Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

लिम्चुङबुङको एभरेष्ट भ्यु टप बाट देखिने मनोरम हिमशृङखला : तस्विर सहित

लिम्चुङबुङको एभरेष्ट भ्यु टप बाट देखिने मनोरम हिमशृङखला : तस्विर सहित

Breaking News 1, पर्यटन, समाचार
पूर्णपुष्टि, २३ वैशाख । पर्यटनको नयाँ गन्तव्यको रुपमा पछिल्लो समय चर्चा बन्दै गएको लिम्चुङबुङ गाउँपालिकाको एभरेष्ट भ्यु टपमा हिमाल हेर्नेको आकर्षण बढ्दै गएको छ । कुनै समय गुमनाम रहेका उक्त ठाउँमा आज पर्यटकहरुको भिँडभाँड लाग्न थालेको छ । त्यस ठाउँबाट नेपालमा रहेको आठ हजार भन्दा माथिको सगरमाथा सहित ६ ओटा अग्ला हिमाललाई नजिक बाट हेर्न सकिन्छ ।...
डिभीको नतिजा आज राति ९:४५ बजे आउँदै,यस्तो छ हेर्ने तरिका

डिभीको नतिजा आज राति ९:४५ बजे आउँदै,यस्तो छ हेर्ने तरिका

समाचार
पूर्णपुष्टि,वैशाख २३ । अमेरिकी इलेकट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को रिजल्ट आज राति आउँदै छ। अमेरिकी प्रशासनका अनुसार मे ६ अर्थात आज राती ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो । यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्‍यो कि परेन भन्ने थाहा हुने अमेरिकन डिभी शाखाले जानकारी दिएको छ । डिभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका सबन्धित वेभसाइटमा गएर आफ्नो कन्फर्मेशन नम्बर राख्नु पर्दछ। त्यसबाट डिभी परे नपरेको थाहा हुन्छ । डिभीको नतिजा https://www.dvlottery.state.gov/ मा हेर्न सकिने छ ।...
उदयपुरका युवा गायक टम्पशेर राईको ‘उनको याद’ सार्वजनिक

उदयपुरका युवा गायक टम्पशेर राईको ‘उनको याद’ सार्वजनिक

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,वैशाख २३ । बिगत लामो समय देखि सांगितिक क्षेत्रमा एक पछि अर्को सफल गित दिँदै आएका उदयपुरका युवा गायक तथा संगितकार टम्पशेर राईको नयाँ म्युजिक भिडियो ‘उनको याद’ सार्वजनिक भएको छ । शुक्रबार देवदत क्रियसन युटुव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा टम्पशेर राईकै शव्द संगित र स्वरमा सुन्न सकिन्छ । उक्त गितलाई आमोस तामाङले एरेन्ज गरेका छन् । भिडियोमा एक प्रेम जोडिले जन्मदिनको अवसरमा आफ्नो प्रेमीलाई मायाँको चिनो रातो पछेउरी दिएको हुन्छ । समय बित्दै जाँदा ती प्रेम जोडि एक आपसमा बिछोडिएको दुश्य देख्न सकिन्छ । दृश्यको अन्तमा एक अर्कामा बिछोड हुँदाको पिडा प्रस्तुत गरिएको छ । गायक तथा संगितकार राई सांगितिक क्षेत्रमा आउँनु अघि जिल्लाको गाईघाटमा रहि बिभिन्न रेडियो, पत्रपत्रीका अन्य अनलाईनहरुमा संञ्चकर्मीको रुपमा काम गर्दे आएका थिए । उनले यस अघि दर्जनौ गितहरु नेपाली दर्शक श्रोताहरुलाई दिई ...
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो प्रदेश बैठक उदयपुरमा सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो प्रदेश बैठक उदयपुरमा सम्पन्न

राजनीति, समाचार
पूर्णपुष्टि,वैशाख २२ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उदयपुरको गाईघाटमा पहिलो प्रदेश बैठक सम्पन्न गरेको छ । शुक्रबार गाईघाट स्थित टाउन हल होटलको सभाहलमा रास्वपाका प्रदेश सभापति राजेश कुमार तिमिल्सिनाको अध्यक्षतामा बिभिन्न निर्णयहरु सहित बैठक सम्पन्न भएको हो । बैठकले संगठन विस्तार प्रशिक्षण लगाएत विषयमा छलफल गरेर निर्णय गर्ने रास्वपाका उदयपुर जिल्ला संयोजक चित्रकुमार कार्कीले बताए । कार्यक्रममा संघिय सांसद असोक कुमार चौधरीको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सांसद चौधरीले उदयपुरको उदयपुरको गाईघाट फत्तेपुर सडक र प्रस्तावित सगरमाथा विमानस्थलको विषयमा समेत स्थलगत अनुगमन गरेको छन् । सांसद चौधरीले सम्बन्धि विभागबाट जानकारी लिने समेत जनाएका छन् । स्थानीयले सामान्य बाटोमा पुल नभएकोले वर्षातको समय हजारौं स्थानीयले सास्ती भोगिरहनु परेको स्थानीयले सांसद चौधरी ...
उदयपुरमा उभौली साकेलाको रौनक : तस्विर सहित

उदयपुरमा उभौली साकेलाको रौनक : तस्विर सहित

Breaking News 1, समाचार
पूर्णपुष्टि,वैशाख २२ । किरात समुदायको उभौली पर्व देशैभर सुरु भएको छ । हरेक वर्षको वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायहरुले मनाउने उभौली पर्वले उदयपुरमा पनि रौनकता छाएका हो । सांस्कार संस्कृति सहितको पोशाकमा निस्कीएका युवा युवतीहरुले ढोलझ्याम्टाको तालमा झम–झीम्त साकेला नाचे । गाईघाट स्थित साकेला थानको मछामा घरमा बिहान सिकारी पुजाआजा पश्चात औपचारिक रुपमा उभौली पर्व सुरु गरिएको हो । सिकारी पुजा पश्चात त्रियुगा नगरपालिका १० बाबरी भूमेस्थानमा भव्य साकेला सिल्ली नाचिएको हो । सोहि दिन किराँत राई योयोक्खाका प्रारम्भिक कमिटिका अध्यक्ष दिल बहादुर राईको सभा अध्यक्षतामा त्रियुगा नगरपालिकाका उप–प्रमुख मेहश्वरीराईले बाबरी साकेला थानको नयाँ भवन उत्घाटन समेत गरेकी छिन् । उद्घाटनमा बोल्दै उप–प्रमुख राईले हाम्रा भाषा संस्कृती, सभ्यतालाई जगेर्णा गर्न आफु सधैब लागी पर्ने बताईन् । कार्यक्रमम...
वीरगञ्जमा जथाभावी फोहोर फाल्न नपाईने, फोहोर फाल्नेलाई ५० हजार जरिवाना

वीरगञ्जमा जथाभावी फोहोर फाल्न नपाईने, फोहोर फाल्नेलाई ५० हजार जरिवाना

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख २२ । वीरगञ्ज महानगरपालिकामा अब जथाभावी फोहोर फाल्न नपाईने भएको छ । महानगरपालिकाले जथाभावी फोहोर फालेर दुर्गन्ध फैलाएको भन्दै वीरगञ्जका शिवपुजन चौरसियालाई नियन्त्रणमा लिएर ५० हजार रुपैँया जरिवाना गरेको छ । उनले वीरगञ्जको बाइपास सडक खण्ड अन्तर्गत नगवाको वैष्णवी मन्दिर नजिकै राङ्गा, भैँसीको सडेको हड्डी फालेको महानगरले जनाएको छ । सफा, स्वच्छ वीरगञ्ज बनाउने अभियान चलाएको महानगरले यस अघि सीता अस्पताललाई सडकमा जथाभावी माटो खसाएर फोहोर गरेको भन्दै ५१ हजार रुपैयाँ जरिवाना गरेको थियो । नगर सफा राख्न महानगरले मुख्य सडक, सहायक सडकमा ट्र्याक्टर तथा ठेलाबाट दैनिक तीन तीन पटक फोहोर संकलन गर्दै आएको छ भने ब्रुमरमार्फत सडक बढार्ने काम गरिरहेको छ । महानगरले जथाभावी फोहोर फाल्नेबाट झण्डै १० लाख रुपैँया जरिवाना गरी सचेतना अभियान समेत चलाएको छ।...
संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना, चालकसहित तिन घाईते

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना, चालकसहित तिन घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख २२ । संखुवासभाको भोटखोला–४ सिप्रुङको जिजिङ्खामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टर दुर्घटनामा परी तिन जना घाईते भएका छन् । घाईते हुनेमा हेलिकप्टर चालक, सहचालक र स्थानिय एकजना रहेको भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष विकास तामाङले बताएका छन् । उनका अनुसार शुक्रबार दिउँसो सवा १ बजेतिर हेलिकप्टर दुर्घटनामा परेको हो । हेलिकप्टरमा सवार एकजना स्थानीय अनियन्त्रित हेलिकप्टरबाट हाम फाल्दा घाइते भएका छन् भने पाइलट र सहचालकको अवस्था गम्भीर रहेको उनले बताए । डोरीमा सामान बाँधेर माथिल्लो अरूण जलविद्युत् परियोजनाको सामान ल्याईरहेको हेलिकप्टर रूख या कुनै वस्तुमा ठोक्किएर अनियन्त्रित भएको हुन सक्ने प्रत्येक्ष दर्शीले बताए पनि दुर्घटनाको कारण खुलेको छैन। घटनास्थलमा अहिले नेपाली सेनासहित सुरक्षाकर्मी र स्थानीय भेला भएका छन् । घाईतेको उद्धार गरेर उपचारका...
चन्द्रगढी बिमानस्थलबाट काठमाण्डौँ जान लागेकी दुई युवती लागुऔषध सहित पक्राउ

चन्द्रगढी बिमानस्थलबाट काठमाण्डौँ जान लागेकी दुई युवती लागुऔषध सहित पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख २२ । झापाको चन्द्रगढी बिमानस्थलबाट काठमाण्डौँ जान लागेकी दुई युवतीलाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेचीनगर घर भएकी २३ बर्षीया संध्या श्रेष्ठ राजवंशी र निजको २१ बर्षीया बहिनी सोनी श्रेष्ठ राजवंशी रहेकी छन् । हिजो राति सवा ९ बजेको समयमा चन्द्रगढी बिमानस्थलमा बुद्ध एयरको बिमान द्वारा काठमाण्डौ जान लागेका उनिहरुको बडी सर्च गर्ने क्रममा ७६ ग्राम ३४० मिलि ग्राम ब्राउन सुगर फेला परेको थियो । उक्त ब्राउन सुगर फेला परेपछि दुबैजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । धरानका दुई छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित दुई युवक पक्राउ यसैगरी सुनसरीको धरान–११ का स्थानीय २३ बर्षीय काला निरज भनिने युवराज लिम्बुलाई लागुऔषध ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ । लिम्बुको साथबाट ...
सिरुबा मेलाबाट नक्कली नोट सहित एक पक्राउ

सिरुबा मेलाबाट नक्कली नोट सहित एक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख २२ । सुनसरीको सिरुवा मेलाबाट प्रहरीले एक जनालाई नक्कली नोट सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका २ घर भएका बर्ष ३८ को जमिल खातुन रहेका छन् । सुनसरीको ईटहरी उप–महानगरपालिका १ आपगाछी स्थितमा लागेको मेलामा जेरी किनेर एक हजार रुपैया तिर्दा पसलको मानिसले नक्कली पैसा दिएको शंका लागेर मेलामा डिउटी खटिएको प्रहरी टोलीलाई जानकारी गराएका थिए । घटनाको जानकारी पाएपछि मेलाको डिउटीमा खटिएको प्रहरी टोलीले खातुनलाई नियन्त्रयणमा लिएको हो । पक्राउ परेका खातुनको साथबाट प्रहरीले एक हजार को ६ थान र पाच सयको २२ थान नक्कली नोट बरामद गरेको छ । पक्राउ परेका खातुनको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी फरार सुचिमा

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी फरार सुचिमा

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख २२ । नेकपा एमालेका सचिव एवम् प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी फरार भएका छन् । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग संग्लनता देखिएपछि पूर्वऊर्जामन्त्रीसमेत रहेको टोपबहादुरलाई बुधबार पक्राउ पुर्जी जारी गरिएको थियो । पक्राउ पुर्जी जारी हुँदा गृह जिल्ला र्घाखाँचीको महेन्द्र विद्योदय माध्यमिक विद्यालयको हिरक महोत्सव सकेर रायमाझी बुटवल आएका थिए। पत्रकारसँग कुराकानी गर्दै आफूविरूद्ध पक्राउ पुर्जी जारी भएकोले अनुसन्धानमा सहयोग गर्ने प्रतिक्रिया दिर्दै त्यहाबाट हिडेका उनको पछिल्ले समय फोन स्विच अफ छ । कार्यक्रममा सहभागी प्रतितिधि शभा सभामुख देवराज घिमिरे र रायमाझी सँगै बुटवलसम्म आएका थिए । रायमाझी बुधबार बुटवल बस्ने भन्दै एउटा होटलमा कोठा समेत रोकेका थिए। तर पक्राउ पुर्जी जारी भएपछि कोठा रद्द गरी बुधबार राति नै भैरहवाबाट काठमाडौंका लागि जहाजको टिकट ल...