Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

एमाले कोशी प्रदेशद्धारा कार्यकर्तामाथि भएको आक्रमणको घोर भत्सर्ना

एमाले कोशी प्रदेशद्धारा कार्यकर्तामाथि भएको आक्रमणको घोर भत्सर्ना

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेष्ठ २६ । एमाले कोशी प्रदेशले पहिचानको नाममा आन्दोलन गरिरहेको पहिचान पक्षधरहरुले एमालेका नेताहरुमाथि पटक पटक आक्रमण गरेको भन्दै घोर भत्सर्ना गरेको छ । एमाले कोशी प्रदेश अध्यक्ष तुलसी प्रसाद न्यौपानेले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तीमा कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार सवार र संसदीय दलका उपनेता रामबहादुर रानामाथि आक्रमण गरेपछि घटनाको निन्दा गरेको बताएका छन् । बिहिबार ईलाममा कोशी प्रदेशका सांसद तथा एमाले केन्द्रिय कमिटीका सदस्य रामबहादुर रानामाथि आक्रमणका साथै गाडिमा मोविल खन्याएर आगो लगाउने दुसप्रयास भएको छ भने उदयपुर जिल्लाको श्री १८ नं बाहिनी भुल्केमा रहेको सर्पदंश उपचार केन्द्रमा स्वास्थ्य सामाग्री हस्तान्तर गरी फर्कने क्रममा उपसभामुख सिर्जना दनुवार र त्रियुगा नगरापालिकाको उपमेयर महेश्वरी राईमाथि पहिचानवादी बताउने एक हुल मानिसले गरेको आक्रमणलाई एमालेले अपराधिक क्...
मोटरसाईकल दुर्घटनामा परी उदयपुरका दुई जना गम्भिर घाईते

मोटरसाईकल दुर्घटनामा परी उदयपुरका दुई जना गम्भिर घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ २६ । काभ्रे जिल्लाको भकुण्डेवेसी सडकखण्ड अन्तरर्गत मोटरसाईकल र बोलेरो एक आपसमा ठोक्किदा दुई जना गम्भिर घाईते भएका छन् । गत बुधवार उदयपुरको गाईघाटबाट काठमाडौ तर्फ जाँदै गरेको स १० प ८२४९ नम्बरको पल्सर २२०को मोटरसाईकल संग विपरित दिशाबाट आएका बा.२० च ७१०४ नम्बरको बोलेरो बिच करिव १२ बजेको समयमा ठोक्किदाँ माटरसाईकामा सवार दुई जनाको खट्टामा गहिरो चोट लागेको थियो । दुर्घटनामा परी घाईते भएका उदयपुरको त्रियुगा नगरपालिका वडा नं.१०,का स्थानीय हरिचन्द्र राई र उनकी छोरी ममता राई रहेको जनाएको छ । उनीहरुलाई सडक दुर्घटना पश्चात उपचारको लागि धुलिखेल अस्पताल लगिएको थियो । उदयपुरको युवा नेता तथा समाजसेवी ज्ञानेन्द्र मगरले हरिचन्द्रको दाहिने खुट्टाको हड्डी फुटि घाइते भएको र उनकी छोरी ममताको पनि दाहिने खुट्टामै गहिरो चोट लागेको जानकारी दिए । हाल दुबैको स्वस्थ्यमा केहि सुधार आउँदै गरेको तर...
खडेरी बढेपछि उदयपुरमा मकैको बोट मर्न थाल्यो, किसान चिन्तित

खडेरी बढेपछि उदयपुरमा मकैको बोट मर्न थाल्यो, किसान चिन्तित

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ २६ । सुख्खा खडेरी बढ्न थालेपछि उदयपुर जिल्लामा मकैको बोट मर्न थालेको छ । केहि दिन यता अत्याधिक गर्मी बढ्न थालेपछि जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा मकैको बोट मर्न थालेको किसानाहरु बताउछन् । त्रियुगा नगरपालिका क्षेत्रका खैराहा, पोर्ताह, लक्ष्मीपुर, विसनपुर, जोगिदह, मोथ्याई, खैजनपुर भुल्के, मोतिगडासहित, बगाहा, श्रीपुर क्षेत्रका खेतका मकैका बोट मर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । खैराहाका किसान विष्णु कार्कीले यसपटक आफ्नो झण्डै एक बिघा रहेको खेतमा मकैबाली लगाएका थिए भने जेठको दोस्रो हप्तादेखि राम्ररी मकैको सुत्ला लाग्न थालेको बताएका छन् । तर सुक्खा र खडेरी लागेपछि अहिले पात मर्न थाल्यो ‘उनले भने’ मकैको बोट पात सुकेर सिक्रिक्क परिसकेका छन् । यसपालिको मकैबाली खान नपाईने उनको गुनासो थियो । पोर्ताहका किसान देवीलाल चौधरीले आफ्नो खेतमा लगाएको मकैबाली सुरुमा राम...
भारतको संसद भवनमा राखेको ‘अखण्ड भारतको’ नक्सा नहटाएसम्म टिष्टा र काँगडालाई समेटिएको नक्सा संसदमा टासौँ : सांसद पन्त

भारतको संसद भवनमा राखेको ‘अखण्ड भारतको’ नक्सा नहटाएसम्म टिष्टा र काँगडालाई समेटिएको नक्सा संसदमा टासौँ : सांसद पन्त

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेष्ठ २६ । नेकपा एमालेका सांसद रघुजी पन्तले भारतको सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्सा नहटाएसम्म नेपलले पनि आफ्नो सांसद भवनमा टिष्टा र काँगडालाई समेटिएको नक्सा टास्नु पर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै यदी भारतले त्यसलाई सांकृतिक र ऐतिहासिक नक्सा भनेर सांसद भवनमा राखिराख्न पाउछ भने हामिले सतलजसम्म पुगेको हाम्रो सिमाना, रावी नदिको छेउसम्म पुगेको सिमाना, टिस्टा र काँगडालाई पनि समेटिएको नक्सालाई सांसद भवनमा टास्दापर्ने बताएका हुन् । बिहीबार भारतीय विदेशमन्त्री यश जयशंकरले संसदमा टाँसेको ‘अखण्ड भारत’को नक्साबारे बंगलादेश र नेपालले बुझिसकेको अभिव्यक्ति दिएका थिए । पन्तले के नेपालले भारतिय नक्साबारे चित्त बुझाईसकेको हो भन्दै सरकारलाई प्रश्न समेत गरेका छन् ।...
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका अधिकृत घुस सहित पक्राउ

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका अधिकृत घुस सहित पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ २६ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । आयोगले मेडिकल ल्याब टेक्नोलोजिष्ट (छैठौ तह) का लेखनाथ भट्टराईलाई ५० हजार घुस सहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए । ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै सेवाग्रहीसँग घुस लिईसकेको अवस्थामा उनलाई काठमाडौंको शंखमुलबाट आज शुक्रबार पक्राउ गरिएको दाहालले बताए । उनका अनुसार अधिकृतले घुस माग गरिरहेको भन्ने सुचना एवंम उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले भट्टराईलाई पक्राउ गरिएको हो । पक्राउ परेका भट्टराईमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।...
कोशी प्रदेशको अराजकता गतिविधिलाई सरकारले छुट दिन सक्दैन : गृहमन्त्री श्रेष्ठ

कोशी प्रदेशको अराजकता गतिविधिलाई सरकारले छुट दिन सक्दैन : गृहमन्त्री श्रेष्ठ

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ २६ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा भईरहेको गैर शान्तिपूर्ण र अराजक गतिविधिलाई सरकारले छुट नदिने बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कोशी प्रदेशमा आफ्ना नेताहरुमाथि भईरहेको आक्रमण र त्यस क्रममा भएका घटनाहरुको सन्दर्भमा प्रतिनिधि सभा बैठकमा सरकारसँग जवाफ मागेको थियो । सांसद तथा एमाले सचिव योगेश भट्टराईले सरकारले एमाले नेताहरूमाथि सुरक्षा नदिए एमालेले नै सुरक्षाको व्यवस्था मिलाउने चेतावनी दिएका थिए। दुई तिहाई मतका साथ कोशी प्रदेशको नाम परिवर्तन गरे एमालेलाई आपत्ति नहुने भट्टराईको भनाइ थियो। कोशी प्रदेशको आन्दोलनबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन सम्वाद भएको गृहमन्त्रीले बताए । बिहीबार इलाममा एमाले नेतामाथि र उदयपुरमा कोशीको उपसभामुखमाथि पहिचानवादीहरूले आक्रमण प्रयास गरेको भन्दै एमालेले विरोध गरेको थियो। एमाले नेता...
कोशी प्रदेश सरकारद्धारा भुल्के सर्पदंश उपचार केन्द्रलाई सहयोग

कोशी प्रदेश सरकारद्धारा भुल्के सर्पदंश उपचार केन्द्रलाई सहयोग

Breaking News 1
पूर्णपुष्टि, जेष्ठ २६ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नेपाली सेनाको हाताभित्र रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रलाई कोशी प्रदेश स्वास्थ्य तथा खानेपानी मन्त्रालयले बिभिन्न उपकरण दिएर सहयोग गरेको छ । बिहिबार कोशी प्रदेश स्वास्थ्य तथा खानेपानी मन्त्रालयबाट भेन्टिलेटर, अक्सिजन सिलिण्डर पाँच थान र पल्स अक्समिटर डिजिटल दुई थान सहयोग पाएको सर्पदंश उपचार व्यवस्थापन समितिका अध्यक्ष पवित्रा गिरीले जानकारी दिए । कोशी प्रदेशका स्वास्थ्य तथा खानेपानीमन्त्री तिलकुमार मेन्याङ्बो (लिम्बू) ले उक्त उपकरण समितिका अध्यक्ष गिरीलाई हस्तान्तरण गर्नु भएको हो । उपचार केन्द्रलाई अति आवश्यक रहेको एक थान एम्बुलेन्स सहयोग उपलब्ध गराउन स्वास्थय मन्त्रालयले तत्काल पहल गर्ने बताउँदै ‘मन्त्री मेन्याङ्बाल भने’ कोशी प्रदेश भित्र सञ्चालनमा रहेका सबै अस्पताहरुको सुधार गर्ने योजना प्रदेश सरकारको...
आजको मौसम :पहाडी भुभागहरुमा हल्का वर्षाको सम्भावना, तापक्रम केही दिन नघट्ने

आजको मौसम :पहाडी भुभागहरुमा हल्का वर्षाको सम्भावना, तापक्रम केही दिन नघट्ने

समाचार
पूर्णपुष्टि,जेष्ठ २६ । पछिल्लो समय देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जनरचट्याङ्ग सहित क्षणिक वा हल्का वर्षा भइरहेको छ। आज बिहान देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। दिउँसो पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखले देशभरको तापक्रम तत्काल घट्ने सम्भावना पनि नरहेको बताएको छ। बिहीबार देशका ६ स्थानको तापक्रम ४० डिग्रीभन्दा बढी मापन भएको थियो। सबैभन्दा बढी सिमरामा ४२‍–...
त्रियुगा नगरपालिकाको ३० स्थानमा वल्र्डलिंकको फ्रि वाइफाई जडान हुने

त्रियुगा नगरपालिकाको ३० स्थानमा वल्र्डलिंकको फ्रि वाइफाई जडान हुने

Breaking News 2, समाचार
पूर्णपुष्टि,जेष्ठ २६ । उदयपुरको त्रियुगा नगरपालिकाको ३० स्थानमा वर्ल्डलिंकको फ्रि वाइफाइ सन्चालनमा आउने भएको छ । बिहिवार नगरपालिका र कम्युनिकेशन्स बिच ५ दिन भित्र नगरपालिका ३० स्थानमा फ्रि वाइफाइ जडानगर्ने सम्झौता पत्रमा नगरपालिकाका आइ टी अफिसर रुपक तिम्लसिना र वर्ल्डलिंकका आषिस पोखरेलले हस्ताक्षर गरेका पत्र बुझाएको हो । नगरपालिका आइ टी अफिसर रुपक तिमिल्सिनाका अनुसार नगरपालिका र वर्ल्डलिंक कम्युनिकेशनको सहकार्यमा फ्रि वाईफाई सेवा सञ्चालनमा ल्याउन लागिएको हो । त्रियुगा नगरपालिका भित्रका बरुवा बसपार्क,नया तरकारी बजार,पुरानो तरकारी बजार,पिपल चोक,राधाकृष्ण मन्दिर,त्रियुगा बसपार्क,त्रियुगा नगरपालिका बाहिर,त्रियुगा नगरपालिका भित्र परिसर,टेम्पो चोक,त्रियुगा अस्पताल परिसर,पिकनिक स्पोट परिसर,इनार चोक,एस।के पेट्रोल पम्प छेउ, बि.पी चोक, साकेला टोल, शनि मन्दिर चोक,पी.जी.चोक,मतिगडा चोक,जलजले चोक,...
गर्मीको खडेरीमा त्रियुगा नगरपालिकाले घरमै दम्कल मार्फत पानि पुर्याउदै

गर्मीको खडेरीमा त्रियुगा नगरपालिकाले घरमै दम्कल मार्फत पानि पुर्याउदै

Breaking News 2, समाचार
पूर्णपुष्टि,जेष्ठ २५ । पछिल्लो एक हप्ता यता जिल्लाको सदरमुकाम गाईघाट आसपासको क्षेत्रहरुमा प्रचण्ड गर्मीको कारण जनजिवन प्रवाभित बन्दै गएको छ । सोही अनुरुप त्रियुगा नगरपालिकाले गर्मी बढेपछि पानीको खडेरीलागेका क्षेत्रहरुमा नगरपालिकाको दम्कलमार्फत एक घर बरावर ५ सय देखि १ हजार लिटर सम्म पानी उपलब्ध गराएको हो । वडा नं.९ का ट्युववेलबाट खानेपानी प्रयोग गर्ने अधिकांस स्थानीयहरु खडेरीले गर्दा ट्युववेल सुकेर खानेपानीको हाहाकार मचिएको छ । घरमा खान र अन्य काममा प्रयोग गर्ने पानीको हाहाकार मचिए पछि नगरपालिकाले पानीको अभाव झेलीरहेका घर परिवारलाई दमकलमा पानि पठाएर समाधानको प्रयास थालेको छ । विगत लामो समय देखि यस क्षेत्रमा खानेपानीको समस्या हुने गरको स्थानीयहरु बताउँछन् । खानेपानी आयोजना मार्फत खानेपानी पुर्याउने उदेश्यले योजना सुचारु गरिएको भए पनि संघीय र प्रदेश सरकारले बजेट अभाव देखाउदै बजेट ब्यबस्...