कांग्रेसको आन्तरिक किचलोले कोशी प्रदेशमा मन्त्री छनोट अलमलमा
पूर्णपुष्टि, साउन २४ । कोशी प्रदेशमा कांग्रेसले मन्त्री छनोट गर्न नसकेको एक महिना बितिसकेको छ। केन्द्रमा गठबन्धन सरकार बनेको र अन्य प्रदेशमा मन्त्री पठाइसकेको अवस्थामा कोशी प्रदेशमा भने कांग्रेसको आन्तरिक किचलोका कारण मन्त्री छनोट प्रक्रिया अलमलमा परेको छ।
गत असार १७ गतेको सहमति अनुसार केन्द्रमा कांग्रेस–एमालेको गठबन्धन सरकार गठन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले असार ३१ गते २१ जना मन्त्री नियुक्त गरे, जसमा कांग्रेसका तर्फबाट १० जना मन्त्रीले एकैपटक शपथग्रहण गरेका थिए। तर केन्द्रमा मन्त्री पठाउन फटाफट निर्णय गरेको कांग्रेस कोशी प्रदेशमा भने मन्त्री पठाउनै सकेको छैन। कांग्रेसले मन्त्री पठाउन नसक्नुको प्रमुख कारण पार्टीको आन्तरिक शक्ति सङ्घर्ष रहेको जनाइएको छ।
कांग्रेसका केही नेताहरूले पार्टी सभापति र केन्द्रीय नेताहरूले प्रदेशमा कम चासो दिएका कारण सरकारमा पठाउने नाम दिन ढिला भएको दाब...







