Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

तोकिएको मूल्य भन्दा बढीमा रासायनिक मल बिक्रि गरेमा कार्वाहि गर्ने बेलका नगरापालिकाको चेतावनी

तोकिएको मूल्य भन्दा बढीमा रासायनिक मल बिक्रि गरेमा कार्वाहि गर्ने बेलका नगरापालिकाको चेतावनी

Breaking News 1
पूर्णपुष्टि, जेष्ठ २८ । उदयपुरको बेलका नगरापालिकाले तोकिएको भन्दा बढी मुल्यमा रासायनिक मल विक्रि–वितरण गर्ने सहकारीमाथि कार्वाही गर्ने चेतावनी दिएको छ । स्थानिय तह ब्यबस्थापन समितिको २०७९÷८÷२६ गते बसेको बैठकले तोकेको मुल्यलाई कार्यान्वयन गर्न नगरपालिकाले जेष्ठ २८ गते सुचना जारी गर्दै शहकारीहरुलाई अनुरोध गरेको छ बेलका नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत रमेश गौतमले स्थानिय तह ब्यबस्थापन समितिको बैठकले युरीया प्रति के.जी रु २५ र डिएपी प्रति के.जी रु ५५ मा विक्रि वितरण गर्ने निर्णय गरेको जानकारी दिए । यदी नगरपालिका भित्र कृषी बालीमा प्रयोग हुने राायनिक मल तोकिएको मूल्य भन्दा बढीमा विक्रि वितरण गरेमा कानुनी कारर्वाही गर्ने सुचनामा उल्लेख छ ।...
नेपाली टोली विश्वकप छनोट खेलका लागी जिम्बावेतर्फ

नेपाली टोली विश्वकप छनोट खेलका लागी जिम्बावेतर्फ

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेष्ठ २८ । आईसिसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिताका लागी नेपाली राष्ट्रिय क्रिकेट टोली आज जिम्बावे तर्फ गएको छ । प्रतियोगिताको तयारीको लागी दक्षिण अफ्रिका गएको टोली उतैबाट जिम्वाबे गएको हो । दक्षिण अफ्रिकमा दश दिनको बसाईमा नेपालले स्कटल्याण्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेलेको थियो । नेपाल दुबै अभ्यास खेलमा पराजित भएको थियो । अब नेपालले जिम्बावेमा प्रतियोगिताअघि ओमान र युएईसँग वार्मअप खेल खेल्नेछ। यस छनोट प्रतियोगितामा नेपाल सहित १० देशले प्रतिष्पर्धा गर्नेछ । दश टिमलाई दुई समुहमा विभाजन गरिएको छ । समुह ‘ए’ मा नेपाल सहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका रहेको छ भने समुह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्। पाँच–पाँच टिमको दुई समूहका लिग खेलपछि दुवै समुहका शिर्ष तिन–तिन टिम सुपर सिक्समा छनोट ...
वनको निगरानीको काठ रातारात हरायो

वनको निगरानीको काठ रातारात हरायो

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ २८ । डिभिजन वन कार्यालय, उदयपुरको निगरानीमा परिसकेको ठुलो मात्राको अबैध कटानी काठ रातारात हराएको छ । उदयपुरको बेलका नगरपालिका ७ स्थित दुधकोशी सामुदायिक वनको अबैधरुपमा काटिएको अन्दाजी ४०० क्युवि गोलिया र ३१ थन चिरान काठ रातारात हराएको उपभोक्ता कलाराज राईले जानकारी दिए । वडा न‌‍ ८ मा पर्ने आरंगामा  घाटगद्दी गरिएको काठ र चिरान काठ रातारात हराएको उनले बताए । अन्दाजी तीनदर्जन सालका रुखहरु अबैधानिकरुपले कटान गरी चिरान गरिएको र गोलीया घाटगद्दीसमेत गरेको उजुरी परेपछि वन अधिकारीको टोलीले तीनदिनदेखि स्थलगत अनुसन्धान गर्दै आएको थियो । काठ हराएको खबर स्थानीयले गरेको र टोली खटिगएको वन कार्यालयले जनाएको छ ।...
बुहारीको हत्या गरी हराएको भन्दै निवेदन दिने सासु–ससुरा पक्राउ

बुहारीको हत्या गरी हराएको भन्दै निवेदन दिने सासु–ससुरा पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ २८ । कैलालीमा बुहारीको हत्या गरी हराएको भन्दै प्रहरीमा निदेवन दिने सासु–ससुरा सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–२ का ५२ वर्षीय डिल्लीसिंह बुढा, उनकी श्रीमती ५० वर्षीया लहरी बुढा र ज्वाईं नाता पर्ने भजनी नगरपालिका–४ का ४१ वर्षीय जयबिर बुढा रहेका छन् । कविता बुढाको शव गौरीगंगा नगरपालिका–१ को केदारेश्वर सामुदायिक वनमा खाल्डो खनेर पुरेको अवस्थामा भेटिएपछि प्रारम्भिक अनुसन्धानको क्रममा ससुरा डिल्लीसिंह र सासु लहरीले घरायसी विवादमा बुहारी कविताको हत्या गरी खाल्डोमा पुरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिए । उनका अनुसार नाता पर्ने ज्वाई जयबिरलाई उनिहरुलाईको सहयोग गरेको अभियोगमा पक्राउ गरिएको हो । गत १८ जेठमा पारिवारीक विवादका क्रममा ससुराले भान्सा कोठामा रोटी पकाइरहेकी बुहारीलाई चिरपटल...
उदयपुरगढीमा खडेरीले पानीको मुहान सुकेपछि दमकलबाट ट्याँङकीमा पानी

उदयपुरगढीमा खडेरीले पानीको मुहान सुकेपछि दमकलबाट ट्याँङकीमा पानी

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ २८ । पछिल्लो समय खडेरी सहितको उच्च तापक्रमले पानीको मुहान सुख्न थालेको छ । उदयपुरगढीको–७, नं वडा बतासेमा पानीको मुहान सुकेपछि स्थानीयहरु काकाकुल भएको छ । मुहान सुक्ने बित्तिकै त्यस ठाउँमा खानेपानीको हाहाकार मचिएको अवस्था छ । मुख्य श्रोतको रुपमा रहेको बतासे खानेपानी ट्याङकीको मुहान सुक्न थाले पछि स्थानीयहरु काकाकुल अवस्था रहेको वडाअध्यक्ष भुवन मगरले जनाए। प्रदेश सभा सदस्य नारायण बहादुर बुर्जा मगर, संघिय सांसद अम्बर बहादुर रायमाझी तथा स्थानीय सरकारको पहलमा शनिवारदेखि दम्कल मार्फत खानेपानी पुर्याउने कार्य सुचारु गरिएको अध्यक्ष मगरले बताए । मगरका अनुसार पछिल्लो समयको खडेरीले पानीको मुहान सुक्न थालेपछि नेपालटारको बौदनाथ खोलाबाट दमकलको सहायतामा करिव ४० देखि ५० घरलाई पनि उपलव्ध गराएको जनाए । पालिकामा खानेपानी अभाव भएको क्षेत्रहरुमा स्थानीय सरकार मार्फत स्वच्छ खानेपान...
रुपन्देहीमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच जना घाईते

रुपन्देहीमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच जना घाईते

समाचार
पूर्णपुष्टि,जेष्ठ २८ । सिद्धार्थ राजमार्गअन्तर्गत रुपन्देहीको तिलोत्तमामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । शनिवार राति तिलोत्तमा नगरपालिका–३, स्थित शान्तिकुञ्जमा भएको दुर्घटनामा पाँच जना घाईते भएको हो । भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च १४३८ नम्बरको स्कारपियो गाडी तिलोत्तमा नगरपालिकाको शान्तिकुञ्जमा सडक बत्तीको पोल र भित्तामा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले बताएको छ । दुर्घटनामा अर्घाखाँची छत्रगञ्ज गाउँपालिका–८, घर घएका ३२ वर्षीय गाडी चालक विकास श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाए । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चालक श्रेष्ठको उपचारको क्रममा बुटवलको चौराह अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा वर्ष ३१ का विज्ञान श्रेष्ठ, वर्ष ४९ का सुरेन्द्र श्रेष्ठ, वर्ष १८ का विप्लव श्रेष्ठ, वर्ष १७ का सुदर्शन श्रेष्ठ र वर्ष ३५ का विशाल पन्थी घाइते भएका छन् । ...
युरोपियन च्याम्पियन लिगको उपाधि सिटीलाई

युरोपियन च्याम्पियन लिगको उपाधि सिटीलाई

Breaking News 3, खेलकुद, समाचार
पुर्णपुष्टि, जेष्ठ २८ ।इंग्लिस क्लब म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन लिगको उपाधि जितेको छ । टर्कीको स्तानबुलमा शनिबार राति भएको फाइनल खेलमा सिटीले इटली क्लब इन्टर मिलानलाई १–० ले हराउँदै पहिलोपल्ट युरोपको सबैभन्दा ठुलो प्रतियोगिताको उपाधि चुमेको हो । सिटीलाई जित दिलाउन रोड्रीले खेलको ६८औं मिनेटमा गोल गरे । सिटी युरोपियन च्यम्पियन लिग जित्ने छैटौं इंग्लिस क्लब बनेको छ भने यस जितसँगै सिटीले (तीन मुख्य प्रतियोगिता) ट्रेबल उपाधि जितेको हो । यो सिजन सिटीले प्रिमियर लिग र एफए कपको उपाधि जितिसकेको छ । सिटी ट्रेबल उपाधि जित्ने दोस्रो इंग्लिस क्लब बनेको हो । यस अघि इंग्लिस क्लब म्यानचेष्टर युनाईटेडले सन् १९९९ मा ट्रेबल उपाधि जितेको थियो । सन् २०१६ मा सिटी आएयता प्रशिक्षक पेप ग्वार्डिओलाले च्याम्पियन लिगको उपाधिको लागी ८ वर्ष कुर्नुपर्‍यो । सन् २००८ देखि २०१२ सम्म बार्सिलोनालाई २ पल्ट च्...
चौदण्डीगढीको उभौली साकेलामा कोशी प्रदेश नामाकरणको विरोध

चौदण्डीगढीको उभौली साकेलामा कोशी प्रदेश नामाकरणको विरोध

Breaking News 1, समाचार
पूर्णपुष्टि, २८ जेष्ठ । उदयपुरमा यो बर्ष उभौली साकेलालाई बिरोधको रुपमा मनाईएको छ । किरातीहरुको भाषा, संस्कार संस्कृति र रहन सहनमा आधारित साकेला चाँड झण्डै एक महिना सम्म मनाईन्छ । उदयपुरको आठ ओटै पालिकाहरुमा साकेला उभौली धुमधामका साथ मनाईएको छ । किरात राई यायोँख्खा उदयपुरका अनुसार यो बर्ष साकेला उभौलीलाई बिरोधको रुपमा मनाईएको जनाएको छ । सँधै उल्लासमय नाचगानका साथमा साकेला नाचिने गरिन्थ्यो भने यो बर्ष भने बिरोधलाई मुख्य प्रथामिकता दिईएर साकेला नाचिएको हो । साविक प्रदेश नं १ लाई सरकारले “कोशी” नामाकारण गरेपछि यतिवेला पहिचानवादीहरु बिरोधमा उत्रिएको छ । संविधानमै उल्लेख भएको पहिचानको मुद्धालाई दवाउन सरकार लागि परेको आरोप लगाउ उभौलीमा समेत यसको चर्को विरोध गरेको छ । कोशी प्रदेश खारेज गर भन्दै गाईघाटमा केहि समय अघी उभौली नाचेर ब्यापक प्रदेश नामाकरणको बिरोध गरेका थिए । शनिवार मात्रै जिल...
आजको मौसम काहाँ काहाँ पदैछ पानी ?

आजको मौसम काहाँ काहाँ पदैछ पानी ?

Breaking News 2, समाचार
पूर्णपुष्टि, २८ जेष्ठ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। हाल देशमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलबाष्प युक्त हावा र बिहार आसपास भएको न्यून चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ। कोशी बाहेक अन्य भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार, आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङ्ग सहित हल्का देखी मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। राती पनि कोशी प्रदेश, बागमती प्रदेश र ग...
त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रसाईली उधोग वाणिज्य परिषद्को सदस्यमा मनोनीत

त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रसाईली उधोग वाणिज्य परिषद्को सदस्यमा मनोनीत

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २८ । त्रियुगा उद्योग बाणिज्य माहासंघ गाईघाटका अध्यक्ष रमेश रसाईली उद्योग बाणिज्य माहासंघको उद्योग बाणिज्य परिषद्को सदस्यमा मनोनित भएका छन् । रसाईलीलाई माहासंघको विद्यानको दफा ३९.२.१ उद्योग बाणिज्य संघ समूहबाट सदस्यमा मनोनित गरिएको हो । यस परिषद्ले माहासंघलाई चलायमान बनाउन थप सहयोग पुग्ने र समूहलाई क्रियाशिल बनाउन सबै लागि पर्नु पर्ने माहासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले जनाए । ढकाल हस्ताक्षर पत्रमा रसाईलीलाई मनोनयन गरिएको जानकारी गराईएको छ ।...