Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

९ बर्षपछि रियलले जित्यो कोपा डेल रे कपको उपाधि

९ बर्षपछि रियलले जित्यो कोपा डेल रे कपको उपाधि

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख २४ । यस सिजनको कोपा डेल रे कपको उपाधि स्पानिस क्लब रियल मड्रिडले जितेको छ । शनिबार राती सेभियामा भएको फाईनल खेलमा ओसासुनालाई २–१ गोल अन्तरले हराउँदै रियलले सन् २०१४ पछि पहिलो कोपा डेल रेको उपाधि जित्न सफल भएको हो । रियलका लागी दुवै गोल रोड्रिगोले गरे भने ओसासुनाका लुकास टोरोले एक गोल गरेका थिए । खेल सुरु भएको २ मिनेटमा ब्राजिली युवा विंगर रोड्रिगोले गोल गर्दै रियललाई आग्रता दिलाएका थिए भने ५८ औं मिनेटमा ओसासुनाका लुकास टोरोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको ७० औं मिनेटमा रोड्गिोले गोल गर्दै रियलको जित निश्चित गरेका थिए ।...
आज विश्व हाँसो दिवस

आज विश्व हाँसो दिवस

समाचार
पूर्णपुष्टि,वैशाख २४ । आज मे महिनाको ७ तारिक आईतवार अर्थात विश्व हाँसो दिवस । मुम्बईका चिकित्सक डा.मदन कटारियाको पहलमा सन् १९९८ देखि विश्व हाँसो दिवस सुरु भएको हो । उनले हाँसोमा आधारित योगा अभियान वल्र्डवाइड लाफ्टर योगा मूभमेन्ट मार्फत यसलाई हाँसो दिवसका रुपमा मनाउन सुरु गरेका हुन् । यो दिवस हरेक वर्षको मे महिनाको पहिलो आइतबार मनाईन्छ । हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन यो दिवस मनाउन थालिएको हो । अहिले यो दिवस विश्वव्यापी रुपमा मनाउन थालिएको छ । हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्धत गर्नुका साथै प्रतिरोधी क्षमतामा वृद्धि गर्न पनि सहयोग पुरयाउछ । हाँसोले तनावका हार्मोनलाई घटाई स्वस्थ रहने रसायन बढाउनुको साथै मुटुको रक्षा पनि गर्छ । दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले क्यालोरीसम्म घटाउन, तौल घटाउन समेत मद्धत गर्दछ ।...
उप–मेयर गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधी झापालाई (भिडियो सहित)

उप–मेयर गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधी झापालाई (भिडियो सहित)

Breaking News 1, खेलकुद
पूर्णपुष्टि,वैशाख २३ । उदयपुरको गाईघाटमा सम्पन्न प्रथम उप–मेयर गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि अलइनवन क्लव झापाले हात पारेको छ । जिल्ला फुटबल संघ उदयपुरको आयोजना गरिएको प्रतियोगितामा शनिवार भएको फाईनल खेलमा पिएसडव्लुसी पथरी मोरङ्गलाई ३–० ले पछि पार्दै झापाले उपाधी हात परेको हो । https://www.youtube.com/watch?v=vUnyn639TSA गाईघाटको थरुहट रंगशालामा दिनको ३ः३० बजे देखि सुरु भएको फाईनल खेलको निर्धारित ८० मिनेटको खेलमा झापाको तर्फबाट पहिलो हाफको २९ औँ मिनेटमा जर्सी नम्बर १४का खेलाडि रजनी थोकरले खाता खोलेकी थिईन् । त्यस लगत्तै ३२ औँ मिनेटमा थोकरले पुःन दास्रो गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिईन् । प्रतियोगितामा दर्जनौ दर्शकहरुबाट हुटिङ पाएका झापाले दोस्रो हाफको ३२ औँ मिनेटमा जर्सि नम्ब्र ३ का खेलाडि मेनुका आलेमगरले थप एक गोल गर्दै सहज जित निकालेकी थिईन् । यता प्रतिश्पर्धी मोरङ्...
आठौँ जिल्ला सम्मेलन सँगै उदयपुरमा किरात राई विद्यार्थी संघ पुनर्गठन

आठौँ जिल्ला सम्मेलन सँगै उदयपुरमा किरात राई विद्यार्थी संघ पुनर्गठन

Breaking News 1, समाचार
पूर्णपुष्टि, २३ वैशाख । उदयपुरमा किरात राई विद्यार्थी संघ पुनर्गठन गरिएको छ । शनिवार गाईघाट स्थित मुना राईको अध्यक्षतामा २१ सदस्यीय रहने गरी समिति गठन गरिएको हो । किरात राई यायोख्खा केन्द्रीय सदस्यीय दिपक किरातीको प्रमुख आतिथ्यतामा समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा बिकल राई, सचिवमा संजोक राई, सहसचिवमा भावना राई र कोषाध्यक्षमा अपेक्षा राई रहेका छन् । यस्तै सदस्यहरुमा ज्ञानदिन राई, समिक्षा राई, कल्याण राई, अवन राई, मिनमा राई, रिमा राई, सुजता राई, सलिना राई र रिमा राई रहेका छन् । समिति भुगौललाई समेटेर निर्माण गरिएको छ । हाल त्रियुगा, चैदण्डीगढी, रौतामाई र लिम्चुङबुङ गरी ४ ओटा भुगोल समेटीएका छन् भने अन्य बाँकी भुगोल समेटेर समितिलाई पुर्णता दिईने छन् । यस्तै गरी निर्माण समितिले अन्य ८ सदस्य थपेर २१ सदस्यीय कार्यसमिति निर्माण गर्ने भएको छ । कार्यत्रममा यायोख्खाका केन्द्रीय अध्यक्ष...
सरकारी कागजात किर्ते गरेको आरोपमा पत्रकार भण्डारी पक्राउ

सरकारी कागजात किर्ते गरेको आरोपमा पत्रकार भण्डारी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख २३ । सरकारी कागजात किर्ते गरेको आरोपमा सुरक्षा न्युज नेटवर्कका प्रबन्ध निर्देशक मदनबाबु भण्डारी पक्राउ परेका छन् । भण्डारीलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक कक्षतर्फबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसार काठमाडौँका एसपी सीताराम रिजालले भण्डारीविरुद्ध सरकारी कागजात किर्ते गरेको उजुरी परेको बताए । उजुरी परेपछि काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर उनलाई पक्राउ गरिएको उनले बताए । पोखराबाट काठमाडौं आइपुगेका उनलाई पक्राउ गरी लिखतसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको रिजालको भनाई छ । आइतबार उनलाई अदालतमा पेश गरिने प्रहरीले जनाएको छ।...
त्रियुगा उद्योग बाणिज्य संघद्धारा गाईघाटका व्यपारीहरुलाई मिसम्याचबारे शिक्षा प्रदान

त्रियुगा उद्योग बाणिज्य संघद्धारा गाईघाटका व्यपारीहरुलाई मिसम्याचबारे शिक्षा प्रदान

Breaking News 1, समाचार
पूर्णिपुष्टि,वैशाख २३ । त्रियुगा उद्योग बाणिज्य संघ घाईघाटले व्यपारीहरुलाई मिसम्याचबारे सचेत गराएउने भन्दै अन्तरक्रिया कार्यक्रम गरेको छ । शनिवार करदाता शिक्षा तथा मिसम्याच सम्बन्धि संघले आफ्नै निजी भवनमा व्यापारी तथा व्यवसायीहरुलाई करदाता शिक्षा अन्तरक्रिया तथा मिसम्याच कार्यक्रमको आयोजना गरिएका थिए । मिसम्याच हुँदा ब्यापारीहरु चर्को जरिवानाको भागेदार भएको भन्दै यसको निराकरण र ब्यापारीहरुलाई सहजताका रुप दिन अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष रमेश रसाईलीले बताए । रसकाईलीका अनुसार गाइघाटमा पनि थुप्रै व्यपारीहरु मिसम्याचका कारण चर्को जरिवाना तिर्न बाध्य भएको जनाए । रसाईलीले मिसम्याचबारे बिभिन्न कार्यक्रमहरु मार्फत शिक्षा दिँदै व्यपारीहरुलाई जरिवानाबाट बचाउन संघ लागि परेको जनाए । उनले यसबारे बिगतकै कार्यक्रमहरुबाट पनि धेरैलाई सचेत गराउन सफल भएको र बाँकी रहेका केहिला...
नेपाल शिक्षक संघ चौदण्डीगढीको अध्यक्षमा देवनारायण चौधरी निर्वाचित

नेपाल शिक्षक संघ चौदण्डीगढीको अध्यक्षमा देवनारायण चौधरी निर्वाचित

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख २३ । चौदण्डीगढीमा नेपाल शिक्षक संघको नगर समिति अध्यक्षमा देवनारायण चौधरी विजयी भएका छन् । नेपाली कांग्रेस निकट चोधरी पार्टीको क्षेत्रीय कार्यालय बेल्टारमा शुक्रबार भएको निर्वाचनमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै निर्वाचित भएका हुन् । कुल मतदाता संख्या २ सय २८ रहेको मध्ये १ सय ७४ मत मात्र खसेको खसेको थियो । १ सय ७४ मत खसेकोमा ९२ मत प्राप्त गर्दै चोधरी अध्यक्षमा निर्वाचित भएका हुन् । चोधरीका प्रतिद्धन्दि देवेन्द्र अधिकारले ४२ मत र टेकबहादुर पोखरेलले ३८ मत प्राप्त गरे । त्यस्तै हरेराम यादव ८९ मतसहित सचिवमा निर्वाचित भएका छन । उनका प्रतिद्धन्दि प्रेमकुमार खड्काले ८३ मत प्राप्त गरे भने दुई मत बदर भएको थियो । आधारभूत विद्यायल सिवाई बेल्हीका प्रधानाध्यापक शिक्षक भाष्कर चौधरीले अरु पदाधिकारीहरुलाई यसअघि नै सर्वसम्मत चयन गरिसकेको जानकारी दिए । उनका अनुसार उपाध्यक्षमा कृष...
नक्कली भुटानी सरणार्थी बनाएर अमेरिका पठाउनेमा मेरो संलग्नता छैन :  पूर्वगृहमन्त्री खाण

नक्कली भुटानी सरणार्थी बनाएर अमेरिका पठाउनेमा मेरो संलग्नता छैन : पूर्वगृहमन्त्री खाण

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख २३ । नेपाली काग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणले नक्कली भुटानी शरणर्थी बनाएर अमेरिका पठाउने गिरोहमा आफ्नो संलग्नता नरहेको बताएका छन् । शनिबार सार्वजनिक गरेको विज्ञप्तीमा आफ्नो संलग्नता नरहेको जनाएका हुन् । उनले विज्ञप्तिमा ‘आधारहिन, तथ्यहिन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार संप्रेशित नगरिदिन आग्रह गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले ९ जनालाई पक्राउ गरिसेको छ । जसमा पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, लगायत रहेको छन् । त्यस्तै नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भईसकेको छ...
डिउटीमा खटिएको शसस्त्र प्रहरीको सईमाथि खुकुरी प्रहार

डिउटीमा खटिएको शसस्त्र प्रहरीको सईमाथि खुकुरी प्रहार

समाचार
पूर्णपुष्टि, बैशाख २३ । कञ्चनपुरको दोधारा चाँदनीमा डिउटीमा खटिएको एक शसस्त्र प्रहरी नायब निरीक्षक (सई) माथि खुकरी प्रहार भएको छ । दोधारा चादँनी नगरपालिका–७ कञ्चन भोजमा रहेको सशस्त्र प्रहरी बल बिओपीका (सई) नरेन्द्र चैंसिरमाथि शुक्रबार राति स्थानीय युवाहरुको समूहले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले राति करिब साढे १० बजेको समयमा चैसिरमाथि खुकुरी प्रहार भएको बताए । उनकाअनुसार स्थानीय युवाको समूहले होहल्ला गरिरहेका बेला सम्झाउन खोज्दा चैसिरमाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट सशस्त्र प्रहरी नायब निरीक्षक चैँसिरको बायाँ पाखुरामा चोट लागेको छ। सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलका अनुसार जोगबुढा झोलुङ्गे पुल नजिकैको पसलमा मादक पदार्थ सेवन गरेर हो–हल्ला ...
ट्रकको ठक्करबाट अमेरिकामा एक नेपाली महिलाको मृत्यु

ट्रकको ठक्करबाट अमेरिकामा एक नेपाली महिलाको मृत्यु

समाचार
पूर्णपुष्टि,वैशाख २३ । विश्वको बिकासीत देश अमेरिकामा ट्रकको ठक्कबाट एक नेपाली महिलाको मृत्यु भएको छ । रक्डेल सिटीनजिकै ट्रकले ठक्कर दिए पछि घाइते भएकी प्रमीला सुवेदीको निधन भएको हो । उनी रक्डेल सिटीनजिकै छोरालाई विश्वविद्यालय पुर्‍याएर फर्किने क्रममा प्रमीलाले आफैले चलाएको कारलाई बिहीबार साँझ ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाइते ४७ वर्षीय सुवेदीको घटनास्थलमै मृत्यु हुनु पुगेको जनाइएको छ । एनआरएन आइसीसी अमेरिकाका क्षेत्रीय उप–संयोजक रामकुमार सुवेदीकी धर्मपत्नीसमेत हुन् ।...