Thursday, August 6News That Matters

Month: १ वर्ष अगाडि

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति राजावादी समूहको आपत्ति

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति राजावादी समूहको आपत्ति

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १२ । राजावादी समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार गरेको अभिव्यक्तिलाई आपत्तिजनक र उत्तेजक भन्दै कडा आपत्ति जनाएको छ । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले सोमबार जारी गरेको प्रेस वक्तव्यमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई गैरजिम्मेवार र संविधान तथा लोकतन्त्रको मर्म विपरीत भएको आरोप लगाएका छन् । आइतबार एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्ना कार्यकर्तालाई जेठ १५ गते काठमाडौंलाई पार्टीको नियन्त्रणमा लिन निर्देशन दिएका थिए । सुवेदीका अनुसार प्रधानमन्त्रीको जिम्मेवारी शान्ति, संविधानको पालना र जनताको सुरक्षामा केन्द्रित हुनुपर्नेमा उल्टो द्वन्द्व भड्काउने खालको भाषा प्रयोग गर्नु आश्चर्यजनक र आपत्तिजनक छ । उनले प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिलाई संविधानप्रदत्त अधिकारको दुरुपयोग मानेको बताए । राजावादी समूहले संविधानप्रदत्त अधिकारको प्रयोग गर्दै ...
हुम्लामा ५ हजार मिटर उचाइमा तीन हिमताल पत्ता

हुम्लामा ५ हजार मिटर उचाइमा तीन हिमताल पत्ता

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १२ ।  हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ स्थित तिलगाउँमा गएको बाढी पहिरोको अध्ययन गर्न पठाइएको प्राविधिक टोलीले समुद्री सतहदेखि ५ हजार ३ सय ५० मिटर उचाइमा तीन वटा हिमताल पत्ता लगाएको छ । यही जेठ १ गते राति आएको अचानक बाढी र सुख्खा पहिरोका कारण तिलगाउँका १८ घरका ३२ जना परिवार विस्थापित भएका थिए । प्राकृतिक प्रकोपको वास्तविक कारण पत्ता लगाउन पठाइएको प्राविधिक टोलीले हिमताल फुटेर बाढी आएको हुनसक्ने संभावना व्यक्त गरेको छ । यसअघि स्थानीय युवाहरूले यस क्षेत्रमा दुई वटा हिमताल रहेको जानकारी दिएका थिए । तर प्राविधिक अध्ययनपछि तीन वटा हिमताल रहेको पुष्टि भएको छ । अध्ययन टोलीका सदस्य शिवकुमार बास्कोटाले हिमतालहरूको बारेमा थप अध्ययन जारी रहेको जानकारी दिए । अध्ययन कार्यमा तीन वटा सरकारी निकायका विशेषज्ञहरू संलग्न छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका...
‘सेटिङ’मा नपरेपछि साढे तीन वर्षमा २० हजार यात्रु विमानस्थलबाटै फिर्ता

‘सेटिङ’मा नपरेपछि साढे तीन वर्षमा २० हजार यात्रु विमानस्थलबाटै फिर्ता

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख १२ । भिजिट भिसाको आवरणमा मौलाएको मानव तस्करीको सेटिङमा नपर्दा पछिल्लो साढे तीन वर्षमा २० हजारभन्दा बढी यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएका छन् । यो तथ्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चलिरहेको अनुसन्धानबाट खुलेको हो । चार गृहमन्त्रीको कार्यकालमा २० हजार यात्रु फिर्ता बालकृष्ण खाण, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेका बेला अन्तर्राष्ट्रिय विमानस्थलबाट 'बोर्डिङ पास' लिएर सुरुवाती सुरक्षा जाँच पार गरिसकेका २० हजार ४ सय ९६ जना यात्रु अध्यागमनबाटै फिर्ता गरिएका हुन् । यी यात्रुहरूसँग गन्तव्य मुलुक प्रवेश गर्न आवश्यक सबै कानुनी अनुमति भएको भए पनि उनीहरूलाई 'गिरोहको सेटिङ' मा नपर्दा विमानस्थलबाटै फर्काइएको अनुसन्धानबाट पुष्टि भएको छ । गृह प्रशासनका कर्मचारीसहित ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, एयरलाइन्स ...
गृहमन्त्री लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : नेकपा माओवादी

गृहमन्त्री लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : नेकपा माओवादी

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १२ ।  नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरण विवादमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन सुझाव दिएको छ । सोमबार बसेको माओवादी पदाधिकारी बैठकले प्रश्न उठेकाले गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्न उचित हुने निष्कर्ष निकालेको छ । बैठकपछि माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले गृहमन्त्री लेखकको राजीनामाको पक्षमा पार्टीको अवस्थान सार्वजनिक गरे । उनले भने, ‘भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्रीमाथि प्रश्न उठेको छ । यस्तो अवस्थामा उहाँले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु उचित हुन्छ।’ हालै सार्वजनिक भएको भिजिट भिसा प्रकरणमा केही अधिकारीहरूको संलग्नता रहेको आरोप लागेको थियो । यस प्रकरणमा गृहमन्त्री लेखकको नाम पनि चर्चामा आएको थियो ।  ...
भिजिट भिसा प्रकरणमा गृहमन्त्री निर्दोष – कांग्रेस

भिजिट भिसा प्रकरणमा गृहमन्त्री निर्दोष – कांग्रेस

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १२  । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको औपचारिक निष्कर्ष निकालेको छ । आज बिहान बसेको पदाधिकारी बैठकले मन्त्री लेखक यस अनियमिततामा कुनै पनि हिसाबले संलग्न नभएको ठहर गरेको हो । बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको स्पष्ट अवस्थान राखे । उनले भने, "जहाँसम्म गृहमन्त्री जीको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।" प्रवक्ता महतले गृहमन्त्री लेखकलाई जबरजस्ती यस प्रकरणमा जोडेर अफवाह फैलाइएको आरोप लगाए । उनले यस्ता अफवाहहरूले मन्त्रीको छविमा आँच पुर्याउने प्रयास भएको बताए । हालै सार्वजनिक भएको भिजिट भिसा प्रकरणमा केही अधिकारीहरूको संलग्नता रहेको आरोप लागेको थियो । यस प्रकरणमा गृहमन्त्री लेखकको नाम पनि चर्चामा आएको थियो । कांग्रेसले भिजिट भिसा अनियमिततामा वास्त...
माओवादी केन्द्र र नेसपाको पार्टी एकता आज

माओवादी केन्द्र र नेसपाको पार्टी एकता आज

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १२ । नेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बीच आज औपचारिक पार्टी एकता हुने भएको छ । ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान ११:३० बजे आयोजना हुने एकता घोषणा कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्य सम्बोधन गर्नेछन् । नेसपाका पूर्व अध्यक्ष महिन्द्र राय यादव पछि हटेपछि गंगानारायण श्रेष्ठले एकताको प्रक्रियालाई अगाडि बढाएका हुन् । श्रेष्ठले आफ्नो पक्षमा बहुमत नेताहरूको समर्थन रहेको दाबी गरेका छन् । श्रेष्ठका अनुसार २९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना र १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जनाले उनलाई समर्थन गरेका छन् । यो संख्याले नेसपाको नेतृत्वमा श्रेष्ठको बलियो स्थिति देखाउँछ । गत निर्वाचनमा महिन्द्र राय यादव नेतृत्वको नेसपाका उम्मेदवारहरूले माओवादी केन्द्रको चुनाव चिह्न प...
उदयपुरको कटारीबाट जबरजस्ती करणी आरोपमा चारजना पक्राउ

उदयपुरको कटारीबाट जबरजस्ती करणी आरोपमा चारजना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि सम्बाददाता, जेठ १२ । उदयपुरको कटारी नगरपालिका ४ बाट जबरजस्ती करणीयको आरोपमा चारजना पक्राउ परेका छन् । करणी आरोपमा २५ वर्षिय सुजन भन्ने राजकुमार तामाङ, २० वर्षिय नविन श्रेष्ठ, त्यतिनै उमेरका जीवन तामाङ र १९ वर्षिय एक किशोर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई जेठ १० गते पक्राउ गरेको प्रहरीले उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ । उनीहरुले एक १४ वर्षिया नावालिकालाई जबरजस्ती सामुहिक करणीको आरोप लागेको छ । नावालिकाको परिवारले इलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दिएको जनाइएको छ ।...
छैठौँ वडा अध्यक्ष कप : शिव पार्वती फुटबल क्लबको पोष्टमा आयोजक बगाहाको ६ गोल

छैठौँ वडा अध्यक्ष कप : शिव पार्वती फुटबल क्लबको पोष्टमा आयोजक बगाहाको ६ गोल

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख ११ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ४ मा जारी छैठौँ वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको दोस्रो खेलमा आयोजक बगाहा युवा समुह फुटबल क्लब विजयी भएको छ । आईतबार बगाहाको खेल मैदानमा भएको खेलमा शिव पार्वती फुटबल क्लबको पोष्टमा आयोजक बगाहाले ६ गोल गरेको हो । बगाहाको लागी जर्सी नं. ७ का कप्तान विप्लव कटुवालले ह्याट्रिक गरे । उनले खेलको २९, ४७ र ५८ औँ मिनेटमा ह्याट्रिक पुरा गरे । त्यस्तै खेलको सुरुवाती १५ औँ मिनेटमा जर्सी नं. १० का यलएक्स स्याङ्बोले गोल गर्दै बगाहालाई आग्रता थिए भने २१ औँ मिनेटमा जर्सी नं. १४ का सनम चौधरी र ४८ औँ मिनेटमा जर्सी नं. ९ का रितेश तामाङ्गले १–१ गोल गरे । यस खेलका म्यान अफ द म्याच बगाहा युवा समुहका जर्सी नं. ७ का विप्लव कटुवाल बने । उनले नगद रु. ५ सय सहित फ्लेक्स र मेडल प्राप्त गरे । यस प्रतियोगिताको विजेताले ट्रफी, मेडर र नगद रु. २५ हजार प्...
गणतन्त्र दिवसमा उदयपुर ब्याड्मिन्टन संघले प्रतियोगिता गराउने

गणतन्त्र दिवसमा उदयपुर ब्याड्मिन्टन संघले प्रतियोगिता गराउने

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि सम्बाददाता, जेठ ११ । गणतन्त्र दिवसको अवसरमा जिल्ला ब्याड्मिन्टन संघ उदयपुरले आगामी १५ र १६ गते गाईघाटमा जिल्ला स्तरीय त्रियुगा मेयरकप खुल्ला ब्याड्मिन्टन प्रतियोगिताको आयोजना गर्ने भएको छ । त्रियुगा नगरपालिकाकाे सहयाेगमा आयोजकले पुरुष डबल्स ए, पुरुष डबल्स बी र महिला खुल्ला प्रतियोगिता गरी तीन इभेन्ट्सको खेल गर्ने भएको अध्यक्ष किसन राईले जानकारी दिनुभयो । १४ गते मध्यन्हसम्ममा नाम दर्ता गराउन भन्दै सुचना जारी गरेको संघले आयोजनाको तयारी थालिसकेको जनाएको छ । गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा जिल्लाको सबै पालिकाका खेलाडीलाई सहभागिताका लागि सुचना गरिएको जनाइएको छ । महिलाहरुलाई पनि खेलमा प्रोत्साहन गर्ने उद्देश्यले खुल्ला महिला प्रतियोगितासमेत राखिएको जनाइएको छ ।...
स्थानिय तहमा पहुँचका भरमा नियुक्ति गरिएका करार कर्मचारीको दादागिरी, स्पष्टिकरण दिन मान्दैनन्, करार खारेज गरेपछि जनप्रतिनिधि माथि नै धम्की

स्थानिय तहमा पहुँचका भरमा नियुक्ति गरिएका करार कर्मचारीको दादागिरी, स्पष्टिकरण दिन मान्दैनन्, करार खारेज गरेपछि जनप्रतिनिधि माथि नै धम्की

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि सम्बाददाता । जेठ ११ गते । स्थानिय तहमा राजनितिक भागबण्डका आधारमा करारमा नियुक्ति दिइएका कर्मचारी जनप्रतिनिधिकै लागि गलापासो हुने गरेको छ । करारमा नियुक्ति गरिएको कार्यलय सहयोगिहरु नै पहुँचको आडमा शक्तिशाली बन्ने गरेका छन् । यि कर्मचारीहरु कार्यलयका हाकिम वा विभागिय प्रमुखलाई टेर्दैनन् किनकि यिनिहरु जनप्रतिनिधिका दाइने हुने गरेका छन् तर यिनै कर्मचारीले विस्तारै जनप्रतिनिधिलाईसमेत टेर्न छाड्छन् अनि जनप्रतिनिधिलाई नै गलापासो बन्ने गरेका छन् । पछिल्ला उदाहरण हो रामप्रसाद राई गाउँपालिका वडा नं २ धोद्लेखानीका वडा कार्यलयका कार्यलय सहयोगी नरोत्तम तामाङ । नरोत्तम तामाङलाई २०७४ सालको स्थानिय तहको निर्वाचन पछि कार्यलय सहयोगी पदमा गाउँपालिकाले करारमा नियुक्ति गरेको थियो । साइनोले काका पर्ने राजकुमार तामाङ वडाध्यक्ष भएको मौकामा नरोत्तमले कार्यलय सहयोगी पदमा नियुक्ति पाएका थिए । राजनितिक ...