Friday, July 3News That Matters

Author: पूर्णपुष्टि

उदयपुरमा हायसको ठक्करबाट एक जनाको मृत्यु

उदयपुरमा हायसको ठक्करबाट एक जनाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर २२ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १० बोक्समा आज बिहानै हायसको ठक्करबाट एक पूरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका वडा नं. ११ चप्पन बस्ने ५६ बर्षीय परणशेर राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार आज बिहान ५:४५ बजे काठमाण्डौँ जाने प्र ०१–००६ ख ५८७१ नंम्बरको हायस गाडीले बोक्सेबाट झर्ने क्रममा मर्निङवाकमा हिडिरहेका राईलाई नेपाली सेनाको ब्यारेक नजिकै ठक्कर दिएको थियो । हायसको ठक्करबाट गम्भिर घाईते भएको राईलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुरमा ल्याईएको थियो भने उनको उपचारको क्रममा मृत्यु भएको डिएसपी चापागाइले जनाए । हायस र हायस चालकलाई नियन्त्रणमा लिईसकेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा ८ दिन देखी एक बृद्ध बेपत्ता

उदयपुरमा ८ दिन देखी एक बृद्ध बेपत्ता

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर २१ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं २ सनुवाका ८३ बर्षीय लाल बहादुर कार्की ८ दिनदेखी बेपत्ता भएका छन् । उनका जेठा छोरा मिन बहादुर कार्कीका अनुसार त्रियुगा नगरपालिका वडा नं. १५ खाबुँ बस्ने माईला भाई खड्ग बहादुर कार्कीको घरबाट यहि मंसिर १३ गते बिहान गाईघाट जान्छु भनी हिडेको बुबा बेपत्ता भएका हुन् । उनका अनुसार बेपत्ता बुबालाई गाउँघर तथा आफन्तकोमा खोजतालास गर्दा समेत फेला नपरेपछि गत आईतबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा खोजतालासको लागी उजुरी दिईएको छ । बेपत्ता कार्कीको गहुगोरो वर्ण, उचाई अन्दाजी ५ फिट ३ इन्च, मझौला शरिर, बायाँ हातको साइली औँला र कान्छि औँला नचल्ने, कान कम सुन्ने, कपाल केही फुलेको छ भने सेतो कमेज, सुरुवाल, कालो रंगको हाफ ज्याकेट, हातमा घडी, गोल्डस्टार जुत्ता र ढाका टोपी लगाएका थिए ।...
त्रियुगामा र बेलकामा थपियो माओवादी

त्रियुगामा र बेलकामा थपियो माओवादी

Breaking News 1, Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर १९ । २०८१ मंसिर १६ को उपनिर्वाचनमा उदयपुरमा माओवादीले सानदार जित निकाल्यो । उदयपुरको दुई स्थानमा रिक्त रहेको वडाअध्यक्ष पदको पदपुर्ति गर्न गरिएको उपनिर्वाचनमा त्रियुगा १२ र बेलका ९ दुवै वडामा माओवादीले जित निकाले पछि माओवादी त्रियुगा नगरपालिका र बेलका नगरपालिकामा थपिएको छ । १६ ओटा रहेको त्रियुगामा गत ८९ को निर्वाचनमा माओवादीले १६, १५ र १४ गरी तिन ओटा वडाहरु मात्रै जितेका थिए । यस उपनिर्वाचन पश्चात माओवादीले त्रियुगा १२ मा जित निकाले सँगै ४ ओटा वडा माओवादीले कब्जा गरेको हो । त्रियुगाको पहाडी ३ ओटा वडामा मात्रै माओवादीले गत निर्वाचनमा जित निकालेका थिए । हाल एउटा सहरी वडा पनि माओवादीले थपेको छ । त्रिनपा १६ मा मान वहादुर राई, १५ मा गणेश तिमिल्सिना र १४ हिमराज मगर वडाअध्यक्ष छन् । यो सँगै १२ मा नविन राईले उपनिर्वाचनमा जित निकाल्यो । गत निर्वाचनमा कांग्रेसले त्रियुगामा बर्...
त्रियुगा १२ को अध्यक्षमा निर्वाचित नविन राईको सपथ सँगै पदभार ग्रहण

त्रियुगा १२ को अध्यक्षमा निर्वाचित नविन राईको सपथ सँगै पदभार ग्रहण

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर १९ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ मा उपनिर्वाचनबाट निर्वाचित अध्यक्ष नविन कुमार बान्तवा राईले पदभार ग्रहण गरेका छन् । बुधबार सम्पन्न एक समारोहमा नगर प्रमुख बसन्त कुमार बस्नेतले राईलाई वडा अध्यक्षको प्रमाणपत्र हस्तान्तरण सँगै सपथ गराएका थिए । सपथ पछि लगत्तै पदभार ग्रहण गरेका अध्यक्ष राईले वडा कार्यालयबाट छिटो र छरितो सेवा प्रवाह गर्ने बताएका छन् । उनले जनताको विश्वास र समर्थनमा जित हासिल गरेको स्मरण गर्दै जनताको हितमा काम गर्ने दृढ संकल्प व्यक्त गरे । राईले आफ्नो कार्यकालमा सबै जनताका अपेक्षाहरू तुरुन्त पूरा गर्न कठिन हुन सक्ने तर उनी आफ्नो पूरै प्रयासले जनताको सेवामा तत्पर रहने प्रतिबद्धता जनाए । राई यहि मंसिर १६ गते भएको उपनिर्वाचनबाट वडाअध्यक्ष पदका लागि बिजयी बनेका थिए । उनले एमालेका लक्ष्मी नारायण चौधरीलाई ३१५ मतले पछि पार्दै अध्यक्षमा जित निकालेका थिए ।...
माओवादी त्रियुगा नगर कमिटीद्धारा धन्यवाद व्यक्त

माओवादी त्रियुगा नगर कमिटीद्धारा धन्यवाद व्यक्त

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, १८ मंसिर । माओवादी त्रियुगा नगर कमिटीले उपनिर्वाचनमा माओवादी उम्मेदवारलाई जिताउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको छ । सोमवार कमिटीले बिज्ञाप्ती मार्फत धन्यवाद तथा आभार व्यक्त गरेको हो । पार्टी अध्यष मान वहादुर राई र काशी कुमार कार्कीको हस्ताक्षर बिज्ञाप्तीमा भनिएको छ” माओवादी केन्द्रका उम्मेदवारलाई जनता समाजवादी पार्टी र विप्लवको समेत समर्थतमा प्रस्तुत भएको उम्मेदवारलाई आम आम न्यायप्रेमी मतदाता वडावासीहरुले विश्वास गरी जिम्मेवारी सुुम्पिनु भएकोमा पार्टीले धन्यवाद व्यक्त गर्दछ । साथै कमिटीले निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, पार्टी कार्यकर्ता सबैलाई धन्यवाद व्यक्त गरे । बिजयी उम्मेदवारले जनता र वडावासीहरुको काममा प्रत्यक्ष महसुस गर्ने गरी काम गर्न पार्टीले आह्वान र प्रेरित गर्ने पनि बिज्ञाप्तीमा भनिएको छ ।...
उदयपुरको दुवै स्थानमा माओवादीको उत्साह जित

उदयपुरको दुवै स्थानमा माओवादीको उत्साह जित

Breaking News 1, Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, १८ मंसिर । मंसिर १६ गते भएको उपनिर्वाचनले माओवादी उदयपुरलाई उत्साहित बनाएको छ । त्रियुगा १२ र बेलका ९ मा भएको उपनिर्वाचनको परिणाम माओवादीको पोल्टामा परेपछि उदयपुरमा माओवादीमा खुसी र उत्साह बढेको हो । दुवै वडामा गत ८९ को निर्वाचनमा कांग्रेसले जितेका थिए । यो उपनिर्वाचनमा भने कांग्रेसलाई तेस्रो स्थान र एमालेलाई दोस्रो स्थानमा सिमित गर्दै माओवादीले उत्साह जित निकाल्यो । यसोत माओवादीले उदयपुरमा मात्रै हैन देशभरनै उपनिर्वाचनमा सकरात्मक परिणाम ल्याएको छ । उदयपुरको दुई स्थान सँगै नेपालभर ११ स्थानमा माओवादीले जित निकालेको छ । उदयपुरमा भने दुवै वडा गत निर्वाचनमा कांग्रेसले जितेको थियो । यो पटक भने माओवादीको जितले एमाले र कांग्रेस चकितनै खाएका छन् । त्रियुगा १२ का माओवादी उम्मेदवार नविन बान्तावा राईले ९२३ मत ल्याउँदै प्रतिद्धन्दी एमालेलाई ३१५ मतान्तरले पछि पार्दै जित निकालेको हो । य...
त्रियुगा १५ मा भएको पहिलो खुल्ला वडा कपको उपाधि बर्गाछिले जित्यो

त्रियुगा १५ मा भएको पहिलो खुल्ला वडा कपको उपाधि बर्गाछिले जित्यो

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, १५ मंसिर । त्रियुगा नगरपालिका वडा नं १५ मा भएको प्रथम खुल्ला वडा कप फुटवल प्रतियोगिताको उपाधि बर्गाछि क्लव साउनेले जितेको छ । शनिवार शिखर भ्यु पाईन्ट स्यालगैरी खेलमैदानमा भएको प्रतियोगितामा साउने फुटवल क्लवलाई २÷० को अन्तरले हराउँदै उपाधि जितेको हो । बर्गाछिको तर्फबाट दोस्रो हाफको १८ औँ मिनेटमा १४ नं जर्सिका खेलाडी सनम राईले गोल गरेका थिए भने ५८ औँ मिनेटमा जर्सि नं ११ प्रविन राईले गोल गरेका थिए । यता साउने फुटवल क्लवको तर्फबाट भने कुनै पनि गोल हुन सकेन । साउने फुटवल क्लवले आयोजक मुक्ति युवा क्लवलाई पेनाल्टी सुट आउटमा हराउँदै फाईनलको यात्रा तय गरेका थिए भने बर्गाछीले इलाभेन स्टार फुटवल क्लवलाई हराउँदै फाईनलको लागि स्थान बनाएका थिए । प्रतियोगिताका बिजेता टोलीले नगद रु २५ हजार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए भने उपविजेता टोलीले पनि नगद रु १५ हजार, शिल्ड, मेडल र प्रम...
कांग्रेस निर्वाचित भएको त्रियुगा १२ मा माओवादीको सानदार जित

कांग्रेस निर्वाचित भएको त्रियुगा १२ मा माओवादीको सानदार जित

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १७ मंसिर । ७९ को निर्वाचनमा कांग्रसले जितेको त्रियुगा १२ मा माओवादीले सानदार जित निकालेको छ । त्रियुगा १२ मा वडा अध्यक्ष पदका लागि आईतबार भएको उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार नविन वान्तावा राईले जित हाँसिल गरेको हो । राई ७९ को निर्वाचनमा पनि माओवादीबाट अध्यक्ष पदको उम्मेदवार थिए । तर त्यो समय तेस्रो भएका उपनिर्वाचनमा सानदार जित निकालेको हो । राईले आफ्नो प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार लक्ष्मी नारायण चौधरीलाई ३१५ मतको फराकिलो अन्तरले पराजित गर्दै जित निकालेको हो । ३८४७ मतदाता रहेको उक्त वडामा २५२७ मत खसेका थिए । उक्त मतबाट राईले ९२३ मत ल्याउँदा प्रतिद्धन्दी चौधरीले ६०८ मात्रै मत प्राप्त गरे । यता कांग्रेस उम्मेदवार रहेका संजिव काफ्ले ३५९ मत मै सिमित भए भने एकीकृत समाजवादीकी निर्मला चौधरीले ३१२, रास्वपाका धुर्व प्रसाद पोखरेलले २०२, राप्रपाका उम्मेदवार लालवावु श...
उदयपुरकाे बेलका नपा- ९ नं. वडामा मतगणना विवाद

उदयपुरकाे बेलका नपा- ९ नं. वडामा मतगणना विवाद

Breaking News 2, राजनीति, समाचार
उदयपुर, मंसिर १७ हिजाे राती नै मतगणना सुरु भएकाे उदयपुरकाे बेलका नगरपालिका ९ नं. वडाकाे मतगणना विवादले राेकिएकाे छ । ५०० मत गणनाकाे क्रममा २२० बदर भनिएपछि विवाद सिर्जना भएकाे हाे । ठुलाे संख्यामा वदरमत देखाईनु उपनिर्वाचन निर्देशिका विपरित हाे भन्दै केही दलले विराेध जनाएका छन् भने केहीले बदरमत सहि भनेका छन् ।...
त्रिनपा -१२ मा माओवादी विजयी

त्रिनपा -१२ मा माओवादी विजयी

Breaking News 1, राजनीति, समाचार
उदयपुर, मंसिर १७ उदयपुरकाे त्रियुगा नगरपालिका वडा नं. १२ काे वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका नविनकुमार बान्तवा राई विजयी भएका छन् । उनी निकटतम् प्रतिद्वन्द्वि एमालेका लक्ष्मिनारायण चाैधरीलाई भारी मतले पछि पार्दै ९२३ मतका साथ विजयी बनेका हुन् । एमालेका चाैधरीकाे ६०८, नेपाली काङ्ग्रेसका सञ्जिव काफ्लेकाे ३५९, नेकपा एसकी निर्मला चाैधरीकाे ३१२, राष्ट्रिय स्वतन्त्र पार्टिकाे २०२ मत आएकाे हाे । साे वडामा एक स्वतन्त्रसहित नाैं जना प्रतिष्पर्धामा उत्रिएका थिए । उक्तवडामा ३८४७ मतदाता मध्ये २५२७ मत खसेकाे थियाे ।...