नं.९का खेलाडि सुप्रिया मियाँले जवाफी गोल फर्काउदै खेललाई बरावरीमा ल्याएकि थिइन् । त्यसको ८५औँ मिनेटको खेलमा मियाँले पुःन गोल गर्दै टिमकालागि २–१को नतिजा दिलाएकी हुन् ।...
बालिकामाथि जबरजस्ति करणी गरी फरार भएका युवक पक्राउ

बालिकामाथि जबरजस्ति करणी गरी फरार भएका युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १९ । जबरजस्ति करणी मुद्धाका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्जु गाउँपालिका–१ का २६ बर्षीय प्रेम बहादुर गुरुङ रहेका छन् । २०७९ असार महिनामा १० बर्षीया बालिकालाई जबरजस्ति करणी गरी घटनास्थलबाट नै फरार रहेका गुरुङलाई ईलाका प्रहरी कार्यालय दुहवीले पक्राउ गरेको हो । गुरुङलाई यही बैशाख १४ गते दाङको तुलसीपुरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका गुरुङको सम्बन्धमा ईलाका प्रहरी कार्यालय दुहवीबाट थप अनुसन्धान भईरहेको छ ।...