Wednesday, August 5News That Matters

Month: २ वर्ष अगाडि

त्रिनपा १२ मा ४० हजार बजेटबाट बितरण गरिएको शैलुन सामाग्रीप्रति चरम असन्तुष्टी

त्रिनपा १२ मा ४० हजार बजेटबाट बितरण गरिएको शैलुन सामाग्रीप्रति चरम असन्तुष्टी

Breaking News 1, समाचार
पूर्णपुष्टि, ११ असार । त्रियुगा नगरपालिका १२ नं वडाले नेपाली कांग्रेस आबद्ध नेपाल नाई संघ उदयपुरलाई दिईएको ४० हजार बजेटको चरम दुरुपयोग भएको शैलुन व्यवसायीहरुले आरोप लगाएको छ । १२ नं वडावासी शैलुन व्यवसायीहरुलाई भन्दै छुट्टाएको ४० हजारको सामाग्रीहरु बजेट अनुरुप चित्त बुझ्दो नभएको भन्दै ब्यवसायीहरुले असन्तुष्टी पोखेका छन् । नेपाल नायुस संघलाई दिईएको बजेटबाट ४ देखी ५ जनालाई १ हजार रुपयाँ सम्मको दरले सामान वितरण गरी अरु पैसा भ्रष्टचार गरेको उनिहरुले आरोप लगाएको छ । सामान एउटा कैँची, २ ओटा काईयो, एउटा डायरी, एउटा कलम, एउटा छुरा र एउटा एप्रोन वितरण गरेको छ । शैलुन व्यवसायी शुभनारायण ठाकुरले यो सामानको मुल्य हजार रुपयाँ भन्दा धेरै नपर्ने जनाए । यी सबै कंमशल सामाग्रीहरु रहेको उनको ठहर छ । उनले आफु पनि यहि क्षेत्रको व्यवसायी भएको कारण कुन सामान कति पर्छ भन्ने कुरा आफुलाईनै थाहा भएको जनाए । बितर...

बेलकाको खारखोलामा पहिरोले खोर सहित ९ ओटा बाख्रा बगायो, दुईघर जोखिममा

बेलकाको खारखोलामा पहिरोले खोर सहित ९ ओटा बाख्रा बगायो, दुईघर जोखिममा

Breaking News 1
पूर्णपुष्टि, ११ असार । बेलका नगरपालिका वडा नं ५ खारखोलामा स्थानीयको ९ ओटा बाख्रा पहिरोले बगाएको छ । सोमवार रातिको झरिले गएको पहिरोले सोही स्थानका स्थानीय रोशन राईको खोरमा रहेको ९ बाख्रा, बाख्रा खोर र शौचालय बगाएको छ । स्थानीय युवराज लिम्वुका अनुसार पहिरोको कारण अन्य दुई घर भने जोखिममा परेको छ । बमबहादुर राई र रविन सुब्बाको घर भने पहिरोको जोखिममा रहेको लिम्वुले जनाए। उनिहरुले पहिरोबाट सुरक्षित हुन सहयोग मागेका छन् । सम्बन्धित निकाय, स्थानीय सरकार स्वयम स्थानीयहरुले यसतर्फ ध्यानाकर्षण गर्नु पर्ने माग गरेका छन् । बाख्रा दुखले हुर्काएको बाख्रा पहिरोले बगाउँदा झण्डै एक लाख बराबरको क्षती पुगेको स्थानीय जिम्वुले जानकारी दिए । अन्य खोर र शौचालय पनि बगाउँदा थप क्षती पुगेको छ । घटनाबारे बेलका प्रहरीले मुचुल्का उठाएर अनुसन्धान गरिरहेको छ ।...
रौतामाईले ल्यायो ५७ करोड ६ लाख ९७ हजार बजेट

रौतामाईले ल्यायो ५७ करोड ६ लाख ९७ हजार बजेट

Breaking News 1
पूर्णपुष्टि, ११ असार । उदयपुरको रौतामाई गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ को लागि बजेट पास गरेको छ । पालिकाले तीति तथा कार्यक्रम सँगै बजेट पारित गरेको हो । सोमबार गाउँपालिका भुट्टारमा आयोजित ‘१५ औँ गाउँसभा’मा अध्यक्ष वीरेन्द्र मगरद्वारा प्रस्तुत नीति तथा कार्यक्रम आर्थिक वर्ष ०८१र८२ को बजेट व्यापक छलफल गरी पारित भएको हो । पालिकाले आर्थिक वर्षका लागि ५७ करोड ६ लाख ९७ हजार रुपैँयाको अनुमानित आयव्यय सार्वजनिक गरेको जनाएको छ । उनका अनुसार प्रस्तुत बजेटमा संघीय सशर्त, संघीय वित्तीय समानीकरण, प्रदेश सशर्त र समानीकरण, राजश्व बाँडफाँड तथा आन्तरिक आयलाई मुख्य आमदानीकोरुपमा लिईएको छ ।...
उदयपुरमा एक थान पेस्तोल सहित युवा पक्राउ

उदयपुरमा एक थान पेस्तोल सहित युवा पक्राउ

Breaking News 1
पूर्णपुष्टि, ११ असार । उदयपुरमा एक थान पेस्तोल सहित युवा पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका ३ बस्ने १९ बर्षिय जुलेश रायमाझी पक्राउ परेको हो । उनलाई त्रियुगा नगरपालिका १२ बाट प्रहरीले आइृतबार पक्राउ गरेको थियो । रायमाझीको साथवाट अवैध रुपमा बोकिरहेको अवस्थामा खाली म्यागजिन सहित १ थान पेस्तोल बरामद गरी उनलाई तत्काल नियन्त्रणमा लिइ अदालतबाट दिन ५ म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
चौदण्डीगढी नगरपालिकाले सार्वजानिक गर्यो ७९ करोडको बजेट

चौदण्डीगढी नगरपालिकाले सार्वजानिक गर्यो ७९ करोडको बजेट

Breaking News 1
पूर्णपुष्टि, ११ असार । उदयपुरको चौदण्डीगढी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१र०८२ का लागि बजेट सार्वजानिक गरेको छ । सोमबार १६ औं नगर सभा सम्पन्न गर्दै आगामी आर्थिक बर्षका लागि ७९ करोड ६३ लाख ३६ हजारको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले संघ र प्रदेशको सशर्त तथा समपुरक तर्फको ४२ करोड ४२ लाख ८४ हजार बजेट तथा नगरपालिकाको निशर्त तर्फको ३७ करोड २० लाख ५२ हजार बजेट गरि कुल ७९ करोड ६३ लाख ३६ हजारको बजेट नगर उपप्रमुख मणिकादेवी दुलालले सार्वजनिक गरिन् । उक्त सार्वजानिक बजेटलाई भौतिक पूर्वधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, विपद व्यवस्थापन लगायतमा खर्च गर्ने निति तथा कार्यक्रम तय गरेको छ । नगरपालिकाले आगामी आर्थिक बर्षको लागि ४ करोड ५४ लाख ८२ हजार ३ सय ७४ रुपैंयाको राजश्व संकलन गर्ने लक्ष लिएको छ । गत आर्थिक बर्ष २०८०÷०८१ मा ७५ करोड ७३ लाख ६६ हजार ६ सय ५० रुपैयाको बजेट प्रस्तुत गरेको थि...
त्रियुगा नगरपालिकाले ल्यायो २ अर्ब १५ करोड बढी बजेट

त्रियुगा नगरपालिकाले ल्यायो २ अर्ब १५ करोड बढी बजेट

Breaking News 1
पूर्णपुष्टि, १० असार । त्रियुगा नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को लागि २ अर्ब १५ करोड ७१ लाख ५७ हजार बजेट ल्याएको छ । सोमबार भएको १३ औ नगरसभाले उक्त बजेट सार्वजनिक गरेको हो । गत बर्ष तुलनामा दोब्बर बढी बजेट ल्याएको नगरले जनाएको छ । नगरले भौतिक पुर्बधार शिक्षा, स्वास्थ र रोजगालाई प्राथमिकता दिएको छ ।
लिम्चुबुङको गाउँसभा सम्पन्न

लिम्चुबुङको गाउँसभा सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, १० असार । लिम्चुङबुङ गाउँपालिकाले दोस्रो सभाको पन्द्रो अधिवेशन सम्पन्न गरेको छ । आर्थिक बर्ष २०८०÷०८१ को लागि निति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँसभा सम्पन्न गरेको हो । पालिकाले समृद्ध लिम्चुङबुङ गाउँपालिकालाई एकै पुस्तामा समेट्न पर्यटन पक्की सडकलाई मुख्य ऐजेण्डा बनाएको छ । पालिका अध्यक्ष मेजर कुमार राईले लिम्चुङबुङको विबास, सुधार र समृद्धका लागि पर्यटन पक्कीसडकको अत्यावश्यक रहेको जनाए । राईले संघिय र प्रदेशले बजेट पठाएको भएपनि पालिकालाई समेट्न सक्ने खाले बजेट नरहेको जनाए । पालिकाको निति तथा कार्यक्रम जनमुखी रहेको अध्यक्ष राईले जनाए । कृषि पर्यटन, भौतिक पूर्वधार शिक्षा, स्वास्थ्य, विकास, रोजगार उद्यमशिलता, सामाजिक विकास, युवा तथा खेलकुद, खानेपानी सरसफाई, बिपद व्यवस्थापन जस्ता महत्वपूर्ण कुराहरुलाई निति तथा कार्यक्रममा समेटिएको छ ।...
त्रियुगा नगर शिक्षाकाे निर्णयप्रति उपमेयर लगायत १६ जनाकाे असहमती

त्रियुगा नगर शिक्षाकाे निर्णयप्रति उपमेयर लगायत १६ जनाकाे असहमती

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, असार १० । त्रियुगा नगर शिक्षाले नगरसभामा अनुमाेदनका लागि अघि सारेकाे निर्णयमाथि असहमती जनाईएकाे छ । शिक्षक दरबन्दी मिलान तथा विद्यालय घटुवा सम्बन्धी निर्णय नगर शिक्षाले अनुमाेदनका लागि अघि सारेकाेमा असहमती जनाईएकाे हाे । उपमेयर महेश्वरी राई, वडाध्यक्षहरु वडा नं. ८ का राजकुमार राउत, वडा नं. २ का घमानसिंह खत्री, वडा नं. १६ का मानबहादुर राई, वडा नं. ७ का अम्बरबहादुर दनुवार, वडा नं. ६ का याेगेन्द्रबहादुर दाहाल, वडा नं. १४ का हिमराज मगर, वडा नं. १० का किरण पाण्डे, वडा नं. १५ का गणेशप्रशाद तिम्सिनाले नगरसभा सुरुअघि असहमती जनाएका छन् । त्यस्तै कार्यपालिका सदस्यहरु विमल राई, गिता उप्रेती, रेनुका श्रेष्ठ, कुन्ति परियार, रेख मगर, सुनिता गजमेयर रछ डिल्लीसेर राईलेसमेत अुहमती जनाएका छन् । उपमेयर राईकाे अध्यक्षतामा बैंठक नै बसी १६ जनाले असहमतीपत्रमा हस्ताक्षर गरि मेयर र प्रमुख प्रशासकीय अ...
त्रियुगाकाे नगरसभा अबेर सुरु

त्रियुगाकाे नगरसभा अबेर सुरु

राजनीति, समाचार
पूर्णपुष्टि, असार १० । त्रियुगा नगरपालिका उदयपुरकाे नगरसभा आज अबेर सुरु भएकाे छ । विहान ११:०० बजे हुने भनिएकाे सभा अपरान्ह ४ बजेदेखि सुरु भएकाे हाे । वडाध्यक्ष तथा कार्ययपालिका सदस्यहरुले शिक्षक दरबन्दि मिलान तथा विद्यालय घटुवा विषयमा विमति जनाएपछि सभा अबरुद्ध बनेकाे थियाे । विमतिबारे लिखित रुपमा निर्णय गरि मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई  बुझाएपछि सभा अगाडि बढेकाे जनाईएकाे छ ।...