पूर्णपुष्टि, असार १० ।
आज हुने भनिएकाे उदयपुरकाे त्रियुगा नगरपालिका नगरसभा आज अबेरसम्म पनि सुरु हुन सकेकाे छैन । वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुकाे विमतीका कारण सभा सुरु हुन नसकेकाे हाे ।
नगर शिक्षाले हालै गर्न खाेजेकाे शिक्षक दरबन्दी मिलान तथा विद्यालय घटुवाकाे विषयमा विमती रहेकाे जनाईएकाे छ ।...
पूर्णपुष्टि, १० असार ।
जिल्ला ट्राफिक कार्यालय उदयपुरले ७० जना सवारी चालकहरुको निशुल्क स्वास्थ्य जाँच गरेको छ । त्रियुगा नगरपालिका १३ बरुवा बसपार्कमा सोमावार लामो तथा छोटो दुरीका सवारी चालकहरुलाई स्वास्थ्य परिक्षण गराईएको हो ।
कर्यालयका ट्राफिक इन्चार्ज श्याम सुन्दर पोखरेलले दुर्घटना न्युनिकरणका लागि चालकहरुको अनिवार्य स्वास्थ्य जाँचको आवश्यक रहने जनाए । चालक सबैभन्दा बढी स्वास्थ्य रहनु पर्ने हुँदा उनिहरुलाई सँधै चेकजाँचको आवश्यक रहने पोखरेलले जनाए । पोखरेलका अनुसार ७० जना चालकहरुले आँखा र प्रेसरको जाँच गरेका छन् ।
उनिहरुको बिषेशगरी प्रेसर र आँखा दन्दुरुष्त हुनु पर्ने इन्चार्ज पोखरेलको भनाई छ । चालकको स्वास्थ्य अवस्था राम्रो भए दुर्घटनाहरु कम हुँदै जाने भन्दै सके सम्म चालकहरुका लागि महिनामा एक पटक सम्म चेक जाँचको वातावरण मिलाउने पोखरेलले बनाए । चेक गरिएका मध्ये दुई जना चालकहरुमा...
पूर्णपुष्टि, ९ असार ।
करिब एक महिना सम्म संञ्चालन भैएको किराती समुदायहरुको संस्कार संस्कृतिमा आधारित साकेला उभौली सम्पन्न भएको छ । शनिवार गाईघाट स्थिति साकेला थानमा साकेला नाच तथा साकेला शिल्ली प्रतियोगिता गरेरे साकेला सम्पन्न गरिएको हो । किरात राई यायोख्खा त्रियुगा नगरपालिका ११, १२ र १३ को संयुक्त आयोजनामा साकेला समापन गरिएको हो । साकेला उदयपुरमा गत जेष्ठ १० गते सिकारी भुमि पुजाआजा सहित सुरु गरिएको थियो । १६ ओटा प्राकाशा रहेकाउ गाईघाटमा सबै स्थानमा साकेला उभौलीको आयोजना गरिएको थियो । उक्त साकेलाको एकमुष्ट रुपमा समापन गाईघाटमा गरिएको हो । गाईघाटमा ७ र ८ गते गरी दुई दिन साकेला मनाईएको थियो । पहिलो दिन साकेला नाचगान र पुजाअजा दोस्रो दिन भने प्रतियोगिता गरी साकेला नाचका समापन गरिएको आयोजक समितिका अध्यक्ष सर्वधन राईले जनाए । उनले यो बर्षको लागि साकेला उभोली सम्पन्न भएको समेत जानकारी गराए ।
...
पूर्णपुष्टि, ८ असार ।
स्वर्गिय गिता स्मृति रनिङ शिल्ड साकेला प्रतियोगिताको उपाधी इटहरीले पच गरेको छ । २ पटक बिजेता ईटहरी उपमहानगरपालिका सुनसरीले यो पटक पनि जित हात पार्दै शिल्ड पच गरेको हो । प्रतियोगिताको बिजेता सँगै उक्त टिमले नगद रु ३० हजार सहित ट्रफि जितेको छ । यस्तै प्रतियोगितामा त्रियुगा नगरपालिका कमिटी दोस्रो, धरान १५ साकेला समूह तेस्रो भएको छ । दोस्रो हुने टिम त्रियुगाले नगद रु २० हजार र तेस्रो हुने धरानले नगद रु १५ हजार प्राप्त गरे ।
त्यस्तै ११ औँ गिता स्मृति रनिङ साकेला संघ लेटाङ मोरङ, कोवाई बुङ साकेला समूह त्रिनपा ३ चाप, चौनपा साकेला संघ, किरात राई चाम्लीङ खाम्वात्तिम, त्रिनपा नगर कमिटीले पनि सान्त्वना पुरस्कार पाएको छ । उनिहरु क्रमश चौथो, पाँचौ, छैँठौ र सार्तौबन्न सफल भएको हो । प्रथम पुरस्कारलाई नरध्वज राई, दोस्रो पुरस्कारलाई प्रेम कुमार राई, तोस्रो पुरस्कार भुपजित पुमा राई...
पूर्णपुष्टि, असार ८ ।
राष्ट्रिय माउनटेन बाइक प्रतियोगितामा उदयपुर जिल्ला साइकल संघका चार खेलाडीले उत्कृष्ठ प्रस्तुती दिएका छन् । प्रतियोगिताको जुनियर क्रसकनट्रीतर्फ निमा शेर्पाले प्रथम स्थान हाँसिल गरेका छन् । उनी गतसाल पनि विजेता हुन् । उनले आफ्नाे पुरानो रेकर्डलाई फेरी बचाउन सफल भएका हुन् ।
डाउनहिलतर्फ अबतार राईले छैठौं स्थान हाँसिल गरेका छन् । उनी जिल्लाकै आशलाग्दा खेलाडी हुन् । उनले विभिन्न प्रतियोगितामा उत्कृष्ठ खेल देखाइसकेका छन् । त्यसैगरी युथ क्याटागोरीतर्फ पहिलो पटक सहभागि कुसाङ शेर्पा पाँचौ र साजन कार्की छैठौं स्थानमा आउन सफल भएका छन् ।
जिल्लाका चारै खेलाडीले सम्मानजनक स्थान ल्याएर जिल्लाको नाम उज्वल गरेको संघका संस्थापक अध्यक्ष तथा साइक्लिङ अभियानता जितेन्द्र रोइलाले बताउनुभयो । प्रथम हुने निमा शेर्पाले आप्mनो पुरानो रेकर्ड बचाएर उपाधी उदयपुरको नाममा सुरक्षित गरेकोमा खुसी ब्य...
सुनिल राई (उदयपुर)
पूर्णपुष्टि, ८ असार
उदयपुरका राजनितिक दलहरुले त्रियुगा नगरपालिकाले शिक्षा क्षेत्रमा लापर्वाही र विद्यार्थीहरुको पठनपाठनमा प्रभावित बनाएर बेतिथी निम्ताएको भन्दै बिरोध गरेका छन् । जिल्लाको ६ ओटा राजनितिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकमा माओवादी, राप्रपा, जनता समाजवादी पार्टी र नेकपा एकिकृत समाजवादी पार्टीले संयुक्त बिज्ञाप्ती जारी गर्दै त्रियुगा नगरपालिकामा ठाडो निर्देशनबाट मापदण्ड विपिरिद पूर्वाग्राहि हिसावले विद्यालयको घटुवा र जथाभावी शिक्षक सरुवा गरेको भन्दै बिरोध गरेको हो ।
हालै त्रियुगा नगरपालिकाले नगरभित्रका बिभिन्न सामुदायिक विद्यालयहरुलाई शैक्षिकसत्र सुरुवात भई तिन महिना व्यतित भैसकेको अवस्थामा बालवालिकाहरुले आफ्नो घर पायक पर्ने ठाउँमा अध्यान गरिरहेको अवस्थामा मापदण्ड निर्माण नगरी हचुवा तथा पूर्वाग्राहि ढंगले विद्यालयहरुको तह घटुवा र दरबन्दी मिलानको ना...
पूर्णपुष्टि, ८ असार ।
उदयपुरगढी गाउँपालिकामा पान दर्ता तथा सामुदायिक वनको सामसामयिक बिषयमा ए दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ । स्थानीय वन महासंघ उदयपुरगढी तथा जिल्ला महासंघ उदयपुरको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । पछिल्लो समय सामुदायिक वनले अनिवार्य रुपमै समुहले पान लिन पर्ने जनाईएको छ । सोही बिषयमा सामुदायिक वन तथा कार्यरत पदाधिकारी तथा उपभोक्ताहरुलाई सचेत गराउन बृहत अन्तरक्रिया तथा छलफल गरिएको सामुदायिक वन महासंघ उदयपुरका अध्यक्ष कुशलवावु वस्नेतले जनाए ।...
पूर्णपुष्टि, ७ असार ।
गाईघाट स्थित साकेला थानमा रहेको पारुहाङ सुम्निमाको प्रतिमा अनावरण गरिएको छ । शुक्रबार साकेला उभौली सँगै प्रतिमाको पनि अनावरण गरिएको हो । किरात समुदायहरु भित्र रहेका बिभिन्न व्यक्तिहरुको आर्थिक सहयोगमा प्रतिमा निर्माण गरि साकेला थानलाई संस्कृतिमय बनाईएको छ । प्रतिमाको उद्घाटन किरात राई मुन्धुम धर्म संस्कार र संस्कृतिका संरक्षक जेष्ठ किरात नरध्वज राई र प्रेम चाम्लीङराईले गरेका हुन् । प्रतिमाको उद्घाटन गर्दै प्रेम चाम्लिङ राईले प्रकृतिमा रहेको सम्पूर्ण जिवजन्तुहरु सबै पारुहाङ सुम्निमको सन्तान रहेको जनाए । सृष्टि उत्पतिका मानव र जिव जन्तुहरु उनिहरुकै सन्तान रहेको उनले कथा सुनाए ।...
पूर्णपुष्टि, ७ असार ।
गाईघाटमा आज र भोली भव्य साकेला हुने भएको छ । आयोजक किरात राई यायोख्खा त्रियुगा नगपालिका वडा नं ११, १२ र १३ ले शुक्रबार साकेला नाच गर्ने र शनिवार साकेला प्रतियोगिता गराउने भएको हो । १२, १३ र ११ का संयुक्त प्रारम्भी वडा कमिटीका अध्यक्ष सर्वधन राईका अनुसार किरातीहरुको महान पर्वलाई गाईघाटमा भव्य मनाउने चलन रहेको छ । जेष्ठ १० गतेदेखी सुरु भएको साकेला गाईघाटमा भने बृहत रुपमा मनाईन्छ । यस बर्ष साकेला प्रतियोेगिता पनि गराउने भएको छ । लामो समय पछि गिता स्मृति साकेला प्रतियोगिता हुन लागेको हो । राईका अनुसार साकेला थानमा निर्माण भएको पारुहाङ सुम्निमाको प्रतिमा पनि अनावरण गरिने छ । साकेला प्रतियोगिता सँगै यस बर्षको साकेला उभौलीको पनि समापन गरिने छ ।...