Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

सरकारमा सहभागी हुने नहुने बारे छलफलका लागी रास्वपाको बैठक बस्दै

सरकारमा सहभागी हुने नहुने बारे छलफलका लागी रास्वपाको बैठक बस्दै

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी हुने नहुने बारे छलफलका लागी आज बैठक बस्दैछ । शुक्रबार साँझ ५ बजे पार्टी कार्यालय बसुन्धरामा बस्ने केन्द्रीय समिति र संसदीय दलको बैठकमा सरकारमा सहभागी हुने नहुने बारे छलफल गरिने सहप्रवक्ता कविन्द्र बुर्लाकोटीले जानकारी दिए। उनका अनुसार आजको बैठकमा सरकारसँग सम्बन्धित विषयमा छलफल हुनेछ । गत सोमबार बसेको रास्वपाको केन्द्रीय समिति र पार्टी संसदीय दलको बैठकमा सभापती रवी लामिछानेले प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागीका लागी प्रस्ताव गरेको ब्रिफिङ गरेका थिए । आजको बैठकले सरकारमा सहभागी हुने वा प्रतिपक्षमा बस्ने भन्ने बिषयको निर्णय लिने केन्द्रिय सदस्यहरुले बताए । सरकारमा सहभागीका लागी रास्वपाले पहिला पाएकै मन्त्रालयहरु पाउनु पर्ने अडान लिएको छ । रास्वपाको (उपप्रधानसहित गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रो...
आज २५६७औं बुद्ध जयन्ती मनाइँदै

आज २५६७औं बुद्ध जयन्ती मनाइँदै

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख २२ । आज २५६७औं बुद्ध जयन्ती मनाइँदै छ । बैशाख शुक्ल पूर्णीमाको दिन भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका सिद्धार्थ गौतमको २५६७औँ जयन्ती बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएका योगदानको स्मरणस्वरूप यस पर्व मनाईने गरिएको हो । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट राजकुमारका रुपमा वैशाख शुक्ल पूर्णिमाका दिन जन्मिएका सिद्धार्थ गौतमको (मृत्य) पनि बैशाख शुक्ल पूर्णिमाकै तिथिमा भएको थियो । सोही कारण यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६७औँ...
आजबाट मौसममा सुधार, केही पहाडी भु–भुगमा सामान्य बदली हुने

आजबाट मौसममा सुधार, केही पहाडी भु–भुगमा सामान्य बदली हुने

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख २२ । आजबाट मौसममा सुधार आउने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण बदली र वर्षात् भइरहेको जानकारी दिएको छ । शुक्रबार पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती, कोशी लगायतका अन्य प्रदेशका केही पहाडी भु–भागमा समान्य बदलीदेखी वर्षा हुने र बाकीँ भु–भागमा भने मौसम सफा रहने मौसमविद् गोविन्दकुमार झाले बताए । उनका अनुसार कोशी र वाग्मती प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानहरूमा मेघ गर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना देखिनेछ । अहिले प्रिमनसुनको अवधि भएकाले बदली र वर्षाको सम्भावना देखिएको हो।...
म्यारोडोना युगपछि नापोलीले पाहिलो पल्ट जित्यो सिरी ए को उपाधी

म्यारोडोना युगपछि नापोलीले पाहिलो पल्ट जित्यो सिरी ए को उपाधी

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख २२ । अर्जेन्टिनाका महान फुटबलर डिएगो म्यारोडोना युगपछि पहिलो पल्ट नापोलीले इटालिएन सिरी ए को उपाधि जितेको छ । १९८९ र १९९० मा म्यारोडोनाको पालामा उपाधि जितेको नापोलीले ३३ बर्षपछि उपाधि जित्न सफल भएको हो । उपधिका लागी एक अंक आवश्यक रहेको नापोलीले उडिनेससँग १–१ को बराबरी खेल्दै उपाधि उचालेको हो । उडिनेसले घरेलु मैदानमा भएको खेलको १३ औं मिनेटमा आग्रता लिएपनि खेलको ५२औं मिनेटमा नपोलीले बराबरी गर्दै उपाधि जितेको हो ।...
आज किरात समुदायको मुख्य पर्व उभौलीसँगै नयाँ वर्ष सुरु

आज किरात समुदायको मुख्य पर्व उभौलीसँगै नयाँ वर्ष सुरु

समाचार
पूर्णपुष्टि,वैशाख २२ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाउँदै छन् । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहेका कीर्तिकुमार दूमी राईले जानकारी दिए । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गी लगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको उहाँले बताउनुभयो । य...
उप-मेयर गोल्ड कप : अन्तिम सेमिफाईनलमा सप्तरीलाई हराउँदै मोरङ फाईनलमा प्रवेश

उप-मेयर गोल्ड कप : अन्तिम सेमिफाईनलमा सप्तरीलाई हराउँदै मोरङ फाईनलमा प्रवेश

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,वैशाख २१ । उदयपुरको गाईघाटमा जारी प्रथम उप–मेयर महिला फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा NBYC सप्तरीलाई हराउँदै PSWC मथरी मोरङ फाईनलमा प्रवेश गरेको छ । बिहिबार त्रियुगा नगरपालिकाको थरुहट रंहशालामा भएको अन्तिम सेमिफाइनल खेलमा सप्तरीलाई ० को विरुद्ध १ गोल गर्दै पथरी मोरङ फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिता दिनको ४ः३० बजे देखि सुरु भएको खेलमा मोरङका तर्फबाट जर्सि नम्बर ९ का खेलाडि सुप्रिया मियाले उत्कृट खेल प्रदर्शन गर्दै पहिलो हाफको २९औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । निकै प्रतिस्पर्धात्मक अन्तिम सेमिफाइलन खेलको निर्धारित समय सम्मको पहिलो र दोस्रो हाफ सम्म पनि सप्तरीको तर्फबाट भने जवाफि गोल गर्न नसक्दा मोरङले फाइनलको ढोका ढक–ढकाउँन पुगेको हो । खेलको अवधि भरी उत्कृट खेल प्रदर्शन गर्दै गोल गर्ने मियाँले Women of the match संगै नगद रु,२ हजार प्राप्त...
देउरीमा निःशुल्क स्वास्थ्य शिविर हुने

देउरीमा निःशुल्क स्वास्थ्य शिविर हुने

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २१ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ५ देउरीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । यही बैशाख २४ गते स्वास्थ्य चौकी देउरीमा ५ नं वडाले आयोजना गर्न लागेको शिविर विराट मेडिकल कलेजको प्राविधिक टोलीको बिशेष सहयोगमा सञ्चालन हुने भएको छ । अस्पतालका सूचना तथा संचार अधिकृत कैलाश भट्टराईले आईतबार आयोजना हुने शिविरमा मुटु, पाठेघर, छाला तथा यौन रोग, नाक, कान, घाँटी, दम सम्बन्धि भिडियो एक्सरे, फिजिसियन, इसिजी, इको सेवा प्रदान गरिने बताएका छन् । आधा दर्जन विशेषज्ञ चिकित्सकहरुबाट शिविरमा सेवा दिईने भट्टराईले बताए । वडा अध्यक्ष उद्धव थापाले गाउँघरमा लुकाएर राखिएका विरामीलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने हेतुले शिविरको आयोजना गर्न लागिएको बताएका छन् । ५ नं वडा बाहेकका अरु वडाका नागरिकहरुले समेत शिविरबाट सेवा लिन सकिने उनले बताए । खासगरी गरिब जनता जो उपचारको लागी...
नगरपालिकाको बेतिथी बिरुद्ध बेल्टारमा जुलुस प्रदर्शन, मेयर कालु लामाको राजीनामा माग

नगरपालिकाको बेतिथी बिरुद्ध बेल्टारमा जुलुस प्रदर्शन, मेयर कालु लामाको राजीनामा माग

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,वैशाख २१ । चौदण्डीगढी नगरपालिकाले बेतिथि मच्याएको भन्दै सरोकारवालाको सर्वपक्षीय, सर्वदलीय समूहले बेल्टार बजारमा जुलुस प्रदर्शन गर्दै मेयरकालुमान लामाको राजीनामा माग गरेका छन् । नगरमाकर्मचारी नियुक्तीमा घुसकाण्ड बाहिरिएको, राजनिति नियुक्त बढेको, सेवा प्रवाह प्रभावकारी नभएको, नदिजन्यपदार्थ उत्खनमा हिना मिना, जग्गा नापीको काम अगाडि नबढाएको, कृषि र पशुको कार्यक्रममा कमिसन लिइ एनजिओलाई सम्पेको लगायतका आरोप छ । तत्काल वेतिथि रोक्न कदम नचालिए बजार बन्ददेखि पालिका तालाबन्दी र आमहड्ताल सम्मको आन्दोलन गर्ने जनाएका छन् । केहीदिन अघि मेयर लामाका स्वकीय सचिवले जागीरको आश्वसनमा चारजनाबाट डेड लाखको दरले घुुस लिएको अडियो सार्बजनिक भएको थियो । उनिहरुले नगरपालिकाको बेतिथि बढाउने जिम्मेवारी व्यक्ति कालुमान लामाले तत्काल राजिनामा दिनु पर्ने समेत अडान राखेका छन् ।...
बाजुराको विछिया केन्द्रविन्दु भई फेरि भूकप्मको धक्का महसुस

बाजुराको विछिया केन्द्रविन्दु भई फेरि भूकप्मको धक्का महसुस

समाचार
पूर्णपुष्टि,वैशा २१ । पछिल्लो समय बाजुरा जिल्लामा एक पछि अर्कोको गरि भुकम्पको धक्का महसुस भएको छ । आज बिहिवार बाजुराको बिछिया केन्द्रविन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार दिउँसो १ः१७ बजे ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि वैशाख १५ गते पनि जिल्लाको दहकोट केन्द्रविन्दु भइ तीनपटक भूकम्पको धक्का महसुस गरिएको थियो ।...
उदयपुरकी संजिता वि.क द भ्वाई किड्सको अन्ति १६ मा, भोटको अपिल

उदयपुरकी संजिता वि.क द भ्वाई किड्सको अन्ति १६ मा, भोटको अपिल

Breaking News 1, समाचार
पूर्णपुष्टि, २१ वैशाख । उदयपुरकी संजिता बि.क द भ्वाईस अफ किडस् सिजन २ को अन्तिम १६ मा पूग्न सफल भएकी छिन् । उदयपुर रौतामाई गाउँपालिका ३ लाफागाउँ घर भएकी संजिता डिजिटल, व्लाईन्ड र ब्याटल हुँदै लाईफ सो को अन्तिम १६ मा उत्रिएकी हुन् । उनी टिम प्रविशामा छिन् । कौशिका मावि धर्मे स्थित कक्षा ८ मा अध्यानरत बि.कले कुनै पनि सांगितिक क्लास लिएकी छैन्न् । बिकट भुगोलकी संजिताले संगित सिक्ने अवसरहरु पाउन चुनौतिको कुरा हो । उनले सम्पूर्ण उदयपुर दर्शक प्रति भोटको अपिल गरेकी छिन् । आफ्नो जित उदयपुर र नेपाली सांगितक क्षेत्र र दर्शकहरुको जित रहेको भन्दै उदयपुरको गौरबको निम्ति पनि आफुलाई भोट गर्न अनुरोध गरिन् । उनले अब टप ८ को लागि दर्शकहरुको धेरैभन्दा धेरै भोट चाहिएको भन्दै भोट गर्न अपिल गरिन् । संजितालाई भोट गर्न खल्ती एपको प्रयोग गर्न सकिने छ ।...