Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

त्रिभुवन अन्तराट्रिय विमान स्थलबाट चरेस सहित जर्मन नागरिक पक्राउ

त्रिभुवन अन्तराट्रिय विमान स्थलबाट चरेस सहित जर्मन नागरिक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ २९ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक जर्मन नागरिक चरेस सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा ६३ वर्षीय पल रिस्ट रहेको लागुऔषध नियन्त्रण व्युरोका प्रवक्ता चक्रराज जोशीले जानकारी दिए । टर्किस एयरलाइन्सबाट काठमाडौंबाट इस्तनाबुल हुँदै सुत्तगार्ट जाँदै गरेका उनलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । बिमानस्थलमा प्रहरीले जाँच गर्दा उनको सुटकेसमा कार्बन पेपरले बेरेर लुकाएको ६ किलो भन्दा बढी चरेस बरामद गरेको हो । चरेस बरामद गरेपछि प्रहरीले ति व्यक्तिलाई लागुऔषध नियन्त्रण व्युरोमा जिम्मा लागएको प्रहरी उपरीक्षक जोशीले बताए । राहदानी नम्बर c9wl4kwol रहेको जर्मन नागरिकको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  ...
मिस्टर कञ्चनजंगा (दोस्रो संस्करण)को बिजेता दिलिप कुमार चौधरीलाई बधाई तथा सम्मान

मिस्टर कञ्चनजंगा (दोस्रो संस्करण)को बिजेता दिलिप कुमार चौधरीलाई बधाई तथा सम्मान

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ २९ । झापाको विर्तामोडमा सम्पन्न प्रदेश स्तरिय दोस्रो मिस्टर कञ्चनजंगा बडिविल्डिङका बिजेता बनेका उदयपुरका दिलिप कुमार चौधरीलाई गृह जिल्लामा भव्यताका साथ बधाई तथा सम्मान गरिएको छ । सोमबार गाईघाटको डिएम गेट स्थितमा रहेको (DNB fitness club)ले एक कार्यक्रमको आयोजना गरी त्रियुगा नगरपालिका प्रमुख बसन्त कुमार बस्नेतद्धारा विजेता चौधरीलाई बधाई तथा सम्मान ज्ञापन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले नगरको आगामी निति तथा बजेट कार्यक्रममा बडिविल्डिङ प्रतियोगितालाई पनि धेरै-थोरै रुपमा समेट्ने र नगरको पस्कमा पनि यो प्रतियोगितालाई समावेश गर्ने बताए । उनका अनुसार युवा लक्षति यस प्रतियोगिताले शारिरीक रुपमा ससक्त्र बन्न मद्त गर्ने बताए । कोशी प्रदेशमा सम्पन्न हाल सम्मकै ठुलो धनराशी भएको प्रतियोगिताको उपाधी चुम्न सफल चौधरीलाई उनका टिम म्यानेजर सिर्दाथ श्रेष्ट,उनी ...
आज विश्व बालश्रम विरुद्ध दिवस

आज विश्व बालश्रम विरुद्ध दिवस

समाचार
पूर्णपुष्टि,जेष्ठ २९ । आज विश्व बालश्रम विरुद्धको दिवस । प्रत्येक वर्ष विश्वको १०० भन्दा बढी देशहरुमा बालश्रम विरुद्धको दिवस मनाउने गन्छि । बालश्रम विरुद्ध सामाजिक सचेतना र सरोकार बढाउँने उद्देश्यका साथ प्रत्यक वर्ष जुन १२ तारिखका दिन मनाउँने गरिन्छ । राष्ट्रिय श्रमशक्ति सर्वेक्षण प्रतिवेदन २००८ अनुसार १६ लाख बालबालिका श्रमिकका रुपमा कार्यरत रहेका छन् । जसमध्य ६ लाख २० हजार बालबालिका निकृष्ट प्रकारको श्रममा संलग्न छन् । जोखिमपूर्ण श्रममा रहेका बालबालिकामा पनि झण्डै ६० प्रतिशत बालिका तथा ४० प्रतिशत संख्या बालकहरु रहेको पाईन्छ । यी मध्य डेढ लाख भन्दा बढी बालबालिकाहरु घरेलु श्रमिकका रुपमा कार्यरत रहेको विभिन्न तथ्याङकनले देखाएका छन् । नेपाल सरकारले बालश्रम रोक्न तथा समग्र बालअधिकारको संरक्षण तथा संवद्र्धनका लागि बालअधिकार सम्वन्धि महासन्धि १९८९,श्रमका लागि न्यूनतम उमेर निर्धारण सम्वन्धि...
फिफा यू–२० विश्वकपको उपाधि उरुग्वेले जित्यो

फिफा यू–२० विश्वकपको उपाधि उरुग्वेले जित्यो

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेष्ठ २९ । फिफा यु–२० विश्वकप फुटबलको उपाधि उरुग्वेले जितेको छ । अर्जेन्टिनामा भएको प्रतियोगिताको फाईनल खेलमा सोमबार बिहान इटलीलाई ०–१ गोलले हराउँदै उरुग्वेले पहिलो पटक उपाधि चुमेको हो । उरुग्वेलाई जित दिलाउन खेलको ८६ औं मिनेटमा लुसियानो रोड्रिगेजले गरेको गोल नै निर्णयक गोल बनेको थियो । उरुग्वेलाई जित दिलाउन खेलको ८६ औं मिनेटमा लुसियानो रोड्रिगेजले गोल गरे । रोड्रिगेजले गरेको गोल नै उरुग्वेको जितको लागी निर्णयक गोल बन्यो । यसअघि उरुग्वे १९९७ र २०१३ मा उपाधि नजिक पुगेर पनि उपाधि जित्न सफल भएको थिएन् भने तेस्रो प्रयासमा उपाधि जित्न सफल भएको हो । यू–२० विश्वकप सार्वाधिक जित्ने राष्ट्रमा अर्जेन्टिना पहिलो छ भने दोस्रोमा ब्राजिल रहेको छ । अर्जेन्टिनाले ६ पटक यो उपाधि जितेको छ भने ब्राजिलले ५ पटक जितेको छ ।...
बाजुरामा गयो भुकम्प

बाजुरामा गयो भुकम्प

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ २९ । बाजुरामा आज भुकम्प गएको छ । जिल्लाको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर बिहान ७ : ३८ मिनेटमा भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका सहायक प्राविधिक राजेश शर्माले ४.४ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिए । बाजुरामा पछिल्लो समय पटकपटक भूकम्प गइरहेको छ ।...
स्कटल्याण्डकी पुर्वमन्त्री निकोला स्टर्जन पक्राउ

स्कटल्याण्डकी पुर्वमन्त्री निकोला स्टर्जन पक्राउ

Breaking News 3, राजनीति, समाचार, संसार
पूर्णपुष्टि, जेष्ठ २९ । स्कटल्याण्डका पूर्व प्रथम मन्त्री निकोला स्टर्जन पक्राउ परेकी छन् । स्कटिस नेसनल पार्टी (एसएनपी) को आर्थिक सहयोग र वित्तिय सम्बन्धमा चलिरहेको अनुसन्धानको सम्बन्धलाई लिएर उनलाई आइतबार पक्राउ गरिएको हो। एसएनपी स्कटिश स्वतन्त्रताको समर्थक हो। प्रहरीले निकालेको विज्ञप्तीमा उनको नाम नलिई भनिएको छ ‘एक ५२ बर्षीया महिलालाई शंकास्पदका रुपमा हिरासतमा लिएर सोधपुछ भईरहेको छ । गत अप्रिलमा उनका श्रीमान्, पूर्व एसएनपी प्रमुख कार्यकारी पिटर मुरेलको गिरफ्तारी र रिहाई पछि उनलाई पनि पक्राउ गरिएको हो । स्टर्जनका प्रवक्ताले पुष्टी गरे कि उनी आइतवार प्रहरी अनुसन्धानमा भाग लिएकी थिइन्। प्रवक्ताले भने कि, निकोला स्टर्जनले आइतवार पुलिस स्कटल्याण्डसँगको एक अन्तर्वार्तामा भाग लिइन्, जहाँ उनलाई पक्राउ गरिएको थियो र अपरेशन ब्रांचफांर्मको सम्बन्धमा सोधपुछ गरिएको थियो ।...
बुधबार कोशी प्रदेश सभको बैठक बस्ने

बुधबार कोशी प्रदेश सभको बैठक बस्ने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेष्ठ २९ । कोशी प्रदेश सभाको बैठक बुधबार बस्ने भएको छ । कोशी प्रदेश सभाको जेठ २३ गते सम्पन्न बैठकपछि सभामुख बाबुराम गौतमले अर्को सुचना जारी नभएसम्म बैठक स्थगित गरेका थिए । प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सबै सदस्यलाई जानकारीको लागि सुचना जारी गरेको जानकारी दिए । जारी भएको सुचनामा यही जेठ ३१ गते बुधबार दिउँसो १ बजे बैठक बस्ने उल्लेख छ ।...
आज बजेटमाथि उठेको प्रश्नको अर्थमन्त्रीले जवाफ दिने

आज बजेटमाथि उठेको प्रश्नको अर्थमन्त्रीले जवाफ दिने

Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि, जेष्ठ २९ । आज बस्ने प्रतिनिधि सभा बैठकमा बजेटमाथि उठेको प्रश्नको जवाफ अर्थमन्त्री डा.प्रकाशशरण महतोले दिने भएका छन् । गत जेठ १५ गते पेश भएको बजेटमाथि उठेको प्रश्न र जिज्ञासाको जवाफ आज दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्रीले जवाफ दिने कार्यसुची छ । प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) भारत भ्रमणबाट फर्किएपछि सुरु भएको बजेटको छलफल आईतबार सकिएको थियो । छलफलका क्रममा सांसदले उठाएका प्रश्न र जिज्ञासाको जवाफ अर्थमन्त्रीले दिएपछि बजेट पारितको प्रक्रियामा जानेछ ।...
गएराति बर्षात हुँदा किसानलाई राहत

गएराति बर्षात हुँदा किसानलाई राहत

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २९ । गएराती बर्षात हुँदा किसानलाई राहत मिलेको छ । सुख्खा खडेरी लागि रहेको बेलामा शनिबार राती बर्षात भएपछि केहि राहत मिलेको किसानहरु बताउछन् । सुख्खा खडेरी लागेपछि उदयपुरमा मकैबाली सुक्दैजाँदा किसानहरु चिन्तित बनेका थिए । केहि दिन यताको सुख्खा खडेरीले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा लगाईएको मकैबाली मर्न थालेको थियो । त्रियुगा नगरपालिका क्षेत्रका खैराहा, पोर्ताह, लक्ष्मीपुर, विसनपुर, जोगिदह, मोथ्याई, खैजनपुर भुल्के, मोतिगडासहित, बगाहा, श्रीपुर क्षेत्रका खेतमा लगार्ईएको मकैका बोट मर्न थालेको थियो । खैराहाका किसान विष्णु कार्कीले आफ्नो झण्डै एक बिघा रहेको खेतमा लगाएको मकैबाली खडेरी लागेपछि पातसहित मकैको बोट मर्न थालेको बताएका थिए भने यसपालिको मकैबाली खान नपाईने उनको गुनासो थियो । त्यस्तै पोर्ताहका किसान देवीलाल चौधरीले आफ्नो खेतमा लगाएको मकैबाली खडेरीका कारण अ...
अब तापक्रम घट्दै जाने र बर्षा हुने

अब तापक्रम घट्दै जाने र बर्षा हुने

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ २९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अब विस्तारै तापक्रम घट्दै जाने र बर्षात हुने भएकोले गर्मीबाट मुक्त मिल्नेछ । आज कोशी, मधेश, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने तराईका जिल्लाहरुमा पनि तापक्रम नबढ्ने पूर्वानुमान छ । मौसमविदहरुका अनुसार पश्चिमी वायुका साथै बंगालको खाडीको जलवाष्पयुक्त हावा र भारतको बिहार आसपास भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले शनिबार रातिदेखि नै कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ । त्यसैले तराईका भू(भागहरूको अधिकतम तापक्रम नबढ्ने जनाईएको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा उल...