Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

जलाउँदै गरेको शव प्रहरीले नियन्त्रणमा लिएपछि…

जलाउँदै गरेको शव प्रहरीले नियन्त्रणमा लिएपछि…

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ २७ । सर्लाहिमा जलाउँदै गरेको एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । शवको केही भाग जलिसकेको अवस्थामा प्रहरीले हरिपुर नगरपालिका–६ लक्ष्मीपुरका राजाराम साहकी श्रीमति इन्द्रकला देवीको शव नियन्त्रणमा लिएको हो । श्रीमानकै कुटपिटबाट महिलाको मृत्यु भएको प्रहरीको आशंका छ । श्रीमतिलाई मरणासन्न हुनेगरी कुटपिटपछि राजाराम फरार भएकाले पनि प्रहरीले घटनाबारे अनुसन्धान गरेको जनाएको छ । कानुनी प्रक्रिया पूरा नगरी शव जलाउन सहयोग गरेको भन्दै प्रहरीले शव सहित ६ जना मलामीलाई समेत नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । गत सोमबार राजारामले घरायसी विवादका कारण मरणासन्न हुने गरी कुटपिट गर्दा इन्द्रकला सख्त घाईते भएकी थिईन् । घाईते भएकी उनलाई छोरीले उपचारका लागि नवलपुरस्थित एक निजी अस्पतालमा लगे पनि उनको अवस्था देखेर चिकित्सकले वीरगन्ज रेफर गरेका थिए । मंगलबार...
हिरासतको वाल भत्काएर फरार भएका युवक पक्राउ

हिरासतको वाल भत्काएर फरार भएका युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ २७ । धनुषामा हिरासत कक्षको वाल भत्काएर फरार भएका युवकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको हिरासत कक्षको वाल भत्काएर भागेका क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैयाका २५ वर्षीय रोशन यादवलाई प्रहरीले पक्राउ गरेको हो । शनिबार बिहान साढे १० बजे भारतबाट सितामढी आउँदै गरेका फरार यादवलाई प्रहरीले पक्राउ गरेको डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए। डिएसपी गौतमका अनुसार गत माघ १६ गते बिहान साढे ३ बजे हिरासत कक्षको वाल भत्काएर यादवसहित ६ जना फरार भएका थिए । उनिहरुमध्ये ५ जनालाई यसअघि नै पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । सार्वजनिक शान्तिविरूद्धको अपराध मुद्दाका आरोपित यादवलाई पनि प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
आन्तरिक पर्यटकको गर्मी छल्ने गन्तव्य बन्दै रमिते डाँडा

आन्तरिक पर्यटकको गर्मी छल्ने गन्तव्य बन्दै रमिते डाँडा

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ २७ । त्रियुगा नगरपालिका–१५, डहर रमिते डाँडा अहिले भरिभराउ छ । यो सँगै रौतामा पनि मानवीय चहलपहल ब्यापक बढेको छ । केहि दिन देखी देशभर अप्रत्यासित रुपमा बढेको गर्मिसँग उदयपुर पनि अछुतो छैन् । बिषेशगरी सदमुकाम गाईघाटमा तापक्रमले तिव्र गति लिएको छ । ४१ डिग्री सम्म तापक्रम बढेपछि त्यहाँ मानव जनजिवन कष्ट बनेको छ । गर्मीका कारण मानिसहरु चिसोको खोजी गर्दै डाँडाकाँडा उक्लीने क्रम जारी छ । त्रियुगा नगरपालिका गाईघाटबाट चिसो ठाउँका लागि रौता पोखरी लगायतका ठाउँलाई हेरिन्छ । रौता पोखरी भन्दा नजिक रहेको डहर रमिते डाँडाँ पछिल्लो समय भरिभराउ छन् । युवा व्यवसायी तथा रमिते भ्यु रिसोर्टका संञ्चालक प्रयास बान्ताव राईका अनुसार हप्ताको शुक्रबार र शनिवार मानवीय चहलपहल ब्यापक रहेको जनाउँछन् । गर्मी छल्दै रौता सम्म पुग्ने पर्यटकहरु आफ्नो होटलमा बस्ने गरेको उनले जनाए । गर्मिको समयमा विशेष गरी शुक...
उद्योग वाणिज्य संघ सुर्खेतका महासचिव भण्डारी ५ दिनबाट सम्पर्कविहिन

उद्योग वाणिज्य संघ सुर्खेतका महासचिव भण्डारी ५ दिनबाट सम्पर्कविहिन

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ २७ । उद्योग वाणिज्य संघ सुर्खेतका महासचिव भद्र भण्डारी ५ दिनबाट सम्पर्कविहिन भएका छन् । उनी जेठ २२ गते टीकापुर गएर बसेको र २३ गतेबाट कसैको सम्पर्कमा नरहेको उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले बताए । महासचिव भण्डारी कैलालीको कर्णाली चिसापानीबाट सम्पर्कविहीन भएको र उनको गाडी चिसापानीमा फेला परेको इलाका प्रहरी कार्यालय चिसापानीका निरीक्षक टेकराज जोराले जानकारी दिए । भण्डारीले प्रयोग गर्ने बा१८च ९८७५ नम्बरको गाडी लम्किचुवा नगरपालिकाको कर्णाली चिसापानीस्थित एक होटलमा पार्किङ गरेको अवस्थामा फेला परेको र उक्त गाडी भित्र मोवाईल पनि भेटिएको प्रहरीले जनाएको छ । मोवाइल गाडिभित्रै कपडाले बेरेर राखेको र चाबी पनि गाडीको डिकिमै भेटिएको प्रहरी निरिक्षक जोराले बताए । सिसिटिभिमा हेर्दा महासचिव भण्डारी गाडीबाट निस्किएर गएको देखिएको छ ‘निरिक्षक जोराले भने’ अहिलेसम्...
पर्यटकको चहलपहल बढ्यो बर्दिया राष्ट्रिय निकुञ्जमा

पर्यटकको चहलपहल बढ्यो बर्दिया राष्ट्रिय निकुञ्जमा

Breaking News 3, पर्यटन, समाचार
पूर्णपुष्टि, जेष्ठ २७ । बर्दिया राष्ट्रिय निकुञ्जमा गर्मि बढ्न थालेसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले गर्मी मौसममा बाघ पानी पिउन आइरहने हुँदा बाघ सजिलै देख्न सकिने जानकारी दिए । राष्ट्रिय निकुञ्जमा लोपोन्मुख पाटेबाघको सङ्ख्या बढेर एक सय २५ पुगेपछि बाघ हेर्नकै लागि पर्यटक बर्दिया आउने गरेको निकुञ्ज प्रशासनले जनाएको छ । अघिल्लो आवमा १ हजार विदेशी पर्यटक आएकामा अहिले ६ हजारको हाराहारीमा पुगेको ‘सहायक संरक्षण अधिकृत दाहालले भने’ बाघ हेर्नकै लागि गत वर्षभन्दा यस वर्ष पर्यटकको सङ्ख्या बढेको छ । अघिल्लो आर्थिक वर्ष आन्तरिक १० हजार पर्यटकले निकुञ्ज अवलोकन गरेकामा अहिले १५ हजार पुगेका छन् । गत आवमा चार सय सार्क मुलुकका पर्यटकले अवलोकन गरेकामा अहिले बढेर एक हजार पुगेका छन् । पाटेबाघ, एक सिङ्गे गैँडा, चितुवा, जरायो, चित्तल...
नेपालले बास्केट बल ‘फाईभ नेसन्स’ च्याम्पियनसिप खेल्ने

नेपालले बास्केट बल ‘फाईभ नेसन्स’ च्याम्पियनसिप खेल्ने

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, जेष्ठ २७ । नेपालले बास्केट बल ‘फाईभ नेसन्स’ च्याम्पियनसिप प्रतियोगिता खेल्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले नेपाली राष्ट्रिय पुरुष टोलीले माल्दिभ्समा हुने च्याम्पियनसिपमा भाग लिने बताएका हुन् । यस प्रतियोगितामा नेपाल सहित ५ राष्ट्रले प्रतिष्पर्धा गर्नेछ । बास्केटबल संघका महासचिव नरेन्द्र थापाका अनुसार यस च्याम्पियनसिपमा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान र पाकिस्तानको सहभागिता रहेको छ । च्याम्पियनसिपको लागि नेपालको टोलीसमेत घोषणा गरिएको छ । नेपाली टोलीमा सदिश प्रधान, विनोद महर्जन, विजय बुर्जा, निकेश राखल मगर, मविन्द्र भण्डारी, अजय कुश्वाहा, दिवेश्वर शाह, आयुश सिंह, निश्चल महर्जन, मनीष केसी, अशिम श्रेष्ठ र श्रेयशबहादुर शाह रहेका छन् । प्रतियोगितामा उपाधि जित्ने लक्ष्यसहित नेपालले मुख्य प्रशिक्षक दिनेश नकर्...
दुधकोशी साबउसमा ठुलोमात्रामा काठ काटी बन मासियो

दुधकोशी साबउसमा ठुलोमात्रामा काठ काटी बन मासियो

Breaking News 1, समाचार
पूर्णपुष्टी, जेठ २७ । उदयपुरको बेलका नगरपालिका ७ स्थित दुधकोशी सामुदायिक वनमा ठुलो मात्रामा रुख कटान गरी बन मास्ने काम भएको छ । अन्दाजी तीनदर्जन सालका रुखहरु कटान गरी चिरान गरिएको र गोलीया घाटगद्दीसमेत गरेको पाइएको छ । केही ढालिएका रुख र काठहरु अझै वनमै रहेका छन् । रुख काटेर वन मास्ने काम भएको डिभिजन वन कार्यालय उदयपुरले जनाएको छ । अबैधरुपले काठ कटान गरी वन मास्ने काम भएपछि उपभोक्ताहरुले चारदिनअघि डिभिजन वन कार्यालय उदयपुरमा उजुरी दिएका थिए । स्थानीयको उजुरी पछि डिभिजन वन कार्यालय उदयपुरले हिजोबाट स्थलगत अध्यायन गर्दैछ । आज पनि टोली स्थलगत अनुसन्धानमा रहेको छ । वन कार्यालयबाट क्षती विवरण आउन बाँकी छ । स्थानीयका अनुसार घाटगद्दी, चिरान र बनमा रहेका गरी अन्दाजी दुईहजार क्यू. फिट काठ रहेका छन् । अबैध रुख कटानमा वन कर्मचारीसमेतको मिलेमतोको आशंका स्थानीयको छ । उक्त बन सव डिभिजन वन कार्यालय म...
‘रोयल इन्फिल्ड क्लासिक ३५०’ पाँच लाखमै पाइने

‘रोयल इन्फिल्ड क्लासिक ३५०’ पाँच लाखमै पाइने

समाचार
पूर्णपुष्टि,जेष्ठ २७ । नेपाली बजारमा निक्कै रुचाईएको रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले द क्लासिक ३५० को नयाँ बजार मूल्य चार लाख ९९ हजार रूपैयाँ तोकेको छ । रोयल इन्फिल्डको बाइक नेपालमै एसेम्बल हुन सुरू भएसँगै मूल्य घटेको हो । द क्लासिक ३५० एक रेट्रो शैलीको मोटरसाइकलको डिजाइन दोस्रो विश्वयुद्धपछि विश्वभरका मोटरसाइकल प्रेमीहरूले मन पराएको छ । बेलायती मोटरसाइकलबाट प्रेरित रहेको कम्पनीको भनाइ छ । यस सिग्नेचर स्टाइलका साथै सरल र सुचीपूर्ण डिजाइन भएको बाइकमा जे(सिरिज इन्जिन जडान गरिएको छ । ३४९ सिसी डिस्प्लेसमेन्ट रहेको क्लासिक ३५० मा सिंगल सिलिन्डर, ४ स्ट्रोक, एयर(कुल्ड इन्जिन दिइएको छ। यसले ६,१०० आरपिएममा १४।८७ किलोवाट पावर र ४,००० आरपिएममा २७ एनएम टर्क जेनेरेट गर्छ। यसको इन्जिन बिएस(६ मापदण्डमा आधारित छ। यसको अगाडि टायरमा डिस्क र पछाडि ड्रम ब्रेक छ। बाइकमा १,३९०...
उदयपुरको ताप्लीम एक पुरुषको शव फेला

उदयपुरको ताप्लीम एक पुरुषको शव फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि,जेष्ठ २७ । जिल्लाको ताप्ली गाउँपालिका–५, निबुवाटार स्थित सुनकोशी नदीमा एक जना पुरुषको शव फेला परेको छ । गत जेष्ठ १९ गते सिन्धुलीको मध्यपहाडी लोकमार्गको सडकखण्डमा सिटिईभिटीका जीप दुर्घटनामा बेपत्ता भएको योजना महाशाखाका निर्देशक पूर्वी नवलपरासीका यमप्रसाद भुर्तेलको रहेको हुन सक्ने ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले बताएको छ । सिन्धुलीको गोलञ्जोर गाउँपालिका-७. लौकुनमा भएको दुर्घटनाका वेपत्ता ३ जना मध्ये २ जनाको शव र दुर्घटनामा परेको बा १ झ७४६७ नम्बरको जीप घटनाको पाँचदिन पछी सिन्धुलीमै फेला परेको थियो । फेला परेको शवलाई घटनास्थलबाट कटारी अस्पत्ताल तर्फ ल्याउँदै गरेको र सनाखद भने भईनसकेको उपरीक्षक कार्कीलै बताए । उनका अुनसार अस्पत्ताल ल्याईपुराईएपछी पुष्टी र सनाखदको प्रकृया अगाडी बढाउने बताए ।...
उदयपुरका दिलिप चौधरीलाई मिस्टर कञ्चनजंघा बडिविल्डिङ च्याम्पियनसिपको उपाधी

उदयपुरका दिलिप चौधरीलाई मिस्टर कञ्चनजंघा बडिविल्डिङ च्याम्पियनसिपको उपाधी

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ २६ । प्रदेश स्तरिय दोस्रो मिस्टर कञ्चनजंगा बडिविल्डिङ च्याम्पियनसिप प्रतियोगिताको उपाधी उदयपुर गाईघाटका दिलिप चौधरीले हात पारेका छन् । शुक्रवार झापाको विर्तामोड साईसिटि सेन्टरमा सम्पन्न प्रतियोगितामा ६५ केजी माथीको तौल समूहको च्याम्पियन बनेका दिलिपले ओभरहलमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेका हुन्। कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा सञ्चालित प्रतियोगिताको फाइनलमा चौधरीले क्रमस ५५,६०,६५,७० र ७५ केजी गरी ५ समूहका बिजेतालाई पछि पादै मिस्टर दोस्रो मिस्टर कञ्चनजंघाको ट्रफि हात परेका हुने । चौधरीले प्रतियोगितामा उपाधीको ट्रफिसँगै नगद रु, ३ लाख ११ हजार १ सय १ रुपौया प्राप्त गरे । त्यस्तै द्वितीय पुरस्कार २ लाख ५० हजार रुपैयाँ, तृतीय पुरस्कार १ लाख ५० हजार रुपैयाँ, चौथो पुरस्कार १ लाख रुपैयाँ र पाँचौँ पुरस्कार ७५ हजार रुपैयाँ रहेको थियो । साथै, हरेक तौल ...