Friday, July 3News That Matters

Author: पूर्णपुष्टि

हरि राउतद्धारा आमा–बुबाको सम्झनामा ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप न्यानो कपडा वितरण

हरि राउतद्धारा आमा–बुबाको सम्झनामा ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप न्यानो कपडा वितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष ३ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ९ निवासी हरि बहादुर राउतले आफ्ना आमा–बुबाको सम्झनामा १० जना ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप जाडोमा न्यानो कपडा वितरण गरेका छन् । बुधबार गाईघाट स्थित होटल टाउन हलमा राउतले वडा नं. ११ का १० जना वृद्ध–वृद्धालाई स्विटर, टोपी र बर्कि वितरण गरेका हुन् । त्रियुगाको १६ वटै वडाका ९० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई सम्मान स्वरुप न्यानो कपडा वितरण गर्न लागिएको राउतले जनाए ।...
६० लाख नेपाली श्रमिक विदेशमा, ८० प्रतिशत खाडी र मलेसियामा

६० लाख नेपाली श्रमिक विदेशमा, ८० प्रतिशत खाडी र मलेसियामा

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष ३ ।  एक दशकको अवधिमा नेपालबाट विभिन्न देशहरूमा ६० लाख ९८ हजार ८० श्रमिकहरू गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार, यी श्रमिकहरूमध्ये ५६ लाख ८१ हजार पुरुष र ४ लाख १६ हजार महिला रहेका छन् । कतार सबैभन्दा बढी गन्तव्य देश रहेको छ, जहाँ १६ लाख नेपाली श्रमिक पुगेका छन् । खाडी र मलेसियाका देशहरूमा ८० प्रतिशत नेपाली श्रमिक केन्द्रित छन् । श्रमिकहरूले विभिन्न चुनौतीहरूको सामना गर्नुपर्दै आएका छन्, जस्तै करार सम्बन्धी समस्या, पारिश्रमिक भुक्तानीमा कठिनाई र कार्यस्थल सुरक्षाको अभाव । एक अध्ययनअनुसार प्रतिवर्ष लगभग १ हजार श्रमिकको ज्यान जान्छ । केवल १.५ प्रतिशत श्रमिकले मात्र "फ्री भिसा, फ्री टिकट" पाउँछन् । श्रमविज्ञहरूले नेपालमा रोजगारीको अभाव र उत्पादनशील अवसरको कमीले युवाहरू वैदेशिक रोजगारीतर्फ बढिरहेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनअनुसार विश्वभरका आप्रवा...
खाना परिकार महोत्सव : जातजाति परिकारलाई प्राथामिकता

खाना परिकार महोत्सव : जातजाति परिकारलाई प्राथामिकता

Breaking News 3, समाचार
पूर्णपुष्टि, २ पुष । सोमवारदेखी गाईघाटमा सुरु भएको दोस्रो खाना परिकार मेलामा आदिवासी जनजातिका परिकारहरुलाई प्राथामिकता दिईएको छ । सामूहिक प्रतिबद्धता र सहकार्यको थालनी, लोक संस्कृतिको जगेर्ना, होमस्टेको अवधारणा अनुसार संस्कृतिक तथा धार्मिक सद्भाव जस्ता उदेश्य संञ्चालन गरिएको महोत्सवमा जातजाति परिकार भरिभराउ छ । नेवार, थारु, राई, दनुवार भुजेल लगायत समुदयहरुले आफ्नो पुख्र्यौली र रैथाने खाना परिकार प्रदर्शन गरेको छ । नेवारी परिकार छोईला, कचेला, चटामरी जस्ता प्रख्यात खाना महेत्सवमा राखिएको छ भने थारुको घुँगी, बगिया, राईको लोकल रक्सी, चाम्रे, रोटी, सुँगुरको मासु, लोकल भाले परिकार हुँदा यता दनुवारहरुको अन्डी महोत्सवमा देख्न सकिन्छ । महोत्सव पुष १ देखी ८ सम्म संञ्चालन हुने छ । महोत्सवको मुख्य आकार्षणको रुपमा आदिवासी जनजातिको खाना परिकार, मनोरञ्ज सँगै झाँकी प्रदर्शन रहेको छ ।...
सगरमाथा विमान स्थल : मन्त्रीको जवाफ सुनेपछि निराश उदयपुरवासी

सगरमाथा विमान स्थल : मन्त्रीको जवाफ सुनेपछि निराश उदयपुरवासी

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २ पुष । लामो समय देखी विमान स्थल बन्ने आशामा बसेको उदयपुरवासीहरुमा थप निराश छाएको छ । उदयपुरको त्रियुगा नगरपालिका १ र २ मा पर्ने जोगिदहमा बन्ने भनिएको विमान स्थल बन्न मन्त्रालयले बजेटको अभाव रेहेको भनेपछि उदयपुरका जनताहरु थप निराश बन्न पुगेको हो । सोमवार प्रस्तावित सगरमाथा विमान स्थल निरिक्षणका लागि जोगिदह आईपुगेका संस्कृतिक पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री प्रसाद पाण्डेले मन्त्रालयमा विमान स्थल निर्माणका लागि बजेट नभएको सुनाए । उदयपुरवासीहरु भने विमान स्थल बन्ने प्रतिक्रियाका लागि मन्त्रीलाई ११ बजेदेखी कुरेर बसेका थिए । मन्त्री पाण्डे भने ढिलोगरिकन ४ बजे मात्रै जोगिदह पुगेका थिए । ढिलो आएका मन्त्रीबाट पनि जनताहरु विमान स्थल बन्ने सकरात्मक प्रतिक्रियाको पर्खाईमा थियो । तर पाण्डेले जनताहरुबीच आफ्नो कुरा राख्ने क्रममा मन्त्रालयले आवश्यक बजेट छुटाउन नसेको प्रतिक्रिया दि...
गाईघाटमा सुरु भयो दोस्रो प्रदेश स्तरीय खाना परिकार मेला

गाईघाटमा सुरु भयो दोस्रो प्रदेश स्तरीय खाना परिकार मेला

Breaking News 1, Breaking News 2, Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, १ पुष । उदयपुरको सदरमुकाम गाईघाटमा दोस्रो प्रदेश स्तरीय खाना परिकार मेला सोमवारबाट सुरु भएको छ । झिँगु नेवा पुँच उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिका र ११ नं वडाको सह आयोजनामा मेला सुरु भएको हो । मेलामा आदिवासी जनजातिका परिकारहरुलाई बिषेश प्राथामिकता दिईएको छ । नेवारी, किराती, थारु, दनुवार, भुजेल लगायत बिभिन्न आदिवासी जनजातिको परिकारहरु मेलामा समावेश छ । मेलाको मुख्य आकर्षण आदिवासी जनजातिहरुको खानाको परिकार, जातजातिको भेषभुषा, बिभिन्न जातजातिमा आधारित झाँकी प्रदर्शन तथा सांस्कृतिक मनोरञ्जन रहेको छ । सामूहिक प्रतिबद्धता र सहकार्यको थालनी, लोक संस्कृतिको जगेर्ना, होमस्टेको अवधारणा अनुसार संस्कृतिक तथा धार्मिक सद्भाव जस्ता उदेश्य प्राप्तीका लागि ।मेलाको आयोजना हुने गरिएको आयोजकले जनाए ।...
गाईघाटमा सिकारी पुजा सहित साकेला नाचेर मनाईयो उद्यौली

गाईघाटमा सिकारी पुजा सहित साकेला नाचेर मनाईयो उद्यौली

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ३० मंसिर । किरात समुदायहरुको माहान पर्व साकेला नाच गाईघाटमा पनि धुमधामले मनाईएको छ । आईतबार साकेला टोल स्थित साकेला थानमा सिकारी पुजा आजा सहित साकेला नाच्दै उद्यौली सम्पन्न गरिएको हो । ढोल झ्याम्टाको तालमा किरात समुदाय तथा अन्य जातजातिहरुले साकेला नाचे । बिहानै पुर्खाको नाममा सिकारी पुजा गरेर साकेला उद्यौलीको सुभारम्भ गरिएको थियो । किरात समुदायहरुले उद्यौली र उभौली गरी बर्षमा दुई पटक साकेला पर्व मनाउने गर्छ । मंसिरमा उद्यौली र बैसाखमा उभौली पर्व यस समुदायहरुले मनाउने गर्छ । प्रकृतिको चालचलनको अनुसरण गर्ने यस पर्व निकै बिषेश र महत्वपूर्ण छ । प्रकृतिको बिज्ञान सँग जोडिएको यस पर्वमा साकेलाको सिल्ली निकै महत्वपूर्ण मानिन्छ । पूर्वी जिल्लाहरुमा रहेका राईहरुले साकेला र लिम्वुहरुले चासोक तङ्नामको रुपमा उद्यौली पर्व मनाउने गर्छ । उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्...
आज उधौली पर्व मनाईदैँ

आज उधौली पर्व मनाईदैँ

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर ३० । किरात राई समुदायले आज मार्गशीर्ष शुक्ल पुर्णिमाको दिन उधौली पर्व मनाउँदैछ । किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन् । भूमिपूजा गर्दै आज बिहानैदेखि किरात समुदायले जातीय वेशभूषामा सजिएर विभिन्न सिली (नाच) सहित पर्व मनाउछन् । वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किरातले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने प्रकृयालाई उधौली र उभौली पर्वको रुपमा लिने गरिन्छ । उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने गरिन्छ ।...
लिम्चुङबुङ्गमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, एक बालिका सहित ५ जना घाईते

लिम्चुङबुङ्गमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, एक बालिका सहित ५ जना घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर २४ । उदयपुरको लिम्चुङबुङ्ग गाउँपालिकामा जिप दुर्घटना हुँदा चाकको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । सोमबार गाईघाटबाट लिम्चुङबुगङ् जादैँ गरेको बा १ च ३२६७ नम्बरको जिप वडा नं. ३ तिनचोके स्थितमा दुर्घटना हुँदा त्रियुगा चालक नगरपालिका–१६ का २६ बर्षीय युवराज तामाङको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार जिप दुर्घटनामा परी एक ५ बर्षीय बालिका सहित ५ जना घाईते भएको छन् । घाईते हुनेमा लिम्चुङबुङ्ग गाउँपालिका वडा नं. ३ का १९ बर्षीया सुस्मिता खत्री, ५ बर्षीया बालिका सुबिमा खत्री, ४१ बर्षीया निललक्ष्मी राई, ६२ बर्षीया चरिमाया राई र वडा नं. ४ थाप्राङका ४७ बर्षीय बलदिप राई रहेका छन् । घाईतेहरु मध्ये चरिमायाको अवस्था गम्भिर रहेको डिएसपी चापागाईले जनाए । अन्य घाईतेहरुको अवस...
सहमतीको बिकल्प सहित प्रेस सेन्टर उदयपुरबाट भोटराज राई उम्मेदवार

सहमतीको बिकल्प सहित प्रेस सेन्टर उदयपुरबाट भोटराज राई उम्मेदवार

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २३ मंसिर । यहि मंसिर २८ गते हुने आसन्न नेपाल पत्रकार माहासंघ उदयपुरको निर्वाचनका लागि प्रेस सेन्टरले भोटराज राईलाई उम्मेदवार बनाएको छ । २५ बर्ष बढी पत्रकारीतामा सक्रिय पत्रकारिता गर्दै आएका राईलाई सेन्टरले आउँदो निर्वाचनमा अध्यक्ष पदको लागि उम्मेदवारी बनाएको हो । केन्द्रमा प्रेस चौतारी र प्रेस युनियनको एलाईन्स भैँरहदा उदयपुरमा पनि एलाईन्सको सम्भावना लगभग अन्तिम चरणमा छ । तथापि सेन्टरले भने सहमतिको बाटो राखेर उम्मेदवार खडा गरेको हो । सहमतिको बिकल्पका लागि सेन्टरले महेश्वर चाम्लीङको संयोजकत्वमा वार्ता समितिनै बनाएको छ । राईको संयोजकत्वमा हरिकुमार राई, यमन दनुवार, गंगा राई र यदु ढकालको सदस्य रहने गरी वार्ता समिति पनि गठन भएको हो । चौतारी र युनियनबीच वार्ताबाटै सहमतिको आधारमा उदयपुरमा नेतृत्व दिलाउने अभ्यास सहित सेन्टरले वार्ता टोली पनि बनाएको हो । सेन्टर सहमतिको बाटोमा पनि तय...
बिषहारा मल्टी डेन्टल गाईघाटद्धारा देभधारमा निशुल्क दन्त सिविर

बिषहारा मल्टी डेन्टल गाईघाटद्धारा देभधारमा निशुल्क दन्त सिविर

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, २३ मंसिर । गाईघाटमा रहेको बिषहरा मल्टी स्पेशालीटी डेन्टल क्लिनिकले चौदण्डीगढीको देभधारमा निशुल्क दन्त सिविर संञ्चालन गरेको छ । शनिवार संञ्चालन गरिएको एक दिने सिविरमा करिब ७० जना दन्त विरामीहरुले निशुल्क सेवा लिए । आदर्श जनशशक्तिकरण समाज नेपाल चौदण्डीगढी १० देभधारको आयोजना तथा बिषहारा मल्डी स्पेशालीटी डेन्टलको प्राविधिक सहयोगमा सिविर संञ्चालन गरिएको थियो । सिविरमा सहभागी दन्त बिरामीलाई बिषहारा डेन्टलले निशुल्क दाँत निकाल्ने सुविधा दिएको छ । दाँत निकाल्नु परेमा विरामीहरुलाई निशुल्क गर्ने क्लिनिक संञ्चालक तथा डा. नारायण थारुले जनाए । थारु क्लिनिकका एम.डिएस आरसिटी स्पेसालिटी समेत हुन् । उनले निशुल्क दाँत उखाल्ने सँगै दाँत सफामा ५० प्रतिसत र अन्य उपचारमा २० प्रतिशत सम्म छुट गराउने जनाएको छ । दन्त सिविर सँगै जेनेरल स्त्री रोगको समेत सिविर संञ्चालन भएका थिए । जसमा जिल्ला अस्प...